अन्तर्राष्ट्रिय 🗺

रूसमा आतङ्कवादी आक्रमणमा १५ प्रहरी अधिकृतको मृत्यु

मस्को, १० असार । दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १५ जना प्रहरी अधिकारीको मृत्यु भएको आरआइए नोभोस्तीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै सोमबार जानकारी गराएको छ । दुई अर्थोडक्स चर्च, धार्मिक सभाघर र तटीय शहर डर्बेन्ट र दागेस्तानको राजधानी मखचकलाको ट्राफिक प्रहरी चौकीमा भएको सशस्त्र झडपमा मानवीय क्षति भएको हो । दागेस्तान गणतन्त्रका प्रमुख सर्गेई मेलिकोभले स्थिति नियन्त्रणमा आइसकेको बताएका छन् । उनका अनुसार डर्बेन्टसिथ्त सभाघरमा आक्रमणको क्रममा लगाइएको आगो पूर्ण रूपमा निभाइएको छ । सशस्त्र आक्रमणमा संलग्न छ… पुरा पढौ

मोदीले संसद्को प्रथम बैठकको पहिलो सत्रबाट तेस्रो कार्यकालका योजना सार्वजनिक गर्दै

राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) सरकारको नेतृत्व गर्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संसद्को पहिलो बैठकको पहिलो सत्रमा प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको योजना प्रस्तुत गर्ने भएका छन् । एक दशकपछि पहिलो पटक गठबन्धन सरकारमा सामेल हुन बाध्य भारतीय जनता पार्टी (भाजपा) सरकारले अघिल्ला कार्यक्रमलाई कसरी प्रस्तुत गर्छ भनेर विशेष चासोका साथ हेरिएको छ । भाजपाले एकल सरकार बनाएका समय घोषणा गरेका कतिपय कार्यक्रमहरू यो सरकारले त्याग्छ वा निरन्तरता दिन्छ यसमा सबैको चासो रहेको छ । जुलाई ३ सम्म चल्ने पहिलो सत्रमा… पुरा पढौ

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी

सियोल, १० असार । दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी भएको र घटनास्थलबाट कम्तीमा २० जनाको मृत शरीर निकालिएको उद्धारका लागि खटिएका अग्निनियन्त्रकले बताएका छन् । सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा बिहान १०ः३० बजे आगलागी सुरु भएको थियो । घटनास्थलबाट केही व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरिएको छ भने आगलागीमा परी दर्जनौँ अन्य कामदार हताहत भएको अनुमान गरिएको छ । यसअघि सुरक्षाकर्मीले दिएको प्रारम्भिक जानकारीमा घटनामा कम्तीमा एक कामदारको मृत्यु भएको, तीन जना घाइते… पुरा पढौ

कतारद्वारा स्मार्ट सिटी समाधान परियोजना सुरू

दोहा, १० असार । कतारमा आइतबार स्मार्ट सिटी समाधान परियोजनाको पहिलो चरणको काम सुरू गरिएको छ । नगरपालिका मन्त्री अब्दुल्लाह बिन हमाद बिन अब्दुल्लाह अल अतियाहले आइतबार परियोजनाको उद्घाटन गरे। परियोजनामा मुख्यतया स्मार्ट फोहोर अपशिष्ट व्यवस्थापन, वाहन व्यवस्थापन, कार्य वितरण प्रणाली र एक केन्द्रीय सञ्चालन कमान्ड प्लेटफर्मको कार्यान्वयन समावेश छ । यी पहलहरू २०२४/०३० को लागि मन्त्रालयको रणनीति अनुरूप ल्याइएका हुन् । परियोजनाको लक्ष्य जीवनको गुणस्तर अनुकूलन, समृद्धि, शहरी आधुनिकीकरण, सेवा उत्कृष्टता र डिजिटल रूपान्तरणमा केन्द्रित छ । मन्त्री अतियाहले स्मार्ट… पुरा पढौ

अफगानस्तानमा शान्ति, सुरक्षा र स्थिरता स्थापना गर्न भारत प्रतिबद्ध

न्युयोर्क, ९ असार । भारतको उद्देश्य अफगानस्तानका जनताका लागि दीर्घकालीन शान्ति, सुरक्षा र स्थिरता स्थापना गर्नु रहेको संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का उपस्थायी प्रतिनिधि राजदूत आर रवीन्द्रले बताए। परिषद्को बैठकमा राजदूत आर रवीन्द्रले भने, “विशेष गरी हालैका घटनाक्रमका बारेमा एसआरएसजी मुथुन बायवाले अफगानिस्तानको अवस्थाबारे दिएको जानकारीको हामी कदर गर्दछौँ । अफगानी मानव अधिकार सङ्गठन (होचा) र नागरिक समाजका प्रतिनिधिद्वारा प्रदान गरिएको अन्तर्दृष्टि पनि धेरै उपयोगी थियो । भारत अफगानिस्तानको नजिकको छिमेकी हो । अफगानिस्तानका जनतासँग भारतको ऐतिहासिक र सभ्यताको सम्बन्ध छ… पुरा पढौ

इजरायलमा नयाँ चुनाव र बन्धकलाई फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन

तेल अभिभ ९ असार । इजरायलमा नयाँ चुनाव र गाजाका बन्धकलाई फिर्ता गर्न आह्वान गर्दै शनिबार राति हजारौं आन्दोलनकारीले इजरायलका विभिन्न भागमा सरकार विरोधी प्रदर्शन गरेको 'द टाइम्स अफ इजरायल' ले जनाएको छ । सत्तारूढ लिकुड पार्टीको मुख्यालय रहेको बेइट जबोटिन्स्की बाहिर किङ जर्ज स्ट्रिटमा इजरायली नागरिकले विरोध प्रदर्शन गरेका हुन् । केही प्रदर्शनकारीले जतिसक्दो छिट्टै निर्बाचन गर्नुपर्ने र गाजामा लडाइँ अन्त्य गर्न आह्वान गर्दै प्रदर्शनमा भाग लिएका थिए । मुख्य ¥याली समाप्त भएपछि प्रदर्शनकारीले टायर जलाएर सडक अवरुद्ध गरेका… पुरा पढौ

एडीबीद्वारा पाकिस्तानमा दिगो लगानीका लागि २५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत

पाकिस्तान, ८ असार । एसियाली विकास बैंक (एडिबी) ले सार्वजनिक–निजी साझेदारी मार्फत पूर्वाधार तथा सेवामा पाकिस्तानको दिगो लगानीमा सहयोग गर्न २५० मिलियन अमेरिकी डलर नीति–आधारित सम्झौतामा हस्ताक्षर गरेको छ । एडीबीको विज्ञप्ति अनुसार शुक्रबार पाकिस्तानका लागि बैंकका कन्ट्री निर्देशक ये योङ र पाकिस्तानको आर्थिक मामिला विभाग (इएडी) का सचिव काजिम नियाजले सम्झौतामा हस्ताक्षर गरेका हुन् । विज्ञप्तिमा, इएडी कार्यक्रमको मुख्य उद्देश्य प्रशासनिक ढाँचालाई सुदृढ पारी सङ्घीय सरकारको सार्वजनिक–निजी साझेदारीको वातावरण सक्षम पार्नु हो । सार्वजनिक लगानी व्यवस्थापन र सार्वजनिक वित्तीय… पुरा पढौ

चीनद्वारा फ्रान्सको सहकार्यमा नयाँ उपग्रह प्रक्षेपण

झिचाङ(चिन), ८ असार । चीनले फ्रान्ससँगको सहकार्यमा शनिबार नयाँ खगोलीय उपग्रह प्रक्षेपण गरेको छ । उपग्रह चिनियाँ र फ्रान्सेली वैज्ञानिकहरुले लगभग २० बर्षको कडा परिश्रमको परिणाम हो, जसले गामा–रेहरू क्याप्चर गर्न ब्रह्माण्डको सबैभन्दा टाढाको भागमा आतिशबाजी जस्तै चम्कन्छ । चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको जिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट लङ मार्च–द्दसी रकेटबाट अन्तरिक्षमा आधारित मल्टि–ब्यान्ड भेरिएबल ओब्जेक्ट मोनिटर (एसभिओएम) नामक उपग्रह प्रक्षेपण गरिएको थियो । “ब्रह्माण्ड भएका प्रारम्भिक गामा–रे विस्फोटहरू जस्ता खोजहरूको लागि तयार पारिएको यस उपग्रहले ब्रह्माण्डको… पुरा पढौ

इजरायलको यसद्धविरामले सहायता आपूर्तिमा असर छैन : विश्व स्वास्थ्य सङ्गठन

जेनेभा, ७ असार । इजरायली सेनाले गाजामा सहायता प्रवाहलाई सहज बनाउन घोषणा गरेको इजरायली ‘युद्धविराम’ ले सहायताको वितरणमा कुनै असर नपारेको संयुक्त राष्ट्रको स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार जनाएको छ । ‘प्राविधिक विरामको एकपक्षीय घोषणा’ ले मानवीय सहयोगको आपूर्तिमा कुनै असर नदेखेको प्यालेस्टिनी क्षेत्रहरूमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि रिचर्ड पिपरकर्नले बताए । इजरायली सेनाले सप्ताहन्तमा पूर्वी रफाहको मुख्य सडकमा लडाइँमा दैनिक मानवीय ‘विराम’ घोषणा गरेको थियो । तर संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले केही दिनपछि यो अझै खाँचोमा परेका मानिसहरूमा पुग्ने… पुरा पढौ

संयुक्त राष्ट्रसङ्घका विज्ञद्वारा इजरायलमा हतियार नपठाउन आग्रह

जेनेभा, ७ असार । संयुक्त राष्ट्रसङ्घका ३० भन्दा बढी विज्ञले बिहीबार राज्य र कम्पनीलाई इजरायलमा हतियार र गोलाबारुद हस्तान्तरण गर्न रोक्न आह्वान गरेका छन् । हात हतियारको निर्बाध स्थानान्तरणले मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घन भई माववीय नरसंहारलगायत अन्तर्राष्ट्रिय अपराधमा राज्यको संलग्नताको जोखिम हुन सक्ने उनीहरूले बताएका छन् । हतियार बेच्ने लाइसेन्स भएका बिएई प्रणाली, बोइङ, क्याटरपिलर, जनरल डायनामिक्स र लकहिड मार्टिनजस्ता कम्पनीलाई सङ्केत गर्दै विशेष प्रतिवेदक, स्वतन्त्र विज्ञ र संयुक्त राष्ट्र मानव अधिकार परिषद्का कार्य समूहले संयुक्त… पुरा पढौ