अन्तर्राष्ट्रिय 🗺

कोइला खानी दुर्घटनामा मध्य चीनमा १० जनाको मृत्यु, ६ बेपत्ता

ङझोउ, २८ पुस । मध्य चीनको हेनान प्रान्तको पिङडिङसान शहरस्थित कोइला खानीमा भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य छ जना बेपत्ता रहेको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दुर्घटना दिउँसो २ः५५ बजे भएको थियो । पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा शुक्रबार कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। दुर्घटना हुँदा जम्मा ४२५ जना कामदारहरू काम गरिरहेको जानकारीमा आएको छ । ती मध्ये फसेका ३८० जनालाई खानीबाट बाहिर निकालिएको थियो… पुरा पढौ

सन् २०२३ मा चीन र रूसबीचको व्यापारमा वृद्धि

बेइजिङ, २७ पुस । चीन र रूसबीचको व्यापार सन् २०२३ मा उच्च बिन्दुमा पुगेको बेइजिङको आधिकारिक तथ्याङ्कले शुक्रबार देखाएको छ । भूराजनीतिक तनावका कारण चीनको संयुक्त राज्य अमेरिकासँगको व्यापारमा चार वर्षमा पहिलो पटक गिरावट आएको छ । चीन र रूसबीचको व्यापार २४० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको चिनियाँ भन्सार विभागको तथ्याङ्कले देखाएको छ । सन् २०२२ मा मस्कोले युक्रेनमाथि गरेको आक्रमणपछि राजनीतिक र आर्थिक रुपमा नजिकिएका यी दुई मुलुकका लागि यो आँकडा ऐतिहासिक हो । तथ्याङ्कअनुसार व्यापारको आँकडाले वार्षिक रूपमा… पुरा पढौ

युक्रेनका लागि नयाँ ‘सहयोग कार्यक्रम’ तयार गर्न सुनक शुक्रबार कीएभ जाने

लण्डन, २७ पुस । बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनका लागि ‘सहयोगको एउटा ठूलो नयाँ प्याकेज’ को शुभारम्भ गर्न र यस आर्थिक वर्षका लागि सैन्य सहयोग २.५ अर्ब पाउन्ड (३.२ अर्ब डलर) पु¥याउन शुक्रबार किएभको भ्रमण गर्ने उनको कार्यालयले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ‘ऐतिहासिक’ सुरक्षा सहयोग सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “यो सङ्ख्या विगत दुई वर्षमा २० करोड पाउन्डको वृद्धि हो र यसले ‘ड्रोनको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिबद्धता’ सुनिश्चित गर्नेछ । सुनकको डाउनिङ… पुरा पढौ

इजरायलको गाजा कब्जा गर्ने लक्ष्य छैन : प्रधानमन्त्री नेतन्याहू

जेरूसेलम, २६ पुस । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामाथिको कब्जा कायम राख्ने वा प्यालेष्टिनी सर्वसाधारणलाई विस्थापित गर्ने इजरायलको कुनै मनसाय नरहेको बताएका छन् । प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीमा प्यालेस्टिनीहरूको कथित नरसंहारको बारेमा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइ सुरु हुनुभन्दा एक दिन अघि उक्त टिप्पणी गरे । नेतन्याहूले भने, “इजरायलको गाजालाई स्थायी रूपमा कब्जा गर्ने वा त्यहाँका नागरिकलाई विस्थापित गर्ने कुनै मनसाय छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु ।” उहाँले गाजामा इजरायलले गरेको बमबारी हमासका लडाकूहरुलाई लक्षित गरी गरिएको र हामीले… पुरा पढौ

जापान : भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २१३ पुग्यो, अझै ५२ जना बेपत्ता

टोकियो, १६ पुस । सन् २०२४ जनवरी १ मा जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले इशिकावालगायत आसपासका क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या २१३ पुगेको स्थानीय सञ्चार माध्यामहरूले जनाएका छन् । बिहिबारसम्म भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावामा अझै ५२ जना बेपत्ता रहेको पुष्टि भएको छ । यसैगरि भूकम्पका कारण कम्तीमा ५६७ जना घाइते भएको सार्वजनिक प्रसारक एनएचके टेलीभिजनले जनाएको छ । मृत्यु हुनेमध्ये सुजु सहरमा ९८, वाजिमा ८३, अनमिजुमा २०, नानाओमा पाँच, नोटोमा चार, शिका र हाकुई सहरमा एक÷एक जनाको मृत्यु भएको… पुरा पढौ

सन् २०२४ मा ५० भन्दा बढी मुलुकमा निर्वाचन हुने, सबैभन्दा बलियो लोकतन्त्रको पनि परीक्षा लिने

लन्डन, २५ पुस । पृथ्वीको आधा जनसङ्ख्या बसोबास गर्ने ५० भन्दा बढी मुलुकमा सन् २०२४ मा राष्ट्रिय निर्वाचन हुन लागेको छ । यद्यपि मतको अधिकार प्रयोग गर्ने नागरिकहरूको सङ्ख्या राम्रो समाचार होइन । यो वर्ष सबैभन्दा बलियो लोकतन्त्रको पनि परीक्षा लिने र अधिनायकवादी नेताहरूको हात बलियो बनाउनका लागि तयार भए जस्तो देखिन्छ । रुस, ताइवान र संयुक्त अधिराज्यदेखि लिएर भारत, एल साल्भाडोर र दक्षिण अफ्रिकासम्म राष्ट्रपति र विधायिकी प्रतिस्पर्धाहरूले मानव अधिकार, अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध र अस्थिर विश्वमा शान्तिको सम्भावनाहरूमा ठूलो… पुरा पढौ

सन् २०२३ मा बिएमडब्ल्यू २५ लाख ६० हजार कार बिक्री गर्न सफल

बर्लिन, २४ पुस । जर्मन कार निर्माता कम्पनी बिएमडब्ल्यू ग्रुपले मिनी रोल्स रोयस कारको विश्वव्यापी बिक्रीमा वार्षिकरूपमा ६.५ प्रतिशतले वृद्धि गरी सन् २०२३ मा २५ लाख ६० हजार पुगेको मङ्गलबार जनाएको छ । ब्याट्रीबाट चल्ने विद्युतीय बाहन (बीईभी) को डेलिभरी वार्षिक रूपमा ७४.४ प्रतिशतले बढेर तीन लाख ७६ हजार भन्दा बढी सङ्ख्या पुगेको कम्पनीले जनाएको छ । बिएमडब्ल्यू एजीको बोर्ड अफ म्यानेजमेन्टका सदस्य जोचेन गोलरले भने, “हाम्रा नयाँ, अत्यधिक आकर्षक र प्राविधिक रूपमा उत्कृष्ट सवारी साधनहरूको साथ, हामी २०२३ मा… पुरा पढौ

बङ्गलादेशका नवनिर्वाचित सांसदद्वारा सपथ ग्रहण

ढाका, २४ पुस । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उनको पार्टीका अन्य सांसदले जनवरी ७ मा भएको संसदीय निर्वाचनपछि बुधबार सांसद् पदको सपथ लिएका छन् । सांसद्हरूलाई बङ्गलादेशको संसद्का सभामुख शिरीन शर्मिन चौधरीले सपथ ग्रहण गराए । समारोहमा अन्य दलका नवनिर्वाचित र स्वतन्त्र सांसदले पनि शपथ लिएका थिए । निर्वाचन आयोगले मङ्गलबार अपराह्न प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार हसिना नेतृत्वको अवामी लीग पार्टीले २९८ मध्ये २२२ सिट जितेको छ । आवामी लीग नेतृत्वको गठबन्धनले २२५ सिटजितेको छ । आम चुनावमा भारी… पुरा पढौ

इक्वेडरको जेलबाट ३९ कैदी फरार

क्विटो, इक्वेडर, २४ पुस । इक्वेडरको चिम्बोराजो प्रान्तको रियोबाम्बा शहरको एक कारागारबाट ३९ कैदीहरू सुरक्षा घेरा तोडेर फरार भएका छन् । रियोबाम्बाका नगर प्रमुख जोन विनुएजाले स्थानीय पिचिन्चा रेडियो स्टेसनलाई दिएको जानकारीअनुसार कारागारमा दङ्गापछि विष्फोट भएको र केही कैदीहरू भाग्न सफल भएको बताए। उनले भने, “कारागारको सुरक्षा घेरा तोडेर ३९ कैँदी भागेका छन् । मैले प्राप्त गरेको जानकारीअनुसार फरारमध्ये १२ जनालाई पुनः कब्जामा लिइएको छ ।” प्रहरी विवरणलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार स्थानीय समयअनुसार राति १०ः४५ बजे जेलको… पुरा पढौ

मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या धेरै : ब्लिन्केन

तेल अभिभ, २४ पुस । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलद्वारा प्यालेष्टिनी कट्टरपन्थी लडाकू (हमास) समूहविरूद्धको कारबाहीमा मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या ‘धेरै’ भएको बताएका छन् । उनले भने, “मृत्यु हुने प्यालेष्टिनी बालबालिका र महिलासहित सर्वसाधारणको सङ्ख्या ‘धेरै’ हुनु दुःखको बिषय भएको र यस सम्बन्धमा संयमित हुन इजरायली प्रशासनसँग आग्रह गरिएको छ ।” गाजा पट्टीमा युद्ध सुरु भएयता मध्यपूर्वको आफ्नो चौथो सङ्कटकालीन भ्रमणमा रहेका अमेरिकी उच्च कूटनीतिज्ञले मङ्गलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग तेल अभिभमा भेटवार्ता गरेका थिए । ब्लिन्केनले तेल अभिभमा… पुरा पढौ