अन्तर्राष्ट्रिय 🗺

बङ्गलादेशमा आम निर्वाचनको पूर्वसन्ध्यामा विपक्षी दलद्वारा आमहड्ताल घोषणा

बङ्गलादेशमा आगामी जनवरी ७ मा हुने आम निर्वाचनको पूर्वसन्ध्यामा प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले प्रधानमन्त्री शेख हसिनाको ‘अवैध सरकार’को राजीनामाको माग गर्दै शनिबारदेखि ४८ घण्टे देशव्यापी ‘आमहड्ताल’ को आह्वान गरेको छ । पूर्वप्रधानमन्त्री खालिदा जियाको नेतृत्वको बीएनपीले आइतबार हुने आमनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । पार्टीले निर्वाचनको पर्यवेक्षणका लागि अन्तरिम गैर–दलीय तटस्थ सरकार गठनको वकालत गरिरहेको छ, जुन मागलाई प्रधानमन्त्री हसिना नेतृत्वको सरकारले अस्वीकार गरेको छ । ढाका ट्रिब्युनका अनुसार शनिबार बीएनपीले देशभर जुलुस निकाल्ने, जनअभियान चलाउने… पुरा पढौ

मेक्सिकोमा ३२ आप्रवासीको अपहरणपछि फिरौती माग

मेक्सिकोसिटी, २० पुस । उत्तरी मेक्सिकोमा उद्धार गरिएका ३२ आप्रवासी अपहरण गर्ने गिरोहले संयुक्त राज्य अमेरिकामा रहेका अपहरितहरूका आफन्तसँग रकम असुल्न खोजेको मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले शुक्रबार बताएका छन् । मेक्सिकोको तमाउलिपास राज्य हुँदै अमेरिकी सीमासम्म बसमा यात्रा गर्ने क्रममा शनिबार ती आप्रवासीको अपहरण गरिएको थियो । अपहरण र फिरौतीको धम्कीका कारण मेक्सिकोका धेरै राजमार्गहरू खतरनाक मार्ग मानिन्छन् । “अपहरणकारीले बसका चालक र मेक्सिकोका यात्रुलाई रिहा गरेका छन्”, राष्ट्रपति लोपेज ओब्राडोरले बिहानको नियमित भेटघाटका क्रममा भने, “अपहरणकारीले खोजी… पुरा पढौ

सन् २०२४ को विश्व आर्थिक वृद्धि सुस्त रहने : संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदन

संयुक्त राष्ट्रसङ्घ, २० पुस । सन् २०२४ मा आर्थिक बृद्धि घटेर २.४ प्रतिशत कायम रहने संयुक्त राष्ट्रसङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले बिहीबार सार्वजनिक गरेको छ । सन् २०२३ मा विश्व आर्थिक बृद्धि २.७ प्रतिशत रहेका थियो । विश्वव्यापी कमजोर व्यापारीक क्रियाकलाप, उच्च सार्वजनिक ऋण, लगातार घट्दो लगानी दर तथा बढ्दो भूराजनीतिक तनावले विश्वव्यापी वृद्धिलाई जोखिममा पारेको प्रतिवेदनले जनाएको छ । संयुक्त राज्य अमेरिकामा उच्च ब्याज दर न्युन उपभोक्ता खर्च तथा कमजोर श्रम बजारहरूका कारण सन् २०२४ मा आर्थिक… पुरा पढौ

गाजाबासीलाई बसाइँ सर्न इजराइलको आह्वानबाट राष्ट्रसङ्घ ‘चिन्तित’

जेनेभा, १९ पुस । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर टर्कले प्यालेस्टिनीहरूलाई गाजा छाड्न वरिष्ठ इजराइली अधिकारीहरूले गरेको मागसम्बन्धी टिप्पणीबाट आफू ‘अत्यन्त चिन्तित’ भएको बिहीबार बताएका छन्। इजराइलका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गभिरले सोमबार ‘गाजाबासीहरूको निर्वासनलाई प्रोत्साहन गर्नका लागि एक समाधान’ लाई बढावा दिन र गाजापट्टीमा इजराइली बस्तीको पुनःस्थापनलाई प्रवर्द्धन गर्न आह्वान गरेका थिए । उनको उक्त टिप्पणी एक दिनअघि अति दक्षिणपन्थी वित्तमन्त्री बेजेलेल स्मोट्रिचले पनि गाजामा बसोबास गर्नेहरूलाई फिर्ता गर्न आह्वान गरेको भोलिपल्ट आएको हो । स्ट्रोमिचले इजराइलले गाजाका करिब २४… पुरा पढौ

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७८पुग्यो, ५१ बेपत्ता

टोकियो, १९ पुस । जापानमा सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण ७८ जनाको मृत्यु हुनुका साथै ५१ जना अझै बेपत्ता भएको बिहीबार सरकारी अधिकारीले जानकारी दिएका छन् । जापानका प्रधानमन्त्री फुमियो किशिदाले विपद्को पहिलो ७२ घण्टाभित्र जीवन बचाउन उच्च प्रयास गर्दै जीवन सुरक्षाका लागि आपूर्तिलाई अधिकतम बनाउन आग्रह गर्नुभएको छ । जापानको विपद् व्यवस्थापन मुख्यालयको बैठकमा बोल्दै उहाँले नागरिकको जीवन रक्षाका लागि उपलब्ध सबै स्रोत परिचालन गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको हो । भूकम्पपछिको पहिलो ७२ घण्टा उद्धारका लागि विशेष महत्वपूर्ण रहने… पुरा पढौ

नव निर्मित राममन्दिर पाँच मण्डपसहित १६१ फिट अग्लो हुने

नयाँदिल्ली, १९ पुस । अयोध्यामा निर्माणाधीन राम मन्दिरको स्वरूप परम्परागत नगरा शैलीमा रहेको र मन्दिरको लम्बाइ ३८० फिट, चौडाइ २५० फिट र उचाइ १६१ फिट रहेको श्री राम जन्मभूमि तीर्थ क्षेत्र कोषले जनाएको छ । मन्दिरहरूमा शिखर शैलीका अग्लो पिरामिड आकारका टावरहरू रहनेछन् भने शिखरमा कलशसहित मन्दिरका स्तम्भ तथा पर्खालहरू मूर्तिकलाले सजिएका छन् । तीन तले मन्दिरमा तीन सय ९२ स्तम्भ तथा ४४ ढोका बनाइएको छ । मन्दिरको सबैभन्दा विशेष स्थान भगवान् श्रीरामको प्रतिमूर्ति राखिने गर्भगृहमा उनको बाल्यकालको स्वरूप र… पुरा पढौ

टोकियो विमानस्थलमा दुर्घटनाबारे अनुसन्धान सुरू

टोकियो, १८ पुस । जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मङ्गलबार साँझ जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक विमान एकआपसमा ठोक्किएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान सुरू गरिएको जापानको यातायातसम्बद्ध अधिकारीहले बताएका छन् । दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने विमानस्थलको प्रयोग गरी अवतरण र उडान भर्ने ३०० भन्दा बढी उडान रद्द भएका थिए । हवाईजहाज, रेल र पानीजहाजमा भएका गम्भीर दुर्घटनाको अनुसन्धान गर्ने सरकारी निकाय जापान यातायात सुरक्षा बोर्डले बुधबार दिउसो विमानको भग्नावशेषको जाँच गरेको छ भने प्रहरीले… पुरा पढौ

एडीबी र माल्दिभ्सबीच साढै पाँच करोड अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर

मनिला, १८ पुस । एसियाली विकास बैङ्क (एडिबी) र माल्दिभ्सबीच माल्दिभ्समा नवीकरणीय ऊर्जा उत्पादन र वितरण विस्तारका लागि पाँच करोड पाँच लाख अमेरिकी डलरसम्मको ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापछि माल्दिभ्सका लागि एडीबीका उपमहानिर्देशक सिन्डी माल्भिसिनीले भने, “यो परियोजना माल्दिभ्सको ऊर्जा सुरक्षा बढाउन र ऊर्जा क्षेत्रको दिगो रूपान्तरणलाई सहज तुल्याउन तयार गरिएको कार्यक्रम हो ।” माल्दिभ्सका अर्थमन्त्री मोहम्मद शफीकले भने, “विशेष गरी ऊर्जा, यातायात, पानी र शहरी पूर्वाधार र सार्वजनिक क्षेत्रको व्यवस्थापनको क्षेत्रमा बैङ्क माल्दिभ्समा ‘महत्वपूर्ण विकास… पुरा पढौ

अफगानिस्तानको निर्यात सन् २०२३ मा करिब २ अर्ब अमेरिकी डलर

जेरुसेलम, १७ पुस । सन् २०२३ मा युद्धग्रस्त अफगानिस्तानको निर्यात करिब २ अर्ब अमेरिकी डलर पुगेको छ । उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले दिएको जनाकारी अनुसार गत वर्ष सन् २०२३ मा अफगानिस्तानको निर्यातको मात्रा १.९ अर्ब अमेरिकी डलर पुगेको छ । यसैगरी सन् २०२२ मा निर्यातको मात्राको तुलनामा ४१ मिलियन अमेरिकी डलर (२ प्रतिशतले) वृद्धि भएको निजी टेलिभिजन च्यानल टोलोन्युजले जावादलाई उद्धृत गर्दै मङ्गलबार उल्लेख गरेको छ । अधिकांश सामान पाकिस्तान, भारत, चीन, संयुक्त अरब इमिरेट्स, कजाकिस्तान… पुरा पढौ

इजरायल गाजा नरसंहारको आरोपमा संयुक्त राष्ट्रसंघीय अदालतमा उपस्थित हुने

जेरुसेलम ,१७ पुस । इजरायलले गाजामा नरसंहार गरेको आरोपमा दक्षिण अफ्रिकाले इजरायलका विरुद्ध संयुक्त राष्ट्रसंघीय अदालतमा मुद्दा दायर गरेको छ । मुद्दाको सुनुवाइमा नेदरल्याण्ड्सको हेग स्थित संयुक्त राष्ट्रसंघको अन्तरराष्ट्रिय अदालत (आईसीजे) मा उपस्थित हुने निर्णय गरेको इजरायली समाचार वेबसाइट थ्लभत ले सोमबार उल्लेख गरेको छ । इजरायलले नरसंहार विरुद्धको महासन्धिमा हस्ताक्षर गरेको स्वीकार गर्दै इजरायली राष्ट्रिय सुरक्षा सल्लाहकार हानेग्बीले कार्यवाहीको बहिष्कार नगर्ने, तर उपस्थित भई आफू विरुद्धको षड्यन्त्रलाई अस्वीकार गर्ने बताएको वेबसाइटमा उल्लेख छ । प्रतिवेदनका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन… पुरा पढौ