अन्तर्राष्ट्रिय 🗺

यमन युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको ‘रोडम्याप’को स्वागत

दुबई, ९ पुस । यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले गृहयुद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा गरिएको प्रयासको स्वागत गरेको छ । सन् २०१४ मा इरान समर्थित हुथी विद्रोहीले सानामाथि कब्जा जमाएपछि अरब प्रायद्वीपको सबैभन्दा गरिब देश द्वन्द्वको चपेटामा परेको छ । संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धविरामले अप्रिल २०२२ मा शत्रुतामा तीव्र कमी ल्याएको थियो । युद्धविराम गत वर्षको अक्टोबरमा समाप्त भएको थियो, यद्यपि युद्ध धेरै हदसम्म रोकिएको छ । यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गले शनिबार दुवै पक्षले नयाँ… पुरा पढौ

गाजास्थित शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, ७० जनाको मृत्यु

गाजा, ९ पुस । गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलीभिजनले जनाएको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–केद्राले एक विज्ञप्तिमार्फत् भीडभाड भएको आवासीय क्षेत्रमा हवाई आक्रमणले आक्रमण भएकोले ७० जनाको मृत्यु भएको र यो सङ्ख्या थप बढ्न सक्ने बताएका छन् । उनका अनुसार इजरायली सेनाले क्याम्पको मध्य क्षेत्रका मुख्य सडकहरूमा बमबारी गरिरहेको छ । जसले एम्बुलेन्स र नागरिक सवारीहरूलाई लक्षित स्थानहरूमा पुग्न बाधा पुगेको छ । मृत्यु… पुरा पढौ

श्रीलङ्कामा क्रिसमसको अवसरमा एक हजार कैदी रिहा

कोलम्बो, ९ पुस । श्रीलङ्काले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले जेलमा रहेका, आचरणमा सुधार देखिएका आधाभन्दा बढी जेल जीवन बिताइसकेका एक हजार कैँदीलाई बाँकी जेल सजायँ माफी गर्ने पत्रमा हस्ताक्षर गरेका हुन्। सोमबार रिहा भएका एक हजार चार जनामध्ये जरिवाना तिर्न नसकेका कारण जेल सजाय भोगिरहेका श्रीलङ्काका नागरिक रहेको कारागार आयुक्त गामिनी दिसानायकेले जानकारी दिए। श्रीलङ्कामा बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको छ र बुद्धको जन्म, प्रबुद्धता र मृत्युको… पुरा पढौ

निकोबार टापू क्षेत्रमा फसेका दुई सय रोहिङ्ग्याको उद्धार गर्न आग्रह

जेनेभा, ८ पुस । संयुक्त राष्ट्रसङ्घले हिन्द महासागरको अण्डमान र निकोबार टापू नजिकै डुङ्गामा सवार महिला र बालबालिकासहित १८५ जना रोहिङ्ग्या आप्रबासीको तत्काल उद्धार गर्न शनिबार आह्वान गरेको छ । जहाजमा सवारमध्ये ७० जना बालबालिका र ८८ जना महिला रहेको राष्ट्रसङ्घीय शरणार्थी निकाय (यूएनएचसीआर)द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । “कम्तीमा एक दर्जनको अवस्था गम्भीर रहेको आशङ्का गरिएको छ र एक जनाको मृत्यु भइसकेको छ,” विज्ञप्तिमा भनिएको छ । “समयमै उद्धार गरी नजिकको सुरक्षित स्थानमा ओर्लिन नसके धेरै तटीय राज्यहरूको निगरानीका कारण… पुरा पढौ

निकारागुआमा सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु

मानागुवा, ८ पुस । निकारागुआको माटागाल्पाको केन्द्रीय विभागमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य २६ जना घाइते भएका उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिए। मृत्यु हुनेमा धेरै बालबालिका रहेको उहाँले स्थानीय टेलिभिजन च्यानल ४ लाई बताए। करिब ७० जना यात्रु बोकेको बस राँचो ग्रान्डे नगरपालिकास्थित मानसेरा नदीको पुलको बारमा ठोक्किएर दुर्घटना भएको हो । मातागाल्पाका प्रशासक पेड्रो हसलामले भने, “मातागाल्पा शहरमा भएको यस दुःखद् घटनाबाट हामी निराश भएका छौं ।” माटागाल्पा सरकारका अधिकारीहरू, स्वास्थ्यकर्मी, राष्ट्रिय… पुरा पढौ

‘ब्याट’ फिर्ता लिन पीटीआई उच्च अदालत जाने

इस्लामावाद, ८ पुस । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले पार्टीको चुनाव चिन्ह क्रिकेटको ‘ब्याट’ हटाउने निर्णयविरुद्ध पेशावर उच्च अदालत वा सर्वोच्च अदालतमा जाने बताएको छ । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष ब्यारिस्टर गोहर अली खानले शनिबार उक्त घोषणा गरे। निर्वाचन आयोगले आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचनका लागि पीटीआईलाई चुनाब चिन्ह ‘ब्याट’ कायम राख्न नदिने निर्णय गरेको छ । पेशावर उच्च अदालतले निर्वाचन आयोगलाई ‘कानुनअनुसार’ शुक्रबारसम्ममा पीटीआईको अन्तरपार्टी निर्वाचन र चुनाव चिह्नबारे निर्णय गर्न निर्देशन दिएको एक दिनपछि निर्वाचन आयोगको फैसला… पुरा पढौ

गाजामा ७५ दिनमा १३६ सहकर्मी मारिए : महासचिव गुटेर्रेस

न्यूयोर्क, ७ पुस । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल र हमासबीच जारी युद्धमा विगत ७५ दिनमा संयुक्त राष्ट्रसङ्घका १३६ जना कामदारको ज्यान गइसकेको र कैयौँ कर्मचारीलाई घरछोड्न बाध्य पारिएको बताए । राष्ट्र सङ्घको इतिहासमा यति धेरै सङ्ख्यामा आफ्ना कर्मचारीको हताहत भएको अहिलेसम्मको दुर्लभ घटना हो । “गाजामा हाम्रा १३६ सहकर्मी ७५ दिनमा मारिएका छन्, जुन हामीले राष्ट्रसङ्घको इतिहासमा कहिल्यै देखेका छैनौं । हाम्रा अधिकांश कर्मचारीलाई घरबाट निकालिएको छ,” संयुक्त राष्ट्रसङ्घका प्रमुखले एक्स (ट्विटर) पोस्टमा लेखे । उनले भने, “म… पुरा पढौ

आठ लाख अफगानी शरणार्थी स्वदेश फिर्ता : अधिकारी

काबुल, ७ पुस । गत अक्टोबरदेखि करिब आठ लाख अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्किएको अफगानी सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताए । “अक्टोबरदेखि करिब ८ लाख शरणार्थीहरू घर फर्किएकोमा आधा पाकिस्तानबाट फर्किएको स्थानीय टेलिभिजन च्यानल टोलोन्युजले मुजाहिदलाई उद्धृत गर्दै जनाएको छ । फर्कन बाँकी शरणर्थीमध्ये अधिकांश इरानबाट तथा हजारौं टर्किएबाट रहेको मुजाहिदले बताए। २५ लाखभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तानमा र त्यति नै सङ्ख्या इरानमा बस्दै आएका छन् । शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्री अर्सला खरोतीले दैनिक हजारौं अफगान शरणार्थी… पुरा पढौ

अफगानिस्तानमा दश लाखभन्दा बढी बालबालिका गम्भीर कुपोषणको जोखिममा : डब्लुएचओ

काबुल, ६ पुस । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अफगानिस्तानमा १० लाखभन्दा बढी बालबालिका गम्भीर कुपोषणको चपेटामा परेको जनाएको छ । काबुलबाट प्रसारण हुने अफगानी समाचार च्यानल टोलो न्यूजका अनुसार डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले कुपोषणविरुद्ध लड्न अफगानिस्तानलाई १८ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् । उहाँले एक्स (ट्वीटर) मा लेख्नुभएको छ, “अफगानिस्तानको कुल जनसङ्ख्याको ३० प्रतिशतले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।” उनले भने, “करिब १० लाख बालबालिका गम्भीर कुपोषित छन् भने २३ लाख बालबालिका मध्यम… पुरा पढौ

गाजामा अमेरिकी समर्थनपछि राष्ट्रसङ्घ सुरक्षा परिषद्मा मतदानको तयारी

संयुक्त राष्ट्रसङ्घ, ६ पुस । इजरायल–हमास युद्धसम्बन्धी बहुप्रतिक्षित प्रस्तावमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले शुक्रबार मतदान गर्ने तयारी गरेको छ । यो पछिल्लो प्रस्तावमा ‘तत्काल सुरक्षित र निर्बाध मानवीय पहुँचलाई अनुमति दिन र शत्रुताको दिगो अन्त्यका लागि वातावरण सिर्जना गर्न तत्काल कदम चाल्न’ आह्वान गरिएको छ । यसले युद्धको तत्काल अन्त्यको माग गर्दैन । अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले बिहीबार साँझ पत्रकारसँग भने, “यदि प्रस्ताव यथास्थितिमा प्रस्तुत गरियो भने हामी यसलाई समर्थन गर्न सक्छौं ।” उनले प्रस्तावको मस्यौदालाई कमजोर बनाइएको भन्ने कुरा… पुरा पढौ