अन्तर्राष्ट्रिय 🗺

उत्तर कोरियाले सीमा सुरक्षा चौकी पुनर्निर्माणका लागि सेना पठायो-सोल

सोल, ११ मङ्सिर । उत्तर कोरियाले एउटा जासुसी उपग्रह प्रक्षेपण गरेपछि कोरिया प्रायद्वीपमा तनाव उत्पन्न भएको छ । यसै सिलसिलामा उत्तर कोरियाले दक्षिण कोयिासँगको सन् २०१८ को सम्झौताअन्तर्गत हटाइएका सुरक्षा चौकी पुनःस्थापना गर्नका लागि उसको दक्षिणी सीमामा सेना पठाएको सोलको सेनाले सोमबार बताएको छ । गत साता प्योङयाङले जासुसी उपग्रह प्रक्षेपण गरेपछि जवाफमा सोलले सीमामा हुने तनावलाई कम गर्ने उद्देश्यले गरिएको सम्झौतालाई आंशिकरूपमा निलम्बन गरेको थियो । जवाफमा प्योङयाङले पुनः सम्झौता गर्न बाध्य नहुने चेतावनी दिँदै उक्त सम्झौतालाई पूर्णरूपमा रद्द… पुरा पढौ

दक्षिण कोरियाका गुप्तचर प्रमुखद्वारा राजीनामा

सोल, १० मङ्सिर । छिमेकी उत्तर कोरियाको आणविक हतियार र मिसाइल कार्यक्रमलाई लिएर तनाव बढ्न थालेपछि दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुखले आइतबार पदबाट राजीनामा दिएको योन्हाप समाचार एजेन्सीले बताएको छ । राष्ट्रपति युन सुक येओलले राष्ट्रिय गुप्तचर सेवा (एनआइएस) का निर्देशक किम क्यु–ह्युनको राजीनामा स्वीकार गरेको योन्हापले कुनै विवरण उल्लेख नगरी बताएको छ । एनआइएसका अन्य दुई वरिष्ठ अधिकारीले पनि राजीनामा दिएका छन् । स्थानीय मिडिया रिपोर्टहरूका अनुसार यस वर्षको जुनदेखि गुप्तर एजेन्सीमा चलिरहेका कर्मचारी व्यवस्थापनका मुद्दाहरूसँग ती राजीनामा जोडिएको देखिन्छ… पुरा पढौ

म्यान्मा सशस्त्र समूहद्वारा चीन–म्यान्मा सीमामाथि कब्जा

बैङ्कक, १० मङ्सिर । म्यान्माको एउटा जातीय अल्पसङ्ख्यक सशस्त्र समूहले मुलुकको सत्तारूढ जुन्ताबाट चीनतर्फ जाने एउटा आकर्षक सीमामाथि नियन्त्रण हासिल गरेको स्थानीय मिडिया र सुरक्षा स्रोतले आइतबार बताएका छन् । अक्टोबरमा तीन जातीय अल्पसङ्ख्यक समूहको सशस्त्र गठबन्धनले सेनाविरुद्ध आक्रामक हमला गर्नुअघि चीनको सीमानजिक म्यान्माको उत्तरी शान राज्यमा झडपहरू भएका थिए । गठबन्धनले दर्जनौँ सैन्य स्थानका साथै चीनसँग व्यापारका लागि महत्त्वपूर्ण एक सहरमाथि कब्जा गरेका छन् । यसबाट नगदको अभावमा परेको जुन्ताका लागि व्यापारिक मार्ग बन्द भएको छ । समूहसँग सम्बद्ध एक… पुरा पढौ

सुरुङमा फसेका ४१ कामदारलाई मुक्त गर्ने प्रयास तेस्रो सातामा प्रवेश

सिल्कयारा सुरुङ (भारत), १० मङ्सिर । भारतीय सेनाले आइतबार विशेष उपकरणसहित सुरुङभित्र फसेका ४१ कामदारलाई बाहिर निकाल्ने प्रयास गरेका छन् । कामदारलाई सुरुङबाट बाहिर निकाल्ने प्रयास तेस्रो सातामा प्रवेश गरेको छ । बारम्बारको असफलतापछि उनीहरूलाई बाहिर निकाल्नका लागि तीन दिशाबाट खन्ने काम जारी राखिएको छ । भारतीय हवाई सेनाले तत्परताका साथ काम गरिरहेको आइतबार बताएको छ । हिमाली राज्य उत्तराखण्डको निर्माणाधीन सिल्कयारा सुरुङ मार्ग आंशिकरूमा भत्किएपछि उद्धार कार्यका लागि सेनाले तत्परता देखाएको हो । इन्जिनियरहरूले ५७ मिटर चट्टान र कङ्क्रिटबाट… पुरा पढौ

पाकिस्तानको सपिङ मलमा आगलागी एघारको मृत्यु

पाकिस्तान (कराँची), ९ मङ्सिर । पाकिस्तानको व्यापारिक राजधानी कराँचीस्थित सपिङ मलमा शनिबार आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । दक्षिणी बन्दरगाह सहरस्थित छ तले भवनको चौथो तलामा आगलागी हुँदा ६० जनाभन्दा बढी मल भित्र रहेका थिए । “हाम्रा उद्धारकर्मीहरूले अहिलेसम्म ११ जनाको शवलाई अस्पतालमा लगेका छन्,” उद्धार सेवा सञ्चालन गर्ने चिप्पा कल्याणकारी संस्थाका प्रवक्ता शाहिद हुसेनले भने । उनका अनुसार, ३५ जना घाइते भएका छन्, घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ… पुरा पढौ

अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा पुरुषहरूलाई घरेलु हिंसाविरुद्ध कदम चाल्न आग्रह

क्यानबेरा, ९ मङ्सिर । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले महिला र बालबालिका विरुद्ध हुने हिंसा अन्त्य गर्न अष्ट्रेलियाली पुरुषहरूलाई आह्वान गरेका छन्। शनिबार महिला विरुद्धको हिंसा उन्मूलनको लागि अन्तरराष्ट्रिय दिवसको अवसरमा जारी गरिएको विज्ञप्तिमा अल्बानीजले अष्ट्रेलियाको घरेलु हिंसा न्यूनीकरण गर्न तत्काल कदम चाल्न आवश्यक रहेको बताए । अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजीको नेशनल होमिसाइड मोनिटरिङ प्रोग्राम (एनएचएमपी) का अनुसार अस्ट्रेलियामा हत्याको शिकार हुने वयस्क महिलामध्ये ६० प्रतिशतको हत्या हालको वा पूर्व घनिष्ठ साथीबाट हुने गरेको पाइएको छ । सन् २०२०–२१ मा अष्ट्रेलियामा… पुरा पढौ

हमासद्वारा रिहा गरिएका बन्धकहरूको सूची सार्वजनिक

तेल अवीव, ९ मङ्सिर । इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतङ्कवादी हमलामा हमासद्वारा बन्धक बनाएर हिजो रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । इजरायली प्रधानमन्त्री कार्यालयले हमाससँगको सम्झौताको एक भागका रूपमा उद्धार गरिएकामध्ये ११ विदेशी नागरिक रहेको जानकारी दिएको छ। अमेरिका र कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार उद्धार गरिएका २४ जना हमास बन्धकहरूको सट्टामा इजरायलले ३९ प्यालेस्टिनी बन्दीहरूलाई पनि मुक्त गरेको थियो। "इजरायली सरकारले घर फर्केका हाम्रा नागरिकहरूलाई स्वागत गर्छ। इजरायली सरकार सबै अपहरण र बेपत्ता व्यक्तिहरूलाई… पुरा पढौ

चिनियाँ विदेशमन्त्री चीन-जापान-कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने

बेइजिङ, ९ मङ्सिर । चिनियाँ विदेशमन्त्री चीन–जापान–कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राजनीतिक ब्युरोका सदस्य तथा विदेशमन्त्री वाङ यीले चीन, जापान र कोरिया गणतन्त्र (गणतन्त्र कोरिया) बीचको त्रिपक्षीय विदेश मन्त्रीहरूको बैठकमा भाग लिदैछन्। कोरियाको बुसानमा नोभेम्बर २६ देखि शुरु हुने सो बैठकमा विदेशमन्त्रीले सहभागिता जनाउने, परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले शनिबार जानकारी दिए । पुरा पढौ

भारतमा सडक सुरूङमा फसेका ४१ श्रमिकको उद्धार जारी

उत्तरकाशी, भारत, ८ मङ्सिर । उत्तरकाशीको सिल्कियारामा निर्माणाधीन सुरुङ भत्किएको १३ औँ दिन सुरूङमा फसेका ४१ जना कामदारको उद्धार कार्यमा केही प्रगति भएको उद्धारमा सम्लग्न टोलीले बताएको छ । गत कात्तिक २८ गते सिल्क्यारादेखि बारकोटसम्म निर्माणाधीन सुरुङको केही भाग भत्किएर सुरुङको सिल्कियारातर्फको ६० मिटर क्षेत्रमा खसेको पहिरोले ४१ जना कामदारलाई भित्र थुनेको थियो । कामदारहरू सरूङको पूरा भएको दुई किलोमिटर–निर्मित भागमा फसेका छन् । भग्नावशेषबाट ड्रिल गर्न प्रयोग गरिने अमेरिकी विशाल ओगर मेशिन राख्ने २५ टनको कङ्क्रिटको संरचना बनाई उद्धारक्रममा… पुरा पढौ

इजरायल र हमासबीच युद्धविराम सम्झौता कार्यान्वयन शुरू, शुक्रबार रिहा हुने १३ जना एउटै परिवारका

गाजा पट्टी, प्यालेस्टाइनी क्षेत्र, ८ मङ्सिर । इजरायल–हमास युद्धमा चार दिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने गरी भएको सात हप्ताको युद्धपछि भएको युद्धविरामसँगै बन्धकहको बदलामा प्यालेष्टिनी कैदीहरूको रिहा गरिने भएको छ । अक्टोबर ७ मा इजरायलमा हमासले गरेको घातक आक्रमणपछि सुरु भएको द्वन्द्व दुबै पक्षले स्थानीय समयअनुसार बिहान ७:०० बजेदेखि युद्धविराम गर्ने सम्झौतासँगै अस्थायी रूपमा रोकिएको छ । शुक्रबार गाजामा बन्धक बनाइएका १३ जनालाई रिहा गरिने र त्यसपछि इजरायली जेलबाट केही सङ्ख्यामा प्यालेस्टिनी कैदीलाई रिहा गरिने… पुरा पढौ