अन्तर्राष्ट्रिय 🗺

‘बृहत् ब्रिक्स थप सशक्त र सुदृढ हुन्छ’

ब्रासिलिया, १३ भदौ । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्समा उदीयमान अर्थतन्त्रयुक्त देश नयाँ सदस्यका रुपमा थपिएपछि समूह अझ सशक्त र सुदृढ भएको ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले बताएका छन् । ब्राजिलको सरकारी प्रसारण संस्थाको साप्ताहिक कार्यक्रममा उहाँले छ वटा देश ब्रिक्समा थपिएपछि यो अझ महत्वपूर्ण र शक्तिशाली भएको बताए। समूहका गतिविधि र प्रगतिबारे जानकारी लिन तथा सदस्य देशका सरकार प्रमुख एवं राष्ट्राध्यक्षसँग विचार आदानप्रदान गर्न शिखर सम्मेलन फलदायी रहेको बताए। गत साता दक्षिण… पुरा पढौ

पहिरोमा पुरिएर चार जनाको मृत्यु, अठचालिस बेपत्ता

छन्दु, १३ भदौ । चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानको लिङ्शान यी स्वायत्त क्षेत्रको जिनयाङ काउन्टीमा अविरल वर्षासँगै खसेको पहिरोमा परी चार जनाको मृत्यु भएको छ । अन्य ४८ जना बेपत्ता भएका छन् । राजमार्ग निर्माणस्थलमा पहिरो खसेको तर घटनाका सम्बन्धमा कुनै जानकारी नदिएको अभियोगमा निर्माण कम्पनीका चार जनालाई पक्राउ गरिएको प्रान्तीय आन्तरिक सुरक्षा विभागमा उपनिर्देशक युआन ग्याङले पत्रकार सम्मेलनमा बताएका छन् । नौ दिन अघि भएको उक्त घटनाको विवरण ढिलो उपलव्ध गराएकामा उनले निर्माण कम्पनीका कर्मचारीमाथि कारवाही गरिने बताएका छन् ।… पुरा पढौ

यान्त्रिक गडबडीका कारण टोयोटाले रोक्यो काम

टोकियो, १२ भदौ । यान्त्रिक गडबडीका कारण टोयोटा मोटरले उत्पादनसम्बन्धी सबै काम रोकेको छ । कम्प्युटर प्रणालीमा उत्पन्न खराबीका कारण जापानमा रहेका कम्पनीका १४ मध्ये १२ वटा एसेम्ब्ली प्लान्टको सञ्चालन आज बिहानैदेखि स्थगन गरिएको जनाइएको छ । टोयोटा मोटरका प्रवक्ताका अनुसार कारखानामा उपभोक्ताले आज बिहानैदेखि सवारी साधनका पार्टपुर्जा अर्डर गर्न नपाएका तथा कम्प्युटर प्रणाली कहिले पुनः सञ्चालन हुन्छभन्ने स्पष्ट भएको छैन । फुकुओका प्रिफेक्चरको मियाता प्लान्ट र दाइहात्सु मोटर कम्पनीको क्योटो प्लान्ट बाहेक २५ कारखाना प्रभावित भएका छन् । गत… पुरा पढौ

चन्द्रयान–३ को अनुसन्धान यात्रा जारी, समयको महत्वपूर्ण दौडमा प्रज्ञान रोभर : निर्देशक देसाई

अहमदावाद, गुजरात, ११ भदौ । चन्द्रयान–३ को रोभर मोड्युल प्रज्ञान समयको दौडमा रहेको साथै पहिलो र दोस्रो उद्देश्य सफलतापूर्वक पूरा भएपछि यसको तेस्रो उद्देश्यका लागि अघि बढिरहेको भारतीय वैज्ञानिकहरूले बताएका छन् । अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने भारतीय स्पेस अप्लिकेसन सेन्टर (एसएसी) का निर्देशक निलेश एम देसाईले चन्द्रयान–३ को रोभर मोड्युल प्रज्ञान समयको दौडमा रहेको र छ पाङ्ग्रे रोभरमार्फत अज्ञात दक्षिणी ध्रुवको अधिकतम दूरी तय गर्न काम गरिरहेको बताए। वैज्ञानिकका अनुसार चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ पछि मात्र ‘वास्तविक काम’ सुरु हुन्छ ।… पुरा पढौ

अमेरिकी वाणिज्यमन्त्री र चिनियाँ समकक्षीबीच बेइजिङमा भेटवार्ता

बेइजिङ, ११ भदौ । अमेरिकी वाणिज्यमन्त्री जिना राइमोन्डोले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार बेइजिङमा भेटवार्तामा विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच स्थिर सम्बन्ध हुनु ‘अत्यन्त महत्वपूर्ण’ भएको बताएका छन् । वासिङ्टनले बेइजिङसँगको व्यापार तनाव कम गर्न काम गरिरहेका बेला हालैका महिनाहरूमा अमेरिकी अधिकारीहरूले चीनमा गरेको उच्चस्तरीय भ्रमणको शृङ्खलामा एक मन्त्रीका रूपमा उनको यो पछिल्लो भ्रमण हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै वर्ष चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने समाचारहरू सार्वजनिक भइरहँदा अमेरिकी बाणिज्य मन्त्रीका रूपमा राइमोन्डोले व्यापार क्षेत्रमा रहेका तनाबलाई… पुरा पढौ

एक्सपेङले चिनियाँ प्रतिस्पर्धी कम्पनीलाई ७४ करोड अमेरिकी डलरमा किन्ने

बेइजिङ, ११ भदौ । चिनियाँ विद्युतीय कार कम्पनी एक्सपेङले भाडामा यातायात सेवा प्रदान गर्ने (राइड–हेलिङ्ग प्लेटफर्म) दिदीको विद्युतीय सहायक कम्पनी ७४ करोड अमेरिकी डलरभन्दा बढीमा खरिद गर्ने र नयाँ ब्रान्डका सवारी साधन सार्वजनिक गर्ने सोमबार घोषणा गरेको छ । सन् २०१५ मा दक्षिणी प्रान्त गुआङडोङमा स्थापना भएको एक्सपेङ विश्वको सबैभन्दा ठूलो कार बजारमा विद्युतीय सवारी साधनमा आएको उछालको फाइदा उठाउन हालैका वर्षहरूमा उदाएका दर्जनौं चिनियाँ कम्पनीमध्ये एक हो । दिदी चीनको अग्रणी कार–हेलिङ्ग एप हो जसले विद्युतीय सवारी डिजाइन गर्ने… पुरा पढौ

जातीय घृणाका कारण अमेरिकामा तीन जना अश्वेत मारिए

वासिङ्टन, १० भदौ । जातीय घृणाले प्रेरित एक जना गोराले फ्लोरिडास्थित सहुलियत मूल्यमा उपभोग्य सामग्री बेच्ने पसलमा तीन जना अश्वेतलाई गोली हानेर हत्या गरेका छन् । प्रहरीसँगको झडपपछि उनले आफ्नो पनि ज्यान लिएको अधिकारीहरूले बताएका छन् । “आक्रमणकारीले कालो वर्णका मानिसहरूको समूहलाई निशाना बनाएका थिए । उसको परिवारका सदस्यले फेला पारेको घोषणापत्रमा पनि उनीहरूलाई मार्न उसले गरेको घृणित दृढनिश्चयको विवरण छ,” कानुन कार्यान्वयन कार्यालय ज्याक्सनभिलका प्रमुख टीके वाटर्सले २० वर्षीय आक्रमणकारीबारे जानकारी दिँदै बताए । विशेषतः अश्वेतहरू अध्ययन गर्ने राज्यको… पुरा पढौ

अष्ट्रेलियामा अमेरिकी सेनाको विमान दुर्घटना

सिड्नी, १० भदौ । संयुक्त राज्य अमेरिकाको ओस्प्रे सैन्य विमान आइतवार युद्धअभ्यासका क्रममा अष्ट्रेलियाको उत्तरमा अवस्थित दुर्गम टापुमा दुर्घटना भएको छ । अष्ट्रेलियाको मुख्य भूमिबाट करिब ६० किलोमिटर उत्तरमा रहेको मेलभिल टापुमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त स्थानमा खोज तथा उद्धारका साथै विमानमा सवार व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्नमा नै आफ्नो ध्यान केन्द्रित रहेको अष्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ । विमानमा अष्ट्रेलियाली सैनिक नरहेको स्पष्ट गर्दै मन्त्रालयले प्रारम्भिक चरणमा दुर्घटना प्रतिकार्यलाई प्राथमिकतामा राखिएको बताएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार दुर्घटनाग्रस्त विमानमा… पुरा पढौ

‘भारतसँग मङ्गल र शुक्रग्रहमा पुग्ने सामथ्र्य छ’

तिरुवनन्तपुरम (केरला), १० भदौ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले चन्द्रमा, मङ्गल र शुक्रग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताएका छन् । तिरुवनन्तपुरममा पत्रकारहरूसँग शनिबार राति कुरा गर्दै उनले जुनसुकै ग्रहमा पुग्नसक्ने सामथ्र्य भारतको रहेको दाबी गरे। इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आवश्यक भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको लक्ष्य पूरा गर्न इसरो तयार रहेको बताए। “हामीलाई थप लगानीको खाँचो छ, अन्तरिक्ष क्षेत्रको विकास गर्नुपर्छ र यसबाट सिङ्गो राष्ट्रको विकास गर्नुपर्छ, त्यो हाम्रो लक्ष्य हो,”… पुरा पढौ

कोरियाली प्रायद्वीप समस्या समाधानमा चीनको जोड

संयुक्त राष्ट्रसङ्घ, ९ भदौ । चीनले कोरियाली प्रायद्वीप समस्या समाधानमा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका उपस्थायी प्रतिनिधि गेङ श्वाङले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को शुक्रबारको बैठकमा उनले उक्त कुरामा जोड दिए । कोरियाली प्रायद्वीप समस्या समाधान प्रमुख राष्ट्रहरूबीचको सुदृढ सम्बन्ध र स्थिर क्षेत्रीय वातावरणमा निर्भर रहेको बताउँदै चिनियाँ कूटनीतिज्ञले ती देशले नै उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिए। प्रायद्वीपको विषयलाई लिएर प्रमुख क्षेत्रीय देशले सामान्यतया स्थिर र सहयोगी सम्बन्ध राखेमा कूटनीतिक प्रयास प्रभावकारी हुन सक्ने उनले बताए। उपप्रमुख गेङले हालैका… पुरा पढौ