अन्तर्राष्ट्रिय 🗺

फ्रान्सेली राजदूतलाई नाइजर छोड्न आदेश

नियामे, ९ भदौ । नाइजरको सैन्य नेतृत्वले फ्रान्सेली राजदूतलाई देश छोड्न आदेश दिएको छ । सैन्य सरकारको यो कदमले पश्चिम अफ्रिकी राष्ट्रमा प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिलाई पदच्युत गरेपछि अन्तरराष्ट्रिय सङकटलाई अझ बढाएको अल जजीराले जनाएको छ । फ्रान्सेली राजदूत सिल्भेन इट्टेलाई ४८ घण्टाभित्र नाइजर छोड्न भनिएको छ । शुक्रबार उहाँलाई सैन्य सरकारले पठाएको एक पत्रमा छलफलका निम्ति विदेश मन्त्रालयमा उपस्थित हुन गरिएको आमन्त्रणाको बेवास्ता गरेको आरोप पनि लगाइएको छ । राजदूत इट्टेको निष्कासनको कारण ‘नाइजरको हित विपरीत फ्रान्सेली सरकारको काम… पुरा पढौ

मदुराइ रेलमा आगलागी हुँदा नौ जना तीर्थयात्रीको मृत्यु

मदुराइ (तमिलनाडु) ९ भदाै । शनिबार बिहान मदुराइ रेलवे स्टेशन नजिकै रोकेर राखिएको रेलको डिब्बा भित्र आगलागी हुँदा उत्तर प्रदेशबाट यात्रा गरिरहेका नौ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ५०भन्दा बढी घाइते भएका छन् । पुनालुर–मदुराई एक्सप्रेसले लखनाउबाट ल्याएको उक्त डिब्बामा आज बिहान आगालागी भएको पुष्टि गर्दै दक्षिणी रेलवेले प्रत्येक मृतकका आफन्तलाई रु १० लाख अनुदान दिने घोषणा गरेको छ । अवैध रूपमा तस्करी गरिएको ग्यास सिलिन्डर रेलको डिब्बामा राखिएको र सोही विष्फोट हुँदा उक्त हतातहती भएको रेलवेले एक विज्ञप्ति… पुरा पढौ

‘बहुपक्षीयताको संरक्षणमा ब्रिक्सको भूमिका महत्वपूर्ण’

बेइजिङ, ८ भदौ । बिहीबार दक्षिण अफ्रिकामा सम्पन्न भएको ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको १५औँ ब्रिक्स शिखर सम्मेलनले ब्रिक्स संयन्त्रको गतिशीलता, यो बहुपक्षीय मञ्चको विकासको प्रवर्द्धन, बहुपक्षीयताको संरक्षण र विश्वव्यापी शासन सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बहुपक्षीयताका जानकारहरूले बताएका छन् । सङ्गठनको ऐतिहासिक विस्तारका क्रममा अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स थपिएपछि ब्रिक्स सहयोग संयन्त्रमा जीवन्त, विश्व शान्ति र विकासका लागि सहयोगी हुने धारणा उनीहरूले व्यक्त गरेका छन् । नयाँ सदस्य देश… पुरा पढौ

पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण, दुई लाख धरौटीमा रिहा

एटलान्टा, ८ भदौ । अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको एक फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् । फुल्टन काउन्टी जेलमा ३० मिनेटभन्दा कम समय बिताएका उनी दुई लाख डलर धरौटी बुझाएर रिहा भए। जेलका अधिकारीले लागूऔषध कारोबार, तस्करी, मदिराले मातेर सवारी हाक्ने चालकलगायत अन्य फौजदारी अभियोग लागेकाहरूको औँठाछाप र टाउकोसहित अनुहारको तस्बिर लिने लज्जास्पद काम अमेरिकाको इतिहासमा पहिलोपटक पूर्वराष्ट्रपतिको फोटो लिएर भएको छ । यो लज्जास्पद क्षण अमेरिकाका लागि दुःखद… पुरा पढौ

‘ग्लोबल साउथ’ कूटनीतिक शब्द मात्र होइन : मोदी

जोहानेसबर्ग, ७ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ग्लोबल साउथ’ एक कूटनीतिक शब्द मात्र नभएर उपनिवेशवाद र रङ्गभेदविरुद्ध यी देशहरूको साझा इतिहासको प्रतिनिधित्व गर्ने आन्दोलन भएको बताएको छ । दक्षिण अफ्रिकी राजधानीमा आयोजित ‘ब्रिक्स–अफ्रिका आउटरिच एण्ड ब्रिक्स प्लस डायलग’लाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ब्रिक्स राष्ट्र र शिखर सम्मेलनमा उपस्थित सबै मित्र राष्ट्रले बहुध्रुवीय विश्वको सुदृढीकरणमा योगदान गर्न सक्ने बताए । “अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका नेताहरूसँग विचार आदानप्रदान गर्ने अवसर दिनुभएकोमा म दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाप्रति आभारी छु ।… पुरा पढौ

पत्रकार थुन्ने म्याद बढाएकामा मस्कोको निन्दा

बर्लिन, ७ भदौ । जर्मनीले वाल स्ट्रिट जर्नलका पत्रकार इभान गेर्शकोविचलाई तीन महिना हिरासतमा राख्ने रुसी अदालतको निर्णयको निन्दा गरेको छ । विदेशमन्त्री एनालेना बेरबकले मस्कोको यो निर्णयलाई ‘क्रुर’ प्रणालीको उदाहरण भएको बताउँदै उनलाई निःशर्त थुनामुक्त गर्न माग गरे। पत्रकार गेर्शकोविचलाई जासुसीको आरोपमा गत मार्चमा पक्राउ गरिएको थियो । उनले आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । मस्कोस्थित कारागारमा उनलाई राखिएको छ । उनीमाथि लगाइएको अभियोगमा आज भएको सुनुवाइका बेला अदालतमा कुनै पनि पत्रकारलाई प्रवेश दिइएको थिएन । मखुण्डोलगाएका सुरक्षाकर्मीले हथकडी… पुरा पढौ

क्यालिफोर्नियाको एक मधुशालामा गोली चल्दा चार जनाको मृत्यु

लस एञ्जलस, ७ भदौ । अमेरिकाको क्यालिफोर्निया राज्यको एक मधुशालामा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु हुनका साथै अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ । घटनामा गोली चलाउनेको पनि मृत्यु भएको छ । गोलीहानाहान भएका बेला सरकारी अधिकारी पनि भएकाले आक्रमणकारी पनि मारिएको बताइएको छ । घटनामा कुनै पनि सरकारी अधिकारी घाइते भएका छैनन् । “घटनास्थलमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ, गोली हान्ने व्यक्ति पनि मारिएको छ । घाइते छ जनालाई अस्पतालमा लगिएको… पुरा पढौ

वाग्नर प्रमुखसहित दश जनाको शव फेला

मस्को, ७ भदौ । दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका वाग्नर प्रमुख येभगेनी प्रिगोजिनसहित सबै १० यात्रुको शव फेला परेको रुसी आपत्कालीन सेवाले आज जनाएको छ । हिजो प्रिगोजिनको मृत्युको खबर सुनेपछि धेरै रुसी अचम्ममा परेका थिए । प्रिगोजिनले दुई महिना अघि असफल विद्रोह सुरु गरेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिएका थिए । प्रिगोजनसमेत सवार उक्त जेट समस्याका कुनै सङ्केत नै नदेखाइ अचानक खसेको फ्लाइट ट्र्याकिङ डेटामा देखिन्छ । त्यसपछि करिब ३० सेकेन्डमा उक्त जेट २८ हजार फिटको उचाइबाट ८ हजार… पुरा पढौ

फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट पानी प्रवाह शुरु

नामी, ७ भदौ । चीन र कोरियाको चर्को विवादका बाबजुद जापानले फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेको छ । लगभग पाँच सय ४० वटा ओलम्पिक पौंडी पोखरीमा हुने बराबरको प्रशोधित पानी प्रशान्त महासागरमा आजदेखि प्रवाह गरिएको जनाउँदै जापानले त्यो सुरक्षित रहेको दाबी गरेको छ । सन् २०११ को सुनामीपछि बिग्रिएका आणविक रिएक्टरहरूलाई चिसो पार्न प्रयोग गरिएको उक्त परिमाणको सबै पानी समुद्रमा विसर्जन गर्न १७ दिन लाग्ने जापानी वैज्ञानिकहरूले बताएका छन् । अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी… पुरा पढौ

चन्द्रयान-३ चन्द्रमाको दक्षिण धुव्रमा सफलतापूर्वक अवतरण गरेपछि भारतलाइ वधाइ

काठमाडौं, ७ भदाै । भारतले चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिण धुव्रमा सफलतापूर्वक अवतरण गरेपछि उसले अहिले उसका छिमेकी तथा अन्य देशहरुले सफलताकाे लागि वधाइ दिएका छन् । नेपाल लगायतका दक्षाण एशियाली मुलुकका राष्ट्र प्रमुख तथा प्रधानमन्त्रीहरुले वधाइ दिएका हुन् । भारत साे यान दक्षिणी ध्रुवमा सफलतापूर्वक पुर्याउने पहिलो देश बनेकाे छ । नेपाली समय अनुसार बुधबार साँझ ६ः१९ बजे साे यान चन्द्रमामा अवतरण गरेकाे हाे । केही दिन अघि मात्रै रुसले चन्द्र यान पठाउने प्रयास गरेकाे थियाे तर रुस सफल भएन… पुरा पढौ