अन्तर्राष्ट्रिय 🗺

भारतमा अत्यधिक गर्मीका कारण करिब १०० जनाको मृत्यु

नयाँ दिल्ली, ४ असार । भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन् । गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गर्मीका कारण बिरामी परी मृत्यु भएका अधिकांश व्यक्ति ६० वर्षभन्दा माथिका रहेका बताइएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) को तथ्याङ्कअनुसार शुक्रबार र शनिबार देशका केही भागमा अधिकतम तापक्रम ४२.२… पुरा पढौ

चीन र अमेरिकाबीच सहकार्य आवश्यक : चिनियाँ कूटनीतिज्ञ

बेइजिङ, ४ असार । बेइजिङका उच्च कूटनीतिज्ञ तथा विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको कुराकानीमा दुई शक्तिशाली विश्व अर्थतन्त्रले सहकार्य गर्नु उत्तम विकल्प हुने बताएका छन् । दुई मुलुकले ‘सहकार्य गर्ने वा द्वन्द्व’ भन्दा विश्व समुदायको चाहना अनुसार उनीहरूबीच कुटनीतिक मेल हसँदा विश्व समुदायलाई फाइदा हुन्छ । “वार्ता र मुठभेड, सहयोग वा द्वन्द्वमध्ये कुनै एक रोज्नु आवश्यक छ,” चिनियाँ विदेशमन्त्री वाङ यीले ब्लिन्केनसँगको भेटमा भने। ब्लिन्केनले चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा विदेशमन्त्री वाङसँग तीन घण्टा कुराकानी गरेको अमेरिकी… पुरा पढौ

ब्राजिलमा आँधीका कारण १३ जनाको मृत्यु, ८० हजार विस्थापित

रियो दि जेनेरियो, ४ असार । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा १३ पुगेको छ । आँधीका कारण हजारौं व्यक्ति विस्थापित भएका अधिकारीहरूले सोमबार बताएका छन् । बिहीबार र शुक्रबार रियो ग्रान्डे डो सुल राज्यमा आएको आँधीका कारण १३ जनाको मृत्यु भएको छ भने अन्य तीन जना अझै सम्पर्कमा नआएको अधिकारीले बताए । मृत्यु हुनेमा एक चार महिनाको शिशु रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । साओ लियोपोल्डो शहरकी एक महिलाले आफ्नो नाम उल्लेख नगरिकन एस्टादाओ पत्रिकासँग… पुरा पढौ

नोभा काखोभका बाँध भत्किँदा १६ जनाको मृत्यु, ३१ बेपत्ता

नोभा काखोभका, ३ असार । नोभा काखोभका बाँध भत्किँदा बाढीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् । युक्रेनको आन्तरिक मामिला मन्त्रालयले शनिबार जनाएअनुसार दक्षिणी युक्रेनको बाँध जुन ६ गते भत्किएको र गाउँहरू ध्वस्त भएका थिए । बाँध भत्किएर खेतबारीमा बाढी आउँदा हजारौं मानिसलाई बिजुली र खाने पानीको आपूर्तिमा समस्या भएको थियो । कीभका अनुसार रुसले योजनाबद्धरुपले बाँधमा आक्रमण गरेको थियो । रुसले क्रिमियालाई पानीबाट वञ्चित गर्न र युद्धको मैदानबाट विचलित गराउन भौतिक संरचनामा… पुरा पढौ

युगाण्डाको विद्यालयमा भएको आक्रमणको संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घ, ३ असार । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले पश्चिमी युगान्डाको एक माध्यमिक विद्यालयमा एलाइड डेमोक्रेटिक फोर्सेज (एडीएफ) समूहले गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। युगान्डाका अधिकारीहरूका अनुसार एडीएफ विद्रोहीहरूले शुक्रबार राति डीआरसीसँग सीमा जोडिएको मपोन्ड्वेस्थित ल्हुबिरिरा माध्यमिक विद्यालयमा आक्रमण गर्दा कम्तीमा ३७ विद्यार्थीको मृत्यु भएको थियो भने कम्तीमा आठ जना विद्यार्थीको अवस्था गम्भीर रहेको छ । आक्रमणकारीले छ जना विद्यार्थीलाई कब्जामा लिई आफुसँगै लगेका छन् । उपप्रवक्ता फरहान हकले एक विज्ञप्ति जारी गर्दै यस भयानक आक्रमणका लागि… पुरा पढौ

तस्करीविरुद्धको कारबाहीमा टर्किएमा २ हजार वर्ष पुरानो मूर्ति बरामद

इस्तानबुल, ३ असार । टर्कीको प्रहरीले पश्चिमी शहर इज्मिरमा ऐतिहासिक कलाकृति तस्करहरू विरुद्ध कारबाही गर्ने क्रममा २,००० वर्ष पुरानो मूर्ति कब्जा गरेको छ । अनादोलु एजेन्सीले शनिबार जनाएअनुसार प्रहरीले इज्मिरको काराबाग्लर जिल्लामा पुरानो खजानाको तस्करीमा संलग्न रहेको विश्वास गरिएका एक जना संदिग्धको घरमा छापा मार्दा सो पुराततात्विक वस्तु फेला पारेको थियो। उक्त मूर्तिको टाउको देवी वा हेलेनिस्टिक कालदेखिको कुलीन चित्रण गर्ने संगमरमरको मूर्तिको अंश मानिएको छ । उक्त कलाकृति विदेश तस्करी गर्ने प्रयास गर्ने अभियुक्त विरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको… पुरा पढौ

युगाण्डाको विद्यालयमा आक्रमण २५ जनाको मृत्यु, ८ जना घाइते

कम्पाला, २ असार । पश्चिमी युगान्डाको एक विद्यालयमा एलाइड डेमोक्रेटिक फोर्सका सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। आइएसआइएससँग सम्बन्ध रहेको एडिएफका सशस्त्र विद्रोहीहरूले शुक्रबार राति प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँगको देशको सीमामा रहेको लुबिरिरा माध्यमिक विद्यालयमा आक्रमण गरेको प्रहरीले जनाएको छ। युगान्डा प्रहरी बलका प्रवक्ता फ्रेड एनान्गाले ट्वीट गरेका छन् "एक छात्रावास जलाइयो र खाना पसल लुटियो। हालसम्म विद्यालयबाट २५ शव निकालेर बवेरा अस्पतालमा सारिएको छ।" बवेरा अस्पतालमा उपचाररत थप आठ जनाको… पुरा पढौ

मेक्सिकोमा गर्मीका कारण आठ जनाको मृत्यु

मेक्सिको सिटी, २ असार । मेक्सिकोमा अप्रिलको मध्यदेखि बढेको गर्मीका कारण आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार राजधानी मेक्सिको सिटीमा यो हप्ता तापक्रम ३५ डिग्री सेल्सियस (९५ फरेनहाइट) पुगेको छ। गत अप्रिल १४ देखि जुन १२ को बीचमा सात जनाको हेटस्ट्रोक र एक जनाको डिहाइड्रेसनका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। मोन्टेरीको उत्तरपूर्वी शहरमा, तापमान ४० डिग्री नाघेको छ जसले गर्दा घरहरूमा पानी आपूर्ति कम भएको र वातानुकूलनका लागि बिजुलीको बढ्दो माग बढ्दो छ । मोन्टेरीका बासिन्दा… पुरा पढौ

रुसले आणविक हतियार बेलारुस पठायो

मस्को, २ असार । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले आणविक हतियारहरूको पहिलो समूह बेलारुस पठाएकाे द हिलले उल्लेख गरेको छ। सेन्ट पिटर्सबर्ग इन्टरनेशनल इकोनोमिक फोरमलाई सम्बोधन गर्दै पुटिनले बाँकी आणविक हतियार गर्मीको अन्त्यसम्ममा उपलब्ध गराउने बताए। युक्रेनसँग सीमा जोडिएको देशमा रणनीतिक आणविक बम तैनाथ गर्ने योजनाको एक भागको रूपमा रुसले यो योजना अगाडि बढाएको बताइएको छ। बेलारूसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले "रूसबाट बम र मिसाइलहरू" को पहिलो भाग प्राप्त गरेको बताए। लुकाशेन्कोले रुसी र बेलारूसी राज्य मिडियालाई भने-"हामीसँग क्षेप्यास्त्र र बमहरू… पुरा पढौ

क्यानाडाको जनसङ्ख्या चार करोड पुग्यो

ओटावा, २ असार । क्यानाडाको जनसङ्ख्या चार करोड पुगेको छ । सन् २०२३ जुन १६ गतेसम्मको तथ्याङ्क हेर्दा कुल जनसङ्ख्या ४ करोड पुगेको देखिएको छ । क्यानाडाको जनसङ्ख्या हाल तीव्र गतिमा बढिरहेको छ । सन् २०२२ मा क्यानाडालीहरूको सङ्ख्या १,०५०,११० ले बढेको हो । यो सङ्ख्या क्यानाडाको इतिहासमा पहिलो पटक यसरी तीव्र गतिमा बढेको हो । जनसङ्ख्याको वार्षिक वृद्धि दर २.७ प्रतिशत पुगेको छ । सन् २०२२ मा रेकर्ड गरिएका लगभग सबै वृद्धिका लागि अन्तरराष्ट्रिय बसाइँसराइँ जिम्मेवार रहेको राष्ट्रिय तथ्याङ्क… पुरा पढौ