अन्तर्राष्ट्रिय 🗺

भारतीय प्रधानमन्त्रीको राजकीय भ्रमण, भारत-अमेरिका व्यापार सम्बन्धमा काम गर्ने अवसर

वासिङ्टन डीसी, १ असा । अमेरिकी प्रतिनिधि अमी बेराले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिका भ्रमण अमेरिका र भारतबीचको व्यापारिक सम्बन्धका लागि काम गर्ने अवसर हुने बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री मोदीले आगामी जुन २१ देखि जुन २४ सम्म अमेरिकाको राजकीय भ्रमण गर्ने भएका हुन्। भ्रमणका क्रममा उनले दोस्रो पटक अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । बाइडेन र अमेरिकी प्रथम महिला जिल बाइडेनले जुन २२ मा ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीलाई राजकीय रात्रिभोजका लागि… पुरा पढौ

बिल गेट्स र सी जिनपिङबीच शुक्रबार भेटवार्ता हुँदै

बेइजिङ, १ असार । माइक्रोसफ्टका सहसंस्थापक तथा समाजसेवी बिल गेट्सले शुक्रबार राष्ट्रपति सी जिनपिङसँग भेट गर्दैछन्। विश्वका सबैभन्दा धनी व्यक्तिमध्येका एक गेट्स चीन भ्रमण गर्ने पश्चिमा व्यापारिक नेताहरूमध्ये एक हुन्। विश्वका सबैभन्दा धनी व्यक्ति र सबैभन्दा प्रतिष्ठित परोपकारी व्यक्तिहरूमध्ये एक, यो चार वर्षमा उनको पहिलो भ्रमण हो । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार यो भ्रमणले चिनियाँ राष्ट्रप्रमुख र एक विदेशी व्यापारिक नेताबीच दुर्लभ भेटघाट हुनेछ । “जुन १६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले गेट्स फाउन्डेसनका प्रमुख बिल गेट्ससँग बेइजिङमा भेटवार्ता गर्नेछन,” चिनिया… पुरा पढौ

आसाममा बाढीका कारण २५ गाउँका २९ हजार मानिस प्रभावित

गुवाहाटी, १ असार । आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) ले बिहीबार आसामको अवस्था अझै भयावह रहेको र छ जिल्लाका करिब २९ हजार मानिस बाढीबाट प्रभावित भएको जनाएको छ । एएसडीएमएले आसाम र अरूणाचल प्रदेशमा लगातारको वर्षाका कारण धेरै नदीहरूमा पानीको स्तर बढ्दै गएको र लखीमपुर, धेमाजी, डिब्रुगढ, कछार, नलबारी र कामरूप (मेट्रो) जिल्लाका १० प्रशासन केन्द्र अन्तर्गत २५ गाउँ र अन्य क्षेत्रमा बाढीको पानी पसेको जनाएको छ । आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) को बाढी प्रतिवेदनअनुसार बाढीप्रभावित जिल्लामा २१५.५७… पुरा पढौ

नयाँ रादूतावास भवन निर्माणको विषयलाई लिएर रुस-अष्ट्रेलिया विवाद उत्कर्षमा

जेठ, ३१ रासस/सिन्ह्वान । नयाँ रादूतावास भवन निर्माणको विषयलाई लिएर रुस र अष्ट्रेलियाबीचको विवाद उत्कर्षमा पुगेको छ । अष्ट्रेलियाको संसद् नजिक दूतावास भवन निर्माण भएमा त्यसबाट राष्ट्रिय सुरक्षा सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भन्दै क्यानबेराले निर्माणकाे काम रोकेको छ । नयाँ दूतावास निर्माण रोकिएपछि रुस कानुनी उपचारको बाटो रोज्न बाध्य भएको र कानुनी सल्लाह लिइरहेको एक जना कूटनीतिज्ञले बताएका छन् । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले देशको संसद् भवनको पारिपट्टी नयाँ दूतावास निर्माण गर्ने रुसको प्रस्तावित भवन निर्माणस्थलप्रति आपत्ति जनाउँदै त्यसले… पुरा पढौ

निस्सासिएर दुई जना खानी मजदुरको मृत्यु, पैतिस जना बेहोस

काबुल, जेठ ३१ । अफगानिस्तानको साङ्गन प्रान्तमा निसास्सिएर दुई जना खानी मजदुरको मृत्यु भएको छ भने अन्य ३५ जना बेहोस भएका छन् । साङ्गन प्रान्तको दरा–ए–सुफ बाला जिल्लाको मेराक दाहाने कोइलाखानीमा बुधबार उक्त घटना भएको अफगानिस्तानी समाचार समिति खामा प्रेसले तालिवानका प्रान्तीय अधिकारीहरूलाई उद्धृत गर्दै आज जनाएको हो । उक्त कोइलाखानी गैरव्यावसायिक भएको दरा–ए–सुफ बालाका गभर्नर मोहम्मद नसिम खैबरसेकानले बताएका छन् । सुरक्षा उपाय नअपनाउँदा उक्त घटना भएको उनले बताएका छन् । बिरामी भएका सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ… पुरा पढौ

शीर्ष चिनियाँ र अमेरिकी कूटनीतिज्ञबीच फोन वार्ता

बेइजिङ, ३१ जेठ । विश्वका दुई ठूला अर्थतन्त्रबीच तनाव तीव्र रूपमा बढेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री छिन कङले बुधबार टेलिफोन वार्ता गरेका छन् । यो हालैको कूटनीतिक गतिविधिमा भएको उच्चस्तरीय वार्ता हो । विशेष गरी ताइवानलाई लिएर अमेरिका र चीनबीच द्वन्द्व हुने गरेको छ । बेइजिङले आवश्यक परे ताइवानलाई बल प्रयोग गरेर कब्जा गर्नसक्ने चेतावनी दिँदै आएको छ । यसअघि अमेरिकी विदेशमन्त्रीको फेब्रुवरीमा हुने भनिएको नियोजित भ्रमण अचानक रद्द भएपछि आपसी मनोमालिन्यलाई शान्त पार्ने उद्देश्यले दुई… पुरा पढौ

मृत घोषित महिला पाँच घण्टापछि बौरिदा

बाबाहोयो (इक्वेडोर), ३१ जेठ । चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि ७६ वर्षीया एक महिला जीवित भएकी छन् । इक्वेडोरको बाबहोयो सहरकी सेवानिवृत्त नर्स बेला मोन्टोयालाई चिकित्सकहरूले मृत घोषणा गरेपछि शवलाई ‘कफिन’मा राखेर स्मृति सभा गरी अन्त्येष्टिका निम्ति समाधिस्थल लैजान उनका छोरासहित मलामीले कफिन उठाउँदा उनले भित्रबाट ढकढक्याएकी अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क सिएनएनले जनाएको छ । इक्वेडरको स्वास्थ्य मन्त्रालयले ती महिलालाई हृदयाघात भएको बताएको छ । चिकित्सकले उनलाई मृत घोषणा गरेको विषयमा अनुसन्धान गर्ने जनाउँदै त्यस निम्ति प्राविधिक… पुरा पढौ

पाकिस्तानले रुसी कच्चा तेलको खरिदमा गर्याे चिनियाँ मुद्रा युआन भुक्तानी

काठमाडौं ३१ जेठ । पाकिस्तानले रुसी कच्चा तेलको खरिद गर्दा चिनियाँ मुद्रा युआन भुक्तानी गरेको छ । पाकिस्तानले सहुलियत दरको साे तेल पहिलो पटक जीटुजी अन्तर्गत चिनियाँ मुद्रा युआन प्रयोग गरेकाे रोयटर्सले बताएकाे छ । विश्भर अहिले अमेरिकी डलरको दवदवा रहेको बेलामा पाकिस्तानको याे नीतिलाइ निकै महत्पूवले हेरिएको छ । दुबैदेशबीच गएकाे अप्रिलमा भएको सम्झौता अनुसार रुसबाट सहुलियत दरको कच्चा तेलको पहिलो कार्गो कराँची आएकाे छ । पाकिस्तानी ट्रोलियम मन्त्री मुसादिक मलिकले तेलको भुक्तानी चिनियाँ मुद्रा युआनमा गरिएको जानकारी दिएका… पुरा पढौ

प्रतिस्पर्धीहरूलाई उछिन्दै उन्नयनको बाटोमा भारतीय अर्थतन्त्र

नयाँदिल्ली, ३१ जेठ । कोरोना महामारीका कारण थलिएको विश्व अर्थतन्त्र महामारीका अन्त्यसँगै उठ्ने प्रयासमा लागेका बेला भारतीय अर्थतन्त्रमा देखिएका आशाका किरण र भविष्यमा भारतले उज्ज्वल स्थान ओगट्नसक्ने प्रक्षेपण अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरेपछि भारतका निर्णयकर्ताहरूले सावधानीपूर्वक देशको अर्थव्यवस्थालाई चलायमान बनाउने प्रण गरे । प्रधानमन्त्री नरेन्द्र मोदीको साथ र सहयोगले उनीहरूलाई उत्साहित बनायो । उनीहरूले सतर्कतापूर्वक वित्तीय एवम् आर्थिक योजना तर्जुमा गर्दै तिनलाई तत्काल कार्यान्वयनको चरणमा पु¥याए । अहिले ती योजनाले परिणाम देखाएका छन् । हालै जारी गरिएको देशको अर्थतन्त्रको… पुरा पढौ

५१ वटा ट्याक्टरको ताँती लगाएर धुमधामसँग बिहे

बारमेर (राजस्थान) ३१ जेठ । राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् । दुलहीको घरमा खेत खनजोतमा प्रयोग हुने ट्याक्टरको ताँती लगाएर ती किसानले छोराको धुमधामसँग बिहे गराएका हुन् । आफ्नो लगनगाँठो कस्न जाँदा फगत एउटा ट्याक्टर लिएर गएका ती किसानले बुहारी लिन जाँदा भने ५१ वटा ट्याक्टरको जुलुस गराएका छन् । सोमबार बिहान बेहुला प्रकाश चौधरीको घरबाट ५१ किलोमिटर टाढा रहेको रोली गाउँतर्फ दुलही लिन गएको टोली देखेर गाउँभरका मानिस अचम्म मानेर हेरिरहेका थिए… पुरा पढौ