अन्तर्राष्ट्रिय 🗺

“चिनियाँ आधुनिकीकरण र विश्व” बारे शुक्रबार बृहत् छलफल हुँदै

बेइजिङ, ७ वैशाख । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शुक्रबार साङ्घाईको ग्रान्ड हल्समा आयोजना हुने चिनियाँ आधुनिकीकरण र विश्वसम्बन्धी ल्यान्टिङ फोरमको उद्घाटन समारोहमा भाग लिनुका साथै मुख्य मन्तव्य दिनेछन् । मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार यस बारे जानकारी दिए । मञ्चले विदेशी प्रतिष्ठित व्यक्तित्व, प्रतिष्ठित विज्ञ र विद्वान, व्यापारिक नेता, विदेशी कूटनीतिज्ञ राजदूत र चीनमा रहेका अन्तरराष्ट्रिय संघसंस्थाका प्रतिनिधि र अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई आमन्त्रण गर्रेर सघन छलफल गर्ने अपेक्षा गरिएको छ । यो फोरम चाइना पब्लिक डिप्लोमेसी… पुरा पढौ

अमेरिकाद्वारा युक्रेनलाई ३२ करोड ५० लाख अमेरिकी डलरको सैन्य सहायता घोषणा

वाशिङ्टन, ७ वैशाख । संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । उक्त सहायता प्याकेज ३२५ मिलियन अमेरिकी डलर बराबरको छ । प्याकेजमा हाई मोबिलिटी आर्टिलरी रकेट प्रणालीका लागि थप तोप राउन्ड र रकेटहरू लगायतका युद्ध सामग्री रहेका छन् । भ्वाइस अफ अमेरिकाले उल्लेख जनाएअनुसार युक्रेनले उच्च दरमा तोपखाना हतियारहरू चलाउन पर्ने भएकाले यो सहायता घोषणा गरिएको हो । सो प्याकेजको घोषणा हुनुअघि रक्षा अधिकारीहरूले उक्त नवीनतम सहायतामा एन्टी-ट्याङ्क निर्देशित मिसाइलहरू, एन्टी-ट्याङ्क माइनहरू र एटी-४ एन्टी-आर्मर… पुरा पढौ

अमेरिका घरेलु घृणाले नष्ट हुँदैछ : सीएनएन

न्यु योर्क, ७ वैशाख । संयुक्त राज्य अमेरिका घृणा र चरमपन्थीको आक्रमणमा परेको अध्ययनहरूले देखाएका छन् । अमेरिकी नेसनल अर्बन लीगले अश्वेत अमेरिकी राज्यका बारेमा हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनलाई उद्धृत गर्दै सीएनएनले मङ्गलबारयस किसिमको टिप्पणी गरेको छ। अति दक्षिणपन्थी र घरेलु चरमपन्थको "विस्फोटक वृद्धि" ले "हाम्रो समुदाय, हाम्रो परिवार र हाम्रो राष्ट्रलाई खतरा बनाउँदैछ," प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनले रोजगारी, शिक्षा, स्वास्थ्य, आवास, आपराधिक न्याय र नागरिक सहभागिता लगायतका असमानताहरू रहेको संस्थालाई विश्वास गर्ने क्षेत्रहरू पनि उल्लेख गरेको छ। पुरा पढौ

रुसी बमवर्षक विमानहरूको जापानको ओखोत्स्कको समुद्रमा गस्ती जारी

मस्को, ७ वैशाख । आठ रुसी टीयु-२२एम,३ लामो दुरीका बमवर्षक विमानहरूले ओखोत्स्क सागरको तटस्थ जलक्षेत्र र जापान सागरको उत्तरी भागमा लडाकू प्रशिक्षणका निम्ति उडान गरेका छन् । रुसी रक्षा मन्त्रालयले बुधबार जनाएअनुसार मिसनका क्रममा टीयु-२२एम,३ ले रूसी प्रशान्त बेडाका सेनाहरूलाई हवाई सहयोग प्रदान गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा विमानले हवाई क्षेत्रको प्रयोगको लागि अन्तरराष्ट्रिय नियमहरूको कडाईका साथ पालन गरेको बताइएको छ । यो गस्ती प्यासिफिक फ्लीटको लडाइको तयारीका सन्दर्भमा अचानकरूपमा सञ्चालन गरिएको विश्लेषण गरिएको छ । यो कार्यक्रम "समुद्रबाट… पुरा पढौ

युक्रेनको वैदेशिक व्यापार सात प्रतिशतले घट्यो

कीभ, ७ वैशाख । युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५.८ बिलियन अमेरिकी डलर पुगेको छ । राज्य भन्सार सेवाले बुधबार दिएको जानकारी अनुसार जनवरी-मार्चमा युक्रेनको निर्यात कुल १०.३ बिलियन डलर र आयात १५.५ बिलियन डलर रहेको छ । खाद्यान्न उत्पादनहरूले पहिले त्रैमासिकमा युक्रेनको निर्यात आम्दानीमा सबैभन्दा ठूलो योगदान पुर्याएएको र त्यसपछि धातु उत्पादनहरू, मेसिनहरू, उपकरणहरू, र यातायात लगायतका क्षेत्रले योगदान दिएको जनाइएको छ । मुख्यरूपमा आयात हुने वस्तुहरूमा मेसिन, उपकरण, यातायात, इन्धन, र… पुरा पढौ

‘जासुसी उपग्रह प्रक्षेपणका निम्ति तयार छ’

सोल, ६ वैशाख । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलो पटक सैन्य जासुस उपग्रह बनाएको दाबी गर्दै अज्ञात मितिमा त्यसलाई परीक्षण गरिने बताएका छन् । राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार जासुसी उपग्रह परीक्षका निम्ति तयार छ । यसअघि प्योङयाङले गरेका क्षेप्यास्त्र र रकेट प्रक्षेपणबाट उत्तर कोरियाले अन्तरिक्षमा उपग्रहहरू पठाउनसक्ने अनुमान गरिएको थियो । विज्ञहरूले भने जासुसीका निम्ति शक्तिशाली क्यामरा आवश्यक पर्ने र प्रक्षेपण गर्ने भनिएको भूउपग्रहमा त्यस्ता क्यामरा छन वा छैनन् भन्ने प्रश्न गरेका छन् । विगतमा गरिएका… पुरा पढौ

विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश बन्यो भारत

संयुक्त राष्ट्रसङ्घ, ६ वैशाख । भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष युएनएफपीएको पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो । युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसङ्ख्या एक अर्ब ४२ करोड ८६ लाख पुगेको तथा चीनको जनसङ्ख्या एक अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख गरिएको छ । युएनएफपीएको प्रतिवेदनको जनसाङ्ख्यिक सूचकमा यो तथ्याङ्क समावेश गरिएको छ । सन् १९५० मा संयुक्त राष्ट्रसङ्घले… पुरा पढौ

‘चीनलाई बदनाम गर्ने जी–सेभेनको प्रयास’

बेइजिङ, ५ वैशाख । उन्नत अर्थतन्त्र भएका युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तरसरकारी अन्तरराष्ट्रिय राजनीतिक मञ्च जी–सेभेनका विदेशमन्त्रीको आज जापानमा सम्पन्न बैठकबाट चीनलाई दुर्भावनापूर्ण निन्दा र बदनाम गर्ने प्रयास भएको बताएको छ । बैठकले चीनको गम्भीर अडान र वस्तुनिष्ठ तग्थलाई वेवास्ता गरेको, चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा द्वेषपूर्णरूपमा चीनको निन्दा र बदनाम गरेको बेइजिङले बताएको हो । जी–सेभेनका विदेशमन्त्रीहरूले ताइवान, पूर्वी तथा दक्षिण चीन सागर, सिनजियाङ र तिब्बतसँग सम्बन्धित विषयका बारेमा चिन्ता व्यक्त गर्दै जारी गरेको संयुक्त विज्ञप्तिबारे चिनियाँ विदेश मन्त्रालयमा… पुरा पढौ

चामल मिलको भवन भत्किँदा चारकाे मृत्यु, २० जना घाइते

कर्नाल (हरियाणा), ५ वैशाख । हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । सामबार राति मिलमा सुतिरहेका मजदुरमाथि भवनको पर्खाल खसेको थियो । दुर्घटनाका बेला मिलमा एक सय ५० कामदार थिए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । हालसम्म एक सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । भग्नावशेषमा अन्य कामदार पुरिएको आशङ्कामा खोजबिन भइरहेको छ । भवन निर्माणमा संरचनागत त्रुटी देखिएको बताउँदै कर्नाल प्रहरीका उपप्रमुख… पुरा पढौ

सडक दुर्घटनामा पाँच जनाको मृत्यु, पच्चीस घाइते

इस्लावाद, ५ वैशाख  । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान भएको सवारी दुर्घटनमा पाँच जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । प्रान्तको सुक्कुर जिल्लामा यात्रीबाहक दुई वटा एकापसमा ठोक्किदा उक्त हताहति भएको हो । पूर्वी पञ्जाब प्रान्त गइरहेका एसटा बस र पञ्वाबबाट आइरहेको अर्को बस राष्ट्रिय राजमार्गमा ठोक्किएका प्रहरी तथा उद्धारकर्मीले बताएका छन् । घाइतेहरूलाई नजिकैको अस्पताल पु¥याइएको तथा तीमध्ये धेरैको अवस्था गम्भीर रहेको उनीहरूले बताएका छन् । द्रुत गतिमा पञ्जावतर्फ हुइँकिएको बसका चालकले नियन्त्रण… पुरा पढौ