अन्तर्राष्ट्रिय 🗺

सुडान द्वन्द्वः दुई सय जनाको मृत्यु, एक हजार आठ सय घाइते

खार्तुम, ५ वैशाख । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन्भने एक हजार सय जना घाइते भएका छन् । सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायतक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ)बीचको जारी द्वन्द्वले देशलाई गभ्भीर अराजकतातर्फ धकेलेको छ । भीषण युद्धका कारण अस्पतालहरू क्षतिग्रस्त भएका छन्भने सहायताका काममा अवरोध उत्पन्न भएको छ । अस्थिरताको पर्याय… पुरा पढौ

सुडानमा भएको सैन्य झडपप्रति राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसको चिन्ता

संयुक्त राष्ट्रसङ्घ, ४ वैशाख । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सुडानमा सुडानी सशस्त्र बल र र्यापिड सपोर्ट फोर्सेज’बीच जारी द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । गुटेर्रेसले विश्व खाद्य कार्यक्रमका तीन कर्मचारीको मृत्यु भएको र अन्य दुई जना गम्भीर घाइते भएको भन्दै झडपको कडा निन्दा गरेका छन् । घटनामा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । महासचिबका प्रवक्ता स्टेफेन दुजारिकले एक विज्ञप्ति जारी गर्दै दोषीलाई अविलम्ब न्यायको कठघरामा ल्याउनुपर्ने बताए । सुडानको पश्चिमी क्षेत्र डार्फरका विभिन्न… पुरा पढौ

जी–७ का शीर्ष कूटनीतिज्ञबीच चीनबारे एकीकृत सन्देश प्रवाह गर्नुपर्नेमा जोड

कारूईजावा, जापान, ४ वैशाख । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको चीनलाई हेर्ने दृष्टिकोणबारेको टिप्पणीपछि चीनप्रतिको चिन्ताबारे एकीकृत सन्देश प्रवाह गर्न जी–७ का शीर्ष कूटनीतिज्ञहरूले सोमबारदेखि जापानमा छलफल सुरु गरेका छन् । बेइजिङ भ्रमणपछि म्याक्रोँले युरोपले ‘आफुसँग सम्बन्ध नराख्ने विवाद’ बाट बच्नुपर्छ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न भएको बुझाइलाई समाधान गर्न विदेशमन्त्रीहरू लागिपरेका हुन् । सोमबार बिहान औपचारिक वार्ता सुरु हुनुअघि नै चीनसँगको बिषय छलफलको एजेन्डामा थियो । विशेष बुलेट ट्रेनमा कारुइजावाको माउन्टेन रिसोर्ट शहरमा आइपुगेपछि समूहले चीन र उत्तर कोरियाको बारेमा एक… पुरा पढौ

सुडानमा भिडन्त जारी, मृत्यु हुनेको सङ्ख्या ९७ पुग्यो

खार्तूम, ४ वैशाख । सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ । सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा गरेका दुई जनरल, सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहान र शक्तिशाली अर्धसैनिक रेपिड सपोर्ट फोर्सेज (आरएसएफ) को कमाण्ड सम्हालिरहेका उहाँका सहयोगी मोहम्मद हमदान डग्लोबीच हप्तौंदेखि चलेको शक्ति सङ्घर्षपछि शनिबारदेखि हिंसा सुरु भएको हो । खार्तूम र सुडानका अन्य शहरहरूमा हवाई आक्रमण, सडकमा ट्यांकहरू, तोपखानाको गोलाबारी र भारी गोलीबारीसहित… पुरा पढौ

म्यान्मारको नयाँ वर्षको अवसरमा तीन हजार कैदीलाई आममाफी दिइने

याङ्गुन, ४ वैशाख । म्यान्मारको सैन्य (जुन्टा) सरकारले बौद्ध नयाँ वर्षको उपलक्ष्यमा तीन हजारभन्दा बढी कैदीलाई रिहा गर्ने घोषणा गरेको छ । यद्यपि सरकारले रिहा गर्ने सूचीमा पछिल्लो दुई बर्षमा पक्राउ गरी जेलमा रहेका आङ सान सुकीको नेशनल डिमोक्रेसी (एनएलडी) पार्टी र त्यहाँका प्रजातन्त्र पक्षधर अन्य विपक्षी दलहरूका नेता तथा कार्यकर्ता र सर्वसाधारण रहेका छन् वा अन्य विभिन्न अभियोगमा जेल जीवन बिताउँदै आएका व्यक्ति भन्ने बिषयमा कुनै स्पष्ट पारिएको छैन । सेनाले दुई वर्षभन्दा अघि भएको ‘कू’ पछि हजारौंलाई पक्राउ… पुरा पढौ

सुडानमा द्वन्द्व भड्किएकामा सुरक्षा परिषद्को चिन्ता

संयुक्त राष्ट्रसङ्घ, ३ वैशाख । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सुडानमा द्वन्द्व भड्किएकामा गहिरो चिन्ता व्यक्त गर्दै त्यहाँ भएको मानवीय क्षतिप्रति दुःख प्रकट गरेको छ । सुरक्षा परिषद्का सदस्यहरूले द्वन्द्वरत पक्षलाई तत्काल झडप त्यागेर शान्ति स्थापना गर्न तथा सुडानको वर्तमान सङ्कट समाधानका निम्ति वार्तामा फर्कन आह्वान गरेको छ । परिषद्ले आज एक विज्ञप्ति निकालेर सुडानमा मानवीय पहुँच कायम राख्न तथा राष्ट्रसङ्घीय कर्मचारीको सुरक्षा सुनिश्चित गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ । विज्ञप्तिमा सुडानको एकता, सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताप्रति परिषद्को दृढ प्रतिबद्धता… पुरा पढौ

पत्रकार बनेर आएकाले तीन जनाद्वारा पूर्वभारतीय नेताको हत्या

प्रयागराज (उत्तर प्रदेश), ३ वैशाख । अपहरणको अभियोगमा दोषी ठहरिएका एक जना पूर्वभारतीय राजनीतिज्ञ र उनका भाइको गोली हानेर हत्या भएको छ । पत्रकार बनेर आएका तीन जना किशोरले प्रहरी घेरामै उत्तर प्रदेशका पूर्वसांसद अतिक अहमद उनका भाइ असरफलाई गोली हानेर मारेका हुन् । यहाँस्थित अस्पतालमा स्वास्थ्य परीक्षणका लागि ल्याइएका अहमद दाजुभाइ अस्पताल बाहिर पत्रकारसँग कुराकानी गरिरहेका बेला पत्रकारकैबीचमा रहेका ती तीन जनाले उनीहरूलाई टाउकोमा गोली हानेका थिए । घटना गएराति भएको हो । पूर्वसांसद् राजु पालको हत्यामा दोषी ठहरिएका… पुरा पढौ

रुसी क्षेप्यास्त्र आक्रमणमा नौ जना युक्रेनी मारिए

किएभ, २ वैशाख । युक्रेनको स्लोभियान्स्कामा रुसले गरेका क्षेप्यास्त्र आक्रमणमा परी नौ जना युक्रेनीको ज्यान गएको भने २१ जना घाइते भएका छन् । मस्कोले बाख्मुतका थप जिल्ला कब्जा गर्ने प्रयासमा स्लोभियान्स्कमा आक्रमण गरेको हो । डोनेट्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोका अनुसार बाख्मुटको पश्चिममा अवस्थित स्लोभियान्स्कमा रुसले शुक्रबार सात वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । सात जनाको आक्रमणस्थलमा र एक जनाको भग्नावशेषबाट उद्धार गरिएपछि एम्बुलेन्समा मृत्यु भएको हो । आक्रमणमा दुई वर्षको शिशुको पनि ज्यान गएको छ । उक्त आक्रमण रुसी… पुरा पढौ

कोरोनाका १० हजार बिरामी थपिए

नयाँदिल्ली, २ वैशाख । बितेका २४ घन्टामा देशभर १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन् । शुक्रबार ११ हजार एक सय नौ जना बिरामी भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज जनाएको छ । गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो । अहिले भारतभर ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित छन् । बितेका २४ घन्टामा छ हजार छ सय २८ जना स्वास्थ्य लाभ गरी घर फर्केका छन् । हालसम्म चार करोड ४२ लाख… पुरा पढौ

व्यापक विरोधका बीच निवृत्तिभरणको उमेर बढाइयो

पेरिस, २ वैशाख  । व्यापक विरोधका बीच फ्रान्समा निवृत्तिभरण प्राप्तिको उमेर बढाइएको छ । निवृत्तिभरण प्राप्तिको विद्यमान ६२ वर्षलाई बढाएर ६४ वर्ष कायम गरिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोँले निवृत्तिभरण प्राप्तिको उमेर वृद्धिसम्बन्धी कानुनमा आज बिहान हस्ताक्षर गरेसँगै त्यो आगामी सेप्टेम्बरदेखि लागू हुनेछ । देशको शीर्ष संवैधानिक परिषद्ले पेन्सन पाउने उमेर ६४ वर्ष हुनुपर्ने प्रस्तावित कानुनलाई अनुमोदन गरेको केही घण्टामै राष्ट्रपतिले त्यसमा हस्ताक्षर गरे। उहाँले विद्यमान निवृत्तिभरण प्रणालीलाई ध्वस्त हुनबाट जोगाउन त्यसमा सुधार गरिएको बताए। परिषद्ले जनमत सङ्ग्रहका लागि विपक्षीबाट… पुरा पढौ