अन्तर्राष्ट्रिय 🗺

शुक्रबारदेखि ‘ओसेनिया स्पोर्टस् मिट २०२३’

एजेन्सी, २७ चैत । ओसेनिया क्षेत्रका नेपाली मूलका खेलाडीहरू सम्मिलित ‘ओसेनिया नेपाली स्पोर्टस् मिट २०२३’ शुक्रबारदेखि अस्ट्रेलियाको राजधानी क्यानबेरामा सुरू हुने भएको छ। अप्रिल ७ देखि १० सम्म राजधानी क्यानबेरामा आयोजना हुने प्रतियोगितामा अस्ट्रेलिया र न्यूजिल्यान्डका गरी सयौंको संख्यामा खेलाडीहरूको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका संयोजक दुर्गादत्त कँडेलले बताए। ओसेनिया नेपाली स्पोर्टस् मिट आयोजक समिति तथाअस्ट्रेलियन नेप्लिज फ्रेन्डसिप सोसाइटीको आयोजना तथा एनआरएन लगायतका संघ संस्थाको सहयोगमा यो प्रतियोगिता आयोजना हुन लागेको हो। सन् २०१३ बाट सुरू भएको यस प्रतियोगिताको पाँचौं… पुरा पढौ

दक्षिण चीन सागरमा ‘फ्रिडम अफ नेभिगेसन’ अभियान चलाएको अमेरिकी दावी

वासिङ्टन, २७ चैत । अमेरिकी नौसेनाले आफ्नो मानव निर्देशित शक्तिशाली क्षेप्यास्त्र (युएसएस मिलियस) ले सोमबार दक्षिण चीन सागरको बेइजिङले दाबी गरेको जलक्षेत्रमा ‘फ्रिडम अफ नेभिगेसन’ अभियान चलाएको जनाएको छ । उक्त अभियानले समुद्रको अधिकार, स्वतन्त्रता र कानुनी प्रयोगलाई समर्थन गरेको अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अमेरिकाले स्प्राट्ली टापु नजिकको दक्षिण चीन सागरमा नौपरिवहन अधिकार र स्वतन्त्रताको वकालत गरेको थियो । उसले यो अन्तर्राष्ट्रिय कानून अनुकुल भएको बताएको छ । उक्त अपरेसनपछि मिलियसले ‘दाबी क्षेत्रबाट अत्यधिक बाहिर निस्केर… पुरा पढौ

अमेरिकी न्याय मन्त्रालयद्वारा गोप्य अमेरिकी कागजात चुहावट बारे अनुसन्धान शुरु

वाशिङ्गटन, २६ चैत । अमेरिकी न्यायमन्त्रालयले शनिबार युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू लीक भएको बारे अनुसन्धान शुरु गरेको छ । चुहावट भएका कागजातहरूमा गोप्य खुफिया रिपोर्टहरू समेत रहेका छन् । त्यसैगरी ती कागजातहरूमा युक्रेन-रुस युद्ध लगायत अत्यन्त संवेदनशील विश्लेषणहरू पनि रहेको बताइएको छ । मन्त्रालयका प्रवक्ताले एएफपीलाई बताएका छन्, "हामी यस विषयमा रक्षा मन्त्रालयसँग सम्पर्कमा छौं र अनुसन्धान शुरु गरेका छौं।" दर्जनौं लीक कागजातहरू र स्लाइडहरूको स्थिर ड्रिपले हालैका दिनहरूमा ट्विटर, टेलिग्राम, डिस्कोर्ड र अन्य सामाजिक सञ्जालमा सार्वजनिक गरिएको पाइएको छ… पुरा पढौ

फिलिपिन्समा आगलागी हुँदा सातजनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

मनिला, २६ चैत । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ । राति १० बजेअघि आगलागी भएको थियो । स्थानीय समय अनुसार शनिबार तायटे शहरमा तीव्र गतिमा फैलिएको आगोले छरछिमेकमा ४० भन्दाबढी घरहरू आगोको चपेटामा परेका थिए । अग्निपीडितहरू घरमा फसेका थिए र भने केही शवहरू भान्साको भुइँमा र बाथरूम भित्र फेला परेको प्रहरीले जनाएको छ। उक्त आगलागीका कारण… पुरा पढौ

थाइल्याण्डमा गोली चल्दा ४ को मृत्यु

एजेन्सी, २६ चैत । बैङ्कक थाइल्याण्डको दक्षिणी भागमा शनिबार भएको गोलीकाण्डमा कम्तीमा ४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी बैंककबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको खिरी राट निखोम जिल्लामा स्थानीय समयअनुसार साँझ ५ बजे सशस्त्र आक्रमण सुरु भएको थियो । ‘सशस्त्र आक्रमणबाट ४ जनाको मृत्यु भएको छ,’ स्थानीय प्रहरी प्रमुख क्रिआङक्राई क्राइकाउले एएफपीसँग भने । स्थानीय सञ्चारमाध्यमका अनुसार गाउँका १ पूर्व मुखियाको घर नजिकै गोली चलेको थियो । पुरा पढौ

राष्ट्रपति मुर्मु सैनिक विमानबाट असमको तीन दिने राजकीय भ्रमणमा

गुवाहाटी, २५ चैत । राष्ट्रपति द्रौपदी मुर्मुले शनिबार असमको तेजपुर एयर फोर्स स्टेशनमा सुखोई ३०-एमकेआई लडाकु विमानमा उडान गरेकी छन्। सो विमानमा चढ्नु अघि राष्ट्रपतिलाई स्टेशनमा गार्ड अफ अनर दिइएको थियो । राष्ट्रपति मुर्मु अप्रिल ५ देखि ८ सम्म असमको तीन दिने राजकीय भ्रमणमा छन्। शुक्रबार राष्ट्रपति मुर्मु गुवाहाटीमा गुवाहाटी उच्च अदालत स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित समारोहमा सहभागी भइन। सो अवसरमा उनले महिला तथा वृद्धवृद्धाको सुरक्षाका लागि बनाइएको मोबाइल एप ‘भोरोक्सा’को शुभारम्भ गरिन्। "सभालाई सम्बोधन गर्दै राष्ट्रपतिले… पुरा पढौ

अमेरिकी सेना अफगानिस्तानबाट छिटै फिर्ता हुनुपर्थ्योः प्रतिवेदन

न्यूयोर्क, २५ चैत । अमेरिकाको एक अनुसन्धानात्मक प्रतिवेदनले अमेरिका अफगानिस्तानबाट अस्वाभाविक र असहज फिर्ती हुनुभन्दा पहिले नै सहजरूपले फिर्ता भएको भए राम्रो हुने देखाएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्ले सन् २०२१ अगष्टमामा अमेरिकी सैन्य उपस्थिति फिर्ताको बारेमा सरकारको निष्कर्ष जारी गर्दै एक्कासि अस्वाभाविक निर्णय गरेको थियो जन निर्णयको सर्वत्र आलोचना भएको थियो । काबुलको अन्तरराष्ट्रिय विमानस्थलबाट मानिसहरूलाई बाहिर निकाल्दै गर्दा इस्लामिक स्टेटसमर्थितको आत्मघाती बम आक्रमण हुँदा १३ जना अमेरिकी सेना र १७० भन्दा बढी सर्वसाधारणको ज्यान… पुरा पढौ

चीन-अमेरिका तनावः हडसन इन्स्टिच्युट, रेगन पुस्तकालय र अन्यमाथि प्रतिबन्ध

बेइजिङ, २४ चैत ।चीनले अमेरिकाको क्यालिफोर्निस्थित हडसन इन्स्टिच्युट, रेगन पुस्तकालय र अन्य संस्थाका पदाधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । ताइवानका राष्ट्रपति साई इङ वेन र अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीबीच गत बुधबार भेटवार्ताको चाँजोपाँजो मिलाएका ती संस्थाका पदाधिकारी चीनको कोपभाजनको शिकार भएका हुन् । चीनको चेतावनीलाई वेवास्ता गर्दै सभामुख म्याकार्थी र राष्ट्रपति साईले दक्षिण अमेरिकी मुलुकको भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा क्यालिफार्नियामा भेटवार्ता गरेका थिए। चिनियाँ विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी रेगन पुस्तकालय, हडसन इन्स्टिच्युट र वासिङ्टन… पुरा पढौ

श्रीलङ्काको विप्रेषण आयमा उल्लेख्य वृद्धि

कोलम्बो, २४ चैत । श्रीलङ्काको विप्रेषण आयमा उल्लेखनीय वृद्धि भएको छ । गत मार्चमा आप्रवासी कामदारबाट देशलाई ५६ करोड अमेरिकी डलर प्राप्त भएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायक्काराले बताए। अघिल्लो वर्षको सोही महिनाको तुलनामा गत मार्चमा प्राप्त विप्रेषण ७८.५ प्रतिशतले अधिक भएको श्रममन्त्रीले बताए। गत जनवरीमा ४३ करोड ७५ लाख तथा फेब्रुवरीमा ४० करोड ७४ लाख अमेरिकी डलर विप्रेषण देशले प्राप्त गरेको श्रीलङ्काको केन्द्रीय बैङ्कले जनाए। केन्द्रीय बैङ्कका अनुसार सन् २०२१ मा पाँच अर्ब ४९ करोड र सन् २०२२… पुरा पढौ

कोरियाली प्रायद्वीपलाई आणविक युद्धतर्फ धकेलेको उत्तर कोरियाको आरोप

सोल, २३ चैत । कोरियाली प्रायद्वीपलाई अमेरिका र दक्षिण कोरियाले आणविक युद्धतर्फ धकेलेको आरोप उत्तर कोरियाले लगाएको छ । अमेरिका र दक्षिण कोरियाले गरेका संयुक्त सैन्य अभ्यासलाई लिएर प्योङयाङले उक्त आरोप लगाएको हो । संयुक्त सैन्य अभ्यास कोरियाली प्रायद्वीपको शान्ति र स्थायित्वका निम्ति जोखिमपूर्ण भएको र त्यसले आणविक युद्ध निम्त्याउन खोजेको सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको छ । अन्तरराष्ट्रिय सुरक्षा विश्लेषक चो जु ह्योनले संयुक्त सैन्य अभ्यासले प्रायद्वीपको स्थितिलाई विष्फोटक बनाउने प्रयास गरेको केसीएनएलाई बताएका छन् ।… पुरा पढौ