अन्तर्राष्ट्रिय 🗺

अमेरिकामा हिमबर्षाले करौडौँ मानिस प्रभावित, १८ जनाको मृत्यु

बफेलो, संयुक्त राज्य अमेरिका, १० पुस । अत्यधिक चिसो मौसमका कारण संयुक्त राज्य अमेरिका र क्यानडामा करोडौँ मानिसहरू चीसोजन्य स्वास्थ्य जोखिमको सामना गरिरहेका अमेरिकी मौसमविद्हरूले जनाएका छन् । लाखौं अमेरिकीहरू क्रिसमसको पूर्वसन्ध्यामा यात्रा गरिरहेका बेला शनिबार अमेरिका भित्रिने र बाहिरिने दुई हजार ३६० भन्दा बढी उडान रद्द गरिएको ट्र्याकिङ साइट फ्लाइटअवेयरले जनाएको छ । अमेरिकाका १२ वटा राज्यमा हिमपातबाट सिर्जित समस्याहरूसँग जुध्न सङ्कटकालीन कदमहरू चालिएको छ । चीसोका कारण कम्तीमा १८ व्यक्तिले ज्यान गुमाएका छन् । अमेरिकाको बफेलोमा तीन, ओहायोमा… पुरा पढौ

पाकिस्तानी प्रधानमन्त्री पुत्र सुलेमानलाई लाहोरको अदालतद्वारा अनुसन्धान जारी राख्न आदेश

लाहोर, पाकिस्तान, १० पुस । पाकिस्तानको राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी) को लाहोरस्थित एक अदालतले सुलेमान शहबाजलाई सम्पत्ति शुद्धीकरण मुद्दामा जनवरी ७ सम्मका लागि अन्तरिम जमानत उनलाई सम्पत्ती शुद्धिकरण मुद्दाको अनुसन्धानमा सामेल गर्न निर्देशन दिएको छ । उनलाई सम्पत्ती शुद्धिकरण मुद्दाको अनुसन्धानमा सामेल गर्न निर्देशन दिइएको हो । अदालतले उनलाई अनुसन्धानमा संलग्न हुन पनि आदेश दिएको छ । शहबाजले एफआईए र अनुसन्धान अधिकारीहरूलाई पक्षकारको रूपमा उल्लेख गर्दै अदालतमा जमानत याचिका दायर गरेका थिए। सुलेमानले निवेदनमा भनेका थिए, “अदालतले उहाँलाई फरार घोषित… पुरा पढौ

विहारमा इँटाभट्टा विष्फोट नौ जना मारिए

नयाँदिल्ली, ९ पुस । पूर्वीभारतको विहार राज्यस्थित इँटाभट्टामा विष्फोट हुँदा भट्टाका मालिकसहित नौ जना मजदुरको मृत्यु भएको छभने अन्य आठ जना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार विहारको राजधानी पटनाबाट एक सय ५४ किलोमिटर उत्तरमा अवस्थित पूर्वीचम्पारण जिल्लाको नारिगिर गाउँमा शुक्रबार साँझ उक्त दुर्घटना भएको हो । घाइतेको रक्सोलको निजी अस्पतालमा उपचार भइरहेको छ । विष्फोटको जानकारी प्राप्त हुने वित्तिकै उद्धारकर्ता र प्रहरी घटनास्थलमा पुगेका पूर्वीचम्पारण जिल्ला मजिस्ट्रेट कार्यालयले जनाएको छ । राज्यको विपद् व्यवस्थापन केन्द्रका उद्धारकर्ता भग्नावशेषमुनि खोजी… पुरा पढौ

उत्तर कोरियाद्वारा दुईवटा छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार

सियोल, ९ पुस । नयाँ वर्षको नीति तय गर्नका लागि प्रमुख राजनीतिक बैठक बस्नु अघि उत्तर कोरियाले शुक्रबार दुईवटा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । स्थानीय समयअनुसार अपराह्न ४ः३२ बजे प्योङयाङको सुनान क्षेत्रबाट मिसाइल प्रहार गरिएको दक्षिण कोरियाका जोइन्ट चीफ अफ स्टाफ (जेसीएस)ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ । यसले दुईवटा मिसाइललाई पानीमा प्रक्षेपण गरेको पनि उल्लेख गरेको छ । सन् २०२२ मा मात्रै उत्तर कोरियाले ३६औँ पटक क्षेप्यास्त्र प्रहार गरेको छ… पुरा पढौ

बेइजिङमा कोभिड सङ्क्रमण बढ्दो

बेइजिङ, ८ पुस । उत्तर चीनमा जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर सङ्क्रमण बढ्दै गएको बताएका छन् । बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख ली यानमिङका अनुसार ओमिक्रोन भेरियन्टको सङ्क्रमणपछि केही पाका उमेरका बिरामीमा गम्भीर समस्या देखिएको थियो, तर उनीहरू सबै उपचारपछि सङ्क्रमणबाट निको हुनेछन् । बे इजिङ चाओ–याङ अस्पतालका उपाध्यक्ष तोङ झाओहुइका अनुसार अस्पतालमा पछिल्ला दिनमा दैनिक औसत तीन सय ५० देखि चार सय ज्वरोका बिरामी र… पुरा पढौ

म्यान्मारमा ११० भन्दा बढी रोहिंग्या पक्राउ

याङ्गुन, म्यानमार, ८ पुस । म्यान्मारका अधिकारीहरूले बालबालिकासहित ११० भन्दा बढी रोहिंग्यालाई ‘आधिकारिक कागजातबिना’ यात्रा गरेको आरोपमा पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । म्यान्मारको ग्लोबल न्यू लाइटका अनुसार दक्षिणपूर्वी शहर बोगालेमा एक दर्जन बालबालिकासहित ११२ जनालाई पक्राउ गरिएको छ भने ३५ जनालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । उक्त समूहलाई ‘बङ्गाली’ भनिएको र प्रतिवेदनमा पक्राउ भएको मिति उल्लेख गरिएको छैन तर स्थानीय सञ्चारमाध्यमले प्रहरी स्रोतलाई उद्धृत गर्दै डिसेम्बर २० को बिहान उक्त घटना भएको बताएका छन् ।… पुरा पढौ

इयूबाट बाहिरिएको दुई वर्षपछि बेलायतले ‘बहिर्गमन’को पीडा महशुस गर्दै

लण्डन, ८ पुस । युरोपेली सङ्घबाट बेलायतको बहिर्गमन भएको दुई वर्षपछि बेलायतीहरू ब्रेक्जिट (बहिर्गमन) को पीडा महशुस गरिरहेको व्यवसायीहरूले बताइरहेका छन् । “यसको लागत, बिना कुनै फाइदाको लागत बढेको छ,“ मध्य इङ्ग्ल्याण्डस्थित रसायन कम्पनी रबिन्सन ब्रदर्सका प्रमुख कार्यकारी एड्रियन हानराहनले भने। समस्या लन्डन र ब्रसेल्सबीच ब्रेक्जिटपछिको स्वतन्त्र व्यापार सम्झौताद्वारा धेरै हदसम्म हटाइएको छ । सीमा शुल्क समस्या नभएको तर नयाँ नियामक कागजी कार्यको बोझ समस्याका रूपमा देखिएको हो । “ईयूसँग कारोबार गर्न वा ईयूबाट सामानहरू प्राप्त गर्ने बदलिँदो कागजी प्रक्रियाको… पुरा पढौ

अत्यधिक बिजुली कटौती घटाउन यमनले शुरु गर्यो सौर्य परियोजना

एडेन, ८ पुस । बिजुली कटौती कम गर्न यमनले नयाँ सौर्य परियोजना स्थापना गर्ने भएको छ । यहाँको दक्षिणी बन्दरगाह शहर एडेनमा संयुक्त अरब इमिरेट्स (यूएई) को सहयोगमा उक्त १२० मेगावाट क्षमताको परियोजना स्थापना गरिने यमनको विद्युत् मन्त्रालयले जनाएको हो । यसका लागि यमनले संयुक्त अरब इमिरेट्स ९यूएई० को राजधानी अबुधाबीस्थित नवीकरणीय ऊर्जा कम्पनी मस्दारसँग एडेनको सोलार पार्क निर्माण गर्न संयुक्त सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौता अन्तर्गत, मस्दारले सौर्य पार्कको ऊर्जा शहरको छिमेकमा वितरण गर्न प्रसारण लाइन… पुरा पढौ

टर्कीद्वारा महिलामाथि विश्वविद्यालयमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न तालिवानसँग आग्रह

इस्तानबुल, ७ पुस । टर्कीले बिहीबार अफगानिस्तानका सत्ताधारी तालिवान नेतालाई विश्वविद्यालय शिक्षामा महिलालाई प्रतिबन्ध लगाउने आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेको छ । गत वर्ष दुई दशकलामो युद्धपछि सत्तामा फर्किएपछि नरम शासनको वाचा गरेको तालिबानले लगाएको प्रतिबन्धको विश्वव्यापी निन्दा भएको थियो । टर्कीका विदेशमन्त्री मेभलुत कावुसोग्लुले टेलिभिजनमा प्रसारण भएको पत्रकार सम्मेलनमा भने, “यो प्रतिबन्ध न त इस्लामिक हो न त मानवीय नै ।” “हामी यसलाई सही मान्दैनौं । तालिबानले यो निर्णय उल्टाउनु ईश्वरप्रतिको सम्मान हुनेछ,” उनले भने। उनले तालिवान शासकप्रति… पुरा पढौ

मेड इन हङकङ’ लेबलमाथि अमेरिकी प्रतिबन्धले व्यापारिक कानुनको उल्लङ्घन : डब्लुटिओ

जेनेभा, ७ पुस । विश्व व्यापार सङ्गठनले हङकङका उत्पादनलाई ‘मेड इन चाइना’ को लेबल लगाउनुपर्ने भन्दै अमेरिकाले अन्तर्राष्ट्रिय व्यापार कानुनको उल्लङ्घन गरेको ठहर गरेको छ । विश्व व्यापार सङ्गठनको विवाद समितिले वासिङ्टनको राष्ट्रिय सुरक्षा हितले यस्तो लेबलिङका लागि अनुमति दिएको भन्ने वासिङ्टनको तर्कलाई अस्वीकार गर्दै अमेरिकी मूलचिन्हको आवश्यकताले व्यापार निकायको नियमअन्तर्गत देशको दायित्वको उल्लङ्घन गरेको बताएको छ । समितिले यसलाई ‘अन्तर्राष्ट्रिय सम्बन्धमा आपतकालीन अवस्था’ नभएको र अमेरिकाको लेबलिङ नियमले हङकङमा बनेका उत्पादनमाथि भेदभाव गरेको बताएको छ । अगस्ट ११, २०२० मा,… पुरा पढौ