अन्तर्राष्ट्रिय 🗺

जमिनमा तेल चुहिएपछि कुवेतको तेल कम्पनीद्वारा आपतकालीन अवस्थाको घोषणा

ब्रसेल्स, ६ चैत । जमिनमा तेल चुहिएपछि कुवेत आयल कम्पनीले सोमबार ‘आपतकालीन अवस्था’ को घोषणा गरेको छ । कुवेती सञ्चार माध्यमले सार्वजनिक गरेको भिडियोमा तेलको ठूलो मात्राले पेट्रोलियम पदार्थ बग्दा बज्दै गरेको पाइप घेरिएको देखिएपछि सरकारी स्वामित्वको कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “देशको पश्चिमी भागमा तेल चुहिएपछि आपतकालीन अवस्था घोषणा गरिएको छ ।” कम्पनीका प्रवक्ता कुसाई अल–आमेरले भने, ““यो चुहावट जमिनमा भएको भएपनि आवासीय क्षेत्रमा नभएकोले चुहावटका कारण कुनै चोटपटक लागेको छैन र उत्पादनमा पनि कुनै असर परेको छैन… पुरा पढौ

सैनिक हेलिकप्टर दुर्घटनामा ४ जनाको मत्यु

बोगोटा , ६ चैत । कोलम्बियामा त्यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि ४ जनाको ज्यान गएको छ । आइतबार साँझ भएको सो होलिकोप्टर दुर्घटनाको समाचारको सेनाले पुष्टि गरेको छ । सो हेलिकोप्टर राजधानी सहरमा नै भएको र त्यसमा रहेका चार जना सैनिककै ज्यान गएको यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिए । उनले राजधानी सहरमा यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटनामा परेको र त्यसमा रहेका चार जनाकै ज्यान गएको जानकारी दिए । उनले सेनाका लागि आवश्यक सामग्री लिएर गएको… पुरा पढौ

मध्य अफ्रिकी गणतन्त्रमा ९ जना चिनियाँ नागरिकको हत्या

बाम्बारी, सेन्ट्रल अफ्रिकन रिपब्लिक, ६ चैत । मध्य अफ्रिकी गणतन्त्रमा ‘सशस्त्र व्यक्तिहरू’ले आक्रमण गरी नौ जना चिनियाँ कामदारको हत्या गरिएको छ । आक्रमणको निन्दा गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । मध्य शहरका मेयर एबेल म्याचिपाटाले बाम्बारी नजिकै बिहान ५ ः०० बजे ‘सशस्त्र व्यक्तिहरू’ले विदेशी कामदारमाथि आक्रमण गरेको पुष्टि गरे । उनले एएफपीसँग कुरा गर्दै भने, “आक्रमणका कारण ‘नौ जनाको मृत्यु भएको र दुई जना घाइते भएको र मृतकहरू आफ्नो शहरबाट २५… पुरा पढौ

अमेरिकाको मायामी बीच सहरमा हिंसाका घटना बढेपछि सङ्कटकाल र कफ्र्यु

वासिङटन, ६ चैत  । अमेरिकाको फ्लोरिडा राज्यको एक सहरमा हिंसाका घट्ना बढेपछि कफ्र्यु आदेश जारी गरिएको छ ।सो राज्यको एक सहर मियामी बीचमा सो आदेश जारी गरिएको अधिकारीहरुले जनाएका छन् । सो सहरमा केही दिनयतादेखि गोली प्रहारका घट्ना बढेका छन् । आइतबार यहाँ कफ्र्यु आदेश जारी गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार सो आदेशअनुसार यहाँका नागरिक रातिको समयमा बाहिर निस्कन पाउने छैनन् । यो आदेश अर्काे सोमबारसम्मका लागि जारी गरिएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् । सो… पुरा पढौ

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण, ८ लाख सेनामा भर्ती हुँदै

सोल, ५ चैत । उत्तर कोरियाले आज पनि छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । एक साताको अवधिमा प्योङयाङले गरेको यो चौथो क्षेप्यास्त्र प्रक्षेपण हो । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ । अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासलाइ उत्तरले आफूमाथि हुने आक्रमणको पूर्वाभ्यासका रूपमा लिएको छ । पछिल्लो समयमा वासिङ्टन र सोलले उत्तरबाट बढ्दो सैन्य र आणविक जोखिमलाई दृष्टिगत गरी पारस्परिक सहयोगलाई… पुरा पढौ

इक्वेडर भूकम्प: सोह्र जनाको मृत्यु, चार सय घाइते

कुएन्का, ५ चैत । मध्याह्नतिर पेरु र इक्वेडरमा भएको शक्तिशाली भूकम्पमा परी १६ जनाले ज्यान गुमाएका छन्भने चार सयभन्दा बढी घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण विभागले दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्प भएको जनाएको छ । इक्वेडरको मचला र कुएन्का शहरका भवन भत्केका छन्भने भत्केका भवनका भग्नावशेषमा सवारी साधन पुरिएका छन् । केही सवारी साधन कुच्चिएका छन् । कम्पबाट भयभीत बासिन्दा सडकमा दौडिएका थिए । एल ओरो प्रान्तमा११ जनाको मृत्यु भएको जनाइएको छ । भवनको पर्खाल भत्केर… पुरा पढौ

बङ्गलादेश : सडक दुर्घटनामा सत्र जनाको मृत्यु

ढाका, ५ चैत। बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा आज बिहान भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छभने २५ जनाभन्दा बढी घाइते भएका छन् । हालै निर्माण गरिएको द्रुतमार्गमा यात्रीबाहक एउटा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका तथा घाइते सबैलाई नजिकको अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी प्रमुख मसुद आलमले बताएका छन् । द्रुत गतिकमा हुँइकिएको बस द्रुतमार्गको रेलिङमा ठोक्किएर खाडलमा खसेको छ । थोत्रा सवारी साधन, नियमित मर्मतसम्भार नभएका सडक एवम् सवारी साधनका कारण बङ्गलादेशमा सडक दुर्घटना भइरहन्छन् । गत… पुरा पढौ

जापान-दक्षिण कोरिया सुरक्षा साझेदारी हार्दिकतामा परिणत

सोल, ४ चैत । लामो समयदेखि जापान र दक्षिण कोरियाबीचको विद्वेषपूर्ण सम्बन्ध अन्ततः अन्त्य भएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको हालैको जापान भ्रमणपछि द्विपक्षीय सम्बन्ध हार्दिकतामा परिणत भएको हो । गत बिहीबार जापानको शीर्ष नेतृत्वसँग कोरियाली राष्ट्रपतिले शिखर वार्ता गरेपछि विगतका विवाद बिसाउने सहमति भएको हो । उत्तर कोरियाको बढ्दो चुनौती सामान गर्न पनि सोल र टोकियो विगतका विवाद बिर्सन सहमत भएका हुन् । पैतीस वर्षे औपनिवेशिक शासनकालमा कोरियाली श्रमिकमाथि अत्याचार भएको तथा उनीहरूले क्षतिपूर्ति पाउनुपर्नेलगायत माग… पुरा पढौ

राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी, रुसद्वारा निन्दा

अन्तरराष्ट्रिय फौजदारी अदालत(आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनले १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । आइसिसीले बालबालिकाको अधिकारसम्बन्धी रुसी राष्ट्रपतिका आयुक्त मारिया लभोभा बेलोभाविरुद्ध पनि सोही आरोपमा पक्राउ पुर्जी जारी गरेको बताएको छ । आइसिसी सदस्य देशका सरकारको सहयोग बिना संदिग्धहरूलाई पक्राउ गर्ने अधिकार अदालतलाई नभएकाले पुष्टिन र मारिया पक्राउ पर्ने सम्भावना अति कम छ । मस्कोले आइसिसीका आदेशलाई… पुरा पढौ

युरोपेली बैंकहरू बलिया छन्-फ्रान्सेली केन्द्रीय बैंक प्रमुख

पेरिस, ३ चैत । युरोपेली बैंकहरूको अवस्था अमेरिकी ऋणदाताहरूको जस्तो नभएको फ्रान्सको केन्द्रीय बैंक प्रमुखले बताएका छन् । अमेरिकामा देखिएको बैङ्किङ सङ्कटको त्रासका बीच उनले शुक्रबार सो टिप्पणि गरेका हुन् । उनले भने यस क्षेत्रका बैङ्कहरू "अत्यन्तै ठोस" आकारमा छन् । दुई अमेरिकी ऋणदाताहरूको असफलताले यस क्षेत्रमा सङ्क्रामक स्थिति सृजना हुने डर बढाएको छ । समस्याग्रस्त युरोपेली बैंकिंग विशाल क्रेडिट सुइसले स्विस केन्द्रीय बैंकबाट $ ५४ अर्बसम्म ऋण लिनु परेको छ। युरोपेली केन्द्रीय बैंकको गभर्निङ काउन्सिलका सदस्य फ्रान्कोइस भिलेरोय डे… पुरा पढौ