अन्तर्राष्ट्रिय 🗺

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

सोल, ३० फागुन । उत्तर कोरियाले आज पनि दुई वटा छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको छ । बितेका तीन दिनमा यो दोस्रो पक्षेपण भएको दक्षिण कोरियाले बताएको छ । दक्षिण कोरिया र अमेरिको संयुक्त रूपमा सैन्य अभ्यास गरिरहेका बेला प्योङयाङले ‘ब्यालेष्टिक मिसाइल’ परीक्षण गरेको हो । उत्तर कोरियाको बढ्दो सैन्य र आणविक जोखिमलाई दृष्टिगत गरी वासिङ्टन र सोलबीचको रक्षा सहयोग घनीभूत भएको छ । पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा हतियारको होडबाजनी र परीक्षणको शृङ्खला तीव्र भएको छ । दक्षिण कोरियाका एक जना… पुरा पढौ

चीनद्वारा त्रिदेशीय पनडुब्बी सम्झौताको विरोध

वासिङ्टन, ३० फागुन । एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतले गरेको परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बी सम्झौता गरेका छन् । साथै उनीहरूले पनडुब्बीको नयाँ ‘फ्लिट’ बनाउने योजनाको विवरण पनि सार्वजनिक गरेका छन् । चीनले उक्त सम्झौतालाई गम्भीर त्रुटीपूर्ण एवम् जोखिमको बाटोमा हिँड्ने प्रयास भन्दै त्यसको विरोध गरेको छ । आफ्नो भूराजनीतिक स्वार्थका लागि अन्तरराष्ट्रिय समुदायको चासोलाई पूर्णतया बेवास्ता गरी अष्ट्रेलिया, अमेरिका र बेलायत अधिक जोखिमको बाटोमा हिँडेका विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले टिप्पणी गरेका छन्… पुरा पढौ

दश विशेष समिति स्थापनाको निर्णयका साथ सिपिपिसिसीको बैठक सम्पन्न

बेइजिङ, ३० फागुन । देशको शीर्ष राजनीतिक सल्लाहकार निकाय चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी)को १४औँ राष्ट्रिय समितिको पहिलो स्थायी समिति बैठक दश वटा विशेष समिति गठन गर्ने निर्णयका साथ समाप्त भएको छ । बैठकले सिपिपिसिसी राष्ट्रिय समितिअन्तर्गत अर्थ, कृषि, कानुन, जातीय, धार्मिक, सामाजिक तथा वैदेशिक मामिलालगायत धेरै क्षेत्र समेट्न ती समिति गठनको निर्णय गरेको हो । स्थायी समिति बैठकले विशेष समितिका सञ्चालक एवम् उपनिर्देशकको नामावली पनि अनुमोदन गरेको छ । बैठकको अध्यक्षता चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समतिको राजनीतिक ब्यूरोको स्थायी… पुरा पढौ

मदागास्करमा डुङ्गा डुब्दा २२ आप्रवासीको मृत्यु

मदागास्कर, २९ फागुन । मदागास्करको समुद्री तटमा डुङ्गा डुब्दा कम्तीमा २२ आप्रवासीको मृत्यु भएको त्यहाँका तटरक्षक अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मदागास्करको सामुद्रिक प्राधिकरण एपीएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लुकिछिपी मायोटेको फ्रान्सेली इलाकातर्फ जाँदै गरेको डुङ्गामा ४७ जना रहेको र उनीहरूको डुङ्गा डुबेको थियो ।” “उक्त घटनामा २३ जना यात्रुको जीवित उद्धार गरिएको थियो भने २२ जनाको मृत शरिर समुद्रबाट निकालिएको थियो,” विज्ञप्तिमा भनिएको छ । शनिबार भएको उक्त दुर्घटनापछि वेपत्ता रहेका दुई जनाको खोजी तथा उद्धार कार्य… पुरा पढौ

युक्रेन युद्धका कारण सन् २०२२ मा युरोपेली हतियारको आयात दोब्बर

स्टकहोम, २९ फागुन । विश्वको तेस्रो ठूलो गन्तव्य बनेको युक्रेनमा ठूलो परिमाणमा हतियार ढुवानी भएपछि सन् २०२२ मा युरोपमा हतियारको आयात झण्डै दोब्बर भएको अनुसन्धानकर्ताहरूले सोमबार बताएका छन् । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को प्रतिवेदनअनुसार पोल्याण्ड र नर्वेलगायत युरोपेली मुलुकले सैन्य खर्च बढाएका कारण आयातमा पनि वृद्धि भएको हो । आयातको दर अझै बढ्ने प्रक्षेपण गरिएको छ । “आक्रमणका कारण युरोपमा हतियारको मागमा उल्लेखनीय वृद्धि भएको छ, जसले थप प्रभाव पार्नेछ र सम्भवतः युरोपेली देशहरूले हतियारको आयातमा थप… पुरा पढौ

अमेरिकाकाे २ बैंक बन्द, राष्ट्रपति बाइडेनले सम्बाेधन गर्ने

काठमाडौं, २९ फागुन । यतिबेला अमेरिकी बैंकिङ्ग क्षेत्रमा वित्तीय संकट खडा भएकाे छ । त्यहाँ ३ दिनमा २ बैंक बन्द भएका छन्। सिलिकन भ्याली बैंक र न्यूयोर्कको सिग्नेचर बैंक बन्द भएका हुन् । पहिला सिलिकन भ्याली बैंक र पछि न्यूयोर्कको सिग्नेचर बैंक बन्द गरिएकाे अमेरिकी नियामकले जनाएकाे छ। अर्थ क्षेत्रका विज्ञहरुले याे घटना अमेरिकी इतिहासको तेस्रो ठूलो बैंकिङ्ग असफलता भएकाे टिप्पणी गरेका छन् । जहाँ ३ दिनमा २ बैंक बन्द हुनु सानाे घटना मान्न सकिदैंन । न्यूयोर्क स्टेट डिपार्टमेन्टको फाइनान्शियल… पुरा पढौ

फ्रान्सेली सिनेटद्वारा पेन्सन सुधार विधेयक पारित

पेरिस, २८ फागुन । राष्ट्रव्यापी विरोधका बाबजुद फ्रान्सेली सिनेटले पेन्सन सुधार विधेयक पारित गरेको छ । देशको माथिल्लो सदनले शनिबार राति उक्त विधेयक पारित गरेको हो । जनतामाझ अलोकप्रिय उक्त विधेयकको पक्षमा एक सय ९५ मत परेको थियो । विधेयकको विपक्षमा एक सय १२ जनाले मतदान गरेका थिए । अब उक्त विधेयकको मस्यौदालाई सदनको एउटा समितिले अन्तिम रूप दिएर अनुमोदनका निम्ति सिनेट र राष्ट्रियसभामा प्रस्तुत गर्नेछ । संभवतः आगामी बिहीबार उक्त विधेयक सिनेट र राष्ट्रियसभामा प्रस्तुत हुनेछ । प्रस्तुत विधेयक… पुरा पढौ

सैनिक कारबाहीमा तीन जना प्यालेष्टिनी मारिए

नाब्लस, (प्यालेस्टाइन क्षेत्र), २८ फागुन । आज भएको सैनिक कारबाहीमा तीन जना प्यालेष्टिनी बन्दुकधारी मारिएका छन् । नाब्लस नजिकैको उत्तरी वेस्ट बैंकमा इजरायली सैनिकमाथि गोली प्रहार गरेपछि भएको प्रतिकारमा ती प्यालेष्टिनी मारिएका इजरायली सेनाले जनाएको छ । “तीन जना बन्दुकधारीले सैनिक अधिकारीमाथि गोली प्रहार गरेपछि उनीहरूलाई निष्प्रभावी तुल्याउन जवाफी कारबाही गरिएको थियो । त्यसक्रममा तीन जना मारिएका तथा एक जना बन्दुकधारीले आत्मसमर्पण गरेको छ,” इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । गत वर्षदेखि इजरायल र प्यालेष्टाइनबीच पुनः द्वन्द्व चर्किएको… पुरा पढौ

‘अमेरिकी साम्राज्यवाद पतन भयो’

काराकस, २८ फागुन । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी साम्राज्यवादको पतन भएको बताएका छन् । अर्जेन्टिनाको एक सञ्चारमाध्यसँगको अन्तर्वार्तामा उनले ल्याटिन अमेरिका, क्यारेबियन र बाँकी विश्वमा अमेरिकी वर्चस्व नघट्दै गएको बताए। “अमेरिकी साम्राज्यवाद पतन उन्मुख छ, अब ल्याटिन अमेरिका र क्यारेबियनका जनताको भलाइको लागि प्रस्ताव गर्न केही छैन, सबै अमेरिकी नीति पश्चगामी छन्,” राष्ट्रपति मादुरोले भनेका छन्। यद्यपिह्वाइट हाउसद्वारा प्रवर्तित अति–दक्षिण समूहहरूको अझै पनि प्रभाव रहेको उनले स्वीकार गरे। अमेरिकाले ल्याटिन अमेरिकी समाजमा असहिष्णुता र घृणा उत्पन्न गराउन, लोकतान्त्रिक विरोधी,… पुरा पढौ

ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री नियुक्त

बेइजिङ, २७ फागुन । चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन हुनु भएको छ । ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सी चिन फिङले १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा ली छ्याङलाई प्रधानमन्त्री पदका लागि मनोनयन गर्नुभएको हो । यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । पुरा पढौ