अन्तर्राष्ट्रिय 🗺

अफ्रिकामा आत्महत्या रोक्न विश्व स्वास्थ्य संगठनको अभियान सुरु

ब्राजाभिल्ले, २१ असोज । अफ्रिकामा आत्महत्याको दर विश्वमै अन्यत्रभन्दा बढी भएकाले यसलाई रोक्नका लागि विशेष चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।विश्व स्वास्थ्य सङ्गठनले यहाँ चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा विश्वमै सबैभन्दा धेरै आत्महत्याको दर रहेको भन्दै यो अभियान थालेको हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार अफ्रिकामा प्रति एक लाखमा कम्तीमा पनि ११ जनाले आत्महत्या गर्ने गरेका छन् । यो वार्षिक रुपमा लिइएको तथ्याङ्क हो ।विश्वव्यापी रुपमा मापन गरिएको प्रति एक लाखमा नौ जनाले आत्महत्या गर्ने… पुरा पढौ

कतार विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने

अङ्कारा, २० असोज । कतारमा हुने विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने भएको छ । टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेको हो । टर्कीले आफ्नो सेना कतार पठाउने विषयमा संसदमा प्रस्ताव ल्याएको र सो सम्बन्धी प्रस्ताव टर्कीको प्रहरीले पास गरेको हो । कतारमा हुन गइरहेको विश्व कप फुटबलमा सहयोगका लागि टर्कीले सेना पठाउन लागेको हो । कतारले टर्कीसँग सेनाको सहयोगका लागि अनुरोध गरेको थियो र कतारमा हुने विश्वकप फुटबलमा सहयोगका लागि टर्कीले सेना पठाएको भएको हो… पुरा पढौ

नाइजेरियामा बाढीबाट पचहत्तर जनाको मृत्यु

अबुजा, २० असोज । नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन् । अधिकारीहरुका अनुसार यहाँ गएको मे महिनाबाट सुरु भएको मनसुनबाट अहिलेसम्ममा ७५ जनाको ज्यान गएको हो । यहाँ भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ती व्यक्तिको निधन भएको हो । योबे राज्यका प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी प्रमुख मोहम्मद गोजेले दिएको जानकारीअनुसार यहाँ बाढीबाट भौतिक सम्पत्तिमा पनि ठूलो क्षति पुगेको छ ।… पुरा पढौ

वार्ताका माध्यमबाट शान्ति स्थापना गर्न संयुक्त राष्ट्र संघकाे आग्रह

संयुक्त राष्ट्रसङ्घ, १९ असोज । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले कोलम्बिया सरकार र यहाँका विद्राेहीहरुलाई शान्ति वार्ताका माध्यमबाट शान्ति स्थापनाका लागि आग्रह गरेका छन् । महासचिव गुटरेसले यहाँको सरकार र यहाँ विद्रोह गरिरहेको नेसनल लिबरेसन आर्मी (इएलएन) लाई सो आग्रह गरेका हुन्। उनका महासचिव स्टेफान डुजारिकले एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिए। उनले भने– महासचिव गुटरेसले कोलम्बिया सरकारले विद्रोहीसँग शान्ति वार्ताको प्रक्रिया अघि बढाउने भनी हालै गरेको निर्णयको प्रशंसा गरे। साथै महासचिव गुटरेसले यस अवसरलाई सदुपयोग गर्न र… पुरा पढौ

भारतमा बस दुर्घटनामा परी बीस मृत्यु

नयाँ दिल्ली, १९ असोज । भारतको उत्तराखण्डमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो । स्था नीय प्रहरीले बुधबार दिएको जानकारीमा सो दुर्घटनामा परेर २० जनाको घटनास्थलमै ज्यान गएको बताइएको छ । प्रहरीले २० ओट शव भेटेको र अरु कैयौँ घाइते अवस्थामा रहेका बताएको छ । मङ्गलबार भएको सो दुर्घटनापछि प्रहरी पुगेको थियो । प्रहरीले २० ओटा शव घटनास्थलामा नै भेटेको र अरु घाइतेलाई तत्कालै अस्पताल पु¥याइएको जनाएको छ… पुरा पढौ

दक्षिण कोरियामा अहिले पनि दिनमा ३४ हजार भन्दा बढी कोरोना सङ्क्रमित

सोल, १९ असोज । दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जना भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित रहेका पाइएको छ । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र यसअघिको २४ घन्टायता ३४ हजार सात सय ३९ जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको छ । अघिल्लो दिनमात्र १६ हजार जनामा मात्र कोरोनाका सङ्क्रमित पाइएकामा बुधबार ३४ हजार भन्दा बढी देखिएको हो । अघिल्लो हप्ता दैनिक करिब २४ हजार जनामा सङ्क्रमण भएको बताइएकामा बुधबार यसमा बृद्धि भएको हो । पछिल्लो दिन यहाँ कम्तीमा पनि… पुरा पढौ

ग्रिड बिग्रिएपछि १३ करोड बङ्गलादेशी विद्युतविहीन

ढाका, १८ असोज । बङ्गलादेशमा ग्रिडमा खराबी आएपछि मङ्गलबार अपराह्न कम्तीमा १३ करोड मानिस विद्युतविहीन भएको सरकारी विद्युत् उपभोक्ता कम्पनीले जनाएको छ । विद्युत् विकास समितिका अनुसार स्थानीय समयअनुसार दिउँसो २ बजेपछि अचानक विद्युत् आपूर्ति बन्द हुँदा देशका ८० प्रतिशतभन्दा बढी क्षेत्र प्रभावित भएका छन् । समितिका प्रवक्ता शमीम अहसानले एएफपीसँग भने, “बङ्गलादेशको उत्तरपश्चिमका केही स्थानबाहेक देशका बाँकी भाग विद्युतविहीन भएका छन् ।” अहसानका अनुसार १३ करोड वा सोभन्दा बढी मानिस विद्युतविहीन छन् र के कारणले यो गल्ती भएको हो भन्ने… पुरा पढौ

हैटीमा हैजाका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

जेनेभा, १८ असोज । हैटीमा हैजाको प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या जानकारीमा आएकोभन्दा निकै बढी हुनसक्ने अधिकारीहरूले बताएका छन् । हैटीमा हैजाको प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या रिपोर्ट गरिएको भन्दा ‘अत्यधिक बढी’ हुन सक्ने र सङ्क्रमितको अवस्था थप बढ्न सक्ने अनुमान गरिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मङ्गलबार चेतावनी दिएको छ । संकटग्रस्त क्यारेबियन राष्ट्रमा हैजाका कारण कम्तीमा सात जनाको मृत्यु भएको आइतबार जनाइएको थियो । हैटीमा हैजाको महामारीको पछिल्लो पटक पुष्टि भएको करिब तीन वर्षपछि पुनः महामारीको पुनः उत्थान हुने… पुरा पढौ

जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्न राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसङ्घ, १८ असोज । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनसम्बन्धीका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न विश्वमा सबै देशलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा सो कुरा बताए । उनले भने– अहिले विश्वमा जलवायु परिवर्तनका कारण विभिन्न देशहरुमा ठूलो समस्या देखा परिरहेको छ, त्यसैले सबै देशहरुले र विशेषगरी जि२० का सदस्य राष्ट्रहरुले यस विषयमा ध्यान दिनुपर्छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्बन्धी सम्मेलन कोप २७ का लागि विश्वका देशहरुले एजेण्डा बनाइरहेको बताउँदै… पुरा पढौ

अफगानिस्तानमा भएको आत्मघाती हमलामा त्रिपन्न जनाको ज्यान गयो

काबुल, १८ असोज । अफगानिस्तानको राजधानी काबुलबाट पश्चिमतर्फको एक सहरमा गत शुक्रबार भएको आत्मघाती हमलामा परेर ज्यान जाने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ५३ पुगेको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले सो कुराको जानकारी दिएको हो । उक्त मिसनका अनुसार अफगानिस्तानको हाजरा सहरमा शुक्रबार भएको सो आत्मघाती हमलामा परेर ५३ जनाको ज्यान गएको छ । त्यसैगरी सो आक्रमणमा परेर कम्तीमा पनि ४६ जना अरु व्यक्ति घाइते भएका पनि समाचारमा जनाइएको छ । अफगानिस्तानको पश्चिमी सो सहरको एक शैक्षिक… पुरा पढौ