अन्तर्राष्ट्रिय 🗺

पाकिस्तानमा बाढी पहिरोका कारण थप बीसको मृत्यु

इस्लामावाद, ७ असोज । पाकिस्तानमा बाढी पहिरोका कारण थप २० जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा प्राप्त विवरणअनुसार मृत्यु भएका मध्ये १५ जना बालबालिका रहेका छन् भने दुई जना महिला रहेका छन् । पाकिस्तान प्रकोप व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा मृत्यु भएका मध्ये १७ जना सिन्ध प्रान्तका मात्रै रहेको जनाएको छ । पाकिस्तानमा आएको बाढी पहिरोबाट सबैभन्दा धेरै सिन्ध प्रान्त प्रभावित भएको छ भने अन्य प्रान्तमा पनि असर परेको छ । बढीपछिका घटनामा परी पाकिस्तानमा अरु कैयौ घाइते… पुरा पढौ

कम्बोडियामा डुङ्गा दुर्घटना, २३ चिनियाँ नागरिक बेपत्ता

कम्बोडिया, ७ असोज । कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका छन् । यसबारेमा शुक्रबार एक सेथानीय अधिकारीले सञ्चारमाध्यमहरुलाई जानकारी दिएका हुन् । ४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा दुर्घटनामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले अन्तरराष्ट्रिय समाचार समिति एएफपीलाई बताएका हुन । डुङ्गामा रहेका १८ जनाको उद्धार गरिएको जनाइएको छ । पुरा पढौ

बैंक अफ इङ्गल्याण्डले फेरि बढायो ब्याजदर, मन्दीको चेतावनी

लण्डन, ७ असोज । बैंक अफ इङ्गल्याण्ड (बीओई)ले दशकौंको उच्च मुद्रास्फीतिको सामना गर्न बिहीबार फेरि आफ्नो ब्याज दरमा तीव्र वृद्धि गरेको छ । बैंकले बेलायती अर्थतन्त्र मन्दीमा फस्ने चेतावनी पनि दिएको छ । बेलायती बैंकको लगातार दोस्रो पटकको ०.५ अङ्कको वृद्धि यस हप्ताको अमेरिकी फेडरल रिजर्भ र अन्य वैश्विक केन्द्रीय बैंकहरूले ब्याज दरमा गरेको उच्च वृद्धिपछि भएको हो । बेलायती नीति निर्माताहरूले शीघ्र तथा उच्च रूपमा भएको उपभोक्ता मूल्यहरू नियन्त्रण गर्न खोजिरहेका छन् । बैंकले प्रमुख ब्याज दरलाई ०.५ प्रतिशत… पुरा पढौ

मेक्सिकोमा शक्तिशाली भूकम्प

मेक्सिको सिटी, ६ असोज । मेक्सिकोमा बिहीबार शक्तिशाली भूकम्प आएको छ । यसअघि सोमबार मिचोआकानमा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई जनाका मृत्यु भएको थियो । ६.९ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको केन्द्रबिन्दु पश्चिमी राज्य मिचोआकानको कोलकोमानबाट ८४ किलोमिटर दक्षिणमा प्रशान्त महासागरको तटनजिक रहेको राष्ट्रिय भूकम्प विज्ञान निकायले जनाएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९यूएसजीएस० ले ६।८ म्याग्निच्युड अनुमान गरेको छ । मिचोआकानमा सोमबार ७।७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । मेक्सिको सिटीमा सयौं किलोमिटर टाढा हजारौं… पुरा पढौ

जि७ द्वारा रुसको बढ्दो कदमको निन्दा

संयुक्त राष्ट्रसङ्घ, ६ असोज । जि७ का विदेश मन्त्रीहरुले युक्रेनमा युद्धका लागि आंशिक सेना परिचालन गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको कदमपछि रुसविरुद्ध थप प्रतिबन्धहरु लगाउने बताएका छन् । सात समूहका मन्त्रीहरूले रुसको यस बढ्दो कदमहरूको निन्दा गरेको छ । यस सेनाको आंशिक परिचालन र गैरजिम्मेवारपूर्ण आणविक हतियार समावेश रहेको विदेश मन्त्रीहरुद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । जि७ ले अझ थप लक्षित प्रतिबन्धहरु पछ्याउने र रुसमाथि निरन्तर आर्थिक र राजनीतिक दबाब दिन प्रतिबद्ध रहेको संयुक्त राष्ट्रसङ्घ महासभाको बैठकपछि बताएका छन् । ‘हामी… पुरा पढौ

बाढी प्रभावित पाकिस्तानी क्षेत्रमा डेङ्गुको प्रकोप बढ्दो

इस्लामावाद, ६ असोज । पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढेको छ । अधिकारीहरुले यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गुको प्रकोप बढ्दै गएको जानकारी दिएका हुन् । पाकिस्तानका विशेषगरी पछिल्लो समयमा यस वर्षको मनसुनबाट क्षति भएका क्षेत्रहरुमा डेङ्गुको ज्वरोले धेरै मानिस विरामी परेका बताइएको हो । यहाँको सबैभन्दा धेरै बाढी प्रभावित प्रान्त सिन्धमा नै डेङ्गुले पनि सताएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीले दिएको जानकारीमा गएको २४ घन्टा यतामात्र यहाँका तीन सय २३ जनालाई डेङ्गु लागेको छ ।यसपछिको प्रभावित क्षेत्र कराँची… पुरा पढौ

दक्षिणी अङ्गोलामा कार दुर्घटना हुँदा बाह्रको मृत्यु

लोबिटो, ६ असोज । अङ्गोलाको दक्षिणी बेन्गुएला प्रान्तमा बुधबार ३० यात्रु बोकेको एउटा गाडी पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । तीव्रगति, सावधानीको अभाव र प्राविधिक त्रुटिका कारण गाडी पल्टिएको राष्ट्रिय प्रहरीका प्रवक्ता अर्नेस्टो चिवालेले बताए। बेन्गुएला जनरल अस्पतालमा चिकित्सा सहायता लिइरहेका १८ जना घाइतेको अवस्था गम्भीर रहेको एङ्गोलाको नेसनल इन्स्टिच्युट फर मेडिकल इमर्जेन्सीका बेन्गुएला प्रान्तीय संयोजक हर्नानी फ्रान्सिस्कोले बताए। पुरा पढौ

दक्षिणी पाकिस्तानमा डेङ्गुको प्रकोप बढ्दै २७ को मृत्यु

इस्लामावाद, ५ असोज । पाकिस्तानमा डेङ्गु ज्वरोको फैलावट लगातार बढिरहेको छ । यो महिना देशको दक्षिणी प्रान्त सिन्धमा हालसम्म डेङ्गु सङ्क्रमणको कारण २७ जना बिरामीको मृत्यु भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ । यस सङ्क्रमणको कारण मृत्यु भएका सबै सिन्ध प्रान्तको प्रान्तीय राजधानी अर्थात देशको सबैभन्दा ठूलो सहर कराचीमा भएको बताइएको छ । पछिल्लो २४ घण्टामा सिन्ध प्रान्तमा कुल तीन सय ५३ जना नयाँ सङ्क्रमित भएका विभागले मङ्गलबार साँझ जानकारी दिएको छ । सेप्टेम्बरमा बिरामीको सङ्ख्या तीन हजार ५ सय… पुरा पढौ

दक्षिण कोरियामा ४१ हजार भन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

सोल, ५ असोज । दक्षिण कोरियामा २४ घण्टाको समयावधीमा अर्थात मङ्गलबार मध्यरातीसम्ममा ४१ हजार दुईसय ८६ कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । यसैसँगै कोरोनाका कूल सङ्क्रमितको सङ्ख्या दुई करोड ४५ लाख दुई हजार नौ सय ६८ जना पुगेको स्वास्थ्य अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा तीन जनाले घटेर ४९४ पुगेको छ । सङ्क्रमणको कारण ५९ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसैसँगै मृतकको सङ्ख्या २७ हजार नौ सय ५० पुगेको छ… पुरा पढौ

यूरोपमा कोभिडको नयाँ लहर आउन सक्ने

दि हेग, ५ असोज । यूरोपियन मेडिसिन एजेन्सीले यूरोपमा कोभिड-१९ को नयाँ लहर आउनसक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ । एजेन्सीले कोभिड-१९ को महामारी पूर्ण रुपमा टरेको नभई केही कम मात्र भएको भन्दै यूरोपमा अर्को लहर आउन सक्नेबारे सचेत गराएको हो । मंगलबार यूरोपियन मेडिसिन एजेन्सीका प्रमुख म्याक्रो क्याबलेरीले यूरोपका देशहरुमा अहिले महामारी कम भएको देखिएको भए पनि यसको प्रकोप नघटेको बताएका हुन् । उनले भने, 'यहाँका देशहरुमा अहिले कोभिडको सङ्क्रमण घटेको पाइएको छ । यूरोपियन देशहरुले… पुरा पढौ