अन्तर्राष्ट्रिय 🗺

जापानमा आँधीका कारण ४० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह

इजुमी, जापान, ३ असोज । जापानको दक्षिणी टापु क्युशुमा भीषण समुद्री आँधी अवतरणसँगै कम्तीमा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ । नान्मादोल नाम दिइएको उक्त आँधी प्रतिघण्टा १८० किलोमिटरको गतिमा अघि बढिरहेको छ । आँधीसँगै आइतवार दिउँसो तथा राति गरेर २० इन्चसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ । आँधीले ठूलो बाढी र पहिरो गराउन सक्ने बताइएको छ भने सावधानीस्वरूप तीव्र गतिका रेल, फेरीहरू र सयौँ उडानहरू रद्द गरिएका छन् । आइतवार बिहान क्युशुको… पुरा पढौ

किर्गिज–ताजिक भिडन्तमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्योः किर्गिज मन्त्रालय

किर्गिस्तान (विश्केक), २ असोज । ताजिकिस्तानसँगको हालैको सीमा झडपमा कम्तिमा ३६ जनाको मृत्यु भएको किर्गिस्तानको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । मध्य एशियाका छिमेकीबीचको पछिल्लो सयम हिंसा बढेको छ । (किर्गिज) बाटकेन क्षेत्रमा सशस्त्र द्वन्द्वको परिणाम स्वरूप मृत्यु हुनेको कुल सङ्ख्या ३६ र अन्य एक सय ३४ जना घाइते भएका मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ । मन्त्रालयले यसअघि दिएको जानकारीमा मृत्यु हुनेको संख्या २४ पुगेको थियो । ताजिकको आन्तरिक मन्त्रालयले शनिबार भएको झडपमा सर्वसाधारण मारिएका बताए पनि तथ्याङ्क भने… पुरा पढौ

महारानी एलिजाबेथको अन्त्येष्टिमा भाग लिन राष्ट्रपति मुर्मु लन्डनमा

लन्डन, २ असोज । भारतका राष्ट्रपति मुर्मु महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा भाग लिन गएकी छन् । भारत सरकारको तर्फबाट शोक व्यक्त गर्न उनी बेलायतको औपचारिक भ्रमणमा गएकी हुन् । सोमबार महारानी एलिजाबेथको राजकीय सम्मानका साथ वेष्टमिनिस्टर गिर्जाघरमा अन्त्येष्टि हुँदैछ । भारतका राष्ट्रपति आज महारानीको कफिनाई समाधिस्थ गरिनेस्थलमा उपस्थित हुनेछन् भने बकिङघम दरबार नजिकस्थित ल्यान्कास्टर हाउसमा भारत सरकारको तर्फबाट शोक पुस्तिकामा हस्ताक्षर गर्नेछन् । सोमबार बिहान ११ बजे हुने अन्त्येष्टि सेवा अघि बकिङघम दरबारमा विदेशी नेताहरूका लागि राजा चार्ल्स तृतीयद्वारा… पुरा पढौ

चीनमा सडक दुर्घटना : २७ को मृत्यु, २० जना घाइते

गुइयाङ, २ असोज । दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा यात्रुवाहक बस पल्टिदा २७ जनाको मृत्यु भएको तथा २० जना घाइते भएका छन् । आइतबार बिहान भएको उक्त दुर्घटनाको स्थानीय प्रहरीले पुष्टि गरेको छ । बसमा ४७ जना सवार थिए । सान्डु सुइ स्वायत्त काउन्टीको राजमार्गमा गुडिरहेका बस एक्कासी दुर्घटना भएको उक्त काउन्टीको सार्वजनिक सुरक्षा ब्युरोले जनाएको छ । दुर्घटनाको कारण सार्वजनिक गरिएको छैन । पुरा पढौ

पाकिस्तानको सिन्ध प्रान्तमा एकैदिन नब्बे हजार बढीको उपचार

इस्लामावाद, २ असोज । अविरल वर्षाका कारण आएको बाढी र त्यसबाट प्रभावित भएका पाकिस्तानको सिन्ध प्रान्तका ९० हजार जनालाई एकैदिन जलजन्य रोगको उपचार गरिएको छ । प्रान्तीय स्वास्थ्य विभागका अनुसार गत बिहीबार बाढी प्रभावित ९२ हजार सात सय ९७ नागरिकलाई जलजन्य सङ्क्रामक रोगबाट जोगाउन चिकित्सासेवा प्रदान गरिएको हो । सोही दिन १७ हजार नौ सय ७७ जना झाडाबान्ताका, २० हजार ६४ जना छालाका रोगी र २८ जना डेङ्गुका रोगी थपिएका विभागले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा स्थापना गरिएका अस्थायी… पुरा पढौ

राष्ट्रसङ्घको महासभामा भारतको तर्फबाट विदेश मन्त्री नेतृत्वको टोली जाने

नयाँ दिल्ली, २ असोज । संयुक्त राष्ट्रसंघको महासभामा भारतको तर्फबाट विदेश मन्त्री नेतृत्वको टोली सहभागी हुने भएको छ । भारतका विदेश मन्त्री एस जयशंकरको नेतृत्वको टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने अधिकारीहरूले जनाएका छन् । उनको टोली यही सेप्टेम्बर १८ देखि २८ सम्म अमेरिका रहने भारतको विदेश मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघको ७७औ महासभा यही सेप्टेम्बर १३ देखि अमेरिकाको न्युयोर्कमा सुरु भइसकेको छ । महासभामा शीर्ष नेताहरूले भने यही सेप्टेम्बर १९ देखि २३ तारिखसम्म सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।… पुरा पढौ

युक्रेनमा आणविक हतियार प्रयोग गर्नु गलत हुने : बाइडेनको आग्रह

वासिङ्टन, २ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा रासायनिक वा सामरिक आणविक हतियार प्रयोग नगर्न चेतावनी दिएका छन् । युक्रेनमा पछिल्लो दिनमा व्यहोरेको गम्भीर क्षतिपछि रूसले रासायनिक तथा आणविक हतियार प्रयोग गर्नुसक्नेबारे राष्ट्रपति बाइडेनलाई सोधिएको प्रश्नमा बाइडेनले त्यसो गर्नु रूसका लागि ठूलो गल्ती हुने बताए। यसै महिना युक्रेनमा ठूलो क्षति बेहोरिरहेकाे रूसले रासायनिक वा सामरिक आणविक हतियारको सहारा लिने सम्भावनाबारे एक अन्तर्वार्ताकारले सोधेको प्रश्नको जवाफमा बाइडनले उक्त कुरा बताए । बाइडेनले भने, “दोस्रो विश्वयुद्धपछिको… पुरा पढौ

इन्डोनेसियाको सुनखानीमा पहिरो जाँदा २० जना पुरिए

अकार्ता, १ असोज । इन्डोनेसियाको पश्चिम कालिमान्तान प्रान्तमा रहेको सुन खानीमा पहिरो जाँदा २० जना खानी कामदारहरू पुरिएका छन्, । घटना बिहीबार राति बेङ्कायाङ जिल्लाको किनन्दे गाउँमा भएको भए पनि सो बारे जानकारी प्रादेशिक खोज तथा उद्धार कार्यालयका उद्धारकर्तालाई शुक्रबार राति मात्र प्राप्त भएको थियो । "हामीले शुक्रबार राति जानकारी पायौं र तुरुन्तै घटनास्थलमा कर्मचारीहरू तैनाथ गर्यौं," उद्धार कार्यालयका प्रमुख एरिक सुबर्यान्टो सिन्ह्वालाई फोन मार्फत बताएका छन् । विगत केही दिनदेखि परेको अविरल वर्षा, दुर्गम स्थान र कमजोर सञ्चार सुविधाका… पुरा पढौ

राष्ट्रपति बाइडेन महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन बेलाइत प्रस्थान गर्दै

वाशिङ्गटन, १ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन बेलाइतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन बेलाइत प्रस्थान गर्दे छन्। महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो । राष्ट्रपति बाइडेन र प्रथम महिला जिलले शनिबार महारानी एलिजाबेथ द्वितीयालाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको छ। दुवैले समारोह स्थलमा महारानी एलिजाबेथ द्वितीयाको स्मृतिमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्नेछन्। यसैबीच उनीहरू राजा चार्ल्सद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुनेछन् । राष्ट्रपति बाइडेन र प्रथम महिला जिल सेप्टेम्बर… पुरा पढौ

भियतनाममा भ्रष्टाचार मुद्दामाथि अनुसन्धान सुरु

मनिला ३१ भदौ । भियतनामले यस वर्षमात्र भ्रष्टाचारका एक लाख २० हजार भन्दा बढी मुद्दामाथि अनुसन्धान थालेको यहाँको भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गर्ने निकायले जनाएको छ । भियतनाम सरकारको भ्रष्टाचार निवारण अभियान अन्तर्गत यस वर्षमात्र ती मद्दाहरुमाथि अनुसन्धान थालेएको र अधिकांशमा कारबाही प्रक्रिया पनि अघि बढाएको बताएको छ । भियतनामको समाचार समितिले बिहीबार यहाँको भ्रष्टाचार नियन्त्रण गर्ने निकायले एक लाख २० हजारभन्दा बढी भ्रष्टचारजन्य मुद्दाहरुको अनुसन्धान थालेको जनाएको समाचारमा उल्लेख गरेको छ । सरकारले भ्रष्टाचारजन्य अपराधको अनुसन्धान र कारबाहीलाई अभियानका रुपमा… पुरा पढौ