अन्तर्राष्ट्रिय 🗺

पाकिस्तान बाढीबाट तीन करोड ३० लाख बढी मानिस प्रभावित, ६४ लाख मानवीय सहयोग आवश्यक

इस्लामावाद, १५ भदौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पाकिस्तानमा विनाशकारी बाढीका कारण ६४ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ । पाकिस्तानमा बाढीले विध्वंस मच्चाइरहेका बेला पाकिस्तान सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको छ भने ६६ जिल्लालाई ‘विपत्तिग्रस्त’ क्षेत्र घोषणा गरेको छ । करिब ३५० बालबालिकासहित एक हजार १०० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यस्तै एक हजार ६०० भन्दा बढी मानिस घाइते भएका छन् भने दुई लाख ८७ हजारभन्दा बढी घरहरू पूर्ण रूपमा नष्ट भएका छन् ।… पुरा पढौ

राष्ट्रसङ्घका महासचिव गुटरेस बाढीले क्षति पुर्याएकाे पाकिस्तान भ्रमणमा जाने

संयुक्त राष्ट्रसङ्घ, १५ भदौ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस आगामी हप्ता पाकिस्तानको भ्रमणमा जाने भएका छन् । पाकिस्तानमा केही हप्ता यतादेखिको बाढीपहिरोले पु¥याएको क्षतिका समयमा पाकिस्तानी सरकार र त्यहाँका नागरिकलाई सान्त्वना दिनका लागि महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको भ्रमण गर्न लागेका गुटरेसका प्रवक्ताले जानकारी दिए । उनी आगामी सेप्टेम्बर ९ मा पाकिस्तान पुग्ने उनका प्रवक्ता स्टेफन डुजारिकले जानकारी दिए । महासचिव गुटरेसले पाकिस्तानमा बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गर्ने पनि उनले जानकारी दिए। पाकिस्तानका विभिन्न भागमा परेको… पुरा पढौ

कोरियामा कोरोनाबाट पचहत्तर जनाको मृत्यु, भारतमा पनि बिरामी बढे

सोल, १५ भदौ । दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार पनि अप्रत्यासितरूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार मङ्गलबार दक्षिण कोरियामा ७५, मलेसियामा चार र न्युजिल्याण्डमा अनुसार १७ जनाको मृत्यु भएको छ । न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार घटेको छ । मङ्गलबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै सरकारी अधिकारीले देशका विभिन्न भागमा दुई हजार दुई सय ४४ नयाँ बिरामी थपिएका बताएका छन् । एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा… पुरा पढौ

बाढीपीडितलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीको अन्तरराष्ट्रिय अपिल

इश्लामावाद, १५ भदौ । पाकिस्तानी प्रधानमन्त्री बाढीपीडितलाई सहयोग गर्न अन्तरराष्ट्रिय रुपमा अपिल गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री साबाज शरिफले पाकिस्तानमा बाढीले इतिहासमै सबैभन्दा खराब रुपमा प्रभावित पारेको बताउँदै सहयोगका लागि अपिल गरेका हुन् । उनले पाकिस्तानी नागरिकका साथै विदेशी दाता निकाय तथा देशसँग सो अपिल गरेको समाचारमा जनाइएको छ । बाढीका कारण विस्थापित भएका व्यक्तिको सङ्ख्या दशौँ लाख भएकाले उनीहरुको उद्धार, पुनर्स्थापना र राहतका लागि ठूलो आर्थिक सहयोग आवश्यक रहेको भन्दै यसका लागि उनले आग्रह गरेका हुन् । यहाँका कैयौँ… पुरा पढौ

६० लाख अफगानी भोकमरीको जोखिममा

संयुक्त राष्ट्रसङ्घ, १४ भदौ । अफगान सङ्कट गहिरिदै जाँदा त्यहाँका ६० लाख नागरिक भोकमरीको जोखिममा रहेका छन् । चरम गरिबी झेलिरहेका अफगानिस्तानका नागरिकलाई तत्काल आर्थिक सहयोग नगरे उनीहरू भोकमरीको जोखिममा पर्ने चेतावनी संयुक्त राष्ट्रसङ्घले दिएको हो । मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घका प्रमुखले अन्तर्राष्ट्रिय समुदाय तथा दातृ निकायहरूलाई अफगानिस्तानको आर्थिक विकासका लागि कोष पुनःस्थापना गर्न तथा आगामी शिशिर याम अगावै त्यहाँका अतिविपन्न वर्गलाई सहयोग गर्न तत्काल ७७ करोड डलर आवश्यक भएको जानकारी दिँदै सहायताका निम्ति अपील गरेका छन् । सुरक्षा परिषद्को सोमबारको… पुरा पढौ

पाकिस्तान बाढीबाट १ हजार १३६ जनाको ज्यान गयो

इस्लामावाद, १४ भदौ । पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै भएका बाढीपहिराका घटनामा एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ भने तीन करोड ३० लाखभन्दा बढी प्रभावित भएका छन् । हरेक सात जना पाकिस्तानी नागरिकमा एक जना बाढीपहिराबाट पीडित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर हालसम्म एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ भने एक हजार छ सय ३४ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा २८… पुरा पढौ

विश्वकै तेश्राे धनीकाे सूचीमा परे भारतका गाैतम अडानी

काठमाडौं, १४ भदाै । विश्वकै तेस्रो सर्वाधिक धनी व्यक्ति भारतका गौतम अडानी बनेका छन् । अडानी विश्वका सर्वाधिक धनीहरुको सूचीमा तेश्राेमा परेका एसियाका पहिलो व्यक्ति भएका छन् । ब्लुमबर्गले सार्वजनिक गरेको सूची अनुसार अडानी ग्रुपका संस्थापकको सम्पति आजसम्म १ खर्ब ३७ अर्ब अमेरिकी डलर रहेकाे छ । जसकाे कारण अडानी ब्लुमबर्गको प्रकाशित सूचीमा तेस्रो स्थानमा रहन सफल भएका छन्। कजेलकाे पढाइ छाेडेर हिराको व्यापारमा लागेका अडानीले हाल कोइलाको व्यवसायमा अगाडी रहेका छन् । भारतमा अडानीकाे अडाी ग्रुप ठूलो व्यापारिक घरानाहरुमा… पुरा पढौ

कोरोना सङ्क्रमण भारत, पाकिस्तान र मलेसियामा क्रमशःकम हुँदै

नयाँदिल्ली, १३ भदौ । भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना सङ्क्रमण दर क्रमशःघट्दै गएको छ । भारत सरकारले सोमबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा सात हजार पाँच सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ४५ जनाको मृत्यु भएको छ । यसैसँग कोरोना शुरु भएबाट हाालसम्म पाँच लाख २७ हजार सात सय ९९ जनाको मृत्यु भइसकेको छ । भारतमा हाल ८४ हजार नौ सय ३१ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमणका नयाँ बिरामी थपिएसँगै देशभर… पुरा पढौ

मलेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

क्वालालमपुर, १३ भदौ । मलेसियाको क्वालालम्पुरमा सोमबार शक्तिशाली भूकम्प आएको छ । राष्ट्रिय भूकम्प केन्द्रले दिएको जानकारीअनुसार सोमबार ६.१ म्याग्निच्युडको भूकम्प आएको हो । स्थानीय समयाअनुसार विहान ८.५९ बजे १० किलोमिटर गहिरो भूकम्प आएको थियो । भूकम्पबाट कुनै क्षति भएको विवरण अहिलेसम्म प्राप्त नभएको सरकारी उच्च अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले प्रभावित क्षेत्रबाट सूचना तथा विवरण संकलन गर्ने कार्य भइरहेको पनि जनाएका छन् । मलेसियामा बेला बेलामा भूकम्प आइरहने गरेको छ । भूकम्पका कारण धनजनको क्षति हुने गरेको छ… पुरा पढौ

दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ४३ हजार सङ्क्रमित

सोल, १३ भदौ । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ४३ हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ४३ हजार एक सय ४२ जना सङ्क्रमित भएका हुन् । योसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिले सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड तीस लाख २६ हजार नौ सय ६० पुगेको छ । केही दिनअघिसम्म दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुने गरेकोमा अहिले घटेर एक लाखभन्दा धेरै कम भएको छ । अघिल्लो हप्ता पनि औसतमा दैनिक एक लाख… पुरा पढौ