अन्तर्राष्ट्रिय 🗺

पश्चिमी इन्डोनेसियामा ६.४ रेक्टर स्केलको भूकम्प

इन्डोनेसिया, १३ भदौ । इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको स्थानीय मौसम विज्ञान, जलवायु तथा भू-भौतिक निकायले जानकारी दिएको छ । जाकार्ताको स्थानीय समय अनुसार सोमबार बिहान १०ः२९ सो भूकम्प गएको यसको केन्द्रविन्दु कराउआन मेन्तावाई जिल्लाको ११६ किलोमिटर उत्तरमा १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ । भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन । यसअघि स्थानीय समय अनुसार सोमबार बिहान ५:३४ मा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । हालसम्म यस भूकम्पबाट धनजनको क्षति भएको कुनै समाचार… पुरा पढौ

भारतीय काँग्रेस अध्यक्षको निर्वाचन अक्टोबर सत्रमा हुने

नयाँ दिल्ली, १३ भदौ । भारतीय काँग्रेसको अध्यक्षको निर्वाचन आगामी अक्टोबर १७ मा हुने भएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले अध्यक्ष चयनका लागि मतदान हुने मिति तय गरेको हो । मतगणना भने मतदान भएको दुई दिनपछि अक्टोबर १९ मा गर्ने निर्णय भएको पनि नेताहरुले जानकारी दिएका छन् । बैठकमा भारतका पूर्व प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता डा मनमोहन सिंह, पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धी, पूर्व अध्यक्ष राहुल गान्धी, महामन्त्री प्रियंका गान्धी भद्रालगायतले अनलाईन मार्फत बैठकमा सहभागीता जनाएका… पुरा पढौ

पाकिस्तान बाढी :एक हजारभन्दा बढीको मृत्यु

इस्लामावाद, १२ भदौ । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर हालसम्म एक हजार ३३ जनाको मृत्यु भएको छ भने एक हजार पाँच सय २७ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा एक सय १९ जनाको ज्यान गएको तथा ७१ जना घाइते भएका छन् ।… पुरा पढौ

लिबियामा भएको पछिल्लो झडपमा बाह्रको मृत्यु, सतासी जना घाइते

त्रिपोली, १२ भदौ । लिबियाको राजधानी त्रिपोलीमा पुनः हिंसा भड्किएको छ । सो हिंसामा परेर यहाँका कम्तीमा पनि १२ जनाको ज्यान गएको छ भने अरु ८७ जना घाइते भएका छन् । स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको छ । त्रिपोलीमा शनिबार यहाँका विद्रोहीहरुले आक्रमण गरेका बताइएको छ । सो हिंसामा परेर यहाँका अस्पतालमा पनि क्षति पुगेको छ । त्यस्तै कतिपय मेडिकल सेन्टरमा पनि आगजनी भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । सरकारी फौजमाथि लिबियाका विद्रोहीहरुले हमला गरेका बताइएको छ ।… पुरा पढौ

भारत, पाकिस्तान र मलेसियामा कम हुँदै कोरोनाकाे सङ्क्रमण

नयाँदिल्ली, ११ भदौ । भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना सङ्क्रमण दर क्रमशः घट्दै गएको छ । सरकारले शनिबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा नौ हजार पाँच सय २० जनामा सङ्क्रमण पुष्टि भएको छ । देशमा हाल ८७ हजार तीन सय ११ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी छिमेकी पाकिस्तानमा सोही अवधिमा दुई सय ९० जना नयाँ सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । पाकिस्तानमा कोरोना लागेर ज्यान गुमाउनेहरूको सङ्ख्या तीस हजार पाँच सय… पुरा पढौ

उच्च समुद्रीय जैविक विविधतासम्बन्धी संयुक्त राष्ट्रसंघको बैठक सम्पन्न, सम्झौताको प्रयास विफल

संयुक्त राष्ट्रसंघ, ११ भदौ । संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले उच्च समुद्रमा जैविक विविधताको संरक्षणको लागि भएको दुई हप्ता लामो वार्ता शुक्रवार समाप्त भएको छ । उच्च समुद्रमा जैविक विविधताको संरक्षणको लागि भएको सम्झौता प्रयासले सार्थकता पाउन नसकेको सहभागी सदस्यहरूले बताएका छन् । बढ्दो पर्यावरणीय र आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्न सम्झौताका लागि सहभागीहरूले पहल गरेपनि चार वटा औपचारिक सत्रसहित १५ वर्ष बितिसक्दा वार्ताकारहरूले अन्तर्राष्ट्रिय जलक्षेत्रमा आइपर्ने थुप्रै मुद्दाहरूलाई सम्बोधन गर्न कानुनी रूपमा बाध्यकारी पाठमा पुग्न सकेका छैनन् । सम्मेलनको अध्यक्षता गरेकी… पुरा पढौ

एपेकको बैठक स्वास्थ्य र अर्थतन्त्रलाई सन्तुलित बनाउने प्रयासमा केन्द्रित

बैंकक, ११ भदौ। एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका स्वास्थ्यमन्त्री, उच्चअधिकारी र विज्ञहरूले यस क्षेत्रका जनताको स्वास्थ्य र आर्थिक अवस्था सुधारका लागि संयुक्त प्रयासमा सहमति जनाएका छन् । थाइल्याण्डका उपप्रधानमन्त्री एवं जनस्वास्थ्यमन्त्री अनुटिन चार्नभिराकुलले बिहीबारदेखि शुक्रबारसम्म आयोजित स्वास्थ्य र अर्थतन्त्रसम्बन्धी १२औँ एपेक उच्चस्तरीय बैठकमा सहभागीहरूले भविष्यमा हुने महामारीविरुद्ध यस क्षेत्रको लचिलोपनका बारेमा विचार आदानप्रदान गर्नुका साथै समग्र समाजमा गुणस्तरीय वृद्धिलाई बढावा दिने प्रतिबद्धता दोहो¥याएका छन् । खोप, निदान र थेराप्युटिक्सजस्ता स्वास्थ्य प्रविधिमा सार्वजनिक र निजी लगानीलाई बढावा दिने बिषयमा छलफल केन्द्रित… पुरा पढौ

आर्थिक सङ्कट र कोभिडका कारण बालअधिकार हनन् खुम्चिदै

बेरुत १० भदौ । लेबनानमा पछिल्लो समयमा देखा परिरहेको आर्थिक सङ्कट र कोभिड १९ को महामारीका कारण यहाँका बालबालिकाको अधिकार खुम्चिदै गएको पाइएको बताइएको छ । समाचारमा जनाइएअनुसार आर्थिक सङ्कटका कारण यहाँका बालबालिकाले पाउने शिक्षा स्वास्थ्यलगायतका कैयौँ आधारभूत अधिकारहरुमा पनि कटौती भइरहेको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोषले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको पाइएको छ । बाल सिर्जना, खेल्ने अधिकार, शिक्षा तथा अन्य आधारभूत स्वास्थ्यको अधिकारबाट पनि यहाँका बालबालिका दिन प्रतिदिन बञ्चित हुदै गएका सो एजेन्सीले प्रकाशन… पुरा पढौ

दक्षिण कोरियामा एक दिनमा एक लाख एक हजार सङ्क्रमित

सोल, १० भदौ । दक्षिण कोरियामा कोरोना भाइरसबाट पछिल्लो एकै दिनमा एक लाख एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार कोरियामा थप एक लाख एक हजार एक सय ४० जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिनको तुलनामा शुक्रबार सङ्क्रमितको सङ्ख्या घटेको देखिएको छ । योसँगै कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या दुई करोड २८ लाख दुई हजार नौ सय ८५ पुगेको छ । अघिल्लो दिन एक लाख १३ हजार तीन सय ७१ जना सङ्क्रमित भएको विवरण… पुरा पढौ

बाढी पहिरोबाट नौ सयको मृत्यु भएपछि पाकिस्तानमा राष्ट्रिय सङ्कट घोषणा

इस्लामावाद, १० भदौ । पाकिस्तानमा सरकारले राष्ट्रिय सङ्कट घोषणा गरेको छ । लगातारको बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको हो । सरकारले बिहीबार राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने जनाएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो समयमा आएका बाढी पहिरोका घटनामा परी नौ सय ३७ जनाको मृत्यु भएको छ । ती मध्ये तीन सय ४३ जना बालबालिका… पुरा पढौ