अन्तर्राष्ट्रिय 🗺

अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुनेहरु बढ्न थाले

वासिङ्टन, २५ बैशाख । संयुक्त राज्य अमेरिकाका पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोनाजन्य संक्रमणका कारण अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न थालेको जनाएका छन् । अमेरिकी दैनिक पत्रिका ‘द न्युयोर्क टाइम्स’ले शुक्रबारको अंकमा सो समाचार दिएको छ । सो पत्रिकाले पछिल्ला केही हप्ताहरुमा अमेरिकाका नागरिकहरु कोरोना संक्रमण भएपछि अस्पताल भर्ना हुन जाने बढेका जनाएको छ । सो पत्रिकाले बिहीबार मात्र यहाँका अस्पतालमा कोरोना… पुरा पढौ

हवानाको होटल विस्फोटमा मृत्यु हुनेको संख्या दोब्बर

हवाना [क्युबा], २४ बैशाख । हवानाको साराटोगा होटलमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा एक गर्भवती महिला र बच्चासहित १८ जनाको मृत्यु भएको क्युबाली राष्ट्रपति कार्यालयको प्रशासनले शनिबार जनाएको छ। "क्युबाका राष्ट्रपति मिगुएल डियाज-क्यानेलले साराटोगा होटल दुर्घटनाको सामनामा देखाइएको ऐक्यबद्धताका लागि मित्र राष्ट्रहरूलाई धन्यवाद दिनुभएको छ। बैठकमा घोषणा गरिएको प्रारम्भिक तथ्याङ्कअनुसार उक्त घटनामा एक गर्भवती महिला र बच्चासहित १८ जनाको मृत्यु भएको थियो । क्युवाली अधिकारीहरूले यसअघि विस्फोटमा परी नौ जनाको मृत्यु भएको र ४० जना घाइते भएको बताएका थिए। पुरा पढौ

युक्रेनले मारिउपोलको अजोभस्टलबाट ५० नागरिकलाई उद्धार

कीभ [युक्रेन], २४ बैशाख । जारी रुस-युक्रेन युद्धबाट घेरामा परेको शहर मारिउपोलमा रहेको एजोभस्टाल प्लान्टबाट ५० नागरिकलाई बाहिर निकालिको युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले बताएका छन् । "उद्धार कार्य अत्यन्त सुस्त थियो। यद्यपि, आज हामीले आजोभस्टलबाट ५० जना महिला, बालबालिका र वृद्धवृद्धालाई मुक्त गर्न सफल भयौं," भेरेश्चुकले फेसबुकमा लेखेका छन्। उद्धार कार्य शनिबार बिहान जारी रहनेछ । अघिल्लो दिन, युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्माकले युक्रेनले मारियुपोलबाट करिब ५०० नागरिकलाई बाहिर निकालेको बताएका थिए। पूर्वी युक्रेनको प्रमुख अजोभ समुद्री बन्दरगाह शहर… पुरा पढौ

युक्रेनको मारियुपोलबाट झण्डै ५ सय सर्वसाधारण विस्थापित

कीभ, युक्रेन, २३ बैशाख । संयुक्त राष्ट्रसंघको नेतृत्वमा उद्धार अभियान शुरु भएदेखि मारिउपोल शहर र यसको घेरामा परेको अजोभस्टल स्टिल प्लान्टबाट झण्डै ५०० नागरिकलाई बाहिर ल्याइएको युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुखले शुक्रबार उल्लेख गरेका छन् । "हामीले झण्डै ५०० नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न सफल भएका छौँ," एन्ड्री येर्माकले टेलिग्राममा उल्लेख गरेका छन् । उनले कीभले विनाशकारी शहरमा फसेका आफ्ना सबै नागरिक र सेनालाई बचाउनको लागि सबै उपाय अवलम्बन गर्नेछ र फसेका नागरिकलाई बाहिर ल्याउनेछ। पुरा पढौ

इथियोपियामा मानवीय सहायता पर्याप्त छैन : संयुक्त राष्ट्रसंघको

संयुक्त राष्ट्रसंघ, २३ बैशाख । संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ । उत्तरी इथियोपियाली क्षेत्र टिगरेमा आवश्यक खाद्यान्नसमेत नरहेको संयुक्त राष्ट्रसंघीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ । पछिल्ला केही समयमा सो क्षेत्रमा सहयाता पुगेको भए पनि त्यो पर्याप्त नरहेको र नागरिकले खाना खान पनि नपाउने अवस्थामा पुगेका संयुक्त राष्ट्रसंघीय सो निकायले जनाएको छ । टिगरेमा लामो समयदेखि द्धन्द्ध जारी रहेको छ । यही द्धन्द्धका कारण यहाँका नागरिकमा ठूलो समस्या उत्पन्न भएको छ । संयुक्त… पुरा पढौ

चीनमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुग्यो

चाङ्सा, २३ बैशाख । चीनको हुनान प्रान्तमा एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ । गत अप्रिल २९ मा सो भवन भत्किएको थियो । सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो भवनमा रहेका १० जना नागरिकलाई भने जिवीतै उद्धार गरिएको छ । त्यस्तै भवनको भग्नावशेषबाट त्यहाँ रहेको आशंका गरिएका नागरिकको उद्धार जारी राखिएको थियो । शुक्रबार हुनानका प्रान्तीय प्रहरी प्रमुखले सो प्रान्तको वाङ्चेन्दमा रहेको एक… पुरा पढौ

अफगानिस्तानमा दुई करोड बीस लाख बढी मानिस भाेकमरीबाट ग्रस्त

काबुल, २३ बैशाख । अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । गरिरहेको छ । दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् । त्यो जनसङ्खया देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो । करीब ९७ प्रतिशतभन्दा बढी अफगानीहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ । गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य आकाशिएको छ । अफगान अखबारको रिपोर्टले विश्व बैंकको निष्कर्षलाई उद्धृत गर्दै तालिबानले सत्ता कब्जा गरेपछि जनाताको आम्दानी लगभग एक तिहाइले… पुरा पढौ

कोभिडको प्रत्यक्ष अप्रत्यक्ष प्रभाबका कारण एक करोड ४९ लाखको ज्यान गएको डब्लुएचओको अनुमान

जेनेभा, २२ वैसाख । सन् २०२० र २०२१ मा कोभिड–१९ महामारी यस यसका कारण सिर्जित अन्य समस्याका कारण विश्वभर कम्तीमा एक करोड ४९ लाख मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । बिहीबार सार्वजनिक अनुमानित तथ्याङ्कअनुसार यो रोगका कारण मृत्यु हुनेको संख्या यसअघि विभिन्न मुलुकबाट सार्वजनिक गरिएको तथ्याङ्कभन्दा तीन गुणासम्म बढी रहेको हुनसक्ने डब्लुएचओले जनाएको छ । संयुक्त राष्ट्रसंघीय स्वास्थ्य संस्थाले भनेको छ, “विश्व स्वास्थ्य संगठनको नयाँ प्रक्षेपणअनुसार जनवरी १, २०२० देखि डिसेम्बर ३१, २०२१ को बीच… पुरा पढौ

कोभिडका नयाँ भेरियन्टलाई पनि कोरोनाको खोपले काम गर्छ : विश्व स्वास्थ्य संगठन

जेनेभा, २२ बैशाख : विश्व स्वास्थ्य संगठनले कोभिडका अरु नयाँ नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोभिडका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ । अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोभिडका नयाँ नयाँ भेरियन्टहरु भेटिएका समाचारहरु आइरहेका बताइएको छ । ती नयाँ भेरियन्टहरुका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । उक्त संगठनले हालै गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ । विश्वमा कोभिडका संक्रमितहरुका संख्या घट्दै गएको पाइएको छ । साथै गएको सन्… पुरा पढौ

सन् २०३० सम्ममा स्वच्छ, किफायती ऊर्जाका लागि संयुक्त राष्ट्रसंघको कार्ययोजना घोषणा

न्युयोर्क [अमेरिका], २२ बैशाख । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा सबैका लागि स्वच्छ, किफायती ऊर्जा प्राप्त गर्न बिहिबार आफ्नो ऊर्जा योजनाको शुरुवात गरेको संयुक्त राष्ट्रसंघका प्रवक्ताले बताएका छन् । यो योजनाले गत सेप्टेम्बरमा भएको ऊर्जा सम्बन्धी उच्चस्तरीय वार्तामा गरेको बृहत् वाचा पूरा गर्न विश्व निकायका ३० संस्था र अन्तरराष्ट्रिय संस्थाहरूद्वारा सामूहिक कार्यका लागि कदमहरू तय गरिएको संयुक्त राष्ट्रसंघका प्रमुख प्रवक्ता स्टेफेन डुजारिकले उल्लेख गरेका छन् । त्यो प्रतिबद्धतामा ५० करोड बढी मानिसको बिजुलीमा पहुँच र १ अर्ब बढी मानिसलाई सफा… पुरा पढौ