अन्तर्राष्ट्रिय 🗺

संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा माली, गिनी, बुर्किना फासोमा संवैधानिक व्यवस्थामा आग्रह

डाकार, १९ बैशाख । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले माली, गिनी र बुर्किना फासोका अधिकारीहरूलाई जतिसक्दो चाँडो "संवैधानिक प्रक्रिया" मा फर्किन आग्रह गरेका छन्। सेनेगलका राष्ट्रपति म्याकी सालसँगको पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघका प्रमुखले भन्नुभयो ‘संवैधानिक प्रक्रियामा छिटो फर्कन तीन देशका अधिकारीहरूसँग वार्ता जारी राख्नु महत्त्वपूर्ण छ।' उनले सहेल क्षेत्रको सुरक्षा अवस्थाको बारेमा पनि आफ्नो चिन्ता व्यक्त गर्दै "अफ्रिकी युनियनद्वारा लागू गरिएको र संयुक्त राष्ट्रसंघको समर्थनमा बलियो अफ्रिकी शान्ति स्थापना र आतङ्कवाद विरोधी अभियानहरू" जारी राख्ने वाचा व्यक्त गरे। उहाँले सम्पूर्ण… पुरा पढौ

भारतमा २४ घण्टामा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित

नयाँ दिल्ली, १९ वैशाख । भारत २४ घण्टाको समयावधी अर्थात आइतबार मधयरातिसम्म तीन हजार १२७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ८२ हजार ३४५ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान जानकारी दिएको छ । विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको यो लगातार पाँचौ दिन हो । थप एक दिनमा भएका कोरोनाका नयाँ सङ्क्रमति मध्ये ४७ प्रतिशत दिल्लीका रहेका समाचारमा जनाइएको छ ।… पुरा पढौ

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा ८ जनाको मृत्यु

मनिला, १९ बैशाख । सोमबार बिहान मेट्रो मनिलाको स्टेट युनिभर्सिटी क्याम्पसको एक आवासीय क्षेत्रमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। फायर प्रोटेक्शन ब्युरोका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय रेडियोले जनाएअनुसार स्थानीय बिहान ५ बजे क्वेजोन शहरको उपनगरमा रहेको युनिभर्सिटी अफ फिलिपिन्स परिसरमा आगलागी हुँदा पीडितहरू आफ्नै निवासमा फसेका थिए। मृत्यु हुनेमा बालबालिकासहित छ जना छन् । आगलागीबाट करिब ८० घर जलेर नष्ट भएको र २५० परिवार प्रभावित भएको जनाइएको छ । आगलागीबाट बच्न केही बासिन्दाहरू जलिरहेको घरबाट हाम फालेर… पुरा पढौ

दक्षिण कोरियामा २४ घन्टामा कोरोनाका २० हजार भन्दा बढी संक्रमित

सोल, १९ बैशाख । दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमित पछिल्लो २४ घन्टामा २० हजार भन्दा बढी देखिएका छन् । पछिल्लो समयमा भने यहाँ संक्रमितको संख्या घटेको देखिएको छ । गत २४ घण्टामा थप २० हजार ८४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको बताइएको छ । अघिल्लो दिनको तुलनामा भने यो संख्या घटेको हो । अघिल्लो दिन अर्थात् शनिबार यहाँ ३७ हजार ७०० भन्दा केही बढी संक्रमित थिए ।योसँगै यहाँका संक्रमितहरुको संख्या १ करोड ७२ लाख जना पुगेको बताइएको छ । ञपछिल्लो… पुरा पढौ

अफगानिस्तानमा भएका निरन्तर आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, १८ बैशाख । अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सो निन्दा गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको शनिबारको बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा हिंसात्मक आक्रमणका घट्ना हुनु दुःखद भएको जनाएको हो । पछिल्ला हप्ताहरुमा यहाँ हत्या हिंसाका शृंखला बढ्दै गएका र यी आक्रमणहरुले यहाँका सर्वसाधारण नागरिकहरुलाई लक्ष बनाएकाले यसप्रति सुरक्षा परिषदले चिन्ता व्यक्त गरेको छ । अफगानिस्ताजमा मजार ए शरिफमा रहेको एक मस्जिदमा गत बिहीबार हमला… पुरा पढौ

भारतमा २४ घण्टामा तीन हजार ३२४ जना कोरोनाका नयाँ सङ्क्रमित

नयाँ दिल्ली, १८ वैशाख । भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म तीन हजार ३२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ७९ हजार १८८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जानकारी दिएको छ । विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको यो लगातार चौथो दिन हो । २४ घण्टाको समयावधी भएका यी नयाँ सङ्क्रमित मध्ये एक हजार ५२० राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा… पुरा पढौ

अमेरिकी दूतावासद्वारा श्रीलङ्कामा हुने विरोध प्रदर्शन अघि “प्रदर्शन चेतावनी” जारी

कोलम्बो १८ बैशाख । श्रीलङ्कामा रहेको अमेरिकी दूतावासले कोलम्बोमा हुने शहरव्यापी विरोध प्रदर्शन अघि "प्रदर्शन चेतावनी" जारी गरेको छ। देशको आर्थिक अवस्थाको विरोध गर्न आइतबार कोलम्बो र वरपर धेरै प्रदर्शन र मार्चको योजना बनाइएको छ। "प्रदर्शनले कोलम्बो भित्रको यात्रालाई अझ कठिन बनाउने र दिनभर सडक बन्द र ट्राफिक जाम निम्त्याउने सम्भावना छ," अमेरिकी दूतावासले जनाएको छ। श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ। यसले खाद्यान्न र बिजुलीको अभावसँग जुधिरहेको छ जसले धेरै मानिसहरूलाई… पुरा पढौ

सवारी दुर्घटनामा ८ बालबलिकाको ज्यान गयो

कायरो, १८ बैशाख । यहाँ एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि ८ जना बालबालिकाको ज्यान गएको छ । अरु चार जना घाइते भएका बताइएको छ । इजिप्टको डेल्टा प्रान्तको नेहिजार सहरमा सडकमा सवार १२ जना बालबालिकालाई एक सवारीले ठक्कर दिएको थियो । त्यसपछि उनीहरु पानीको नहरमा खसेका थिए । नहरमा खसेर गम्भीर बनेका उनीहरुमध्ये आठ जना बालबालिकाको ज्यान गएको छ भने अरु चार जना घाइते भएका छन् । घाइतेहरुको उपचार जारी रहेको यहाँका प्रान्तीय प्रहरी प्रमुखले जानकारी दिएका छन् ।… पुरा पढौ

राष्ट्रपति सीद्वारा चीनमा पुँजीको स्वस्थ विकासमा जोड

बेइजिङ, १७ चैत । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले चीनको पुँजीको स्वस्थ विकासलाई कानूनबमोजिम नियमन र मार्गदर्शन गर्नका लागि प्रयास गर्न आह्वान गरेका छन् । उत्पादनको महत्त्वपूर्ण कारकको रूपमा पुँजीको सकारात्मक भूमिका रहने उनकाे टिप्पणी छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको समूह अध्ययन सत्रलाई सम्बोधन गर्दै सीले उक्त टिप्पणी गरेका हुन् । पुरा पढौ

संयुक्त राष्ट्रसंघद्वारा काबुलको मस्जिदमा भएको ‘घातक विस्फोट’को निन्दा

न्यूयोर्क १७ बैशाख । संयुक्त राष्ट्रसंघले अफगानिस्तानको राजधानी काबुलमा रहेको सुफी मस्जिदमा शुक्रबार भएको "घातक विस्फोट" को निन्दा गरेको छ । विस्फोटमाकम्तिमा १० व्यक्तिको मृत्यु भएको छ भने १५ भन्दा बढी घाइते भएका छन्। शहरको पश्चिममा दारुलमान क्षेत्रमा अवस्थित खलिफा साहिब मस्जिदमा भएको विस्फोट राजधानी र प्रान्तहरूमा नागरिक लक्ष्यहरूमा भएका शृङ्खलाबद्ध आक्रमणहरूमा सबैभन्दा पछिल्लो घटना हो। संयुक्त राष्ट्रसंघ समाचारका अनुसारस्थानीय अस्पतालहरूले धेरै हताहतको आँकडा प्रस्तुत गरेका छन् । जसमादर्जनौं मारिएका र घाइते भएका छन् । ती मध्ये धेरै बालबालिकाहरू छन्।… पुरा पढौ