अन्तर्राष्ट्रिय 🗺

भारतमा २४ घण्टामा दुई हजार ४५१ कोरोनाका नयाँ सङ्क्रमित

नयाँ दिल्ली, ९ बैशाख । भारत २४ घण्टाको समयावधी अर्थात बिहीबार मधयरातिसम्म दुई हजार ४५१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको संख्या चार करोड ३० लाख ५२ हजार ४५२ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ संक्रमितको संख्या २ हजार नाघेको यो लगातार तेस्रो दिन हो ।यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५४ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ५ लाख २२… पुरा पढौ

उत्तर र दक्षिण कोरियाका प्रमुख नेताद्वारा पत्र आदान-प्रदान

प्योङयाङ, ९ बैशाख । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका शीर्ष नेता किम जोङ उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनसँग व्यक्तिगत पत्र आदानप्रदान गरेको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले शुक्रबार जनाएको छ। रिपोर्टमा भनिएको छ, नेता किमले बुधबार मुनबाट व्यक्तिगत पत्र प्राप्त गरेपछि बिहीबार आफ्नो जवाफी पत्र पठाएका छन् र दुई नेताहरूले पत्रहरूमा शुभकामना आदानप्रदान गरेको बताइएको छ। केसीएनएका अनुसार मुनले आफ्नो पत्रमा उत्तर–दक्षिण संयुक्त घोषणालाई आफ्नो अवकाशपछि पनि पुनर्मिलनको आधार बनाउन आफू इच्छुक रहेको बताएका छन् । आफ्नो जवाफमा, किमले आफ्नो… पुरा पढौ

चीनमा बिहीबार दुई हजार ११९ जनालाई कोरोना सङ्क्रमण

बेइजिङ, ९ बैशाख । चिनियाँ मुख्य भूमिमा बिहीबार २ हजार ११९ जनालाई स्थानीय रूपमा कोभिड–१९ सङ्क्रमण फैलिएको पुष्टि भएको छ । जसमध्ये एक हजार ,९३१ जना सांघाईका वासिन्दा रहेका राष्ट्रिय स्वास्थ्य आयोगको शुक्रबार जनाएको छ । सांघाई बाहेक, मुख्य भूमिका अन्य ४५ प्रान्तीय–स्तर क्षेत्रहरूले नयाँ कोरोनाका स्थानीय मामिलाहरू देखा परेको समाचारमा जनाइएको छ । जसमध्ये उत्तरपूर्वी प्रान्त जिलिनमा ६८ र बेइजिङमा एक जना भएको बताइएको छ । बिहीबार २ हजार ७३० जना कोरोना सङ्क्रमित निको भएका छन् । यसैबीच देशभरका… पुरा पढौ

दक्षिण कोरियामा गत २४ घण्टामा ९० हजार ८६७ कोरोनाका नयाँ सङ्क्रमित

सोल ८ बैशाख । दक्षिण कोरियामा गत २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ९० हजार ८६७ कोरोनाका नयाँ सङ्क्रमित देखिएको छ । यसैसँगै कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या १ करोड ६६ लाख ७४ हजार ४५ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । कोरिया रोग नियन्त्रण र रोकथाम निकायकाअनुसार अघिल्लो दिन कोरोना सङ्क्रमतिको संख्या एक लाख ११ हजार ३१९ रहेको थियो । गत २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म कोरोना सङ्क्रमणको कारण थप १४७ मृत्यु भएको जनाइएको छ । यसैसँगै कोरोना सङ्क्रमणको कारण… पुरा पढौ

फिलिपिन्समा उष्णकटिबंधीय आँधीका कारण मृत्यु हुनेको संख्या २२४ पुग्यो

मनिला [फिलिपिन्स], ८ बैसाख । फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या २२४ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बिहीबार जनाएको छ। प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको संख्या २ करोड ८० लाख नाघेको छ । उष्णकटिबंधीय आँधीमा १७५, ००० भन्दा बढीले आफ्नो घर छोडेका छन्। अझै पनि ७५ बस्ती विद्युतविहीन छन् । अप्रिल ९-१२ मा फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधीले बाढी र झण्डै ९० वटा पहिरो निम्त्याएको छ। पुरा पढौ

युक्रेनले भन्यो कीभ बाहिर ९ वटा शव भेटियो, केहीमा यातनाको सङ्केत

कीभ, युक्रेन, ८ बैशाख . युक्रेनको राजधानी कीभ बाहिर बोरोद्यान्का शहरमा नौ जना सर्वसाधारणको शव फेला परेको छ । एक वरिष्ठ प्रहरी अधिकारीले बताएअनुसार ती मृतकको देहमा केही यातनाको सङ्केत पनि देखिएको छ। "यी मानिसहरूलाई नियन्त्रणमा लिएर मारेको हुनसक्ने यातनाका संकेतहरू देखाएका छन्। ती मानिसहरू सर्वसाधारण थिए। रूसी सेनाले जानाजानी कुनै पनि प्रतिरोध नगर्ने नागरिकलाई गोली हाने मारेको," कीभ क्षेत्रका प्रहरी प्रमुखले बताएका छन् । पुरा पढौ

जर्मनीका अर्थमन्त्रीलाई कोभिड–१९ को संक्रमण पुष्टि

वासिङ्टन, ८ बैशाख । जर्मनीका अर्थमन्त्री क्रिस्चियन लिन्डनरलाई कोभिड–१९ पोजिटिभ देखिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बैठकका लागि अमेरिकी राजधानी वासिङ्टन पुग्नु भएको लिन्डनरलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ । लिन्डनरले कोरोना पोजेटिभ देखिनुअघि अर्थमन्त्रीहरू र केन्द्रीय बैंकका अध्यक्षहरूको जी२० बैठक र जी७ बैठकमा भाग लिनु भएको अधिकारीहरुले जानकारी दिएका छन् । जर्मनीले हाल जी७ को अध्यक्षता गर्दै आएको छ । मन्त्री ठिक भएको र उनलाई हल्का लक्षण मात्रै देखिएको मन्त्रालयका… पुरा पढौ

जापानी रक्षामन्त्रीले मे को शुरुमा अमेरिका भ्रमण गर्ने

टोकियाे ८ बैशाख । जापानी रक्षामन्त्री नोबुओ किशीले मे महिनाको शुरुमा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने योजना बनाएको, क्योडो समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ। किशीले युक्रेन र उत्तर कोरियाको स्थितिमा सहयोगका बारेमा छलफल गर्न अमेरिकी रक्षामन्त्री लोयड अस्टिनसँग भेट्ने अपेक्षा गरिएको छ। भ्रमणको ठ्याक्कै मिति भने हालसम्म निश्चित भइसकेको छैन। पुरा पढौ

भारतमा कोरोना भाइरसबाट २४ घण्टामा दुई हजार सङ्क्रमित

नयाँ दिल्ली ७ बैशाख। भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप दुई हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई हजार ६७ जना सङ्क्रमित भएका हुन् । संघीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिन भन्दा ८२० जना बढी सङ्क्रमित देखिएको जनाएको छ । मङ्गलबार सार्वजनिक गरिएको विवरणमा एक हजार २४७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको उल्लेख थियो । भारतमा अहिले १२ हजार ३४० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमितहरु रहेका अधिकारीहरुले जनाएका छन् । पछिल्लो… पुरा पढौ

युक्रेनमा आक्रमण रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ, ७ बैशाख । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनमा क्रिश्चियन विदाको समय, इस्टरका समयमा कम्तीमा पनि चार दिन आक्रमण रोक्न आग्रह गरेका छन् । उहाँले क्रिश्चियनको विदाका समयमा आक्रमणको कार्य नगर्न आग्रह गर्दै सो समयमा मानवीय सहायता वितरणका लागि वातावरण मिलाउन दिन आग्रह गरेका हुन् । यही बिहीबारदेखि इस्टर सुरु हुने र आइतबारसम्म रहने भएकाले सो समयमा आक्रमणका काम नगर्न र सबैलाई मानवीय सहायताका लागि बाटो बनाउन संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसले आग्रह गरे । युक्रेनमा रुसले आक्रमण गरेको… पुरा पढौ