अन्तर्राष्ट्रिय 🗺

सुडानमा भएको जातीय दंगामा १५ को मृत्यु

खार्तुम, १२ बैशाख सुडानमा भएको जातीय दंगामा कम्तीमा पनि १५ जनाको ज्यान गएको बताइएको छ । सुडानको दक्षिणी डार्फर राज्य किर्निकमा आइतबार यस्तो भिडन्त भएको थियो । यहाँ दुई जातीका बीचमा हिंसात्मक झडप भएको भएको थियो । अधिकारीहरुले त्यसमा परेर कम्तीमा पनि १५ जनाको ज्यान गएको बताएका छन् । तर सरकारले भने यो समाचारको पुष्टि गरेको छैन । यहाँका प्रत्यक्षदर्शी तथा स्थानीय गाउँलेहरुले दिएको जानकारीअनुसार आइतबार यहाँ आपसी भिडन्तकाक्रममा कम्तीमा पनि १५ जनाको ज्यान गएको छ र अरु दर्जनौँ घाइते… पुरा पढौ

भारतमा २४ घण्टामा दुई हजार ५९३ कोरोनाका नयाँ सङ्क्रमित

नयाँ दिल्ली, ११ वैशाख । भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म दुई हजार ५९३ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ५७ हजार ५४५ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको यो लगातार पाँचौ दिन हो । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ४४ जनाको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या पाँच लाख… पुरा पढौ

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणी-देश नर्कमा जाँदैछ

वासिङ्टन ११ बैशाख ।अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले संयुक्त राज्य अमेरिकालाई ध्वस्त पारिरहेको बताएका छन्। ट्रम्पले शनिबारको र्याबलीमा आफ्ना समर्थकहरूलाई भने, "वास्तव के हो भने, चुनावमा धाँधली र चोरी भयो र अहिले हाम्रो देश ध्वस्त हुँदैछ। हाम्रो देश ध्वस्त हुँदैछ, हाम्रो देश नर्कमा जाँदैछ। हामीले यस्तो कहिल्यै गरेका थिएनौँ ।" "हामीसँग अहिले एकजना राष्ट्रपति छन्, दुखको कुरा जसलाई के भइरहेको छ भन्ने बिल्कुलै थाहा छैन। उनी हावासँग हात मिलाउँदै छन्, उनी चिन्तित छन्...… पुरा पढौ

इजरायलका प्रधानमन्त्रीद्वारा महासचिव गुटेरेससँग गाजा तनावबारे छलफल

तेल अवीव, ११ बैशाख । इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसससँग टेलिफोन वार्ता गर्दै गाजाबाट हालैका दिनमा भएका आक्रमणका साथै रुस-युक्रेन युद्धको पछिल्लो अवस्थाबारे छलफल गरेका छन्। "प्रधानमन्त्री बेनेटले इजरायलमा भएको रकेट प्रहारको विषयमा संयुक्तराष्ट्रसंघले निन्दा नगरेकोमा असन्तोष व्यक्त गर्नु भएको छ। प्रधानमन्त्रीको आधिकारिक ट्विटर विज्ञप्तिमा भनिएको छ, बेनेट र गुटेरेससले "रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीलाई भेट्न संयुक्त राष्ट्रसंघका महासचिवको अपेक्षित भ्रमण र रुस र युक्रेन बीचको स्थिति समाधान गर्ने प्रयासहरूबारे पनि छलफल… पुरा पढौ

तेल प्रशोधन केन्द्रमा विस्फोट हुदा १०० भन्दा बढीको मृत्यु

अबुजा ११ बैशाख । नाइजेरियाको दक्षिण प्रान्तमा इमोमा रहेको एक तेल प्रशोधन केन्द्रमा भएको विस्फोटमा १०० जना भन्दा बढीको ज्यान गएको यहाँका अधिकारीहरुले जनाएका छन् । नाइजेरियाका अधिकारीहरुका अनुसार सो तेल प्रशोधन केन्द्र विधिवत रुपमा दर्ता नै नभई अवैध रुपमा सञ्चालन भइ आएको पाइएको बताइएको छ । इमो प्रान्तका प्रहरी प्रमुखले सो प्रशोधन केन्द्रमा शुक्रबार अबेर राति विस्फोटन भएको थियो । त्यस क्रममा काममा रहेका १०० जना भन्दा बढी कर्मचारीको ज्यान गएको छ ।उक्त प्रशोधन केन्द्रमा काम गरिरहेका बखत अकस्मात… पुरा पढौ

६० यात्रु बोकेको डुंगा डुब्यो, उद्धार कार्य जारी

बेरुत, ११ बैशाख । यमनको उत्तरी सहर त्रिपोलीनजिकको समुद्रमा ६० जना यात्रु बोकेको डुंगा डुबेको लेबनानको रेडक्रसले जनाएको छ । लेबनिज रेडक्रसका अनुसार ६० जना यात्रु बोकेको डुंगा त्रिपोलीनाजिकै डुबेको हो । हावाहुरीका साथै समुद्रमा आएको उच्च छालका कारण डुंगा डुबेको अनुमान गरिएको छ । तर यस दुर्घटनाको अनुसन्धान सुरु भएको र अहिले नै के कति कारणले यो डुंगा डुबेको हो भन्ने बारेमा पत्ता नलागिसकेको लेबनिज रेडक्रसका अधिकारीहरुले जनाएका छन् । उक्त रेडक्रसले सो क्षेत्रमा उद्धारका लागि सात ओटा एम्बुलेन्स… पुरा पढौ

राष्ट्रसङ्घका महासचिव युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने 

न्युयोर्क, १० बैशाख । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जानुहुने भएको छ । उहाँ पहिला यही अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन जाने तय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उहाँलाई दुबै देशमा राष्ट्रपतिले स्वागत गर्नुहुने जनाइएको छ ।  रुसमा गएका बेला उहाँले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेश मन्त्री सेर्गेइ लाभ्रोभलाई भेटेर युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्नुहुने भएको छ ।  महासचिव गुटेर्रेसका सहायक प्रवक्ता एरि कानेकोले दुवै जनासँग वार्ताका लागि उहाँ मस्को… पुरा पढौ

महिनौंसम्म धारो बन्द नगर्दा विद्यालयलाई रु २७ लाख अमेरिकी डलरभन्दा बढी पानीको महशुल तिर्नुपर्ने

टोकियो, १० वैशाख । पोखरी मर्मतसम्भारको जिम्मेवारीमा रहेका कानागावा प्रान्तको योकोसुकाका एकजना शिक्षकले कोरोनाभाइरस सङ्क्रमण रोक्न महिनौँसम्म धारो खुला छाडिदिँदा उनले काम गर्ने विद्यालयलाई रु २७ लाख अमेरिकी डलरभन्दा बढी पानीको महशुल तिर्नुपर्ने भएको छ ।  व्यक्तिगत गोपनीयता कायम गर्न पहिचान नखुलाइएका ती शिक्षकले पोखरीमा ताजा पानीको निरन्तर प्रवाह भएमा त्यसलाई कोभिडमुक्त तुल्याउने ठानेर गत जुनको अन्त्यदेखि सेप्टेम्बरको प्रारम्भसम्म धारो बन्द नगर्दा विद्यालयले भारी रकम चुकाउनुपर्ने भएको हो । सामान्यतया क्लोरिन र ‘फिल्टरिङ मेसिन’ले पोखरीको पानीको गुणस्तर कायम राख्छ तर… पुरा पढौ

भारतीय प्रधानमन्त्री विवादास्पद काश्मिरमा जाने, सुरक्षा व्यवस्था कडा

श्रीनगर, ९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत र पाकिस्तानका बीचको विवादास्पद क्षेत्र जम्मु र काश्मिरमा जानुहुने भएको बताइएको छ । सो क्षेत्रमा गएको तीन वर्षदेखि भारतले कडा कारबाही गर्ने गरी कडा सुरक्षा कानुन जारी गरेको थियो । त्यसयता सो क्षेत्रमा भारतका अधिकारीहरु उपस्थित भएका छैनन् । तर प्रधानमन्त्री मोदी भने आइतबार सो क्षेत्रमा जाने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारत अधिनस्थ सो क्षेत्रमा भारत सरकारले निगरानी राख्ने गरेको छ । मोदी सरकार हिन्दू अतिवादीहरुको बाहुल्यताको समर्थनको सरकार रहेकाले… पुरा पढौ

दक्षिण अफ्रिकाको बाढीबाट मृत्यु हुनेको संख्या ४३५

प्रिटोरिया ९ बैशाख । दक्षिण अफ्रिकाको क्वाजुलु-नाताल बाढीबाट मर्नेको संख्या ४४८ पुगेको सार्वजनिक भएपनि ४३५ रहेको जनाइएको छ। प्रहरी मन्त्री भेकी सेलेले बाढीको बारेमा मिडियालाई जानकारी दिँदै उक्त कुरा बताएका हुन् । "त्यहाँ ४४८ मृत्युको संख्या थियो जुन अहिले ४३५ मा परिमार्जन गरिएको छ। परिमार्जन गरिएको छ। शवको पोस्टमार्टमको नतिजा सार्वजनिक गर्दै उनले गोलीका चोटहरू फेला परेका कारण मृत्युहरू हत्यासँग सम्बन्धित भएको पुष्टि भएको पनि बताएका छन्। विपद्सँग सम्बन्धित नभएको प्राकृतिक कारणले धेरै मानिसको मृत्यु भएको निश्चित थियो। आज बिहानसम्म… पुरा पढौ