अन्तर्राष्ट्रिय 🗺

चिनियाँ राष्ट्रपति सी र बेलायती प्रधानमन्त्रीबीच फोन वार्ता

लन्डन, १२ चैत । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार चीनका राष्ट्रपति सी चिन फिङसँग कुरा गर्दै युक्रेनको अवस्था सहित पारस्परिक हितका विभिन्न मुद्दाहरूमा छलफल गरेका छन् । "नेताहरूले युक्रेनको अवस्था सहित पारस्परिक हितका विभिन्न मुद्दाहरूमा एक घन्टा लामो छलफल गरेको र उहाँहरू पुनः छलफल गर्न सहमत भएको," बेलायती प्रधानमन्त्रीको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । वार्ताको क्रममा प्रधानमन्त्री जोनसनले गत हप्ता चीनमा दुर्घटनाग्रस्त विमानका पीडितहरूप्रति सहानुभूति व्यक्त गरेका थिए । दुई देशबीचको राजदूत स्तरमा कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठको स्मरण गर्दै सीले… पुरा पढौ

आईएमएफले उच्च मुद्रास्फीतिसँग जुध्न अर्जेन्टिनालाई ४४ अर्ब अमेरिकी डलरको सहयोग गर्ने

वाशिंगटन १२ चैत । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले अर्जेन्टिनालाई देशको ऋण दिगोपन सुदृढ गर्न र उच्च मुद्रास्फीतिको सामना गर्न ४४ अर्ब अमेरिकी डलर विस्तारित व्यवस्थालाई अनुमोदन गरेको, आईएमएफले जनाएको छ। "अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले आज अर्जेन्टिनाको ४४ अर्बको विस्तारित कोष सुविधा (EFF) अन्तर्गत ३०-महिना विस्तारित व्यवस्थालाई अनुमोदन गर्यो। " शुक्रबार विज्ञप्तिमा भनिएको छ। आईएमएफले सार्वजनिक वित्तलाई सुदृढ पार्ने र "निरन्तर उच्च मुद्रास्फीति" लाई कम गर्न शुरु गर्ने लक्ष्य राखेको छ। "अर्जेन्टिनाले असाधारण आर्थिक र… पुरा पढौ

बेलायतले युक्रेनलाई २ मिलियन पाउण्ड बराबरको अत्यावश्यक खाद्यान्न उपलब्ध गराउने

लन्डन १२ चैत । बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्डको अत्यावश्यक खाद्यान्न सहयोग गर्न लागेको बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ। "बेलायतले रुसी सेनाले घेरिएको युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि अत्यावश्यक खाद्यान्न आपूर्तिका लागि दुई मिलियन उपलब्ध गराउने तयारी गरेको विदेशमन्त्री ट्रसले जनाए। मन्त्रालयका अनुसार हाल युक्रेनमा १२ मिलियन भन्दा बढी मानिसहरूलाई मानवीय सहायताको खाँचो देखिएको छ यो वास्तविक संख्या अझ बढी हुन सक्छ। "पोल्याण्ड र स्लोभाकियाका गोदामहरू अर्को हप्ताको शुरुदेखि युक्रेन सरकारलाई यी सामानहरू आपूर्ति गर्न तयार छन्। त्यसपछि… पुरा पढौ

उत्तर कोरियाको मिसाइल प्रक्षेपणपछि जापानी र दक्षिण कोरियाका विदेशमन्त्रीहरूले फोन वार्ता

टोकियो, ११ चैत । जापानी विदेशमन्त्री योशिमासा हयाशी र उनका दक्षिण कोरियाली समकक्षी चुङ इउई-योङले टेलिफोन वार्तामा उत्तर कोरियाको अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपणबारे छलफल गरेको जापानी विदेश मन्त्रालयले जनाएको छ। "परराष्ट्र मन्त्रीहरूले उत्तर कोरियाद्वारा अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपणको निन्दा गरेका छन् । विशेष गरी पछिल्लो प्रक्षेपण बारे समान धारणा बनाउँदै उनले उत्तर कोरियाको क्षेप्यास्त्र र आणविक कार्यक्रमको तीव्रता विश्व समुदायको लागि एक स्पष्ट र गम्भीर चुनौती भएको बताए। द्विपक्षीय र त्रिपक्षीय सहयोगको पुन: पुष्टि गर्दै संयुक्त राज्य अमेरिका, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को… पुरा पढौ

चिनियाँ विदेशमन्त्री वाङ भारत भ्रमणमा

नयाँ दिल्ली, ११ चैत । चीनका विदेश मन्त्री वाङ यी भारत भ्रमणमा गएका छन् । भ्रमणका क्रममा उनले शुक्रबार सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। उनले भारतीय समकक्षी एस जयशंकरसँग प्रतिनिधि मण्डल सहित हैदरावाद हाउसमा भेटवार्ता गरे। त्यसअघि उनले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग उनकै कार्यालय साउद ब्लकमा भेटवार्ता गरेकाे अधिकारीहरूले जनाएका छन् । दुवै जनासँगको भेटवार्ताका क्रममा विदेशमन्त्री यीले दुई पक्षीय हित, आपसी सहयोग तथा सहकार्य र साझा चासोका बारेमा कुराकानी गरेका थिए। भारत र चीनबीचको सम्बन्धलाई अझ… पुरा पढौ

मालीमा ८८६ नागरिक मारिए, घाइते वा अपहृत भए

बामाको ११ चैत । गत वर्षको दोस्रो छ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएको, घाइते भएको वा बेपत्ता भएको मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसन (MINUSMA) ले प्रकाशित नोटमा जनाइएको छ। पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको मिनुस्माले जनाएको छ। दस्तावेजका अनुसार गत वर्षको पहिलो छ महिनाको तुलनामा हिंसाबाट प्रभावित सर्वसाधारणको संख्या ७ प्रतिशतले घटेको देखिएको छ । समूह फर द सपोर्ट अफ इस्लाम एन्ड मुस्लिम जस्ता समूहहरूबाट हुने मानवअधिकार उल्लङ्घनमा भने अघिल्लो अवधिको तुलनामा २१… पुरा पढौ

अस्ट्रियाको संसदद्वारा देशमा आरटी प्रसारणमा प्रतिबन्ध

भियना, ११ चैत । संसद्को तल्लो सदन, अस्ट्रियाको राष्ट्रिय काउन्सिलले देशमा आरटी प्रसारणमा प्रतिबन्ध लगाएको छ। "रसिया टुडे प्रतिबन्धित छ...यसैले अस्ट्रियाले रुस विरुद्धको प्रतिबन्धको सान्दर्भिक भाग लागू गर्दछ र अस्ट्रियाका नेटवर्क प्रदायकहरूलाई रूस टुडे प्रसारण गर्न निषेध गर्दछ। यो युक्रेनमा रूसको आक्रामक युद्धको बारेमा नक्कली समाचार फैलाउन रोक्नको लागि गरिएको कदम हो।" काउन्सिलले जनाएको छ। पुरा पढौ

भारतमा कोरोनाभाइरसका दैनिक सङ्क्रमित दुई हजार भन्दा कम

नयाँदिल्ली, १० चैत । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा द्ुई हजार भन्दा कम सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । भारतमा हाल सक्रिय सङक्रमितको संख्या २३ हजार ८७ पुगेको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कूल सङ्क्रमितको ०.०६ प्रतिशत रहेको समाचारमा जनाइएको छ । यद्यपी बुधबार सार्वजनिक भएको तथ्याङ्कअनुसार सक्रिय सङ्क्रमितको संख्या २२ हजार ४२७ रहेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार सोही… पुरा पढौ

पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठूलो गल्ती’ गरे : नेटो प्रमुख

ब्रसेल्स, १० चैत । नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर "ठूलो गल्ती" गरेको आरोप लगाएका छन् । "राष्ट्रपति पुटिनले ठूलो गल्ती गरेका छन् र त्यो भनेको स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र विरुद्ध युद्ध शुरु गर्नु हो ।" उनले भने। उनले युक्रेनी जनताको शक्ति, युक्रेनी जनता र उनीहरुको सशस्त्र बलको बहादुरीलाई कम मूल्याङ्कन गरेका छन्, ”स्टोल्टेनबर्गले ब्रसेल्समा शिखर सम्मेलन शुरु हुनु अघि भनेका छन्। स्टोल्टेनबर्गले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य गठबन्धनका नेताहरूले पूर्वी सदस्यहरू रोमानिया, हंगेरी, स्लोभाकिया… पुरा पढौ

यमनको अडेननजिकै आक्रमण वरिष्ठ अधिकारीसहित पाँच सैनिकको मृत्यु

एडेन, १० चैत । दक्षिणी सहर एडेननजिकै बुधबार भएको बम आक्रमणमा परी एक वरिष्ठ सेना अधिकारीसहित पाँच यमनी सैनिक मारिएका अधिकारीहरुले जनाएका छन् । एडेनबाट १० किलोमिटर उत्तरमा रहेको अल–मदिना अल–खाद्रा गाउँ हुँदै यात्रा गर्दा “कार बम विस्फोटमा मेजर जनरल थाबेट जावस र चार सैनिकको मृत्यु भएको एक सुरक्षा अधिकारीले एएफपीलाई बताएका छन् । एक स्थानीय अधिकारीले आक्रमण र मृत्यु हुनेको संख्या पुष्टि गरेका छन् । यस आत्रमणको कुनै पनि समूहले तत्काल जिम्मेवारी लिएको छैन । जावासलाई सन् २०१४ मा… पुरा पढौ