अन्तर्राष्ट्रिय 🗺

मार्च २४ विश्व क्षयरोग दिवस : लागूपदार्थको दुर्व्यसनले क्षयरोगको विश्वव्यापी महामारी

पेरिस, १० चैत। विश्वकै सबैभन्दा घातक सङ्क्रामक रोगका रूपमा कोभिड–१९ ले क्षयरोग (टिबी) लाई उछिनेको हुन सक्छ । तर, विश्वव्यापी रूपमा क्षयरोगको भयानक महामारी ल्याउन खोप र एन्टिबायोटिकको अवहेलना कारण भएको बताइएको छ । आनुवंशिक अध्ययनअनुसार लगभग ४० हजार वर्षअघि पहिलो पटक क्षयरोग देखा परेको थियो । ढुङ्गे युगको अन्त्य ‘निओलिथिक युग’ देखि लामो समयसम्म पशुपालनबाट यो रोग सर्ने गरेको वैज्ञानिकहरुले विश्वास गरेका थिए । तर हालैका अध्ययनहरूले भने अर्कै चित्र प्रस्तुत गरेको छ । यसले देखाएअनुसार मानिसहरूले गाईवस्तु पाल्ने… पुरा पढौ

दक्षिण कोरियामा दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित

सोल ९ चैत । दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१ जना नयाँ सङ्क्रमित भएका हुन । योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या एक करोड चार लाख २७ हजार २४७ पुगेको छ । कोरिया रोग नियन्त्रण तथा व्यवस्थापन निकायका अनुसार यसअघि तीन लाख ५३ हजार ९६८ नयाँ सङ्क्रमित थपिएका थिए । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरसका कारण सङ्क्रमितहरुको… पुरा पढौ

ताइवानमा ६.६ म्याग्निच्युडको भूकम्प गएको छ

बेइजिङ, ताइपेई ९ चैत । ताइवानको ताइतुङ काउन्टीमा बुधबार बिहान १ः४१ मा ६.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) ले जनाएको छ । २० किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु २३.४५ डिग्री उत्तर अक्षांश र १२१.५५ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ । ताइवानको मौसम विज्ञान एजेन्सीका अनुसार बुधबार बिहान पूर्वी ताइवानमा भूकम्पको शृंखलाका कारण टापुभरि भूकम्पको धक्का महसुस गरिएको थियो । हालसम्म यस भूकम्पको ताइतुङ काउन्टीमा एक जना सामान्य घाइते भएका मात्र समाचार प्राप्त भएको छ… पुरा पढौ

फिलिपिन्समा विदेशी पर्यटकलाई सहजै प्रवेश दिन राष्ट्रपतिको निर्देशन

मनिला ९ चैत । फिलिपिन्समा विदेशी पर्यटकहरुलाई सहजै प्रवेश गर्न दिन राष्ट्रपति रोड्रिगो डुटेर्टेले निर्देशन दिएका छन् ।कोरोनाभाइरसका कारण विदेशी पर्यटकहरुको प्रवेशमा कडाइ गरिदै आइएकोमा अहिले महामारी कम भएकाले अव खुकुलो बनाउनु पर्ने उनको भनाई छ । विदेशी पर्यटकहरुका कारण देशको आर्थिक अवस्था सुधार गर्न सहज हुने अपेक्षा पनि गरिएको उनले बताए ।“विदेशी पर्यटकहरु आउदा विदेशी रकम पनि आउछ, त्यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नुका साथै आर्थिक सन्तुलनमा समेत सहयोग पुग्छ,” उनले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ । निर्देशनमा… पुरा पढौ

अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानका प्रधानमान्त्रीको आग्रह

इस्लामावाद, ९ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले विश्वका इस्लामिक देशहरुलाई यस्तो आग्रह गरेका छन् । प्रधानमन्त्री खानले विश्वका इस्लामिक देशहरुलाई हाल अफगानिस्तानले सामना गरिरहेका समस्याका बारेमा अध्ययन गर्न आग्रह गरेका हुन । उनले हाल अफगानिस्तानले निकै अप्ठेरो परिस्थितिको सामना गरिरहेकाले यस्तो अवस्थामा विश्वका सबै इस्लामिक देशहरुले सहयोग गर्नुपर्ने आवश्यकता रहेको धारणा राखेका हुन । ‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’ आइसीको विदेश मन्त्रीहरुको ४८ औँ सम्मेलनलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन… पुरा पढौ

नाइजेरियामा अन्धाधुन्ध गोली हानी १६ गाउँलेको हत्या

अबुजा, ८ चैत । नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा अज्ञात बन्दुकधारीहरुले अन्धाधुन्ध गोली हानी १६ जना सर्वसाधारण गाउँलेको हत्या गरेका छन् । जामफारा प्रहरीले सो घटनाको पुष्टि गरेको छ । समाचारअनुसार ती गाउँलेमाथि अज्ञात बन्दुकधारीहरुले गोली हानेका थिए । उनीहरुले उक्त राज्यको गनार कियाना भन्ने गाउँमा पुगेर गाउँलेमाथि गोली चलाएका थिए । ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अरु कयौँलाई नराम्ररी घाइते बनाएका छन् । गत आइतबार राति सो गाउँमा ठूलो हिंसा भएको प्रहरीले… पुरा पढौ

जापानले कोभिड विरुद्धका प्रतिबन्धहरु हटायो

टोकियो, ८ चैत । जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोभिड विरुद्धको प्रतिबन्धहरुलाई यहाँका १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ । जापानमा पछिल्लो समयमा कोभिडको संक्रमण बढ्दै गएपछि यसका विरुद्ध अपनाउनुपर्ने मापदण्डका रुपमा प्रतिबन्धहरु लगाइएको थियो । जापान सरकारले यहाँका ४७ प्रिफेक्चरमध्ये १८ वटाका यस्ता प्रतिबन्धहरुलाई हटाएको जनाएको समाचारमा बताइएको छ । यसरी प्रतिबन्धहरु हटाइएका प्रिफेक्चरहरुमा टोकियो र ओसाका पनि रहेका छन् । यहाँ गएको जनवरी ८ देखि यस्ता प्रतिबन्धहरु लगाइएको थियो । आज मंगलबारदेखि यहाँका अधिकारीहरुले १८ प्रिफेक्चरमा… पुरा पढौ

यूक्रेनबाट ३५ लाख मानिस विस्थापित : राष्ट्रसंघ

राष्ट्रसंघ जेनेभा, ८ चैत । रुसले यूक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म यूक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन् । राष्ट्रसंघीय निकायले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकहरूमा पुगेका छन् । त्यसैगरी अरु करिब एक करोड मानिस भने आन्तरिक रुपमा विस्थापित भएका छन् । उनीहरु यूक्रेन भित्रकै एक ठाउँबाट अर्को ठाउँमा गएर लुकेको पाइएको छ । संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरले ३४ लाख ८९ हजार ६४४ यूक्रेनी नागरिक विस्थापित भएको उल्लेख गरेको हो ।  यूक्रेनमा छिमेकी ठूलो… पुरा पढौ

चीनमा १३२ यात्रु सवार विमान दुर्घनाग्रस्त

काठमाडौं, ७ चैत । चीनमा १३२ जना यात्रु सवार विमान दुर्घटनामा परेकाे। चीनको सरकारी मिडियाका अनुसार चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३५ जेट विमान चीनको गुवान्सी प्रान्तमा दुर्घटनामा परेको हो । सो विमानमा १२३ यात्रु तथा ९ जना चालक दलका सदस्यसहित १३२ रहेका थिए । विमान दुर्घटनाका परेकाे भनिए पनि यात्रुहरुको अवस्थाको बारेमा जानकारी आईसकेको छैन । फ्लाईट विमान एमयू ५७३५ स्थानिय समय अनुसार सवा १ वजे कुनमिनबाट उडेको थियो । पुरा पढौ

चीनमा १३३ यात्रु बोकेको विमान दुर्घटना

काठमाडौं, ७ चैत । चीनको दक्षिणी क्षेत्रमा एक विमान दुर्घटना भएको छ । १३३ यात्रु बोकेको चाइना इस्टर्न बोइङ ७३७ जहाज दक्षिणी चीनको ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर दुर्घटना भएको हो । चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार दुर्घटनापछि विमानमा आगलागी भएको छ । दुर्घटनामा अहिलेसम्म कति जनाको निधन भयो भन्ने खुलेको छैन । कुन्मिङ चान्सुई विमानस्थलबाट छुटेको उक्त विमान दक्षिणी चीनको युनान प्रान्तमा १ः१५ मा र ग्वाङ्झाउ प्रान्तमा ३ः०७ मा अवतरण हुने तालिका थियो । पुरा पढौ