अन्तर्राष्ट्रिय 🗺

राष्ट्रसंघद्वारा अमेरिका र रुसबीचको वार्ताको स्वागत

न्यूयोर्क १६ पुस । संयुक्त राष्ट्रसंघले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेन बीच सुरक्षा र रणनीतिक मुद्दाहरूमा भएको वार्ताको स्वागत गरेको संयुक्त राष्ट्रसंघका प्रवक्ता फ्लोरेन्सिया सोटो निनोले स्पुतनिकलाई बताएका छन्। बिहीबार दुई राष्ट्रपतिले युक्रेनमा बढ्दो तनाव र यस मुद्दामा आगामी वार्ताबारे छलफल गर्न टेलिफोन वार्ता गरेका थिए। "हामी सधैं सदस्य राष्ट्रहरू बीचको संवादलाई स्वागत गर्दछौं," सोटो निनोले फोन कलको बारेमा सोध्दा उक्त टिप्पणी गरेका हुन्। युक्रेनी सीमामा कथित रुसी सेना परिचालन र आक्रमणको तयारीको दाबीका बीच विगत… पुरा पढौ

बिहीबार विश्वभर २८ सयभन्दा बढी उडान रद्द, १२ हजार विलम्ब

वासिङ्टन १६ पुस । कोरोनाभाइरसको ओमिक्रोन संस्करणले एयरलाइन्सहरूमा कर्मचारी अभावको कारण बिहीबार विश्वभर २,८०० भन्दा बढी उडानहरू रद्द भएका छन् भने झन्डै १२,००० भन्दा बढीको उडानमा विलम्ब भएको ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरले देखाएको छ। "हामी २ जनवरी २०२२ भन्दा पहिले निर्धारित गैर-आवश्यक यात्रा गर्ने यात्रुहरूलाई हाम्रो लचिलो ट्राभल नीति प्रयोग गरी आफ्नो यात्रालाई पछिको मितिमा परिवर्तन गर्न विचार गर्न दृढताका साथ आग्रह गर्दछौं," जेटब्लुले विज्ञप्तिमा यात्रुहरूलाई अनावश्यक उडानहरू पुन: तालिकाबद्ध गर्ने बारे सोच्न प्रोत्साहित गर्दै उक्त आग्रह गरेको छ । ओमिक्रोन… पुरा पढौ

नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएको पुष्टि

नयाँ दिल्ली १६ पुस । दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन् । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उनले बताए । अनुसन्धानबाट ओमिक्रोनको सङ्क्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उनले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना सङ्क्रमणका ४० प्रतिशतभन्दा बढी सङ्क्रमितहरु त ओमिक्रोनकै भएको बताए । उनले भने–अनुसन्धानबाट यो देखिएको छ कि यहाँका सङ्क्रमितहरुमा ओमिक्रोनको सङ्क्रमण बढी देखिएको छ । त्यस्तो संक्रमण बाहिरबाट आएका मानिस… पुरा पढौ

दक्षिण अफ्रिकाले हटायो रात्रिकालीन कर्फ्यु

काठमाडौं, १६ पुस । कोरोना महामारीको जोखिमका बीच दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु हटाएको छ । कोरोना महामारीको चौथो लहरको उच्चतम अवस्था टरेको भन्दै रात्रिकालीन कर्फ्यू हटाइएको हो । दक्षिण अफ्रिकी सरकारका अनुसार कोरोनाको ओमिक्रोन भेरिएन्ट बढी संक्रामक हुँदाहुँदै पनि बिरामीहरु अस्पतालमा भर्ना हुने दर कम छ । कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको पुष्टि भएको थियो । यो भेरियन्ट अरुभन्दा बढी संक्रामक रहेको भनिएको थियो । पुरा पढौ

अमेरिकी, फ्रान्सेली, जर्मन र बेलायतका विदेशमन्त्री बीच वार्ता

वासिङ्टन १५ पुस । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्ना फ्रान्सेली, जर्मन र बेलायतका समकक्षीहरूसँग युक्रेनसँगको तनावका साथै इरानको आणविक कार्यक्रमबारे अमेरिकी चासोका सम्बन्धमा रुसको समन्वयमा टेलिफोनमा छलफल गरेका छन्। विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले प्रेस विज्ञप्तिमार्फत्, एन्टोनी जे ब्लिन्केनले आज फ्रान्सेली विदेश मन्त्री जीन-यवेस ले ड्रायन, जर्मन विदेश मन्त्री अन्नालेना बेरबक, र बेलायती विदेश मन्त्री एलिजाबेथ ट्रससँग कुरा गरेको बताए । "उनीहरूले युक्रेन विरुद्ध कुनै पनि थप रुसी आक्रमणलाई रोक्न निरन्तर समन्वयको महत्त्वबारे छलफल गरेका छन् र साथै उनीहरूले युक्रेनको स्वतन्त्रता,… पुरा पढौ

बेलायतमा एकै दिन कोरोना भाइरसका १ लाख ८३ हजारभन्दा बढी सङ्क्रमित

लन्डन, १५ पुस । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखिकै मंगलबार सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । बेलायतमा मंगलबार त्यसको २४ घन्टायता मात्र कम्तीमा पनि १ लाख ८३ हजार ३७ जना सङ्क्रमित भेटिएका यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा यहाँ यतिधेरै सङ्क्रमितहरु भेटिएको यो पहिलो घटना हो ।यसअघि पनि यहाँ सोमबार मात्र पनि करिब १ लाख ३० हजार जनामा यो सङ्क्रमण भेटिएको बताइएको थियो ।त्यस्तैगरी उनीहरुका अनुसार मङ्गलबार यहाँ कोरोनाका कारण… पुरा पढौ

भारतमा थप १३ हजार १५४ जना कोरोना सङ्क्रमित

नयाँदिल्ली, १५ पुस । भारतमा कोरोना भाइरसबाट थप १३ हजार १५४ सङ्क्रमित केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ९६१ जना ओमिक्रोन भेरियन्टका रहेका छन् । यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित संख्या तीन करोड ४८ लाख २२ हजार ४० पुगेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । सोही अवधिमा थप २६८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८०… पुरा पढौ

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्द्वारा म्यानमार हत्याको निन्दा

न्यूयोर्क १५ पुस । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले बुधबार म्यानमारको काया राज्यमा डिसेम्बर २५ मा चार बालबालिका र दुई मानवीय कामदारहरू सहित कम्तिमा ३५ व्यक्तिको हत्याको निन्दा गरेको छ। राजदूतहरूले एक विज्ञप्तिमा जवाफदेहिता र "सबै हिंसाको तत्काल अन्त्य" गर्न आह्वान गरेका छन् । परिषद्का सदस्यहरूले मानवअधिकारको सम्मान र नागरिकको सुरक्षा सुनिश्चित गर्ने महत्त्वमा जोड दिएका छन्। साथै उनीहरूले "आवश्यकतामा परेका सबै मानिसहरूको लागि सुरक्षित र निर्वाध मानवीय पहुँच, मानवीय र चिकित्सा कर्मचारीहरूको पूर्ण सुरक्षाको आवश्यकतालाई पनि जोड दिएका छन्। राजदूतहरूले म्यानमारको… पुरा पढौ

भारतीय प्रधानमन्त्री मोदीको नयाँ कार, जसमा गोली र बमले पनि असर गर्दैन

नयाँ दिल्ली, १४ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारका लागि भारत सरकारले खरिद गरेको कार यतिखेर निकै चर्चामा छ । प्रधानमन्त्रीको सुरक्षालाई मध्यनजर गर्दै लिइएको नयाँ कारको मोडल मर्सिडिज मेब्याक एस ६५० रहेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार याे कारको कयौं शानदार र हाइटेक फिचरहरू रहेका छन् । सबैभन्दा रोचक कुरा यस कारलाई गोली र बमले पनि असर गर्दैन । हालै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भारत यात्राका दौरानमा मोदीले चढ्ने नयाँ कार देखिएको हो । कारमा उच्च स्तरको… पुरा पढौ

कोरोना बढेपछि आजबाट नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु

नयाँ दिल्ली, एजेन्सी, १२ पुस । कोरोना भाइरसका बिरामी बढ्दै गएपछि दिल्ली प्रदेश सरकारले नियन्त्रणका लागि कर्फ्यु लगाउने भएको छ । दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो । भारतीय सञ्चार संस्थाका अनुसार नजिकिँदै गरेको नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट संक्रमण झन् बढी नफैलियोस् भनेर रात्रिकालीन कर्फ्यु लगाइएको बताइएको छ । पुरा पढौ