अन्तर्राष्ट्रिय 🗺

काजकिस्तानका राष्ट्रपतिद्धारा मन्त्रीपरिषद् विघटन गर्दै संकटकाल घोषणा

अल्माटी, काजकिस्तान २१ पुस । काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले मन्त्रीपरिषद विघटन भएको घोषणा गरेका छन् । मध्य एसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उनले वुधबार मन्त्रीपरिषद् नै विघटन गरेका हुन् विद्युतको मूल्य बृद्धि भएपछि त्यसको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रमहरु भइरहेका थिए । उनले देशको सवैभन्दा ठूलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङगीस्टाउमा संकटकाल लागु गरिएको घोषणा पनि गरे। संकटकाल लागू गरिएका दुवै सहर आन्दोलनकारीहरुको बढी प्रभाव रहेको सहर मानिन्छ । हजारौ आन्दोलनकारीले सडकमा… पुरा पढौ

डेनमार्कमा ओमिक्रोनबाट १८ को मृत्यु

कोपेनहेगन २१ पुस । डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ ।यहाँका स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् । डेनमार्कसहित फ्रान्स, ग्रीस, पोर्चुगल, इटाली, बेलायतलगायतका अन्य युरोपेली देशमा पछिल्ला हप्ताहरुमा उच्च संख्यामा सङ्क्रमित भेटिएका समाचारहरु आइरहेका बताइएको छ । पछिल्ला दिनहरुमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुको जमघटका कारण पनि युरोपमा कोभिड तीव्र गतिमा फैलिएको बताइएको हो । यता डेनमार्कमा भने ओमिक्रोनको सङ्क्रमण बढ्दै गएको… पुरा पढौ

लिबियाका पूर्व उपप्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोप

त्रिपोली २१ पुस । लिवियाको पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीलाई भ्रष्टाचार गरेको आरोप लगाइएको छ । लिबियाका महान्यायाधिवक्ताको कार्यालयले पूर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री अल साद्धिक अब्दुल्करी करिमलाई भ्रष्टाचार गरेको आरोप लागाइएको हो । उनीहरुले आर्थिक अनियमितता गरेको र अनुसन्धान भइरहेको पनि अधिकारीहरुले जनाएका छन् । राष्ट्रपतिका उम्मेदवार समेत रहेका करिमले आफू पदमा रहँदा न्युन गुणस्तरको सामग्रीलाई उच्च मूल्य तिर्नेगरी हस्ताक्षर गरेको पाइएको दाबी गरिएको छ । उनले कानुनको उलंघन र गलत प्रयोग गरेकाले उनीमाथी अनुसन्धान गरी कारबाही गर्न महान्यायाधिवक्तको… पुरा पढौ

उत्तर कोरियाद्वारा समुद्रमा अज्ञात मिसाइल प्रहार

काठमाडौं, २१ पुस । उत्तर कोरियाले समुद्रमा मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफ (जेसीएस)का अनुसार उत्तर कोरियाले बालिस्टिक मिसाइल प्रहार गरेको हुन सक्ने बताइएको छ । मिसाइल प्रहार गरेको जापानको कोस्ट गार्डले सबैभन्दा पहिले जानकारी दिएको थियो । संयुक्त राष्ट्रले उत्तर कोरियामाथि कुनै पनि बालिस्टिक या परमाणु हतियार परीक्षणमा प्रतिबन्ध लगाएको छ । यदि यो पुष्टि भयो भने उत्तर कोरियाको वर्षको पहिलो क्षेप्यास्त्र प्रहार हुनेछ । केही दिनअघि मात्र किम जोङ उनले कोरियाली प्रायद्वीपमा बढ्दो… पुरा पढौ

अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण

वासिङ्टन, २० पुस ।संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमणक देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ। अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ सङ्क्रमण पुष्टि भएको देखिएको छ जुन विश्वमा कोभिड महामारीको सबैभन्दा नराम्रो स्थिति हो । नयाँ कोभिड-१९ मामिलाको संख्या पछिल्लो सात दिनमा दोब्बर बढेर प्रतिदिन औसत ४१८,००० पुगेको छ । यद्यपि, भाइरसको द्रुत फैलावटले देशको स्वास्थ्य सेवा प्रणालीमा थप दबाब मात्र दिएको छैन यसले अर्थतन्त्रलाई एकपटक फेरि नराम्रोसित प्रभाभित गरेको छ जसले… पुरा पढौ

भारतीय प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार

काठमाडौं, २० पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार भएको छ । भारतको उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने भारतीय कांग्रेस आइकी नेतृ रिता यादवलाई अज्ञात समूहले गोली प्रहार गरेको हो । आफूमाथि गोली लागेर घाइते भएपछि यादवले भनिन्, ‘म पोस्टर, ब्यानर बनाउन सुल्तानपुर गएको थिएँ । त्यहाँबाट फर्किदै गर्दा राजमार्गमा तीन जनाले ओभर क गरी मेरो बोलेरोलाई रोके अनि गोली हान्दै मार्ने धम्की दिएका थिए। मेरो ड्राइभरको कन्चटमा पेस्तोल राखेका… पुरा पढौ

दक्षिण कोरियामा ओमिक्रोनका सङ्क्रमित बढ्दै, दुईको मृत्यु

सोल २० पुस । दक्षिण कोरियामा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोनका सङ्क्रमित बढेको बताइएको छ । यस भाइरसबाट दुई जनाको ज्यान गएको छ । दक्षिण कोरियामा यो भेरियन्टबाट पहिलो पटक यी दुई जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिएकामा यहाँ पहिलो पटक यी दुई जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । दक्षिण कोरियामा पनि डिसेम्बरको सुरुतिर यो भेरियन्ट भेटिएको थियो । गत डिसेम्बर २७ मा एक… पुरा पढौ

सुडानको हिंसाको संयुक्त राष्ट्रसंघद्धारा निन्दा

संयुक्त राष्ट्रसंघ २० पुस । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा भएको हिंसाको निन्दा गरेका छन् । उनले सुडानमा निरन्तर रुपमा बढ्दै गएको प्रदर्शनकारीमाथिको हिंसाको निन्दा गरेका हुन् । यहाँ सरकारका विरुद्धमा विगत लामो समयदेखि प्रदर्शन जारी रहेको छ । सो प्रदर्शनका विरुद्धमा यहाँका प्रहरीले प्रदर्शनकारीमाथि आक्रमण गरिरहेका छन् । सुडानमा आन्दोलनका क्रममा भएको हिंसाको विरोध गर्दै महासचिव गुटर्रेसले प्रहरीलाई संयमता अपनाउन आग्रह गरेका छन् । उनले भने–यो प्रदर्शनका क्रममा कैयौँ व्यक्तिको ज्यान गएको छ, प्रहरीले नागरिकको शान्तिपूर्ण रुपमा भेला… पुरा पढौ

भारतमा थप ३७ हजार ३७९ जना कोरोना सङ्क्रमित

नयाँदिल्ली २० पुस । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना सङ्क्रमित भएका छन् । गत २४ घण्टामा भएका सङ्क्रमित मध्ये एक हजार ८९२ जना भने ओमिक्रोन भेरियन्टका सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । ती मध्ये पनि ७६६ जना भने निको भएका छन् । सोही अवधिमा थप १२४ जनाको… पुरा पढौ

भारतमा ओमिक्रोन बढेपछि १५-१८ उमेर समूहलाई खोप लगाइँदै

काठमाडौं, २० पुस । भारत सरकारले यहाँका १५ देखि १८ वर्ष उमेरका युवा युवतीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । भारतमा ओमिक्रोन भाइरसका संक्रमितहरु बढ्दै गएपछि सरकारले यहाँ यो उमेर समूहका नागरिकलाई खोप लगाउन थालेको अधिकारीहरुले जनाएका छन् । भारतका स्वास्थ्यमन्त्रीले सो खोप लगाएको तस्बिर सार्वजनिक गरेका थिए । भारत सरकारले यो उमेर समूहका बालबालिकालाई खोप लगाउनका लागि अनलाईन दर्ता गर्न माग गरेको थियो । सोही बमोजिम यहाँका करिब १२ लाख युवायुवतीहरुले खोपका लागि सरकारको अनलाइनमा दर्ता गराएको बताइएको… पुरा पढौ