अन्तर्राष्ट्रिय 🗺

राष्ट्रसंघद्धारा यमनलाई दिदै आएको सहयोग कटौती

साना ७ पुस । संयुक्त राष्ट्रसंघको तर्फबाट द्वन्द्वग्रस्त मुलुक यमनलाई दिदै आएको सहयोगमा कटौती भएको छ । राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत प्रदान गरिदै आएको सहयोगमा कटौती भएको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् । “द्वन्द्वग्रस्त मुलुक यमनलाई सहयोग गर्न बजेटको अभाव भएकाले सहयोगका लागि अपिल गर्दै अहिलेलाई राष्ट्रसंघको तर्फबाट हुने सहयोगमा कटौती गरिएको हो,” डब्लुएफपीद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । सहयोग कटौती गर्दा यमनमा खाद्य संकट पर्ने खतरा हुँदा हुदै पनि आफूहरु कटौती गर्न बाध्य भएको उनीहरुको भनाई… पुरा पढौ

भारतमा ओमिक्रोनबाट २१३ जना सङ्क्रमित

नयाँ दिल्ली ७ पुस । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट भारतमा २१३ जना सङ्क्रमित भएका छन् । ओमिक्रोनबाट सङ्क्रमित भएकाहरु दैनिक रुपमा थपिदै गएर अहिलेसम्म २१३ पुगेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । ती मध्ये सवैभन्दा धेरै दिल्लीमा रहेका छन् । दिल्लीमा मात्रै ५७ जना ओमिक्रोनबाट सङ्क्रमित भएका छन् । दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट भने छ हजार ३१७ जना सङ्क्रमित भएका छन्… पुरा पढौ

म्यानमारमा पहिरो, कम्तीमा एकको मृत्यु, ७० बेपत्ता

याङ्गुन ७ पुस । म्यानमारमा पहिरोमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु ७० जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पहिरोमा परी बेपत्ता भएकाहरुको अहिले धमाधम खोजी कार्य भइरहेको छ । चीनसँगको सिमानामा पर्ने देशको उत्तरी क्षेत्रमा आएको पहिरोमा परी मृत्यु भएका र बेपत्ता भएका मध्ये सवै जसो मजदुर रहेको जनाइएको छ । बेपत्ता भएकाहरु काम गरिरहेको एउटा खानीमा पहिरो गएको बताइएको छ । उनीहरु त्यहाँ न्युन ज्यालामा काम गरेका थिए । सो खानीबाट… पुरा पढौ

चीनद्वारा अफगानिस्तानलाई मानवीय सहायता सामग्री हस्तान्तरण

काबुल ७ पुस । चीनले अफगानिस्तानलाई पठाएको मानवीय सहायतासम्बन्धी सामग्री मंगलबार अफगानिस्तानको राजधानी काबुलमा एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ । चीनको रेडक्रस संस्थाले सो सामग्री पठाएको थियो । ती सामग्री अफगानिस्तानको रेड क्रिसेन्टलाई हस्तान्तरण गरिएको हो ।काबुलमा मंगलबार आयोजना गरिएको एक कार्यक्रममा ती सामग्रीहरु चीनको रेडक्रस सोसाइटीले अफगानिस्तानको रेड क्रिसेन्ट सोसइटीलाई हस्तान्तरण गरेको हो । त्यस अवसरमा अफगानिस्तानका लागि चिनियाँ राजदूतको पनि सहभागिता रहेको थियो । ती सामग्रीहरु चिसो मौसमका लागि भन्दै चीनले यस्ता सामग्री पठाएको हो । यी… पुरा पढौ

रुसी राष्ट्रपति पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोनबीच फोनवार्ता

मस्को ७ पुस । रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनबीच मंगलबार फोनवार्ता भएको समाचारमा जनाइएको छ । उहाँहरुबीच मंगलबार फोनमा कुराकानी भएको क्रेमलिनले जानकारी दिएको हो । यसअघि पनि उहाँहरुबीच गत हप्तामात्र कुराकानी भएको थियो । मंगलबार भएको सो फोनवार्तामा खास गरी उहाँहरुबीच युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ । त्यसक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सेली राष्ट्रपति म्याक्रोनसँग त्यहाँको विवाद समाधान शान्तिवार्ताबाट गर्नुपर्नेमा जोड दिए। कुराकानीमा युक्रेनबारे पनि छलफल भएको थियो ।… पुरा पढौ

मलेसियामा बाढीबाट १७ को मृत्यु, ७० हजार जना विस्थापित

क्वालालम्पुर, ७ पुस मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ ।सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ । हालै मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख गरिएको छ । मंगलबार यहाँ ९ जनाको ज्यान गएको बताइएको हो । बाढीमा परी हराइरहेका उनीहरुको शव भेटिएको यहाँका उद्धार सम्बन्धी अधिकारीहरुले जानकारी दिएका छन् । यहाँका सात राज्यमा नै बाढीले क्षति पु¥याएको छ । बाढीका कारण यहाँका आधारभूत सेवामा पनि क्षति पुगेको बताइएको… पुरा पढौ

अमेरिकामा पहिलो ओमिक्रोन संक्रमितको निधन

ह्यारिस काउन्टी, टेक्सासमा बसोबास गर्ने एक खोप नलिएका व्यक्ति संयुक्त राज्य अमेरिकामा कोभिड(१९ को ओमिक्रोन भेरियन्टबाट मृत्यु हुनेमा पहिलो व्यक्ति भएको विश्वास गरिएको छ । ह्यारिस काउन्टीको पूर्वी भागका करिब ५० वर्षीय व्यक्ति जसलाई खोप लगाइएको थिएन उनको संक्रमणबाट मृत्यु भएको ह्यारिस काउन्टी न्यायाधीश लीना हिडाल्गोले ट्विट गरेका छन् । एबीसी न्यूज र फक्स न्यूजका रिपोर्टहरूले यो संयुक्त राज्यमा ओमिक्रोन सम्बन्धित मृत्युको पहिलो रेकर्ड भएको उल्लेख गरेका छन् । एबीसी न्यूज र फक्स न्यूजका रिपोर्टहरूले यो संयुक्त राज्यमा ओमिक्रोन–सम्बन्धित मृत्युको… पुरा पढौ

सन् २०२२ कोभिड-१९ अन्त्य वर्ष हुनुपर्छ- डब्लुएचओ

जेनेभा, ६ पुस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार विश्वलाई आगामी वर्ष भित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले भनेको छ "२०२२ हामीले महामारीको अन्त्य गर्ने वर्ष हुनुपर्छ।" वर्षको अन्त्यमा चाडपर्वहरू आउँदै गर्दा, "हामी सबै सामान्य परिवेशमा फर्कन चाहन्छौं," डब्ल्यूएचओले भन्यो, "हामीले अब आफूलाई जोगाउन आवश्यक छ। अहिले भिडभाड गरेर रमाइलो मनाएर पछि शोक गर्नुभन्दा अहिले नै कार्यक्रम रद्द गरेर ढिलो मनाउनु राम्रो हो।" ओमिक्रोन भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकामा… पुरा पढौ

अमेरिकामा ओमिक्रोनका सङ्क्रमित बढ्दै, क्रिसमसका कार्यक्रम रद्द गर्न आग्रह

न्युयोर्क, ६ पुस । अमेरिकामा ओमिक्रोनका सङ्क्रमितहरु बढ्दै गएको देखिएको छ । यहाँ हरेक दिन यसका सङ्क्रमित बढ्ने गरेका बताइएको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा त अमेरिकामा हुने गरेको कोरोनाको सङ्क्रमणमा सबैभन्दा धेरै सङ्क्रमण ओमिक्रोनका कारणले हुन लागेको देखिएको बताएका छन् । अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा पनि ओमिक्रोनको सङ्क्रमण सर्न सक्ने बताउनुभएको छ ।यसअघि पनि अमेरिकाको सेन्टर्स् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई… पुरा पढौ

होन्डुरसमा पहिलो महिला राष्ट्रपति

तेगुसिगला, ६ पुस । होन्डुरसमा नयाँ राष्ट्रिपति निर्वाचित भएकी छन् । यहाँको निर्वाचन आयोगले सियोमरा क्यास्ट्रो नयाँ राष्ट्रिपति निर्वाचित भएको जनाएको हो । होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रिपति निर्वाचित भएको घोषणा निर्वाचन आयोगले सोमबार गरेको हो । यहाँ अघिल्लो महिना नयाँ राष्ट्रिपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी सोमबार मात्र उनलाई घोषणा गरिएको छ । सो घोषणामा उनको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने घोषणा… पुरा पढौ