अन्तर्राष्ट्रिय 🗺

बेलायतमा ओमिक्रोनबाट अहिलेसम्मकै धेरै सङ्क्रमित

लण्डन, ५ पुस । बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १३३ जना ओमिक्रोनबाट सङ्क्रमित भएका छन् । योसँगै बेलायतमा ओमिक्रोनबाट कूल सङ्क्रमितहरुको सङ्ख्या ३७ हजार १०१ पुगेको पनि अधिकारीहरुले जनाएका छन् । त्यसैगरी कोरोनाभाइरसबाट भने एकैदिनमा ८२ हजार ८८६ जना सङ्क्रमित भएका छन् । बेलायतमा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमितहरुको सङ्ख्या एक करोड १३ लाख ६१ हजार ३८७ पुगेको जनाइएको छ । यसअघि गत… पुरा पढौ

इराकमा अत्याधिक वर्षापछि बाढी : १२ जनाको निधन

काठमाडौं, ५ पुस । इराकमा अत्यधिक वर्षापछि आएको बाढीका कारण कम्तीमा १२ जनाको ज्यान गएको छ । देशको इर्बिल प्रान्तका गभर्नर ओमेड खोश्नावले आइतबार दिएको जानकारीअनुसार कम्तीमा १५ क्षेत्रमा बाढीको प्रभाव परेको छ । बाढीले दुई हजार ५०९ घरमा क्षति पुगेको छ भने ८७६ घर नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् । खोश्नावका अनुसार बाढीका कारण दुई करोडभन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको छ । त्यसैगरी खेतीयोग्य जमिन, सडक, ढललगायतमा पनि क्षति पुगेको र सेवा अवरुद्ध भएको त्यहाँका समाचार संस्थाहरुले… पुरा पढौ

चिलीमा ३५ वर्षका विद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित

सान्टीयागो, ५ पुस । ल्याटिन अमेरिकी मुलुक चिलीण्मा ३५ वर्षका विद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित भएका छन । आन्दोलनकारी कम्युनिष्ट नेताका रुपमा चर्चित गेब्रियल बोरिक चिलीको सवैभन्दा कान्छो राष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन् । कूल मतको ५६ प्रतिशत मत पाएर उनी निर्वाचित भएपछि अहिले देशभरी खुशीयाली छाएको र दशौँ हजार मानिसले विजय जुलुश निकालेको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् । उनका प्रतिद्धन्द्धी तथा पुरातनवादी पार्टीका नेता जोस एन्टेनियो कास्टले भने ४४ प्रतिशत मात्रै मत पाएका थिए । उनीहरुका बीचमा १२ प्रतिशत… पुरा पढौ

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २०८ पुग्यो

मनिला ५ पुस । फिलिपिन्समा यसवर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको सङ्ख्या २०८ पुगेको छ । योसँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पु¥याउने प्रयासहरू बढ्दै गएको छ । हालैका वर्षहरुमा फिलिपिन्स आएको घातक आँधी मध्ये एक भएको जनाइएको छ । राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रलाई तहसनहस पारेपछि कम्तीमा २३९ जना घाइते भएका र ५२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । यस आँधीको कारण यस क्षेत्रका ३००,००० भन्दाबढी मानिस आफ्नो घर र समुद्र तटको रिसोर्ट छोडेर भागेका… पुरा पढौ

३५ वर्षीय गेब्रिएल बने चिलीका राष्ट्रपति

काठमाडौं, ५ पुस । चिलीको राष्ट्रपति पदमा बामपन्थी उम्मेद्वार गेब्रिएल बोरिक निर्वाचित भएका छन् । अति दक्षिणपन्थी प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टले हार स्वीकार गरेपछि उनले राष्ट्रपतिय चुनावमा जीत हासिल गरेका हुन् । विश्वकै कम उमेरका नेताहरुमध्ये एक ३५ वर्षीय बोरिक चिलीको इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति भएका हुन् । राष्ट्रपतिका उम्मेदवार कास्टले मतदान सकिएको साढे एक घण्टापछि र मतपत्र गणना आधा बाँकी नै रहँदा आफ्नो हार स्वीकार गरेका थिए । गनिएको करिब आधा मतपत्रमा बोरिकले ५६ प्रतिशत मत पाएका थिए ।… पुरा पढौ

फिलिपिन्समा आँधीले १०८ जना भन्दा बढीकाे मृत्यु, लाखौं मानिस घर छोडेर भागे

मनिला, ५ पुस । फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको संख्या १०८ पुगेको छ । यो सँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पु¥याउने प्रयासहरू बढ्दै गएको छ । राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रहरूलाई तहसनहस बनाएपछि ३००,००० भन्दाबढी मानिस आफ्नो घर र समुद्र तटको रिसोर्ट छोडेर भागेका थिए । आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । छाना उढाएको छ । बिजुलीका पोल ढलेका छन् र गाउँ बाढीमा परेका छन् ।राईले बिहीबार प्रतिघण्टा १९५… पुरा पढौ

पोर्चुगलमा ओमिक्रोनको प्रकोप बढेपछि बालबालिकालाई खोप

लिस्बन, ४ पुस । पोर्चुगलले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै गएको भन्दै यहाँका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालेको छ । यहाँको स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार मात्र यहाँका ४१ हजार जनालाई खोप लगाइएको छ । ती बालबालिका ओमिक्रोन भाइरसको सङ्क्रमण बढेको प्रभावित क्षेत्रका हुन् । ती बालबालिका ५ देखि ११ वर्षका हुन् । उनीहरुलाई विशेष प्राथमिकतामा राखेर खोप दिने गरिएको छ । यसै वर्षभित्र यहाँका सबै बालबालिकालाई कोरोना विरुद्धको खोप दिइसक्ने र थपलाई आगामी वर्ष दिइने पनि अधिकारीहरुले जनाएका छन्… पुरा पढौ

बेइजिङका नागरिकहरूका लागि बरफ र हिउँको मौसम खुल्ला

बेइजिङ, ४ पुस । बेइजिङको सिजिङलोङ स्की रिसोर्टमा शनिबारदेखि आठौं बेइजिङ नागरिकको शुभ बरफ र हिउँको मौसम शुरु भएको छ। अर्को वर्ष अप्रिलसम्म चल्ने यस सिजनमा बेइजिङका बासिन्दाहरूका लागि बरफ र हिउँ खेलकुद संस्कृति फैलाउन र सम्बन्धित उद्योगहरूमा खपत बढाउने प्रयासमा थुप्रै खेलकुद र सांस्कृतिक कार्यक्रमहरू समावेश हुनेछन्। बेइजिङमा यो बरफ र खेलकुद खेल महोत्सव २०२२ को शीतकालीन ओलम्पिक खेलका लागि अभियानको रूपमा २०१४ मा उद्घाटन गरिएको थियो। जुलाई, २०१५ मा बेइजिङको सफल बोली पछि बरफ र हिउँको मौसम एक… पुरा पढौ

फिलिपिन्समा आँधीमा परी ८० भन्दा बढीको मृत्यु

मनिला, ४ पुस । फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यो सँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पुर्या्उने प्रयासहरू बढ्दै गएको छ। राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रहरूलाई तहसनहस बनाएपछि ३००,००० भन्दा बढी मानिसहरू आफ्नो घर र समुद्र तटको रिसोर्टहरू छोडेर भागेका थिए। आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । छाना उढाएको छ। बिजुलीका पोलहरू ढलेका छन् र गाउँहरू बाढीमा परेका छन्। राईले बिहीबार प्रतिघण्टा १९५ किलोमिटर (१२०… पुरा पढौ

युके ब्रेक्सिट मन्त्रीले राजीनामा दिए

लन्डन, ४ पुस । प्रधानमन्त्री बोरिस जोनसनको मन्त्रिपरिषद्का एक वरिष्ठ सदस्यले शनिबार राति राजीनामा दिएका छन् र यो सँगै यसै हप्ता आफ्नै सांसद र मतदाताहरूबाट विद्रोहको सामना गरेको सरकार भित्र थप असमझदारी देखिएको छ । ब्रेक्सिट मन्त्री डेभिड फ्रस्टले जोनसनलाई लेखेको पत्रमा एक पत्रिकाले अर्को महिना पद छाड्ने योजना बनाएको खबर दिएपछि आफूले तुरुन्तै राजीनामा दिएको बताए। फ्रस्टले भने कि इयु छोड्ने प्रक्रिया दीर्घकालीन काम हुनेछ। "त्यसैले हामी यस महिनाको शुरुमा जनवरीमा अगाडि बढ्ने र इयुसँगको हाम्रो भविष्यको सम्बन्धलाई व्यवस्थित… पुरा पढौ