अन्तर्राष्ट्रिय 🗺

इक्वेडरमा बस दुर्घटनामा परी १८ को मृत्यु, २५ घाइते

क्वीटो २७ मङ्सिर । इक्वेडरमा बस दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । सो दुर्घटनामा अरु २५ जना घाइते भएका छन् । दक्षिणी इक्वेडरको मोरोना सान्टियागोमा सो बस दुर्घटनामा परेको थियो । त्यसमा परेर १८ जनाको ज्यान नै गएको र अरु २५ जना घाइते भएका यहाँका प्रहरी अधिकारीहरुले जनाएका छन् । शनिबार राति सो दुर्घटना भएको थियो । दुर्घटनामा परेका घाइतेहरुलाई अस्पताल पु¥याइएको बताइएको छ । दुर्घटनाको कारणका बारेमा अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएका छन्… पुरा पढौ

भारतमा थप सात हजार ३५० कोरोना सङ्क्रमित

नयाँदिल्ली, २७ मङ्सिर भारतमा गत २४ घण्टामा सात हजार ३५० जनामा कोरोना सङ्क्रमण देखापरेको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट २०२ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अझै पनि ९१ हजार ४५६ जना सक्रिय सङ्क्रमित रहेका सो मन्त्रालयले सोमबार जनाएको छ । यो संख्या ५६१ दिनयताको नै सब भन्दा कम भएको पनि समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमतिको १ प्रतिशत भन्दा कम भएको जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या… पुरा पढौ

अमेरिकामा कोरानाबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघ्यो

काठमाडौ, २७ मंसिर । अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघेको छ । त्यस्तै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड पुगेको छ । समाचार संस्था रोइटर्सका अनुसार अमेरिकामा आइतबारसम्म अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । हालसम्म पाँच करोडभन्दा बढी मानिसमा कोरोना पुष्टि भएको हो । अमेरिकामा झण्डै दई महिनासम्म कोभिड संक्रमण घट्ने क्रममा थियो । तर, पछिल्ला दुई हप्तामा दैनिक संक्रमितको संख्या बढ्न थालेको देखिन्छ । खासगरी भरमोन्ट, न्यू ह्यामशायर र… पुरा पढौ

अमेरिका र अष्ट्रेलियाका विदेशमन्त्री बीच भेटवार्ताः शान्तिपूर्ण, सुरक्षित इन्डो-प्यासिफिक बारे प्रतिबद्धता

लिभरपुल २६ मङ्सिर । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इन्डो-प्यासिफिकमा शान्ति र समृद्धि प्रवर्द्धन गर्न जारी प्रयासहरूलाई सुदृढ गर्न लिभरपुलमा अष्ट्रेलियाका विदेशमन्त्री मारिस पेनेसँग भेट गरेका छन्। "आज मेरो असल साथी @MarisePayne सँग भेट्न पाउँदा खुसी लाग्यो। हामीले शान्तिपूर्ण र सुरक्षित इन्डो-प्यासिफिक, कोभिड-१९ आर्थिक पुनःउत्थान र यस क्षेत्रका हाम्रा नागरिकहरू र साझेदारहरूका लागि नतिजाहरू प्रदान गर्न र सहयोग गर्न दुवै राष्ट्रहरूको गहिरो प्रतिबद्धतालाई पुन: पुष्टि गर्यौं। "ब्लिन्केनले ट्वीटमा उल्लेख गरेका छन्। बेलायतमा सम्पन्न औद्योगिक राष्ट्रहरुको समूह (जी ७) को विदेश मन्त्रीहरुको… पुरा पढौ

भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित

नयाँदिल्ली, २६ मङ्सिर भारतमा गत २४ घण्टामा सात हजार ७७४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । भारतमा अझै पनि ९२ हजार २२८ जना सक्रिय सङ्क्रमित रहेका आइतबार जनाइएको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट ३०६ जनाको मृत्यु भएपछि कोरोना शुरु भएबाट हालसम्म चार लाख ७५ हजार ४३४ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । गएको २४ घण्टामा भारतमा आठ हजार ४६४ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१… पुरा पढौ

साउदी अरेबियाली सेनाको हवाई कारबाहीमा १९० हुथी विद्रोहीको मृत्यु

रियाद, २६ मङ्सिर । यमनको मध्य क्षेत्रीय प्रान्त मारिब र यससँगैको अर्को प्रान्तमा शनिबार साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही जारी राखेको बताइएको छ ।प्राप्त समाचारअनुसार उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १९० जना हुथी विद्रोहीहरुको ज्यान गएको साउदी अ‍ेरिबयाको सरकारी प्रेसले जनाएको छ । यहाँ १९० जना मारिएका र अरु कैयौँ घाइते भएका यमनको सरकारी सेनाले पनि शनिबार राति पुष्टी गरेको जानकारी दिएका छन् । यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीका विरुद्धमा कारबाही गर्दै… पुरा पढौ

संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने

सिंगापुर २६ मङ्सिर । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने भएका छन् । सो कुरा सिंगापुरबाट प्रकाशन भइरहेको एक चिनियाँ भाषाको पत्रिकाले जनाएको छ । उक्त पत्रिकाले बेइजिङ ओलम्पिकमा संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेस उपस्थित हुने तथा अन्य कतिपय देशले बहिस्कार गरेको भनिएको सो खेलको कार्यक्रमलाई फ्रान्सले पनि बहिस्कार गर्ने कुनै योजना नबनाएको जनाएको छ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बेइजिङ ओलम्पिकका लागि दिएको निमन्त्रणा स्वीकार गरेको र उनी सो कार्यक्रममा उपस्थित हुने जानकारी… पुरा पढौ

बाइडेनद्वारा केन्टकीमा आपतकालीन अवस्थाको घोषणा

वाशिंगटन, २६ मङ्सिर । अमेरिकी राष्ट्रपति जो बाइडेनले केन्टकीमा आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । उनले टोरनाडोले ठूलो जनधनको क्षति भएपछि उक्त आपत्कालीन आदेश जारी गरेका हुन् । राष्ट्रपतिको उक्त आदेशले स्थानीय जनसङ्ख्यामा आपतकालीन अवस्थाबाट उत्पन्न कठिनाइ र पीडालाई कम गर्ने उद्देश्यका साथ सबै विपद् राहत प्रयासहरू समन्वय गर्न गृह, सुरक्षा विभाग, संघीय आपतकालीन व्यवस्थापन निकाय (फेमा) लाई अधिकार प्रत्याजोन गरेको छ । शुक्रबार दक्षिणपश्चिमी केन्टकीमा आएको आँधीका कारण कम्तिमा १०० जनाको मृत्यु भएको छ भने ठूलो भौतिक क्षति पनि… पुरा पढौ

अफगानिस्तानलाई ९९.५ मिलियन अमेरिकी डलर सहायता उपलब्ध गराउने बेलायतको योजना

लन्डन २६ मङ्सिर । बेलायतले अफगानिस्तानलाई ९९.५ मिलियन मानवीय सहायता विनियोजन गर्ने योजना बनाएको छ। बेलायती विदेश मन्त्री लिज ट्रसले अफगानिस्तानलाई मानवीय सहायताको अर्को समूह ७५ मिलियन पाउन्डमा छुट्याउने योजना बनाएको र ब्रिटिश विदेश, राष्ट्रमंडल र विकास कार्यालयले सूचित गरेको स्पुतनिकले जनाएको छ । परराष्ट्र कार्यालयले शनिबार कुल सहायता प्याकेजमध्ये ३४ मिलियन पाउण्ड हुने बताएको छ । ट्रसले शनिबार लिभरपुलमा समूहको सात (जी ७) विदेश मन्त्रीहरूलाई स्वागत गरेको छ जहाँ उनीहरूले अफगानिस्तानलगायत विश्वव्यापी द्वन्द्व र क्षेत्रीय संकटहरूबारे छलफल गरेको, स्पुतनिकले… पुरा पढौ

अमेरिकाको केन्टकी राज्यमा आँधीका कारण ७० जनाभन्दा बढीको मृत्यु

काठमाडौं, २६ मंसिर । अमेरिकाको केन्टकी राज्यमा आएको आँधीका कारण ७० जनाभन्दा बढीको मृत्यु भएको छ भने सो क्षेत्रमा आपतकालीन स्थिति घोषणा गरिएको छ । भौतिक संरचनाहरु तहसनहस भएका छन् भने विद्युत र सञ्चार सम्पर्क पनि विच्छेद भएको छ । आँधीलाई अमेरिकाको इतिहासकै ठूलो आँधी भनिएको छ । आँधीबाट मेफिल्ड सहर नराम्रोसँग प्रभावित भएको छ । सो सहरमा अवस्थित एक मैनबत्ती कारखानामा मात्रै १२ जना मजदुरको मृत्यु भएको बताइएको छ । उद्धारकर्मीहरुले कारखानाबाट १४० भन्दा बढी व्यक्तिहरुलाई सुरक्षित रुपमा बाहिर… पुरा पढौ