नयाँ दिल्ली, भारत, २३ असोज । डेनमार्कले भारतलाई ‘घनिष्ठ साझेदार’ मानेको उल्लेख गर्दै डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले आफ्नो नयाँ दिल्लीको भ्रमणलाई दुई राष्ट्रबीचको सम्बन्धका लागि कोसेढुङ्गाको रूपमा लिएको शनिबार बताएकी छन् । तीन दिने भ्रमणमा रहेकी फ्रेडरिकसेनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमा एक औपचारिक कार्यक्रम गरी स्वागत गरे । “हामी भारतलाई घनिष्ठ साझेदार ठान्छौं । यो भ्रमण डेनमार्क–भारत द्विपक्षीय सम्बन्धका लागि कोशेढुंगाको रूपमा म देख्छु,” उनले भने । भ्रमणका क्रममा फ्रेडरिकसेनले राष्ट्रपति रामनाथ कोविन्दलाई शनिबार नै भेटिन् । त्यसपछि लगत्तै…
पुरा पढौ