अन्तर्राष्ट्रिय 🗺

मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो

सियोल, २४ वैशाख । दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलले लागू गरेको विवादास्पद मार्सल ल प्रकरणसँग सम्बन्धित मुद्दामा पूर्वप्रधानमन्त्री हान डक–सूमाथि सुनाइएको जेल सजाय उच्च अदालतले घटाएको छ । अदालतले विद्रोहमा संलग्न भएको आरोपलाई भने यथावत् कायम राख्दै उहाँको कैद सजाय २३ वर्षबाट घटाएर १५ वर्ष पुर्‍याएको हो । सियोल उच्च अदालतले बिहीबार सुनाएको फैसलामा हानले तत्कालीन राष्ट्रपति युनका अवैध कदमलाई वैधानिकता दिन सक्रिय भूमिका खेलेको निष्कर्ष निकालिएको छ । अदालतका अनुसार मन्त्रिपरिषद् बैठकमार्फत मार्सल ल अनुमोदन गराउने प्रक्रिया अघि बढाउनु… पुरा पढौ

तेल मूल्य घट्दा अमेरिकी शेयर बजारमा सुधार

न्युयोर्क, २४ वैशाख । मध्यपूर्वको द्वन्द्व अन्त्यतर्फ उन्मुख हुन सक्ने सङ्केत र प्रविधि कम्पनीहरूको बलियो आम्दानी प्रतिवेदनले लगानीकर्ताको मनोबल बढाएपछि बजारमा उत्साह देखिएको हो । अमेरिकाको प्रमुख औद्योगिक शेयर सूचक ६१२ दशमलव ३४ अङ्कले बढेर ४९ हजार ९१० दशमलव ५९ बिन्दुमा पुगेको छ । त्यस्तै, व्यापक बजार सूचक १०५ दशमलव ९० अंकले बढेर ७ हजार ३६५ दशमलव १२ बिन्दुमा बन्द भयो भने प्रविधि केन्द्रित शेयर सूचक ५१२ दशमलव ८१ अंकले उकालो लाग्दै २५ हजार ८३८ दशमलव ९४ बिन्दुमा पुगेको छ… पुरा पढौ

इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु

जकार्ता, २४ वैशाख । इन्डोनेसियाको सुमात्रा टापास्थित ट्रान्स–सुमात्रा राजमार्गमा बुधबार यात्रुवाहक बस र इन्धन बोकेको तेल ट्याङ्कर एकआपसमा ठोक्किँदा भीषण आगलागी भएको छ । दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । अधिकांश पीडित सवारीभित्रै च्यापिएर जलेका कारण उद्धार कार्य निकै कठिन बनेको अधिकारीहरूले बताएका छन् । दक्षिण सुमात्रा प्रान्तको उत्तरी मुसी रावास रिजन्सी क्षेत्रमा दिउँसो भएको उक्त दुर्घटनामा करिब २० जना यात्रु बोकेको अन्तरसहर बस पूर्ण रूपमा जलेर नष्ट भएको थियो । स्थानीय… पुरा पढौ

साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो

वासिङ्टन, २४ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजलाई सुरक्षा एस्कोर्ट उपलब्ध गराउने महत्त्वाकांक्षी नौसैनिक योजना अचानक स्थगित गर्नुभएको छ । साउदी अरेबियाले अमेरिकी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न तथा प्रिन्स सुल्तान एयरबेस सञ्चालनमा ल्याउन अनुमति दिन अस्वीकार गरेपछि उक्त योजना रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एनबिसी न्युजले जनाएअनुसार ट्रम्प प्रशासनको ‘प्रोजेक्ट फ्रिडम’ नामक सैन्य योजना खाडी क्षेत्रका प्रमुख साझेदार मुलुकहरूलाई पूर्वतयारीबिना सार्वजनिक गरिएको थियो । यसले… पुरा पढौ

हुयोन प्रकरणमा प्रधानमन्त्रीका आफन्तको ३० प्रतिशत हिस्सेदारी स्वीकार

न्होम पेन्ह, २३ वैशाख । कम्बोडियामा साइबर ठगी, मनी लन्ड्रिङ र डिजिटल भुक्तानी प्रणालीसँग जोडिएको विवाद चर्किँदै जाँदा प्रधानमन्त्री हुन मानेटका एक भाइ (काकाका छोरा) ले सम्बन्धित कम्पनीमा आफ्नो प्रत्यक्ष हिस्सेदारी रहेको स्वीकार गरेका छन् । बुधबार जारी वक्तव्यमा हुन टोले आफूले हुयोन पे पीएलसीमा ३० प्रतिशत सेयर स्वामित्व राखेको स्पष्ट पार्नुभयो । यसले प्रकरणलाई थप राजनीतिक र आर्थिक चासोको विषय बनाएको छ । अमेरिकी सरकारले गत वर्ष हुयोन समूहमाथि गम्भीर आरोप लगाउँदै उक्त समूह अन्तर्गतका कम्पनीहरूले दक्षिणपूर्व एसियाबाट सञ्चालन… पुरा पढौ

इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु

तेहरान, २३ वैशाख । इरानको राजधानी तेहरानबाट करिब ३० किलोमिटर पश्चिममा अन्डिशे सहरमा अवस्थित अर्गावन कमर्शल कम्प्लेक्स सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै ३६ जना घाइते भएको इरानको आइआरआइबी टेलिभिजनले जनाएको छ । यो भवनमा भवनमा २५० भन्दा बढी व्यापारिक एकाइहरू सञ्चालनमा रहेको जनाइएको छ । इरानी विद्यार्थी सङ्गठन (आइएसएनए) ले एन्डिशे शहरको अग्नि नियन्त्रण विभागका प्रमुख अली पाइदारनलाई उद्धृत गर्दै स्थानीय समय अनुसार वेलुका ४ः४० मा आगलागी भएको रिपोर्ट गरिएको थियो । भवनको अग्रभागमा प्रयोग… पुरा पढौ

चीनमा ‘एआई’ रोबोटको तीव्र विस्तार

बेजिङ, २२ वैशाख । चीनले उच्च जोखिमयुक्त औद्योगिक क्षेत्रमा मानव आकारका कृत्रिम बुद्धिमत्ता (एआई) रोबोटहरूको प्रयोगलाई तीव्र रूपमा विस्तार गरिरहेको छ । यी रोबोटहरू विशेष गरी रसायन भण्डारण ट्याङ्क, ठूला जहाज तथा जटिल औद्योगिक संरचनामा काम गर्न सक्षम छन्, जहाँ मानव श्रमिकका लागि काम अत्यन्त जोखिमपूर्ण हुन्छ । तिनीहरूले वेल्डिङ, सतह निरीक्षण, खिया हटाउने र स्प्रे गर्ने जस्ता कामहरू गरेर मानिसको सट्टा खतरनाक वातावरणमा प्रभावकारी रूपमा काम गर्न थालेका छन् । यी रोबोटहरूको तल्लो भाग चुम्बकीय रूपमा सतहमा टाँसिने पहियादार संरचना… पुरा पढौ

पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

नयाँदिल्ली, २२ वैशाख । भारतको राजनीतिमा नयाँ मोड ल्याउने सङ्केतका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टी (भाजपा) ले पश्चिम बङ्गालको विधानसभामा उल्लेखनीय अग्रता हासिल गर्दै लामो समयदेखिको विपक्षी गढ तोड्ने स्थितिमा पुगेको छ । प्रारम्भिक मत परिणामहरूले राज्यको सत्ता समीकरणमा ठूलो परिवर्तन आउने सम्भावना देखाएका छन् । भारतको निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको आंशिक नतिजाअनुसार २९४ सदस्यीय पश्चिम बङ्गाल विधानसभामा भाजपा कम्तीमा १२४ सिट जित्न सफल भएको छ भने थप ८३ सिटमा अग्रस्थानमा रहेको देखिएको… पुरा पढौ

आर्मेनिया युरोपतर्फ नजिकिँदै, रुससँग दूरी बढ्दै

येरेवान (आर्मेनिया) । दक्षिण काकेशस क्षेत्रको रणनीतिक रूपमा महत्त्वपूर्ण राष्ट्र आर्मेनियाले आफ्नो विदेश नीतिमा ऐतिहासिक मोड लिँदै युरोपेली सङ्घ (इयु) सँग सम्बन्ध गहिरो बनाइरहेको छ । यही सन्दर्भमा आर्मेनियाले मङ्गलबार इयुसँग पहिलो द्विपक्षीय शिखर सम्मेलन आयोजना गर्दै लामो समयदेखिको सहयोगी रुसबाट दूरी बढाउने स्पष्ट सङ्केत दिएको छ । राजधानी येरेवानमा सम्पन्न उक्त शिखर सम्मेलन युरोपेली राजनीतिक समुदायको आठौँ भेला पछि युरोपका दर्जनौँ नेताहरूलाई एउटै मञ्चमा ल्याउँदै सम्पन्न भएको हो । सोमबार भएको छलफलमा युरोपेली सुरक्षा अवस्था र इरानमा अमेरिका–इजरायल युद्धसम्बन्धी… पुरा पढौ

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

मनिला, २१ वैशाख । फिलिपिन्सको प्रसिद्ध तर जोखिमपूर्ण मेयन ज्वालामुखीबाट एक्कासि खसेको बाक्लो खरानीले जनजीवन प्रभावित बनाउँदा ३०० भन्दा बढी परिवार विस्थापित भएका छन् । अधिकारीहरूका अनुसार सप्ताहन्तमा ज्वालामुखीको ढलानमा जम्मा भएको लावा एक्कासि खस्दा ठूलो मात्रामा खरानी फैलियो, जसका कारण आसपासका बस्तीहरू तत्काल खाली गराउनुपरेको थियो । अधिकारीहरूका अनुसार मेयनबाट कुनै ठूलो विस्फोट नभए पनि यसको दक्षिणपश्चिमी ढलानमा जम्मा भएको लावाको विशाल भण्डार अचानक खस्दा पाइरोक्लास्टिक प्रवाह उत्पन्न भएको थियो । फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका निर्देशक टेरेसिटो बाकोलकोलका… पुरा पढौ