अन्तर्राष्ट्रिय 🗺

इजरायली ट्याङ्करमा भएको हमलामा इरानको हात छ : इजरायल

जेरुसेलम, १८ साउन । प्रधानमन्त्री नाफ्ताली बेनेटले ओमानी तटमा रहेको इजरायलद्वारा सञ्चालित तेल ट्याङ्करमा दुई जनाको ज्यान जानेगरी भएको हमलामा इरानको हात रहेको बताएका छन् । उनले इरान इजरायलको शत्रु रहेको आरोप लगाउँदै उक्त घटनामा इरानको हात रहेको प्रमाण आफूहरुसँग रहेको दाबी पनि गरे । उता अमेरिका र बेलायतले पनि इरानको हात रहेको हुनसक्ने वक्तव्य दिएका छन् । बेलायत र अमेरिकाले इरानको हात रहेको आफूहरूलाई पनि विश्वास लागेको बताएका थिए । अमेरिका र बेलायतले यस घटना अन्तर्राष्ट्रिय कानूनकोविपरीत रहेको पनि बताएका… पुरा पढौ

म्यानमार दुई वर्षमा नयाँ निर्वाचन गर्ने सैनिक नेता मिनद्वारा घोषणा

याङ्गुन, १७ साउन । म्यानमारको सैन्य समूहका प्रमुख नेता सन् २०२३ को अगस्टसम्ममा आपतकालीन अवस्था हटाई संसदीय निर्बाचन गर्ने घोषणा आइतबार गरेका छन् । यो घाषणासँगै सैनिक नेतृत्वले छ महिनाअघि आङ सान सुकीलाई पदबाट हटाउँदा सार्बजनिक गरेको निर्बाचनको प्रारम्भिक समयसीमा विस्तार गरेको हो । उक्त समय सेनाले छ महिनाभित्र निर्वाचन गर्ने बताएको थियो । एक टेलिभिजन च्यानलमार्फत् जुन्ता नेता मिन आङ हलिङले भने, “हामीले अगस्त २०२३ सम्ममा आकस्मिक अवस्थाका प्रावधानहरू पूरा गर्नेछौं । उक्त समयसम्म निष्पक्ष निर्वाचन गरी निर्वाचित प्रतिनिधिलाई… पुरा पढौ

अफगानिस्तानमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो

नुरिस्तान, अफगानिस्तान, १७ साउन । अफगानिस्तानको कमदिश जिल्लामा गत हप्ता भएको व्यापक बर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ११३ पुगेको टोलो समाचार संस्थाले जानकारी गराएको छ । अझै दर्जनौँ व्यक्ति हराइरहेका र अन्य ७० जना घाइते भएको जनाइएको छ । “नुरिस्तान प्रान्तको कमदिश जिल्लामा भारी वर्षाका कारण बुधबार बाढीमा परी वेपत्ता व्यक्तिमध्ये केही अझै हराइरहेका छन् । बाढीका कारण जिल्लाको करिब १२ किलोमिटर सडक भत्केकोे छ, १७३ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्,” प्राकृतिक प्रकोप व्यवस्थापन राज्यमन्त्री गुलाम… पुरा पढौ

अर्थतन्त्र र आणविक सम्झौता नवनिर्बाचित इरानी राष्ट्रपतिको एजेन्डा

तेहरान, १७ साउन । इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै राष्ट्रपतिमा निर्वाचित एब्राहिम रायसीले यसै हप्ता इस्लामिक गणतन्त्रको नयाँ राष्ट्रपतिका रुपमा सपथ खाँदै छन् । गहिरो अमेरिकी प्रतिबन्धको सामना गरिरहेको र आर्थिक सङ्कटमा परेको इरानका लागि आगामी दिन चुनौतिपूर्ण रहेको छ । इरानका लागि ऐतिहासिक उपलब्धि मानिएको इरान र छ विश्वशक्ति राष्ट्रहरूबीच २०१५ को आणविक सम्झौता गरेका मध्यमार्गी राष्ट्रपति हसन रौहानीलाई बिस्थापित गर्दै राष्ट्रपतिमा निर्वाचित ६० वर्षीय रायसीले अमेरिकाले एकतर्फी रुपमा फिर्ता लिएको सम्झौता लाई पुनर्जीवन दिने उद्देश्यले हाल जारी आणविक वार्ताको… पुरा पढौ

दक्षिण कोरियाको निर्यात जुलाईमा ५५ अर्ब ४४ करोड डलर

सियोल, १७ साउन । कोभिड–१९ महामारीका कारण विश्वभर कमजोर बनेको अर्थतन्त्रका कारण प्रभाबित बनेको दक्षिण कोरियाली निर्यात दरमा जुलाईमा पुनः सुधार देखिएको सरकारी तथ्याङ्कले देखाएको छ । खोपका कारण कोभिड–१९ सङ्क्रमण दरमा कमी आएपछि वस्तुका लागि विश्वव्यापी मागमा पनि सुधार देखिएको छ । दक्षिण कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयका अनुसार कोरियाको समग्र सामानको निर्यात दरमा वृद्धि भई अघिल्लो बर्षभन्दा २९.६ प्रतिशतले बढेर जुलाईमा ५५.४४ अरब अमेरिकी डलर कायम भएको छ । सन् १९५६ मा तथ्याङ्क सङ्कलन हुन थालेदेखि यता… पुरा पढौ

भारतमा थप ४१ हजार ६४९ नयाँ संक्रमित

काठमाडौं, १६ साउन । भारतमा थप ४१ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४१ हजार ६ सय ४९ जना नयाँ सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले ४ लाख ८ हजार ९ सय २० जना सङ्क्रमित अवस्थामै रहेका जनाएको छ । सङ्क्रमित अवस्थामै रहेकाको यो सङ्ख्या कूल सङ्क्रमितहरुको सङ्ख्याको १.२९ प्रतिशत मात्रै भएको पनि मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् । भारतमा कोरोना शुरु भएदेखि… पुरा पढौ

राष्ट्रसङ्घीय महासचिवद्वारा अफगानिस्तानमा भएको हमलाको निन्दा

संयुक्त राष्ट्रसङ्घ, १६ साउन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको हेरातमा भएको हमलाको निन्दा गरेका छन् । हालै अफगानिस्तानको हेरातमा संयुक्त राष्ट्रसङ्घीय कर्मचारीमाथि भएको हमलाको कडा शब्दमा निन्दा गर्नुका साथै सो हमलामा परी ज्यान गुमाउने सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । हमलामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। संयुक्त राष्ट्रसङ्घको कार्यालय र यसका कर्मचारीप्रतिको आक्रमण अन्तरराष्ट्रिय कानूनबमोजिम पनि निषेधित रहेको भन्दै यस्ता कार्यमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताए । उनका सहायक प्रवक्ता फराह हकले प्रकाशन गरेको… पुरा पढौ

आइएसद्वारा मलामी गएका व्यक्तिलाई आक्रमण गरी आठको हत्या

बग्दाद, १६ साउन । इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रममण गरेका छन् । ती इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रबार राति उनीहरुले सो आक्रमण गरेका थिए । त्यस क्रममा आइएसले कम्तीमा आठ जनाको हत्या गरेको बताइएको छ । सो आक्रमणमा परेर अरु १० जना नराम्ररी घाइते भएका छन् । बम लागेर घाइते भएका उनीहरुलाई नजिकैको अस्पताल पु¥याइएको छ । उक्त नगरको अल्बु जिल्ली भन्ने स्थानमा आइएसले यसअघि पनि आक्रमण गरी कैयौँ गाउँलेको… पुरा पढौ

श्रीलङ्कामा कोभिड-१९ सङ्क्रमण दरमा बृद्धि भए पनि घरबाटै काम गर्ने विकल्पको अन्त्य

कोलम्बो, १५ साउन  । श्रीलङ्काले निजामती कर्मचारीहरूका लागि घरबाट नै काम गर्न सक्ने विकल्प अन्त्य भएको शुक्रबार जानकारी गराएको छ । कोरोनाभाइरस सङ्क्रमणको बृद्धि भइरहेको भएपनि सरकारले सोमबारदेखि सबै १२ लाख कर्मचारीलाई कार्यालयमा हाँजिर भई सेवा प्रबाह गर्न आदेश दिएको हो । सरकारीका बरिष्ठ अधिकारी जयसुन्देराले भने, “श्रीलङ्काका बहुमत जनसङ्ख्यालाई खोप लगाइसकिएकोले घरबाट काम गर्ने विकल्पको अब आवश्यकता छैन ।” श्रीलङ्कामा जुलाईको सुरूमा रहेको कोभिड–१९ सङ्क्रमण दरको तुलनामा अहिलेको सङ्क्रमण दर दोब्बर भए पनि यो कदम चालिएको हो । यहाँ… पुरा पढौ

सुरक्षा कारबाहीको क्रममा कम्तीमा १०० लडाकू मारिए

काबुल, १५ साउन । अफगानिस्तानको विभिन्न प्रान्तमा तालिबान लडाकूहरुका विरुद्ध गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा एक सय तालिबान लडाकू मारिएका छन् । घटनामा परी अरु ९० जना घाइते भएको समेत सुरक्षा स्रोतले शुक्रबार जानकारी दिएको छ । अफगानको सुरक्षा बलले यहाँको पश्चिमी प्रान्त हेरातमा गरेको कारबाहीमा ५२ जना तालिबान लडाकू मारिएको जनाएको छ । साथै अन्य ४७ जना घाइते भएका छन् । हेरात कै घोर्यान जिल्लामा १३ लडाकू मारिएका छन् भने अन्य २२ जना घाइते भएका छन् । घटनास्थलबाट सुरक्षाकर्मीले… पुरा पढौ