अन्तर्राष्ट्रिय 🗺

भारतमा कोभिड-१९ को संक्रमण दर घट्ने क्रम जारी

नयाँ दिल्ली, १७ जेठ । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८० लाख ४७ हजार ५३४ व्यक्ति कोरोना संक्रमित भएका छन् । भारतमा हिजो कोरोना संक्रमितको संख्या गत ५० यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । तर भारतमा दैनिक मृत्यु दरमा सोचेजति कमी… पुरा पढौ

चीनको उत्पादन क्षेत्र निरन्तर सुधारतर्फ

बेइजिङ, १७ जेठ । कोरोनाभाइरस महामारीको सङ्कटलाई समयमै सम्बोधन गरेको चीनको उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रमा मे महिनामा सामान्य सुधार आएको एक सर्भेले देखाएको छ । औद्योगिक समूह र राष्ट्रिय तथ्याँक निकायले तयार पारेको मासिक पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पिएमआई) मा चीनको औद्योगिक उत्पादन ५१ विन्दुमा रहेको छ । ५० विन्दुभन्दा माथिको गतिविधिले औद्योगिक उत्पादन वृद्धि भइरहेको सङ्केत गर्दछ । गत अप्रिलमा यो ५१.१ विन्दुमा थियो । चिनियाँ लजिस्टिक एन्ड पर्चेजिङ महासंघ र राष्ट्रिय तथ्याँक ब्यूरोका अनुसार उत्पादन र आयात बढेको छ भने… पुरा पढौ

१० देशको निष्कर्ष : २०२५ सम्ममा विश्वको तापक्रमले नयाँ रेकर्ड बनाउने

काठमाडौं, १७ जेठ । अबको पाँच वर्षमा विश्वको तापक्रम बढेर नयाँ स्तरमा पुग्ने अनुसन्धानले देखाएको छ। विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)ले प्रकाशित गरेको अध्ययनले सन् २०२५ सम्म विश्वको तापक्रम बढेर नयाँ स्तरमा पुग्ने देखाएको हो। अध्ययन अनुसार २०२५ सम्म कुनै एक वर्ष औद्योगिक कालबाट १ दशमलव ५ डिग्रीसम्म तापक्रम बढ्न सक्नेछ। यो तापमान जलवायु परिवर्तनमा पेरिस सम्झौतामा निर्धारित दुई तापमान सीमाभन्दा कम हो। बेलायतको मौसम विभागबाहेक अमेरिका र चीनसहित दश देशका अनुसन्धानकर्ता अध्ययनमा सहभागी थिए। अनुसन्धानकर्ताका अनुसार जमिनमा तापमान बढेर… पुरा पढौ

‘भियतनामी भेरिएन्ट हावाबाट पनि सर्न सक्ने’

हनोई, १७ जेठ । भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको भियतनामी भीएन एक्सप्रेस नामक समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत गरी आइतबार समाचार सम्प्रेषण गरेको छ । भियतनाममा विकसित भएको नयाँ प्रकारको कोरोना भाइरस बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको दावी गरिएको छ । यो नयाँ प्रजातिको भाइरस हावाबाट छिट्टै सर्नसक्ने अझ खतरनाक भाइरस भएको भियतनामी स्वास्थ्य अधिकारीले बताएका छन् । भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले यो भाइरस हावाबाट निकै छिटो सर्नसक्ने खालको रहेको बताए । नयाँ भेरिएन्टको जेनेटिक कोड भने… पुरा पढौ

जापानमा १२ देखि १५ बर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति

टोकियो, १६ जेठ । जापानमा फाइजरको कोरोनाभाइरस विरुद्धको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो । फाइजरको खोप प्रयोगका लागि यो उमेर समूहलाई अहिले थप गरिएको हो । १६ बर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई भने यसअघि देखि नै यो खोप उपयोग हुँदै आएको थियो । मन्त्रालयले आगामी सोमबार सो समूहका लागि फाइजार खोप निःशुल्क उपलब्ध गराउने निर्णय सरकारले गर्ने अपेक्षा… पुरा पढौ

अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको कार्गो रकेट प्रक्षेपण

बेइजिङ, १६ जेठ चीनले अन्तरिक्षमा निर्माण गरिरहेको नयाँ अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको एउटा कार्गो रकेट दक्षिण चीन सागरस्थित द्वीपबाट प्रक्षेपण गरेको छ । लङ मार्च ७ नामको रकेटले स्वचालित टियानझाउ–२ अन्तरिक्ष यानलाई लिएर अन्तरिक्ष प्रस्थान गरेको छ । हैनान द्वीपको वेनचाङ प्रक्षेपण केन्द्रबाट उक्त रकेट शनिबार राति ८.५५ बजे उडाइएको चिनियाँ अन्तरिक्ष केन्द्रले जनाएको छ । रकेट प्रक्षेपण गरिएको १० मिनटभित्रै सफलतापूर्वक अन्तरिक्ष कक्षमा प्रवेश गरेको थियो । चिनियाँ सरकारी समाचार संस्थाहरुका अनुसार टियानझाउ–२ मा इन्धन र सामान राखिएको… पुरा पढौ

दिल्लीमा २४ घण्टाभित्र कोभिड–१९ सङ्क्रमितको मृत्यु सङ्ख्या १०० भन्दा कम

नयाँ दिल्ली, १६ जेठ । भारतको राजधानीसमेत रहेको दिल्ली राज्यमा एक दिनमा मृत्यु हुनेको सङ्ख्या अप्रिल १३ पछि पहिलो पटक १०० भन्दा कम रेकर्ड भएको राज्य सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा बताइएको छ । यो अवधिमा दिल्लीमा ९४६ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका छन् भने ७८ सङ्क्रमितको मृत्यु भएको छ । भारतको राष्ट्रिय राजधानी नयाँ दिल्ली र आसपासका क्षेत्रमा समग्र भारतमा जस्तै सङ्क्रमण दरमा निकै कमी आएको बताइएको छ । दिल्लीमा आइतबार निको हुनेको सङ्ख्या एक हजार ८०३ कायम भएको छ । दिल्लीमा… पुरा पढौ

भियतनाममा कोरोनाको मिश्रित नयाँ भेरियन्ट भेटियो : हावाबाट फैलिने

भियतनाममा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट पत्ता लागेको छ । भियतनाममा अहिले भेटिएको नयाँ भेरियन्ट भारत र बेलायतमा भेटिएको भेरियन्टको संयोजन रहेको र तीव्र गतिमा फैलिने देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भियतनामका स्वास्थ्यमन्त्री गुयन थानले पत्ता लागेको नयाँ भेरियन्ट निकै खतरनाक भएको बताएका छन् । उनका अनुसार नयाँ भेरियन्टमा बेलायत र भारतमा भेटिएको भेरियन्टको विशेषता मिश्रित छ । यो भेरियन्ट विशेषगरी हावामा तीव्र गतिमा फैलिरहेको पाइएको उनको भनाइ छ । उनले भाइरसको जेनेटिक कोड छिट्टै सार्वजनिक गर्ने पनि… पुरा पढौ

बेलायत र अमेरिकासहित ११ देशमा साउदीले लगाएको यात्रा प्रतिबन्ध हट्यो

साउदी अरबले बेलायत र अमेरिकासहित ११ देशमा लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । साउदीले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलन नदिन २० देशमा यात्रा प्रतिबन्ध लगाएको थियो । त्यसमध्ये युएई, जर्मनी, अमेरिका, आयरल्याण्ड, इटली, पोर्चुगल, बेलायत, स्वीडेन, स्वीटजरल्याण्ड, फ्रान्स र जापानसहित ११ देशमा लगाएको प्रतिबन्ध हटाएको साउदीको गृह मन्त्रालयले जनाएको छ । कोरोना महामारीको स्थिती हेरेर यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको साउदीले उल्लेख गरेको छ । यात्रा प्रतिबन्ध फुकुवाको निर्णय आइतबारदेखि नै लागु भएको छ । पुरा पढौ

बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत, सामाजिक खर्च र व्यवसायमा उच्च कर वृद्धि

वाशिङ्गटन, १५ जेठ । राष्ट्रपति जो बाइड्नले आगामी आर्थिक बर्षको ६० खर्ब अमेरिकी डलरको बजेट प्रस्ताव गर्नुभएको छ । बजेटमा गरिब र मध्यम वर्गका लागि नयाँ सुरक्षा कार्यक्रमहरू ल्याइएको छ । बजेटमा सम्पन्न अमेरिकी कम्पनी तथा व्यवसायीले तिनुपर्ने करको दायरामा निकै वृद्धि गरिएको छ । कोभिड–१९ महामारीले आक्रान्त बनेको अमेरिकालाई आफ्नो नेतृत्वमा घोषणा गरेको राहत कार्यक्रमले महामारीलाई नियन्त्रण गर्न सहयोग पु¥याएको कारण बाइडेनले सत्ता सम्हालेको केही समयमै जनस्तरबाट बृहत् प्रशंसा पाएका थिए । बजेट ‘अमेरिकी नागरिकमा सिधै लगानी गरिने र… पुरा पढौ