अन्तर्राष्ट्रिय 🗺

दक्षिणी पेरूमा बस दुर्घटनामा परी कम्तिमा २७ ब्यक्तिको मृत्यु

लिमा, पेरू, ५ असार । दक्षिण अमेरिकी मुलुक पेरूको अयाकुचोमा शुक्रवार एउटा बस दुर्घटना हुँदा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएका छन् । प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको प्रारम्भिक जानकारी अनुसार स्थानीय समय बिहान ३ः०० अयाकुचो क्षेत्रबाट अरेक्वीपातर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकदेखि करिब २५० मिटर तल खोलामा खसेको थियो । राजधानी लिमाबाट ६०० किलोमिटर दक्षिणपूर्वमा अवस्थित दुर्घटना स्थलको प्रारम्भिक रिपोर्ट अनुसार वारी पालोमिनो कम्पनी बसमा अधिकांश खानीमा काम गर्ने श्रमिक र उनीहरूका… पुरा पढौ

भारतमा एकैदिनमा ६० हजार सङ्क्रमित, दैनिक सङ्क्रमितको सङ्ख्या घट्दो

नयाँ दिल्ली, ५ असार  । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुदै आएको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा निरन्तर कमी हँुदै आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार ७५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । पछिल्ला तथ्याङ्कलाई हेर्दा दैनिक सङ्क्रमितको सङ्ख्यामा २.९८ प्रतिशतको दरले कमी हुदै आएको मन्त्रालयले शनिबार जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा एक हजार ६४७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको देखिएको… पुरा पढौ

आईएमएफद्वारा अन्तर्राष्ट्रिय कार्बन मूल्य सीमा स्थापना गर्ने प्रस्ताव

वाशिङ्टन, ५ असार । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्वव्यापी उष्णता (ग्लोबल वार्मिंग) लाई कम गर्न र यस दशकमा कार्बनको बृद्धि न्यून विन्दूमा पुर्याउन सहयोग गर्न अन्तर्राष्ट्रिय कार्बन मूल्य सीमा स्थापना गर्ने प्रस्ताव गरेको छ । “कार्बनमा बिस्तारै बढ्दो मूल्यले नयाँ र नवीकरणीय उर्जा, स्वच्छ गतिशीलता, र कार्बन प्रबिधिको प्रयोगलाई न्यून बनाउन प्रोत्साहित गर्नेछ,” आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जियावाले ब्रुकिंग्स इन्स्टिच्युसनद्वारा आयोजना गरेको एक कार्यक्रममा बताइन । “विश्वब्यापी तापक्रमलाई १.५ प्रतिशतदेखि दुई प्रतिशतसम्म सीमित गर्न सन् २०३० सम्ममा उत्सर्जनलाई एक… पुरा पढौ

काबुलस्थित अमेरिकी दूतावासमा कोभिड-१९ बाट ११४ सङ्क्रमित, एकको मृत्यु

काबुल, ४ असार । अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासमा अत्यधिक व्यक्तिमा कोभिड–१९ सङ्क्रमणपछि दूताबास क्षेत्रलाई लकडाउन गरिएको छ । दूताबासका एक कर्मचारीको मृत्यु भएको र ११४ कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको युएसए टुडेले दूताबास अधिकारीलाई उद्धृत गरी जानकारी गराएको छ । धेरै कर्मचारी सङ्क्रमित भएपछि अमेरिकी अधिकारीहरुले अस्थायी कार्यस्थल बनाई प्रशासनिक कामलाई निरन्तरता दिइएको बताइएको छ । दूतावासको स्वास्थ्य एकाईका कर्मचारी शेन पियर्सद्वारा जारी सूचनामाभनिएको छ, “कोभिड–१९ को सङ्क्रमण काबुलस्थित अमेरिकी नियोगमा समेत देखिएको छ । शुक्रबारसम्म दूताबासका ११४ जना सङ्क्रमित… पुरा पढौ

सङ्क्रमित बढेपछि अफगानिस्तानको राजधानी काबुलमा कोरोना अस्पताल स्थापना

काबुल, ४ असार । अफगानिस्तानमा कोरोना भाइरसका सङ्क्रमितहरु बढेको पाइएको छ । यहाँ सङ्क्रमित बढेपछि राजधानी काबुलमा कोरोना अस्पताल स्थापना गरिएको बताइएको छ । अफगानिस्तानको जन स्वास्थ्य सम्बन्धी मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएका छन् । यसै कारणले गर्दा अफगानिस्तानको राजधानी काबुलमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल खुलेको छ ।सो कुराको जानकारी अफगानिस्तानको जन स्वास्थ्य सम्बन्धी मन्त्रालयले शुक्रबार दिएको हो । यसअघि पनि काबुलमा कोरोना भाइरसको मात्र उपचार गर्ने तीन वटा अस्पताल रहेकोमा यो समेत गरी यहाँ… पुरा पढौ

चीनमा ९७ करोडलाई कोभिड-१९ विरुद्धको खोप लगाइयो

बेइजिङ, ४ असार । चीनमा हालसम्म ९६ करोड ६७ लाखभन्दा बढी व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा खोप अभियानलाई तिब्र बनाइएको जनाएको छ । मुख्य शहरी र गाउँहरुमा पनि खोप सुविधा विस्तार गरिएको आयोगको भनाई छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको जनसंख्याको करिब २१ प्रतिशतलाई खोप दिइएको छ । अर्थात् विश्वभर २ अर्ब ५० करोड डोज खोप लगाइएको छ, र हरेक दिन तीन करोड ३९ लाखले खोप लगाइरहेका छन् । तर न्यून आय भएका… पुरा पढौ

फेसबुकमा नयाँ विषेशता थप्ने तयारी

वासिङ्टन, ४ असार । विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ । अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जानकारी दिएका छन् । फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको छ । कम्पनीका अधिकारीहरुका अनुसार अप्रिलमा नै नयाँ विषेशताका बारेमा परीक्षण गरिएको थियो । परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले पुरै तयारीका साथ जोड्न थालिएको हो । पोडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुक कम्पनीले जनाएको… पुरा पढौ

अङ्गोलामा प्रविधि केन्द्र निर्माणमा हुवावेले छ करोड डलर खर्चिने

लुआन्डा, ३ असार । चीनको प्रविधि क्षेत्रको कम्पनी हुवावेले अफ्रिकी मुलुक अङ्गोलामा दुई वटा प्रविधि तालिम केन्द्रहरु निर्माणका लागि छ करोड डलर लगानी गरेको छ । हुवावे अङ्गोलाका प्रतिनिधि चु सियाओसिनले राष्ट्रपति जोआओ लोरेन्कोसँगको भेटमा उक्त जानकारी दिए । ती केन्द्रमा करिब दुई हजार युवाले दूरसञ्चार र सूचना प्रविधिका क्षेत्रमा नयाँ ज्ञान प्राप्त गर्न सक्ने हुवावेले जनाएको छ । हुवावेका प्रतिनिधि चुले पछिल्लो परियोजनाले अङ्गोलामा डिजिटल अर्थतन्त्रको विकासमा योगदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । अफ्रिकी महादेशका धेरै देशमा चीनले… पुरा पढौ

अन्तरिक्ष केन्द्र निर्माणमा चीनको फड्को, तीन अन्तरिक्ष यात्री लिएर उड्यो शेन्झाउ-१२

जिक्वान, चीन, ३ असार । चीनले बिहीबार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्री सहितको शेन्झाउ–१२ रकेट प्रक्षेपण गरेको छ । तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम गर्नेछन् । उनीहरु अन्तरिक्ष केन्द्रमा तीन महिना बस्नेछन् । हाल संयुक्तराज्य अमेरिका र रुससँग मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र छन् जहाँ पृथ्वीबाट पठाइएका अन्तरिक्ष यात्रीहरु महिनौं बसेर अध्ययन र अनुसन्धानका कार्यहरु गर्ने गर्दछन् । हुनत, चीनले यसअघि पनि अन्तरिक्षमा मानव पठाइसकेको छ । यो चीनको सातौं मानव… पुरा पढौ

अफगानिस्तानमा स्वास्थ्य सहायताकर्मीको हत्याको संयुक्त राष्ट्रसंघद्धारा निन्दा

संयुक्त राष्ट्रसंघ, २ असार । संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले अफगानिस्तानमा भएको स्वास्थ्य सहायताकर्मीको हत्याको निन्दा गरेका छन् । अफगानिस्तानको नानगाहार प्रान्तमा पाँचजना स्वास्थ्यकर्मीको हत्या भएको थियो । साथै अरु केही स्वास्थ्य सहायताकर्मीलाई घाइते बनाइएको थियो । नानगाहार प्रान्तमा संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीहरुले पोलियो थोपा खुवाउने कार्यक्रममा सहभागी भएका थिए । सोही क्रममा तालिबान लडाकूहरुले उनीहरुको हत्या गरेका बताइएको छ । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका प्रतिनिधि रामिज अलखारबले सो हत्याको निन्दा गरेका हुन । उनले नागरिकलाई स्वास्थ्य सहयोग गरिरहेका सहयताकर्मीहरुको हत्या… पुरा पढौ