अन्तर्राष्ट्रिय 🗺

चीनमा सन् २०२१ को अन्त्यसम्म ७० प्रतिशतलाई खोप

बेइजिङ, २४ जेठ । चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । आयोगका प्रमुख झेङ यीक्सिनले सिन्ह्वालाई दिएको अन्तर्वार्तामा समुदायस्तरमा कोभिड–१९ का केही संक्रमणका घटना देखिएको बताउँदै त्यसले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा थप सचेतता अपनाउन आवश्यक रहेको सङ्केत गरेको छ भने । खोप कार्यक्रमका बारेमा आमजनतालाई हिच्किचाहट नराख्न आह्वान गर्दै प्रमुख झेङले “खोपको ग्रेट वाल” निर्माण गर्न जनता र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको बताए… पुरा पढौ

पाकिस्तानमा दुईवटा रेल जुधे, कम्तीमा ३० जनाको मृत्यु

मुल्तान, २४ जेठ । पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्मी एवं स्थानीय गाउँबासीले रेलका डब्बामा च्यापिएका घाइते एवं मृतकका शव बाहिर निकालेका छन् । मिल्लात एक्सप्रेस रेलका डब्बाभित्र अझै पनि १५ देखि २० जना यात्रु फसेका बताइएको छ । सिन्ध प्रान्तको घोट्की जिल्लाका प्रहरी प्रमुख उमर टुफैलले डब्बाभित्र थुनिएका व्यक्तिहरु उद्धारका लागि चिच्याएको सुनिएको बताउँदै ठूला मेसिनको सहायताले भग्नावशेष पन्छाउने प्रयास भइरहेको… पुरा पढौ

नाइजेरियाका बन्दुकधारीद्धारा ११ जना गाउँलेको हत्या

२४ जेठ । नाइजेरियाको एक गाउँमा मोटर साइकलमा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध हमला गरेर ११ जना गाउँलेको हत्या गरेका छन् । शनिबार राति ती अज्ञात बन्दुकधारीहरु मोटरसाइकल चढेर आएका थिए । उनीहरुले एक गाउँमा प्रवेश गरेर गोली चलाउन थालेका थिए । नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा पर्ने ओयो राज्यको एक गाउँमा उनीहरुले सर्वसाधारण माथि गरेको गोली प्रहारबाट ११ जना गाउँलेको ज्यान गएको ओयो राज्यको प्रहरीले जानकारी दिएको छ । ओयो राज्यको प्रहरीले सो गाउँमा उनीहरुले रातिको समयमा पुगेर गाउँलेको हत्या गर्नुको साथै त्यहाँका… पुरा पढौ

पाकिस्तानमा दुई वटा रेल ठोक्कियो : कम्तिमा ३० को मृत्यु

पाकिस्तानमा दुई वटा रेल ठोक्किँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ। दक्षिणी पाकिस्तानको सिन्ध प्रान्तमा दुई वटा रेल ठोक्किँदा कम्तिमा ३० जनाको मृत्यु भएको हो। ५० भन्दा धेरै घाइते भएका छन् । एउटा रेल लिकबाट बाहिर निस्किएपछि अर्को रेलसँग ठोक्किएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। अहिले उद्धारको काम चलिरहेको छ। घटनापछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ट्वीट गर्दै तत्काल उद्धारको काममा लाग्न निर्देशन दिएका छन् । https://twitter.com/ImranKhanPTI/status/1401754056226480128 पुरा पढौ

बोको हरामका नेताको मृत्यु भएको विपक्षीको घोषणा

बोको हरामका नेता अबुबकार सेकाउको मृत्यु भएको विपक्षीले घोषणा गरेको छ । सेकाउले आफ्नो ज्यान आफैँ लिएको विपक्षी लडाकू समूहले दाबी गरेको छ । एउटा अडिओ रेकर्डिङ सार्वजनिक गरेर दुईवटा समूहबीचको लडाईपछि सेकाउले आफैँलाई विस्फोट गराएको इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी)ले जनाएको छ । सेकाउ अघिल्लो महिना पनि मारिएका खबर सार्वजनिक भएको थियो । त्यसअघि पनि उनको मृत्यु भएको समाचारहरूमा जनाइएको थियो। बोको हराम वा नाइजिरियाको सरकार कसैले पनि उनको मृत्युलाई पुष्टि गरेका छैनन् । पुरा पढौ

टीका पौडेल युलेस सिटी काउन्सिल मेम्बरमा विजयी

काठमाडौं, २३ जेठ । अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी भएका छन्। सम्पन्न मतगणनामा प्रतिद्वन्द्वी एरिक बन्सलाई हराउँदै पौडेल २ वर्षका लागि सिटीको मेम्बर निर्वाचित भएका हुन्। चितवनका बासिन्दा पौडेलले आफ्नो विजयले सबै नेपालीको जीत भएको बताए। नेपालमा रहँदा पौडेल प्राध्यापन पेशामा संलग्न थिए । गत मे १ मा पहिलो चरणको निर्वाचन भएको थियो । यो निर्वाचनमा कुनै पनि उम्मेदवारले विजय हुनका लागि आवश्यक ५० प्रतिशत मत पाउन नसकेपछि पहिलो चरणमा बढी मत ल्याउने… पुरा पढौ

बन्दुकधारीहरुको आक्रमणबाट ८८ जनाको मृत्यु

लेगोस, २३ जेठ । बन्दुकधारीहरुको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको घटनामा परी अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् । डाको–वासागु क्षेत्रमा विभिन्न आठ समुदायका उच्छृङ्खल समूहहरुबीच भिडन्त भएको प्रहरीको भनाई छ । घटनास्थलबाट प्रहरीले सुरुमा ६६ ओटा शव निकालेको बताएको थियो । तर पछि ८८ शव निकालिएको स्थानीय प्रहरी प्रवक्ता नाफिउ अबुबाकरले जानकारी दिए। थप घटना हुन नदिनका लागि सुरक्षा फौजले सुरक्षा सतर्कता बढाएको छ… पुरा पढौ

भारतमा दुई महिनायताकै सबैभन्दा कम दैनिक कोभिड-१९ संक्रमण

नयाँ दिल्ली, २३ जेठ । भारतमा विगत २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट एक लाख १४ हजार व्यक्ति संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कोभिड–१९ को दोस्रो लहरको मध्यमा दैनिक चार लाखभन्दा बढी संक्रमित भेटिएकामा पछिल्लो संख्या विगत दुई महिनायताकै सबैभन्दा कम दैनिक संक्रमण हो । भारतमा यो सहित कूल दुई करोड ८८ लाख व्यक्ति कोभिड संक्रमित भएका छन् जसमध्ये दुई करोड ७० लाख संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को दोस्रो लहरबाट सर्वाधिक असर परेको भारतमा… पुरा पढौ

बुर्किना फासोमा बन्दुकधारीको आक्रमण : १३२ जनाको मृत्यु

बुर्किना फासोमा बन्दुकधारीको आक्रमणबाट १३२ जनाको ज्यान गएको छ । उत्तरी बुर्किनाफासोको एक गाउँमा बन्दुकधारीले आक्रमण गर्दा १३२ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यो आक्रमण केही वर्ष यताकै खराब भएको त्यहाँको सरकारले बताएको छ । गएराति बन्दुकधारीले याघा प्रान्तको साहेल इलाकाको सोलान गाउँमा आक्रमण गरेको हो । उनीहरुले घर र स्थानीय बजारमा आगो लगाएका खबरमा उल्लेख छ । अहिलेसम्म घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन । बुरकिना फासोका राष्ट्रपतिले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्… पुरा पढौ

बेलायतमा दुई महिनापछि सबैभन्दा धेरै सङ्क्रमित भेटिए

लन्डन, २२ जेठ । बेलायतमा दुई महिना यता सबैभन्दा धेरै कोरोनाका सङ्क्रमित भेटिएका छन् । यहाँको सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकमा यहाँ शुक्रबार दुई महिना यताकै धेरै सङ्क्रमित भेटिएका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शुक्रबार यहाँ ६ हजार २३८ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा करिब दुई महिना यताकै धेरै हो । यहाँ अहिलेसम्ममा देशभरिमा कोरोनाका ४५ लाखभन्दा बढी सङ्क्रमित भेटिएका पाइएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा १ लाख २७ हजार जनाको ज्यान… पुरा पढौ