अन्तर्राष्ट्रिय 🗺

भियतनामले सिनोफार्मको खोपलाई अनुमति दियो

हनोई, २१ जेठ । भियतनामको स्वास्थ्य मन्त्रालयले चीनको औषधि निर्माता सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ को खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । भियतनामका उप स्वास्थ्य मन्त्री ट्रुओङ क्वोक कुओङले सिनोफार्मको खोपलाई बिहीबार स्वीकृति गरेका हुन । भियतनामले यसअघि अस्ट्राजेनिका र स्पुतनिक भी खोपलाई अनुमति दिइसकेको छ । गत अप्रिल महिनाको अन्त्यदेखि भियतनाममा कोभिड–१९ को संक्रमण बढी देखिएको छ । शुक्रबारसम्म भियतनाममा गत अप्रिल २७ यता करिब पाँच हजार व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ । यो सहित भियतनाममा… पुरा पढौ

भारतमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या घट्दो

नयाँ दिल्ली, २१ जेठ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा कमी आउन थालेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अघिल्लो दिनभन्दा एक हजार ७९० जना कम सङ्क्रमित थपिएका छन् । भारतमा अघिल्लो दिन एक लाख ३४ हजार १५४ जना सङ्क्रमित थपिएकोमा भोलिपल्ट अर्थात् पछिल्लो २४ घण्टामा एक लाख ३२ हजार ३६४ जना नयाँ सङ्क्रमित थपिएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल दुई करोड ८४ लाख ४१ हजार ९८६ जना… पुरा पढौ

चीनको गान्सुमा रेल दुर्घटना, ९ जनाको मृत्यु

लान्झाउ, २१ जेठ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा शुक्रबार रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । चिनियाँ रेलवे लान्झाउ ब्युरोका अनुसार लान्झाउ–सिनजियाङ रेल्वेको जिन्चाङ खण्डमा शुक्रबार बिहान ५.२५ बजे रेल दुर्घटना भएको हो । प्रहरी र स्थानीय मानिसले रेल दुर्घटनाका मृतक एवं घाइतेहरुको उद्धार गरेका थिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । फ्रान्स–चीन ढुवानी रेल सेवा शुरु यसैबीच, चीन र युरोपबीच फ्राइट (सामान ढुवानी)का लागि नयाँ रेल सेवा शुरु भएको छ । यो… पुरा पढौ

अफगानिस्तानमा तालिबानका एक कमाण्डरसहित १८ जना तालिबान मारिए

सिबरघान, अफगानिस्तान, २० जेठ । अफगानिास्तानको उत्तरी जाबिजान प्रान्तको आगचे जिल्लामा अफगान प्रहरीले गरेको तालिबानविरुद्धको कारबाहीको क्रममा कम्तीमा पनि १८ जना तालिबान आतङ्ककारी मारिएका छन् । अफगान सैनिक अधिकारीले बिहीबार दिएको जानकारीअनुसार सो प्रान्तमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा आतंककारीका विरुद्धमा हवाइ कारबाही गरेको थियो । त्यस कारबाहीमा परी १८ जना तालिबानको ज्यान गएको बताइएको छ । त्यस आक्रमणमा परी एकजना तालिबानका कमाण्डर पनि मारिएका छन् । मोहमद कुरी रजिम नामका ती तालिबानका कमाण्डर सो क्षेत्रका प्रभावशाली व्यक्ति रहेका बताइएको… पुरा पढौ

इजरायलको राष्ट्रपतिमा आइज्याक हर्जोग निर्वाचित

जेरुसेलम, २० जेठ । इजरायलको राष्ट्रपतिमा वरिष्ट राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित भएका छन् । देशको एघारौं राष्ट्रपतिका रुपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गरे । इजरायलमा हाल रुभेन रिभलिन राष्ट्रपति छन् । उनको कार्यकाल अर्को महिना समाप्त हुँदैछ । आलङ्कारिक मानिने इजरायलको राष्ट्रपतिको कार्यकाल सात वर्षको हुन्छ । हर्जोगले राष्ट्रपतिका अर्का उम्मेदवार मेरियम पेरेजलाई पराजित गरे । चुनावी नतिजा सार्वजनिक भएलगत्तै नवनिर्वाचित राष्ट्रपति हर्जोगले आफू सबै जनताको राष्ट्रपति हुने विश्वास व्यक्त गरे । साठी वर्षीय हर्जोगले… पुरा पढौ

ब्राजिलमा कोभिडबाट २४ घन्टामा २ हजार ५०० भन्दा बढीको मृत्यु

साओ पाओलो, २० जेठ । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को संक्रमणबाट २ हजार ५०० भन्दा बढी नागरिकको ज्यान गएको छ । यहाँ बुधबार २ हजार ५०७ जना कोरानाका संक्रमित नागरिकको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ६७ हजार ७०६ पुगेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबार मात्र पनि यहाँ कोभिड–१९ को संक्रमणमा परेका यहाँका दुई हजार जना भन्दा बढीको एकै दिनमा ज्यान… पुरा पढौ

भारतमा कोभिड-१९ बाट एकै दिन एक लाख ३४ हजार संक्रमित, २८ सयको मृत्यु

नयाँ दिल्ली, २० जेठ । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप एक लाख ३४ हजार संक्रमित भएका छन् । यो सहित भारतमा हालसम्म दुई करोड ८४ लाख ४१ हजार व्यक्ति कोरोना संक्रमित भइसकेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या ८० हजार २३२ ले कमी आएको छ । हाल सक्रिय संक्रमितको संख्या १७ लाख १३ हजार रहेको छ । पछिल्ला केही दिनदेखि दैनिक सक्रिय संक्रमितको संख्या ६.२१ प्रतिशतले कमी… पुरा पढौ

डायनाले विहेमा लगाएको लुगा प्रदर्शनीमा

वेल्सकी राजकुमारी डायनाले आफ्नो विवाहमा लगाएको लुगा प्रदर्शनीमा राखिएको छ । ४० वर्षअघि डायनाले आफ्नो विवाहमा लगाएको लुगा प्रदर्शनीमा राखिएको हो । आजदेखि जनावरी २०२२ सम्म लुगा प्रदर्शनीमा राखिनेछ । यो लुगा प्रदर्शनीमा राख्नको लागि क्याम्ब्रिजका डुक्स र ससेक्सले लुगा भाडामा लिएका छन् । डायना ६० वर्ष पुग्न लागेको बेला उनले विवाहको समयमा लगाएको लुगा प्रदर्शनीमा राख्न लागिएको हो । यो लुगा डेभिड र एलिजावेथ इमानुयलले सन् १९८१ को जुलाईमा डिजाइन गरेका थिए । पुरा पढौ

२०२२ सम्ममा विश्वभर २० करोड बढी बेरोजगार हुने आइएलओकाे प्रक्षेपण

कोभिड-१९ का कारण विश्वभर सन् २०२२ सम्ममा २० करोड बढी बेरोजगार हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले चेतावनी दिएको छ। आइएलओका अनुसार विश्वमा कोरोना महामारीका कारण लाखौंको रोजगार गुमेको छ भने नयाँ रोजगारीको अवसर बन्न सकेको छैन। यहि कारण यो वर्ष ७ करोड ५ लाख बेरोजगार भएका छन्। रोजगारीमा आएको संकटबाट बाहिर निस्कन निकै लामो समय लाग्ने पनि आइएलओले उल्लेख गरेको छ। आइएलओका निर्देशक गाय राइडरले सन् २०२२ सम्ममा विश्वभर बेरोजगारीको संख्या २० करोड ५ लाखसम्म पुग्ने अनुमान गरेको बताए। महामारी… पुरा पढौ

नासाले शुक्रग्रहबारे अध्ययन गर्ने

अमेरिकी अन्तरिक्ष निकाय नासाले शुक्रग्रहबारे अध्ययन गर्ने भएको छ । शुक्रग्रहको वातावरण र भौगोलिक अवस्थाबारे नासाले अध्ययन गर्ने भएको हो । त्यसको लागि दुई वटा अभियान सुरु गर्न लागेको नासाले जनाएको छ । पाँच सय मिलियन डलरको सहयोगमा सन् २०२८ देखि २०३० सम्म अध्ययन हुनेछ । नासाका प्रशासक बिल नेल्सनले यो अध्ययनले ३० वर्षपछि पहिलो पटक शुक्रग्रहको अनुसन्धान गर्ने मौका मिल्ने बताए । यसअघि सन् १९९० तिर अध्ययन भएको थियो । शुक्रग्रह सूर्यभन्दा दोस्रो तातो ग्रह हो । यसको सतही… पुरा पढौ