अन्तर्राष्ट्रिय 🗺

कोरोनाविरुद्धको खोप स्पुतनिक–भी ब्राजिलमा पनि प्रयोग गर्न अनुमति

मस्को, २२ जेठ । कोरोनाभाइरस विरुद्धको खोप स्पुतनिक–भी प्रयोग गर्न ब्राजिलमा पनि अनुमति दिइएको छ । ब्राजिलका उच्च सरकारी अधिकारीहरुले खोप प्रयोगका लागि अनुमति दिएको बताएसँगै यो खोप प्रयोग गर्न अनुमति दिने देशहरु्मध्ये ब्राजिल ६७ औँ क्रममा परेको छ । रुसमा विकास गरिएको स्पुतनीक भी खोप कोरोनाभाइरसका विरुद्धमा निकै प्रभावकारी रहेको रुसी स्वास्थ्य अधिकारीहरुले दावी गर्दै आएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमध्ये सवैभन्दा धेरै जनसङ्ख्या रहेको मुलुक ब्राजिलमा राष्ट्रिय स्वास्थ्य सेवा कार्यालयले सो खोपलाई प्रयोगका लागि अनुमति दिने निर्णय शुक्रबार गरेको… पुरा पढौ

दिल्लीमा कोभिड सङ्क्रमण दर ०.६८ प्रतिशत, लकडाउन खुकुलो पारिँदै

नयाँ दिल्ली, २२ जेठ । दिल्लीमा पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ । दिल्ली शहरमा शुक्रबार ५२३ व्यक्ति सङ्क्रमित भएका र ५० सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक कोभिड–१९ सङ्क्रमण दरमा गिरावट आएपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गर्ने उनी निकट अधिकारीहरूले शनिबार बताएका छन् । अधिकारीका अनुसार सरकारले जून ७ देखि बजार र अन्य गतिविधिहरूलाई सञ्चालनका लागि अनुमति दिन सक्दछ… पुरा पढौ

भारतमा अझै पनि दैनिक सवा लाख व्यक्ति सङ्क्रमित

नयाँ दिल्ली, २२ जे । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहे पनि एक लाखभन्दा बढी नै रहेको पाइएको हो । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख २० हजार ५२९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो दिन शुक्रवारको भन्दा ११ हजार ८३५ जना कम भएको तथ्याङ्कमा देखिएको छ । भारतमा शुक्रबार एक लाख ३२ हजार ३६४ जना… पुरा पढौ

एउटा कार पार्किङस्थलको मूल्य १५ करोड

हङकङमा एउटा कार पार्किङस्थल १५ करोड बढी मूल्यमा बिक्री भएको छ । १ दशमलव ३ मिलियन अमेरिकी डलर अर्थात १५ करोड १८ लाख बढी नेपाली रुपैयाँमा कार पार्किङस्थल बिक्री भएको हो । विश्वकै महंगो ठाउँको रुपमा रहेको ‘द पिक’को माउण्ट निकोल्सनमा कार पार्किङस्थल बिक्री भएको हो । यो रकमले नयाँ रेकर्ड बनाएको छ । सन् २०१९ मा ७ दशमलव ६ मिलियन हङकङ डलरमा बिक्री भएको थियो । सन् २०१८ मा एउटा १५० वर्ग फिटको पर्किङ ८ करोड भन्दा बढी रुपैयाँमा… पुरा पढौ

बेलायतमा १२ देखि १५ वर्षका बालबालिकालाई खोप लगाउन अनुमति

बेलायतमा अब १२ देखि १५ वर्षका बालबालिकाले कोरोना विरुद्धको खोप लगाउन पाउने भएका छन् । बेलायतको औषधि नियमक निकायले फाइजरको कोरोना खोप १२ देखि १५ वर्षका बालबालिकालाई लगाउन अनुमति दिएको हो । फाइजर र बायोटेकको यो खोपले अमेरिका र यूरोपमा यसअघि नै अनुमति पाइसकेको छ । अनुमति दिएपनि १२ देखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिने वा नदिने निर्णय भने बेलायतले नै गर्न पाउनेछ । अमेरिकामा १२ देखि १५ वर्ष उमेरका बालबालिकाले फाइजरको यो खोप पहिलेदेखि नै लगाइसकेका छन् भने फ्रान्स… पुरा पढौ

ट्रम्पको फेसबुक र इन्टाग्राम अकाउन्ट दुई वर्षको लागि निलम्बित

सामाजिक संजाल फेसबुकले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्टाग्राम अकाउन्ट दुई वर्षको लागि निलम्बित गरिदिएको छ । जनावरी महिनामा अनिश्चितकालको प्रतिबन्ध लगाएको फेसबुम र इन्टाग्रामले ट्रम्पको अकाउन्ट दुई वर्षको लागि निलम्बित गरिदिएको हो । ट्रम्पको अकाउन्टमा जनावरी ७ देखि नै प्रतिबन्ध लागेकाले अब सन् २०२३ को जनावरी ७ मा मात्र खुल्ने फेसबुकले जनाएको छ । ट्रम्पले भने फेसबुकको यो निर्णयको विरोध गरेका छन् । पुरा पढौ

सोमालियामा खाद्य संकट, २७ लाखभन्दा बढी मानिस प्रभावित

संयुक्त राष्ट्रसंघ, २१ जेठ । सोमालियमा खडेरीका कारण खाद्य संकट परेको जनाइएको छ । यहाँ समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खा पन भएको र जसका कारण २७ लाखभन्दा बढी मानिस प्रभावित भएका बताइएको छ । सो कुरा सोमालियामा रहेको मानवीय सहायतासम्बन्धी निकायले जानकारी दिएको छ । मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का अनुसार सोमालियामा खडेरीका कारण यहाँका यति धेरै नागरिक प्रभावित भएका हुन् । यसै वर्षको अप्रिलदेखि सेप्टेम्बर सम्ममा ती नागरिकलाई खाद्य संकट पर्ने जनाइएको छ… पुरा पढौ

डेनमार्कद्वारा तीन लाख ५८ हजार डोज अस्ट्राजेनिका खोप केन्यालाई प्रदान

कोपेनहेगन, २१ जेठ । डेनमार्कले आफूसँग रहेको अस्ट्राजेनिकाको तीन लाख ५८ हजार ७०० डोज खोप अफ्रिकी मुलुक केन्यालाई अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ । आगामी जुलाई ३१ मा म्याद समाप्त हुन लागेकाले उक्त खोप जतिसक्दो चाँडो केन्यालाई प्रदान गरिने छ । डेनमार्कले यस वर्ष करिब ३० लाख डोज खोप अन्य राष्ट्रलाई उपलब्ध गराउने योजना बनाएको छ । डेनमार्कका विदेशी सहायता मन्त्री फ्लेमिङ मोलर मर्टेनसेनले एक वक्तव्य जारी गर्दै सबैजना सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित हुन नसक्ने बताए । उनले… पुरा पढौ

दिल्लीका मुख्यमन्त्रीद्वारा कोरोनाको तेस्रो लहर विरुद्ध अहिलेदेखि नै तयारी

नयाँ दिल्ली, २१ जेठ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाभाइरसको तेस्रो महामारी विरुद्ध तयारी सुरु गरेका छन । उनले सरोकारवालाहरुसँग यसअघि झै शुक्रबार पनि छलफल शुरू गरेकाे अधिकारीहरुले जनाएका छन् । तेस्रो चरणको महामारीका बेलामा हुन सक्ने सम्भावित क्षति र त्यसको न्यूनीकरण तथा नियन्त्रणका लागि गर्न सकिने उपायहरुका बारेमा उनले परामर्श लिन लागेका हुन । दिल्ली सरकारले तेस्रो महामारी विरुद्ध लड्नका लागि तयारी गर्न गत मे २७ मा १३ सदस्यीय एउटा समिति समेत गठन गरेको छ । उनीहरुले पनि… पुरा पढौ

भियतनामले सिनोफार्मको खोपलाई अनुमति दियो

हनोई, २१ जेठ । भियतनामको स्वास्थ्य मन्त्रालयले चीनको औषधि निर्माता सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ को खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । भियतनामका उप स्वास्थ्य मन्त्री ट्रुओङ क्वोक कुओङले सिनोफार्मको खोपलाई बिहीबार स्वीकृति गरेका हुन । भियतनामले यसअघि अस्ट्राजेनिका र स्पुतनिक भी खोपलाई अनुमति दिइसकेको छ । गत अप्रिल महिनाको अन्त्यदेखि भियतनाममा कोभिड–१९ को संक्रमण बढी देखिएको छ । शुक्रबारसम्म भियतनाममा गत अप्रिल २७ यता करिब पाँच हजार व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ । यो सहित भियतनाममा… पुरा पढौ