अन्तर्राष्ट्रिय 🗺

बेलायत र अमेरिकासहित ११ देशमा साउदीले लगाएको यात्रा प्रतिबन्ध हट्यो

साउदी अरबले बेलायत र अमेरिकासहित ११ देशमा लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । साउदीले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलन नदिन २० देशमा यात्रा प्रतिबन्ध लगाएको थियो । त्यसमध्ये युएई, जर्मनी, अमेरिका, आयरल्याण्ड, इटली, पोर्चुगल, बेलायत, स्वीडेन, स्वीटजरल्याण्ड, फ्रान्स र जापानसहित ११ देशमा लगाएको प्रतिबन्ध हटाएको साउदीको गृह मन्त्रालयले जनाएको छ । कोरोना महामारीको स्थिती हेरेर यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको साउदीले उल्लेख गरेको छ । यात्रा प्रतिबन्ध फुकुवाको निर्णय आइतबारदेखि नै लागु भएको छ । पुरा पढौ

बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत, सामाजिक खर्च र व्यवसायमा उच्च कर वृद्धि

वाशिङ्गटन, १५ जेठ । राष्ट्रपति जो बाइड्नले आगामी आर्थिक बर्षको ६० खर्ब अमेरिकी डलरको बजेट प्रस्ताव गर्नुभएको छ । बजेटमा गरिब र मध्यम वर्गका लागि नयाँ सुरक्षा कार्यक्रमहरू ल्याइएको छ । बजेटमा सम्पन्न अमेरिकी कम्पनी तथा व्यवसायीले तिनुपर्ने करको दायरामा निकै वृद्धि गरिएको छ । कोभिड–१९ महामारीले आक्रान्त बनेको अमेरिकालाई आफ्नो नेतृत्वमा घोषणा गरेको राहत कार्यक्रमले महामारीलाई नियन्त्रण गर्न सहयोग पु¥याएको कारण बाइडेनले सत्ता सम्हालेको केही समयमै जनस्तरबाट बृहत् प्रशंसा पाएका थिए । बजेट ‘अमेरिकी नागरिकमा सिधै लगानी गरिने र… पुरा पढौ

कोभिड–१९ उत्पत्तिको अध्ययनलाई ‘राजनीतिकरण नगर्न’ डब्ल्यूएचओको आग्रह

जेनेभा, १५ जेठ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार कोेभिड–१९ भाइरसको उत्पत्तिबारे अध्ययन ‘राजनीतिकरणको बिषय नभएको’ भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ । अध्ययनको सम्पूर्ण प्रक्रियालाई राजनीतिले विगारेकोे संगठनले बताएको हो । जेनेभामा शुक्रवार डब्ल्यूएचओले गरेको पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओ स्वास्थ्य सङ्कटकाल कार्यक्रमका कार्यकारी निर्देशक माइक रायनले भने, “सम्बन्धित सबैले यस (कोभिड–१९ को उत्पत्ति)को विषयलाई राजनीति होइन वैज्ञानिक तरिकाले हेर्नुपर्छ । अनुसन्धानमा सघाउनुपर्छ र अध्ययनको रिपोर्ट विवादरहित बनाउनुपर्छ ।” “यदि तपाइँले वैज्ञानिकहरूको कामको अपेक्षा गर्नुहुन्छ भने तपाइँ वैज्ञानिकहरूसँग सहकार्य… पुरा पढौ

भारतमा ४४ दिनपछि सवैभन्दा थोरै सङ्क्रमित

नयाँ दिल्ली, १५ जेठ  । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या ४४ दिनपछि सवैभन्दा थोरै देखिएको छ । दैनिक सङ्क्रमितको सङ्ख्या यो महिना दुई लाखभन्दा कम भएको यो दोस्रो पटक भएको पनि अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय एक दिनमा एक लाख ८६ हजार ३६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ । यसअघि दैनिक तीन लाख १८ हजार ८९५ जना सङ्क्रमित भएका थिए भने एकैदिनमा तीन हजार ६६० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई… पुरा पढौ

कोभिड-१९ सङ्क्रमण दर बढेपछि काबुलसहित अन्य १६ प्रान्तमा दुई हप्ताको लागि विद्यालय बन्द

काबुल, १५ जेठ । कोभिड–१९ सङ्क्रमण बढेपछि अफगानिस्तानको राजधानी काबुलसहित अन्य १६ प्रान्तमा दुई हप्ताको लागि विद्यालय बन्द गर्ने निर्णय अफगानिस्तान सरकारले गरेको छ । कोभिड–१९ लाई रोकथाम गर्ने उद्देश्यले उक्त घोषणा गरिएको टोलो न्यूजले अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जानकारी गराएको छ । कोभिड–१९ नियन्त्रणका लागि काबुल, गजनी, हेलमण्ड, कान्दाहर, लोगर, नानगर, परवान, मैदान वार्ड, पञ्जशीर, बल्ख, लघमान, बद्दाशान, कपिसा, कुंदलगायतका क्षेत्रमा सरकारी तथा निजी विद्यालयहरू, विश्वविद्यालयहरू र तालिम केन्द्रहरू बन्द गरिएको हो । मन्त्रालयका अनुसार गत वर्ष कोभिड–१९… पुरा पढौ

अफगान सेनाको कारबाहीमा २३ तालिबानी लडाकूको मृत्यु

मजार–ए–सरिफ, १४ जेठ । अफगान सेनाको हवाई कारबाहीमा २३ जना तालिबानी लडाकूको मृत्यु भएको सेनाले जनाएको छ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको सोल्गाडा जिल्लामा लुकिछिपी बसेका तालिबानी लडाकूलाई लक्षित गरी बिहीबार गरिएको कारबाहीमा ती लडाकू मारिएका हुन् । कारबाहीमा अरु ११ जना लडाकू गम्भीर घाइते भएका छन् । सेनाको उत्तरी क्षेत्रका प्रवक्ता मोहम्मद हनिफ रेजाईले हवाई कारबाहीमा लडाकू समूहले प्रयोग गर्ने मोटरसाइकल, अन्य सवारी साधन र हातहतियार बरामद गरिएको जानकारी दिए । बाल्ख प्रान्तको सदरमुकाम मजार–ए–सरिफ सहित वरपरका इलाकामा निकै… पुरा पढौ

भारतमा कोभिड-१९ को संक्रमण दर घट्ने क्रम जारी

नयाँ दिल्ली, १४ जेठ । कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार ३६४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएको छ । बिहीबार भारतमा कोरोना संक्रमणको यो संख्या ४४ दिनयताको सब भन्दा कम हो । कोरोना शुरु भएयतम देशभर हालसम्म कूल संक्रमित २ करोड ७५ लाख भन्दा बढी भएको छ । भारतमा हाल कोभिड–१९ का २३ लाख ४३ हजार १५२ व्यक्ति सक्रिय संक्रमित… पुरा पढौ

सिरियाको राष्ट्रपतिमा पुनः असद निर्वाचित

दमासकस, १४ जेठ । सिरियामा राष्ट्रपति पदका लागि भएको निर्वाचनबाट पुनः वर्तमान राष्ट्रपति बसर अल असद निर्वाचित भएका छन् । दुई दिन अघि भएको मतदानबाट उनी नै पुनः राष्ट्रपति निर्वाचित भएको बताइएको छ । सिरियाका सभामुख हमादेन सवागले सो कुराको घोषणा गरेका हुन । सिरियाको संसदले बिहीबार उनी पुन सिरियाको राष्ट्रपतिमा निर्वाचित भएको समाचार घोषणा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचारमा जनाइएअनुसार उनले यस पटकको निर्वाचनमा उनका प्रतिद्धन्द्धीहरुको भन्दा निकै धेरै मत ल्याए । उनको ९५.१ प्रतिशत मत… पुरा पढौ

भारतमा ४४ दिन यताकै कम संक्रमित भेटिए

भारतमा नयाँ कोरोना संक्रमितको संख्या ४४ दिन यताकै कम भेटिएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण ४४ दिन यताकै कम भएको बताएको हो। मन्त्रालयका अनुसार २४ घण्टामा भारतमा १ लाख ८६ हजार नयाँ संक्रमित थपिएका हुन्। जुन ४४ दिन पछि कै कम भएको त्यहाँको मन्त्रालयले जनाएको छ। योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ३४ हजार रहेको छ। अहिलेसम्म २ करोड ४८ लाखमा कोरोना पुष्टि भएको भारतमा २ करोड ४८ लाख निको भएका छन्। ३ लाख… पुरा पढौ

फाइजरको खोप चाडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास

नयाँ दिल्ली, १३ जेठ । फाइजरको कोरोनाभाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बालबालिकासमेतलाई फाइजरको खोप लगाउन पाइने विश्वास व्यक्त गरे । खोप निर्माण गरेको अमेरिकी औषधि कम्पनीले भारतलाई खोप उपलब्ध गराउने बताए लगत्तै मुख्यमन्त्री केजरीवालको यो अभिव्यक्ति आएको हो । अमेरिकी अधिकारीले सो खोप १२ बर्ष वा सोभन्दा माथिका सवैले लगाउन सक्ने र २–८ डिग्री सेल्सीयसको तापक्रममा एक महिनासम्म भण्डारण गर्न सक्ने पनि जानकारी दिएका छन् । “यो खोप… पुरा पढौ