अन्तर्राष्ट्रिय 🗺

युएईका प्रधानमन्त्रीले कोभिड-१९ को खोप लिए

अबुधाबी, १८ कात्तिक । युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ को खोप लिनु भएको छ । प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर ट्वीटर मार्फत सार्वजनिक गर्नु भएको थियो । उहाँले ट्वीटरमा युएईका प्रत्येक व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर कोभिड–१९ विरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराइने बताउनु भएको छ । केही साताभित्रै युएईका कतिपय मन्त्रीहरुले पनि खोप लिइसकेका छन् । युएइले कोभिड–१९ का बिरामीको परिस्थिति बिचार गरी आपतकालीन प्रयोगका रुपमा खोप दिन… पुरा पढौ

अमेरिकामा राष्ट्रपति निर्वाचनको अन्तिम मतदान आज : अबकाे राष्ट्रपति डोनाल्ड ट्रम्प कि जो बाइडेन ?

अमेरिका, १८ कात्तिक । महाशक्ति राष्ट्र अमेरिकामा मंगलबार राष्ट्रपति निर्वाचनको लागि अन्तिम मतदान हुँदैछ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको यो निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याट पार्टीका तर्फबाट पूर्वउपराष्ट्रपति जो बाइडेन उमेद्वार छन् । आगामी चार वर्षे कार्यकालका लागि हुने निर्वाचनको नतिजालाई आफ्नो पक्षमा पार्न दुवै उमेद्वारहरु अन्तिम समयसम्म चुनावी प्रचारको व्यस्त दौडाहामा देखिन्छन् । अमेरिकाको यो निर्वाचनमा स्विङ स्टेटहरूले समग्र निर्वाचनको नतिजा एकातर्फ ढल्काउन सक्ने सामर्थ्य राख्छन् । त्यसैले यतिबेला मिडियादेखि धेरैको ध्यान स्विङ स्टेटका… पुरा पढौ

राष्ट्रपति ट्रम्पद्वारा सङ्क्रमण विज्ञ फाउचीलाई निस्काशन गर्ने चेतावनी

फ्लोरिडा, १८ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारको निर्वाचनबाट आफु पूनः राष्ट्रपतिमा निर्वाचित भएमा सङ्क्रमण रोग विज्ञ डा. एन्थोनी फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन । सङ्क्रमण रोग न्युनिकरण, नियन्त्रण र व्यवस्थापनसम्वन्धी देशको उच्च जिम्मेवारीमा रहेका भएका फाउचीलाई उनले हटाउने चेतावनी दिएका हुन । अमेरिका व्यापक सङ्क्रामक रोग कोरोनाभाइरसबाट अत्यन्त आक्रान्त बनेको वेला नै उनले हटाउने चेतावनी राष्ट्रपति ट्रम्पले दिएको समाचारमा जनाइएको छ । गत वसन्त ऋतुदेखि नै फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न राष्ट्रपति ट्रम्प असफल भएको र… पुरा पढौ

अमेरिकी चुनावः बाइडेनको अग्रता कायमै

वासिङटन, १७ कात्तिक । मेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राखेका छन् । अमेरिकी राष्ट्रपतिको चुनाव यही नोभेम्बर ३ अर्थात् मंगलबार हुँदैछ । पछिल्ला अधिकांश मत सर्वेक्षणहरुले जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १० प्रतिशत विन्दुले अग्रता बनाइरहेकाे देखाएका छन् । एनबिसी न्यूज र वालस्ट्रिट जर्नलले चुनाव हुनु दुई दिन अघि गरेको सर्वेक्षणमा बाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने जनाएका छन ।… पुरा पढौ

भारतमा कोभिड-१९ संक्रमित ८२ लाख २९ हजार नाघे

काठमाडाैं, १७ कात्तिक । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या सोमबारसम्ममा ८२ लाख २९ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५ हजार २३० जना नयाँ संक्रमित थपिएका छन् भने ४९६ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७५ लाख ४४ हजार ७९८ व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २२ हजार ६०७ जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ । गत २४… पुरा पढौ

कडा प्रतिस्पर्धाबीच मङ्गलबार अमेरिकी राष्ट्रपतीय निर्वाचन

वाशिङ्गटन डिसी, १७ कात्तिक । अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन मङ्गलबार हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव झन महत्वपूर्ण भएको विश्लेषकको भनाइ छ । आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना गरिँदैन… पुरा पढौ

भारतमा कोभिड-१९ संक्रमित ८१ लाख ८४ हजार नाघे

काठमाडाैं, १६ कात्तिक भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आइतबारसम्ममा ८१ लाख ८४ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ९६४ जना नयाँ संक्रमित थपिएका छन् भने ४७० जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७४ लाख ९१ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २२ हजार १११ जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ । भारतभरी हाल पाँच लाख… पुरा पढौ

बेलायतमा दोस्रो पटक बन्दाबन्दी घोषणा

लण्डन, १६ कात्तिक । बेलायतले दोस्रो पटक बन्दीबन्दीको घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि बन्दाबन्दीको घोषणा गरेका हुन । यसअघि यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो । यो पटकको बन्दाबन्दीमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द हुने छैनन् । अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द रहने बताइएको छ । हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट र पबहरू बन्द रहने भए पनि… पुरा पढौ

टर्कीमा ७ रेक्टरको भूकम्प, कयौं घर भत्किए

काठमाडौं, १५ कात्तिक । टर्कीमा ७ रेक्टरको भूकम्प गएको छ । टर्कीको पश्चिमी ग्रीससंग सीमा जोडिएको क्षेत्रलाई केन्द्र बनाएर गएको भूकम्पबाट दर्जनाै घरहरु भत्किएका छन् । अहिले सम्म ६ जनाको ज्यान गएको छ भने सयाैं मानिस घाईते भएका छन् । थप मानविय तथा भाैतिक क्षेतीको आशंका गरिए पनि पूर्ण विवरण भने बाहिर नआएको अधिकारीहरुले बताएका छन् । अन्तराष्ट्रिय संचार माध्यमले भूकम्पबाट टर्की, एथेन्स र ग्रीस प्रभावित भएका जनाएका छन् । ग्रीसको नियोन लगायतका शहरमा पनि भौतिक क्षति भएको छ ।… पुरा पढौ

इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने घाेषणा

वासिङ्टन, १५ कात्तिक । फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ । यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकाेमा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको कम्पनीले घोषणा गरेको छ । थप गर्न लागिएको सेवा इन्स्टाग्रामका सबै प्रयोगकर्ताहरुले विश्वभर जुनसुकै ठाउँबाट पनि प्रयोग गर्न पाउने भएका छन् । नयाँ व्यवस्थाले विशेष गरेर योगा र गीत–संगीत आदिको भिडियो लाइभ गर्न चाहने, कलाकार, पकाउने कार्यमा संलग्नहरुलगायतलाई फाइदा हुने अपेक्षा गरिएको… पुरा पढौ