अन्तर्राष्ट्रिय 🗺

कोरोना भाइरसबाट विश्वमा बाह्र लाख ४२ हजारभन्दा बढीको मृत्यु

काठमाडाैं, २२ कात्तिक । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ४२ हजार १९४ व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले शनिबार जानकारी दिएको छ । गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९२ लाख ५९ हजार ४४३ व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ५० लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३६ हजार… पुरा पढौ

बाइडेन २७० नजिक, ३ सय पुग्न सक्छ

बोस्टन (अमेरिका) २२ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनको जारी मतगणनामा जो बाइडेनले पेन्सिल्भेनिया र जर्जियामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै अग्रता लिएका छन् । केहीबेर अघिको ताजा मतपरिणामअनुसार पेन्सिल्भेनियामा बाइडेन ट्रम्पभन्दा करिब ६ हजार मत अन्तरले अघि लागेका छन् । यो २० इलेक्टोरल मत रहेको राज्य हो । यस्तै जर्जियामा एक हजारभन्दा बढी मत अन्तरले बाइडेन ट्रम्पभन्दा अघि छन् । जर्जियामा १६ इलेक्टोरल मत छ । पछिल्ला विवरणले बाइडेनको विजयी अन्तर फराकिलो हुने देखाएको छ वालस्ट्रिट जर्नलले जनाएको छ ।… पुरा पढौ

बैध भोट मात्रै गनिए आफूले जित्ने ट्रम्पको दावी,अदालतद्वारा उजुरी खारेज

वासिङटन, २१ कात्तिक । अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवार समेत रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेकाले विवाद भएको हो । पूर्व उपराष्ट्रपति जो वाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मतगणनामा लगातार पछाडि पारिरहेका छन् । अमेरिकामा अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ । निर्वाचनमा धाँधली भएको आरोप लगाएका मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतबाट मागेको… पुरा पढौ

भारतमा कोरोना संक्रमित ८४ लाख, एक लाख २५ हजारको मृत्यु

नयाँदिल्ली, २१ कात्तिक । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार ६३८ जना नयाँ संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हाल ५ लाख २० हजार सक्रिय संक्रमित रहेको जनाएको छ । कोरोना संक्रमित कूल व्यक्तिमध्ये ७७ लाख ६५ हजार संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतमा ६७० जनाको निधन भएको छ । यो सहित भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या… पुरा पढौ

ट्रम्प जित्छन् वा बाइडनसंग हार स्वीकार गर्छन् : काैतुहलता

कठमाडौं, २१ कात्तिक । विश्वको ध्यान शक्तिशाली राष्ट्र अमेरिकाकाे राष्ट्रपति निर्वाचनमा केन्द्रीत भएको छ । विशेषगरी सामाजिक न्याय, जाति, सम्प्रदाय, आप्रवासीमाथि कठोर बन्दै आएका राष्ट्रपति ट्रम्प अघि हुन्छन् वा जो बाइडनसंग हार स्वीकार गर्छन् भनेर कौतुहलता छाएको छ । गएको वर्ष चीनको उहानमा कोरोना भाइरसको उत्पत्ति, विश्वमा फैलिएको महामारीका बारेमा बारम्बार चीनको कटु आलोचना गर्दै आएका र कोरोना विरुद्धको उपचारमा आफ्नै देशमा भईरहेका आलोचनाको सामना गर्दै आएका ट्रम्प र प्रजातान्त्रिक लाईनका बाइडनको मतपरिणामको अग्रता र ट्रम्पले लगाएको धाँधलीको तथ्यहीन आरोप… पुरा पढौ

जो बाइडनले मत गणनामा अग्रता लिएपछि ट्रम्प अदालत पुगे

वासिङटन, २० कात्तिक । निवार्चन परिणाममा बाइडनले अग्ररता लिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानले चुनावमा धाँधली भएको जनाउँदै पेन्सिलभेनिया, मिचिगन र जर्जियामा मतगणना स्थगित गर्न माग गर्दै अदालतमा बुधबार उजूरी गरेको छ । राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल भोट (निर्वाचक प्रतिनिधि) प्राप्त गर्न यी राज्यको मत परिणाम आफ्नो पक्षमा पार्नु जरुरी देखिएको छ । पछिल्लाे मत गणनामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडनले अग्रता लिन थालेपछि ट्रम्पका तर्फबाट उजूरी गरिएको हो । उजूरीमा मतपत्र राखिएका स्थान र मत… पुरा पढौ

जो बाइडेन विजय नजिक, पराजय देख्न थालेपछि आक्रोशित ट्रम्पकाे अदालत जाने चेतावनी

बोस्टन (अमेरिका) २० कात्तिक । अमेरिकी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा टक्कर दिंदै अघि बढेका डेमोक्र्याट उमेद्वार जो बाइडेन विजय नजिक पुगेका छन् । आफ्नो पराजय देख्न थालेपछि रिपब्लिकन उमेद्वार ट्रम्प आक्रोशित हुन थालेका छन् । उनले केही राज्यको मतगणनामा असहमति जनाउँदै पुनःमगणनाको माग लिएर अदालत जाने चेतावनी दिएका छन् । राष्ट्रपति निर्वाचनको जारी मतगणना अन्त्यतिर पुग्दै गर्दा बाइडेनको पक्षमा २ सय ६४ इलेक्टोरल मत देखिएको छ । यस्तै ट्रम्प २ सय १४ मतसहित निकै पछि परेका छन् । कुल… पुरा पढौ

जो बाइडन र ट्रम्पबीच कडा टक्कर, दुबैको जित्ने दावी, ट्रम्प विरुद्ध वाशिंगटनमा प्रदर्शन

काठमाडौं, २० कात्तिक । अमेरिकी निर्वाचनमा कडा टक्कर देखिएको छ । दुवै जनाले आआफ्नो जितको दावि गरेका छन् । योपालि जित पनि झिनो अन्तरले हुने आँकलन गरिएको छ । यो पटक धेरै संंख्यामा मतदाताहरु मतदानमा सहभागि भए । अहिलेसम्म ५० मध्ये ४१ वटा राज्यको मतपरिणाम प्राप्त भईसकेको छ । श्रोतहरुका अनुसार यो पटकको चुनावमा अमेरिकामा १० करोड मानिसले हुलाकबाट मत पठाएका छन् । मतदान सकिएपछिको सर्वेक्षणका अनुसार झण्डै प्रत्येक १० जनामा आधाजतिले ट्रम्प नेतृत्वको सरकारले कोरोना भाइरसको महामारी नियन्त्रण तथा… पुरा पढौ

अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन, तीन जना पक्राउ

वासिङ्टन, १९ कात्तिक . राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् । ती मध्ये वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुसँगै अरु सयौँले प्रदर्शन गरेका थिए । शान्तिपूर्ण प्रदर्शन गरेकाहरुलाई पनि प्रहरीले पक्राउ गरेको भन्दै अधिकारवादी, उदारवादी तथा प्रदर्शनका समर्थकहरुले आपत्ति जनाएका छन् । उनीहरुले प्रदर्शन गर्दा सडक समेत अवरुद्ध भएको थियो । प्रदर्शनकारीहरुले हामी न्याय पाउदैनौँ भने उनीहरुले शान्ति पाउँदैनन् भन्ने नारा लगाएका थिए । पुरा पढौ

जो बाइडन अगाडी, ट्रम्प पछ्याउदै

काठमाडाैं, १९ कात्तिक । अमेरिकामा राष्ट्रपति पदका लागि मंगलबार सम्पन्न भएको निर्वाचनकाे प्रारम्भिक नतिजा आउन थालेको छ । मत गणनामा डोनाल्ड ट्रम्पका प्रतिष्पर्धि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन अगाडी देखिएका छन् । रिपव्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार ट्रम्पले बाइडनलाई पछ्याई रहेका छन् । अहिलेसम्म ५० मध्ये २० राज्यको नतिजा आईसकेको छ । नतिजामा जो बाइडनले ९४ इलेक्टोरल भोट प्राप्त गरेका छन् । ट्रम्पले ८० इलेक्टोरल भोट पाएका छन् । पुरा पढौ