अन्तर्राष्ट्रिय 🗺

भारतमा सङ्क्रमितको संख्या ७४ लाख ३२ हजार नाघ्यो

काठमाडौं, १ कात्तिक । भारतमा शनिबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७४ लाख ३२ हजार नाघेको छ । प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७४ लाख ३२ हजार ६८० भएको छ । यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १३ हजार ३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गत २४ घण्टामा ६५ हजार १२६ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ८८२ जनाको मृत्यु भएको छ । अझै पनि भारतभरी ७ लाख ९५ हजार ५३ व्यक्ति… पुरा पढौ

विश्वभर काेराेनाबाट ११ लाख तीन हजारको मृत्यु

पेरिस, ३० असाेज । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरी हालसम्म ११ लाख तीन हजार ३७९ जनाको मृत्यु भएको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या तीन करोड ९२ लाख सात हजार ४३६ पुगेको छ । कुल सङ्क्रमित मध्ये दुई करोड ९३ लाख ९७ हजार ८३५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेको तथ्याङ्क छ । विश्वभरी अहिलेपनि ८७ लाख छ हजार २२२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । ती मध्ये ८६ लाख ३५ हजार ३१६… पुरा पढौ

ट्रम्पका छोरा ब्यारोनलाई पनि कोभिड–१९

वासिङ्टन, २९ असोज ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ । प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसको वेबसाइटमा छोरा ब्यारोनलाई कोभिड–१९ संक्रमण देखिएको लेखेकि छन । राष्ट्रपति डोनाल्ड ट्रम्प सहित आफू र छोरा ब्यारोनलाई कोभिड–१९ को संक्रमण देखिएको उनले बताएकी५न । राष्ट्रपति ट्रम्पका छोरा ब्यारोन आफ्ना पाँच सन्तानमध्ये सबैभन्दा कान्छा हुन् । तर उनलाई कुनै लक्षण भने देखिएको थिएन । “परिवारका हामी तीनै जनालाई एकै पटक कोभिड–१९ देखियो, र यसबाट हामीले एक अर्कालाई ध्यान… पुरा पढौ

विश्वभरी कोभिड-१९ बाट सङ्क्रमितको सङ्ख्या तीन करोड ८० लाख पुग्यो

वासिङ्टन, २८ असोज । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण तीन करोड ८० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी हालसम्म तीन करोड ८० लाख ३३ हजार २८७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । कुल सङ्क्रमितमध्ये दुई करोड ६३ लाख ८८ हजार ६३३ जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा अहिलेसम्म ६२ लाख २७ हजार २९५ जना सङ्क्रमणमुक्त भएका छन् ।… पुरा पढौ

‘विश्वकै सबैभन्दा ठूलो’ मध्येको गुलाबी हिरा नोभेम्बर ११ मा रूसबाट विक्री गरिने

मस्को, २७ असोज । विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हिरा बेच्न आगामी नोभेम्बर ११ मा लिलाम प्रक्रियामार्फत् आगामी नोभेम्बर ११ मा बेचिने भएको छ । रूसको सोतेबीको जेनेभा मग्निफिसन्ट ज्वेल्स् र नोबल ज्वेल्स्ले यसबारे सञ्चारमाध्यमलाई स्थानीय समय अनुसार सोमबार जानकारी गराएका हुन् । ‘गुलावको आत्मा (द स्प्रिट अफ द रोज)’ नाम दिइएको उक्त १४.८३ क्यारेटको हिराको मूल्य दुई करोड ३० लाखदेखि तीन करोड ८० लाख अमेरिकी डलर पर्ने अनुमान गरिएको अमेरिकी पाक्षिक पत्रिका फोब्र्सले जनाएको छ । लिलामीका लागि… पुरा पढौ

विश्वभर कोरोना संक्रमणबाट निको हुने संख्या ३ करोड नजिक

काठमाडौं, २६ असोज । विश्वभर कोरोना भाइरसको संक्रमणबाट निको हुनेहरुको संख्या ३ करोड नजिक पुगेको छ । हालसम्म २ करोड ८३ लाख ५० हजार ५२० जना निको भएर सामान्य जीवनमा फर्किएका छन् । यो निको हुने दर ९६ प्रतिशत हो । विश्वभर ८२ लाख ४७ हजार ५३० संक्रमितहरुको अवस्था सामान्य भईरहेको छ । उनीहरु निको हुने चरणमा रहेका छन् । यो भनेको ९९ प्रतिशत हो । विश्वभर अहिले जम्मा ६८ हजार ७३६ संक्रमित गम्भीर अवस्थामा रहेका छन् । यो १… पुरा पढौ

कोरोना भाइरसबाट उच्च सङ्क्रमण रहेका दश देश

काठमाडाैं, २५ असोज । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख ४५ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय आइतबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १८ हजार नाघेको छ । कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ७० लाख ५३ हजार भन्दा… पुरा पढौ

विश्वमा काेरोनाभाइरस संक्रमणबाट निको हुने दर ९६ प्रतिशत

काठमाडौंं, २३ असोज । विश्वमा कोरोना भाइरसबाट निको हुने संख्यामा वृद्धि भईरहेको छ । आजसम्मको विश्व तथ्यांकलाई हेर्ने हो भने निको हुने दर ९६ प्रतिशत रहेको छ । अहिलेसम्म २ करोड ७६ लाख ९१ हजार ३५ जना निको भएर सामान्य जीवनमा फर्किएका छन् । यो निको हुने दर भनेको ९६ प्रतिशत हो । विश्वमै कोभिड १९ को कारण मृत्यु हुने दर ४ प्रतिशत मात्रै रहेको छ । अहिलेसम्म १० लाख ६७ हजार ४६८ मानिसले ज्यान गुमाएका छन् । कुल संक्रमित… पुरा पढौ

विश्वभर कोरोनालाई जितेर सामान्य जीवनमा फर्किनेहरू २ करोड ७४ लाख बढी

काठमाडौं, २२ असोज । विश्वमा कोरोना भाइरसलाई जितेर सामान्य जीवनमा फर्किनेहरुको संख्या २ करोड ७४ लाख १२ हजार ३१५ रहेको छ । अहिलेसम्म ३ करोड ६३ लाख ९४ हजार १५६ जनामा संक्रमण भएकोमा १० लाख ६० हजार ४६२ जनाको ज्यान गएको छ । अहिले ७९ लाख २१ हजार ३७९ वटा सक्रिय केस रहेका छन । ७८ लाख ५३ हजार ९४९ जनाको अवस्था सामान्य भईरहेको छ । ६७ हजार ४३० जनाको अवस्था भने गम्भिर रहेको छ । संक्रमण फैलिएका २१४ देशमध्ये… पुरा पढौ

विश्वभर २ करोड ७१ लाख ४९ हजार कोरोना मुक्त

काठमाडौं, २१ असोज । विश्वमा कोरोना भाइरसको संक्रमण भएका ३ करोड ६० लाख ४५ हजार ५० संक्रमितमध्ये २ करोड ७१ लाख ४९ हजार २२३ जना कोरोना मुक्त भएका छन् । कुल संक्रमितमध्ये अहिलेसम्म १० लाख ५४ हजार ६०७ जनाको ज्यान गएको छ । हाल कोरोनाका सक्रिय केसहरु ७८ लाख ४१ हजार २२० रहेकोमा ७७ लाख ७३ हजार ३३९ जनाको अवस्था सामान्य भईरहेको छ । ६७ हजार ८२१ जनाको अवस्था गम्भिर रहेको छ । विश्वभरको तथ्यांकलाई हेर्ने हो भने निको हुने… पुरा पढौ