अन्तर्राष्ट्रिय 🗺

विश्वभर २ करोड ६८ लाख ६६ हजार संक्रमित निको भए

काठमाडौं, २० असोज । विश्वमा कोरोनाभाइरस संक्रमणबाट मुक्त भएकाहरुको संख्या २ करोड ६८ लाख ६६ हजार ६७८ पुगेको छ । अहिलेसम्म ३ करोड ५६ लाख ९८ हजार २६३ जनामा संक्रमण भएकोमा ज्यान गुमाउनेहरुको संख्या १० लाख ४५ हजार ९४२ रहेकाे छ । अहिले कोरोनाका सक्रिय केसहरु ७७ लाख ८५ हजार ६४३ रहेका छन् । ७७ लाख १८ हजार ७५४ जनाको अवस्था सामान्य भईरहेको छ । संक्रमितमध्ये ६६ हजार ८८९ जनाको अवस्था गम्भिर रहेको छ । कोभिड १९ बाट २१४ देश… पुरा पढौ

भारतमा कोरोना संक्रमित ६६ लाख पुगे, एक लाख २ हजार बढीको मृत्यु

नयाँदिल्ली, १९ असोज । भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ४४२ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै नौ सय जना थप व्यक्तिको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा सोमबारसम्ममा कूल संक्रमितको संख्या ६६ लाख नाघेको छ । यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या १ लाख २ हजार ६८५ पुगेको छ । भारतमा ५५ लाख ८६ हजार व्यक्ति निको भए पनि अझै ९ लाख ३४ हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् । सर्वाधिक प्रभावित… पुरा पढौ

कोरोना भाइरसबाट विश्वभर १० लाख ४१ हजार भन्दा बढीको मृत्यु

पेरिस, १९ असोज । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सोमबारसम्म १० लाख ४१ हजार ८९३ जना पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५४ लाख ६ हजार भन्दा बढी पुगेको छ । कूल सङ्क्रमितमध्ये दुई करोड ६६ लाख ३१ हजार भन्दा बढी हजार निको छन् भने करिब ७७ लाख ३३ हजार मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६६ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै… पुरा पढौ

सुडान सरकार र विद्रोही नेताहरूबीच युद्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर

जुबा, दक्षिण सुडान, १८ असोज । सुडानको संक्रमणकालीन सरकार र विद्रोही गठबन्धनबीच दक्षिण सुडानमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले एक सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताबाट देशमा जारी दशकौं लामो गृहयुद्ध अन्त्य हुने दुबै पक्षले विश्वास लिएका छन् । प्रधानमन्त्री अब्दल्ला हम्डोकले दक्षिण सुडानको राजधानी जुबा पुगेलगत्तै ट्वीट गर्दै भन्नुभयो “अब देशका अघिल्तिरका सबैभन्दा ठूलो चुनौती भनेको स्थानीय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग सम्झौताहरू गर्नु हो ।” सुडानका विशाल प्रान्तहरुमा कब्जा जमाएर बसेका विद्रोहीहरूसँग वार्तामार्फत् समस्या सुल्झाउनु पनि संक्रमणकालीन सरकारसामु अर्को… पुरा पढौ

विश्व नेताहरु: को-को बने कोरोना संक्रमित ?

वासिङ्टन, १६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ । ट्रम्पले ट्वीट गर्दै भने, “म र प्रथम महिला दुबै कोभिड–१९ बाट संक्रमित भएका छौं । हामी दुबै क्वारेन्टिनमा छौं ।” यसअघि राष्ट्रपति ट्रम्पले आफ्ना वरिष्ठ सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण देखिएको बताएका थिए । हिक्सलाई कोरोना पोजेटिभ भएसँगै राष्ट्रपति ट्रम्प र मेलानीया दुबैले कोरोना परीक्षण गराएका थिए ।यसरी ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएकासँगै उनी पनि कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेताहरुको… पुरा पढौ

भारतमा कोरोनाबाट मृत्यु भएकाहरु एक लाख नजिक, ६३ लाख संक्रमित

नयाँदिल्ली, १६ असोज । भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४८४ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै एक हजार ९५ जना थप व्यक्तिको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा शुक्रबारसम्ममा कूल संक्रमितको संख्या ६३ लाख ९५ नाघेको छ । यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या ९९ हजार ७७३ हजार पुगेको छ । भारतमा ५३ लाख ५२ हजार व्यक्ति निको भए पनि अझै ९ लाख ४२ हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् । सर्वाधिक… पुरा पढौ

राहुल गान्धी हिराशतमा,दिल्लीमा कांग्रेसकाे आक्रामक विरोध

काठमाडौं, १५ असोज । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई प्रहरीले हिराशतमा लिएको छ । हाथरसमा भएको जघन्य सामुहिक वलात्कारको घटनालाई लिएर भारतीय कांग्रेस पार्टीले आक्रामक रुपमा कडा विरोध गरेको छ । यहि क्रममा बिहिबार दिल्लीबाट हाथरसका लागि गएका कांग्रेस नेता राहुल गान्धीलाई वाड्राको यूपि पुलिसले हिरासतमा लिएको हो । अपराधीहरुको सिकार भएकी यूवतीको उपचारको क्रममा सफदरजंग अस्पतालमा १५ दिनपछि मृत्यु भएपछि कांग्रेस नेता राहुल गान्धिले ट्वीटमा जंगलराजले एक अर्की युवतीलाई मारे भनेर अभिव्यक्ति दिएका छन। तर भारतीय पुलिसले घटनासंग जाेडिएर… पुरा पढौ

विश्वभर निकाे हुनेहरू २ करोड ५१ लाख ७२ हजार ९७१

काठमाडौं, १४ असोज । विश्वभर कोरोना भाइरसको संक्रमणबाट निको भएकाहरुको संख्या २ करोड ५१ लाख ७२ हजार ९७१ पुगेको छ । कुल संक्रमित संख्या ३ करोड ३८ लाख ७५ हजार ९९३ पुगेको छ भने हालसम्म १० लाख १३ हजार १९९ जनाले ज्यान गुमाएका छन । कोरोनाका सक्रिय केसहरु ७६ लाख ८९ हजार ८२३ रहेका छन । ७६ लाख २३ हजार ८२७ जनाको अवस्था सामान्य भईरहेको छ । ६५ हजार ९९६ को अवस्था गम्भिर रहेको छ । सबैभन्दा बढी संक्रमण फैलिएको… पुरा पढौ

पाकिस्तानमा सबै शैक्षिक संस्थाहरु खुल्ला

इस्लामावाद, १४ असोज । कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूरु हुन थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् । कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस सङ्क्रमित भएको पनि अधिकारीहरुले जनाएका छन् । सञ्चालन हुन थालेका विद्यालयमा सरकारी तथा निजी दुवै प्रकारका विद्यालय रहेको जनाइएको छ । सञ्चालन गर्न थालिएका विद्यालयमा विद्यालय सञ्चालनका क्रममा स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड पालनामा भने अत्यन्त कडाइ गरिएको छ । त्यसैगरी… पुरा पढौ

विश्वभर २ करोड ४८ लाख ८० हजार ९४९ कोरोना मुक्त

काठमाडौं, १३ असोज । विश्वभर कोरोना भाइरसको संक्रमणबाट २ करोड ४८ लाख ८० हजार ९४९ जना मुक्त भएका छन् । आजसम्म १० लाख ६ हजार ३७९ जनाले ज्यान गुमाएका छन् भने कुल संक्रमित संख्या ३ करोड ३५ लाख ५२ हजार १६६ पुगेको छ । अहिले कोरोनाका सक्रिय केसहरु ७६ लाख ६४ हजार ८३८ रहेका छन् । ७५ लाख ९९ हजार ५२० जनाको अवस्था सामान्य भईरहेको छ । ६५ हजार ३१८ जनाको अवस्था गम्भिर रहेको छ । सबैभन्दा बढी संक्रमण फैलिएको… पुरा पढौ