साहित्य

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

काठमाडौं, २९ असार। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरे। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक… पुरा पढौ

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

काठमाडौं, २९ असार. राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका नेपाली भाषीबीच भाषिक एकता कायम गर्न मद्दत गरेको ऐतिहासिक तथ्यलाई पनि हामी सबैले मनन गर्नुपर्ने बताएका छन् । आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीका अवसरमा उनलाई स्मरण गर्दै राष्ट्रपति पौडेलले दिएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि कामना गरेका छन्। “भानुभक्तले नेपाली भाषालाई जनताको भाषा बनाउँदै साहित्यलाई सबैको पहुँचमा पुर्याउन र यसलाई अझ समुन्नत तुल्याई नेपाली भाषा,… पुरा पढौ

रेडियो अन्नपूर्णद्वारा ‘सम्झनामा आदिकवि’ विशेष कविता वाचन आयाेजना

पोखरा, २८ असार । रेडियो अन्नपूर्ण ९३.४ मेर्गाहर्जले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भ तथा २१२ औं भानु जयन्तीको अवसरमा शनिबार पोखरामा 'सम्झनामा आदिकवि' विशेष कविता वाचन सम्पन्न गरेको छ । कार्यक्रममा ९ जना कविले पद्य तथा गद्यमा कविता प्रस्तुत गरे । कविता वाचन गर्ने कविहरुमा संयोग बस्यालले बाचिन्छ आरामले र करुणा प्रस्तुत गरे । कवि शुरेस रानाभाटले माटोको वासना तथा लालुपाते शिर्षकको कविता सुनाए । यस्तै केआर ढकालले पर्ख र सस्तो पसल, संजिव पौडेलले विज्ञप्ती मुर्दावाद र जानेहरु,… पुरा पढौ

साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई भोजपुर प्रतिभा पुरस्कार दिइने

काठमाडौँ, २५ असार । शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ साहित्यकार डा शैलेन्दुप्रकाश नेपाललाई समर्पण गर्नेभएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्कार दिने व्यक्तित्व चयन समितिको बैठकले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । भोजपुर जिल्लाको कटुन्जेमा २०१८ सालमा जन्मेका उनले कविता, गीतिकाव्य, खण्डकाव्य, महाकाव्य, बालगीत, बालकथा, निबन्ध, समालोचना आदि विधामा विभिन्न कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुका साथै पाठ्यपुस्तक पनि लेखेकाे प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिए लामो समयसम्म प्राध्यापन गरेर निवृत्त भएका उनले स्मृतिग्रन्थ र… पुरा पढौ

दाहाल बाबुछोराको कविता सङ्ग्रह ‘वंशवृक्ष’ लोकार्पण

काठमाडौं, २१ असार। वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र उनका छोरा इञ्जिनियर अनिमेष दाहालको संयुक्त कविता सङ्ग्रह ‘वंशवृक्ष’ लोर्कापण गरिएको छ । साहित्यिक पत्रकार सङ्घद्वारा आज आयोजित कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष एवं साहित्यकार दाहाल र उहाँका छोराद्वारा लिखित कविता सङ्ग्रहको लोकार्पण गरिएको हो । मिलाप पब्लिकेशन प्रालिले प्रकाशन गरेको यस कविता सङ्ग्रहमा पहिलो खण्डमा बाबुका १७ र दोस्रो खण्डमा छोराका १३ कविता समेटिएका छन् । यी कविता गद्य र मुक्त छन्दमा लेखिएका छन् । पत्रकार दाहालले व्यस्तता समयका… पुरा पढौ

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

दमौली (तनहुँ), १८ असार । आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती उहाँको जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइने भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको मङ्गलबारको बैठकले यस्तो निर्णय गरेको हो । समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार यही असार २७, २८ र २९ गते कविता प्रतियोगिता, रामायण वाचन, काव्यसन्ध्या, प्रभातफेरीलगायतथ कार्यक्रम आयोजना हुनेछन् । विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको १९२५ साल असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त… पुरा पढौ

पोखरामा प्रा.डा. दाहालको जोडिएका कुराको परिचर्चा

पाेखरा, १६ असार । प्राध्यापक डा. रामप्रसाद दाहालको समीक्षा तथा सिर्जना कृति जोडिएका कुराको पोखरा लोकार्पण परिचर्चा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीद्वारा सोमवार आयोजित जोडिएका कुरा परिचर्चा तथा रोपाइँ काव्य उत्सव समारोहका बीच दाहालको उक्त २१ औं कृतिको परिचर्चा गरिएको हो । बुद्ध जयन्तीका अवसरमा प्रकाशित कृतिको वरिष्ठ पत्रकारदेखि केन्द्र हुँदै पालिका तहका प्राज्ञहरूले संयुक्त लोकार्पणसहित परिचर्चा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख बाबा बस्नेतले स्रष्टा रामप्रसाद दाहाल शैक्षिक, आर्थिक, सामाजिक… पुरा पढौ

कुमुदिनी होम्समा ‘साहित्यिक मञ्च’ गठन्, अध्यक्षमा योमन श्रेष्ठ

पोखरा, १३ असार । पोखरा महानगरपालिका वडा नं ३ मा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा नर्विाचन शिक्षण सिकाईपछि देशको संघ, प्रदेश र स्थानीय निर्वाचन प्रणाली अनुसार कुमुदिनी साहित्यिक मञ्च गठन गरिएको छ । मञ्चको अध्यक्षमा कक्षा १२ व्यवस्थापनका योमन श्रेष्ठ निर्वाचित भएका छन् । चरा पार्टीका श्रेष्ठले ११८ मत पाएर चयन भएका छन् । उपाध्यक्षमा कक्षा १० ग का कलम पार्टीका प्रतिक पौडेलले १०० मत पाएर निर्वाचित भएका छन् । सचिवमा कक्षा ९ क का चरा पार्टी लियोन पुनले १११… पुरा पढौ

वरिष्ठ साहित्यकार रसिकको निधन

काठमाडौँ, १८ जेठ । वरिष्ठ सर्जक गणेश रसिकको ७८ वर्षको उमेरमा आज निधन भएको छ । ललितपुरको हरिशिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उनको आज बिहान ११ बजे निधन भएको सङ्गीतकार बुलु मकारुङले राससलाई जानकारी दिए । उनका अनुसार रसिककी छोरी बेलायतबाट फर्किएपछि रसिकको दाहसंस्कार गरिने छ । उनको पार्थिव शरीर अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । भोजपुर छिनामाखुमा विसं २००४ असोज ४ मा जन्मेका रसिक पचासको दशकमा इलाम सरेका थिए। करिब पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायन… पुरा पढौ

‘सर्वहारा धरतीभरि यज्ञका काला घोडाहरु र हिउँमा लेखिएका नामहरु’ पोखरामा लोकार्पण

पोखरा, १५ जेठ । बरिष्ठ साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठका कविता संग्रह आज पोखरामा लोकार्पण गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा भिमसेनटोलस्थित नेवा छें मा आयोजना गरिएको समारोहमा सरुभक्तको सर्वहारा धरतीभरि यज्ञका काला घोडाहरु र तीर्थ श्रेष्ठको हिउँमा लेखिएका नामहरु लोकार्पण गरिएको हो । दुबै कविता संग्रहको बरिष्ठ कार्टुनिष्ट दुर्गा वराल वात्स्यायन, वरिष्ठ गायीका हरिदेवी कोईराला, नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे, परिवारका कावा अध्यक्ष लक्ष्मण थापा, साहित्यकारद्वय सुरुभक्त रु तीर्थ श्रेष्ठ र प्रकाशक बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले… पुरा पढौ