मुख्य समाचार

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका असर देखिँदै

सल्लेरी (सोलुखुम्बु), २५ वैशाख । विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै गएको स्थानीय बताउँछन् । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले कोप–२७ अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी तापक्रम वृद्धिको असरले हिमाली क्षेत्रको हिम गलनमा तीव्रता आएकाले ती क्षेत्रमा रहेका विश्वसम्पदा सूचीका प्राकृतिक सम्पदा लोप हुने अवस्थामा पुगेको देखाइएको छ । तापक्रम वृद्धिको नयाँ गतिले दुई डिग्री सेल्सियस नाघ्ने जानकारहरुको प्रक्षेपण वास्तविकतामा परिणत भएमा उच्च हिमाली भेगका विश्वसम्पदा जोगाउन नसकिने युनेस्कोले घोषणा गरेको छ । सगरमाथा क्षत्रेका… पुरा पढौ

गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको संभावना

काठमाडाैं, २५ वैशाख । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। देशको  पहाडी भु-भागमा आंशिक देखि साधारणतया बदली  रही बागमती र कोशी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया मौसम सफा रहेको  छ । बैशाख २५ गते (मंगलबार) दिउँसो ː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी,… पुरा पढौ

१० महिनादेखि शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका काम प्रभावित

काठमाडों, २४ वैशाख । प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत् आयोजनाको शेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदैदेखि रोकिएको शेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदा अहिलेसम्म ठप्प भएको हो । लामो समयसम्म आयोजनाको शेयर निष्कासन गर्न नपाउँदा आयोजनाको निर्माण प्रभावित भएको प्रवर्द्धकहरुले जनाएका छन् । गत आर्थिक वर्षमा ४२ कम्पनीको आइपिओ जारी भएकामा २९ वटा जलविद्युत् कम्पनीहरु रहेका थिए तर चालु आर्थिक वर्षमा… पुरा पढौ

अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली

काठमाडौं, २४ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्रका लागि सही नीति कायम राखिएमा सत्ता गठबन्धन फेरिए पनि फरक नपर्ने बताएका छन्। लोकान्तर डट कमको आठौँँ वार्षिकोत्सवको समापन कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले सरकारले मुलुकलाई सकारात्मक दिशामा लान खोजेकाले साथ दिनुपर्नेमा जोड दिए । उनले अब संसद्मा प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध नगर्ने अपेक्षा गरेको बताए। उनले प्राकृतिक स्रोत, पुँजी र प्रविधिका आधारमा आत्मनिर्भरता वृद्धि गरी समृद्धि हासिल गर्न आत्मविश्वासका साथ सरकारले काम गर्नुपर्ने बताए । पुरा पढौ

महिला उद्यमशीलताका लागि नयाँ बजेटले प्राथमिकता दिन्छ : अर्थमन्त्री पुन

काठमाडौं, २४ वैशाख । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले महिला उद्यमशीलतालाई प्राथमिकतामा राख्ने जानकारी दिएका छन् । आज अर्थ मन्त्रालयमा महिला उद्यमी महासङ्घका पदाधिकारीसँगको पूर्वबजेट छलफलका क्रममा उनले उद्यमशीलता प्रवर्द्धन र आन्तरिक उत्पादकत्व बढाएर मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भने। आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा महिला उद्यमी लक्षित सहुलियतपूर्ण व्यवस्थाहरु ल्याइने अर्थमन्त्री पुनको भनाइ छ । “महिलाको आर्थिक अवस्था राम्रो भए छोरीहरुले अनिवार्य गुणस्तरीय शिक्षा पाउने अवस्था बन्छ । राम्रो शिक्षा भएपछि छोरीहरु… पुरा पढौ

पर्यटककाे बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग

गण्डकी, २४ वैशाख । पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा फेवाताल किनारामा भ्यू फेवा, राउन्ड फेवा पदमार्गको काम अघि बढेको छ । फेवा ड्याम साइडस्थित वनस्पति पार्कबाट रानीवन हुँदै अनदुसम्मका लागि पदमार्ग बनाउन सरकारले रु ५० लाख बजेट छुट्ट्याएर काम सुरु गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव कुमानसिंह गुरुङले जानकारी दिए । यस आर्थिक वर्षमा करिब तीन किलोमिटर दूरीको पदमार्ग तयार हुने जानकारी दिँदै उनले उक्त मार्गका १० स्थानमा काठेपुल… पुरा पढौ

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु

काठमाडौं, २४ वैशाख । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ । आज आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा सुरु भएको जानकारी दिइन् । उनले भनिन्, “हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानूनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिकरुपमा सेवा सुरु गरेका छौँ”, उनले भनिन्। उनले केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने बताइन् । उनले राइडरहरुले सेवा उपयोग गरे वापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने… पुरा पढौ

नेप्से १५.६२ अंकले घट्याे, २ अर्ब ८९ करोडको कारोबार

काठमाडौं, २४ वैशाख । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा नकारात्मक माहोल देखिएको छ । सेयर बजारका सूचकहरुमा एउटा उपसमूह बाहेक सबै राताम्मै भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ विन्दुमा झरेको छ । नेप्सेमा ०.७९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.३८ अंकले घटेर ३४७.८० विन्दुमा झरेको छ । १३ उपयसूहहरुमध्ये एउटा बाहेक सबैमा रातो लागेको छ । यसदिन कुल ३१० कम्पनीहरुको ६९ लाख ७८ हजार ३ सय २१ कित्ता… पुरा पढौ

धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली), २४ वैशाख । कैलालीको धनगढी उपमहानगरपालिकाले रु २३ करोड ४० लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाले चालु आव २०८०÷८१ को साउनदेखि चैत मसान्तसम्म सो राजस्व सङ्कलन गरेको हो । सम्पत्ति करबाट रु दुई करोड ९१ लाख ५० हजार, भूमि कर रु ८२ लाख ८५ हजार, बहाल कर रु पाँच करोड ३७ लाख ८८ हजार, बहाल विरौटी कर रु ११ लाख ८७ हजार, सवारीसाधन कर रु चार लाख ३२ हजार र अन्य करबाट रु चार लाख… पुरा पढौ

देखेकोभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : सांसद बडू (अन्तर्वार्ता)

काठमाडौं, २४ वैशाख । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले राजनीतिक दलले चुनावी घोषणापत्रमा उल्लेख गरेको भ्रष्टाचारका प्रति शून्य सहनशीलताको नीति व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले निर्वाचनका बेलामा जनतासामु गरेको वाचाअनुरुप विकास, समृद्धि, भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धनमा काम गर्न नसकेको प्रतिक्रिया दिए । पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बडूले भने, “आँखाले देखेकोभन्दा प्रवृत्तिगत भ्रष्टाचार ठूलो र खतरनाक हुन्छ ।” विसं २०३६ देखि बहुदलीय व्यवस्था पुनःस्थापनासम्म सक्रिय नेता बडू भारतको कुमायुँ विश्वविद्यालय नैनीतालअन्तर्गतको पिजीआई कलेज पिथौरागढमा नेपाली… पुरा पढौ