मुख्य समाचार

अर्थतन्त्रका सूचकहरूमा प्रगति भएको छ : प्रधानमन्त्री

विराटनगर, ७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको बताएका छन् । मोरङ व्यापार सङ्घद्वारा आयोजित उद्योग व्यापार मेला (एक्स्पो २०२३)को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सरकार अगाडि बढिरहेको बताए। उनले अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन सरकार निरन्तर क्रियाशील रहेको छ भने। प्रधानमन्त्री दाहालले जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा रहेको बताउँदै एक वर्षको अनवरत प्रयास र… पुरा पढौ

शिक्षालाई श्रम र श्रमलाई उत्पादनसँग जोड्नुपर्छ : आयोग

काठमाडौं, ७ पुस । राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजना तर्जुमाका सन्दर्भमा नगरकोटमा दुईदिने राष्ट्रिय भेला आयोजना गरेको छ । भेलामा लैङ्गिक सशक्तीकरण, सामाजिक समावेशीकरण र परिचालन विषयगतक्षेत्रमा संवैधानिक आयोगका प्रमुख, विषय विज्ञ, विषयगत मन्त्रालयका पदाधिकारी, विश्वविद्यालयका प्राध्यापक तथा अभियन्ता तथा सरोकारावालको राष्ट्रिय तहमा सहभागिता एवं मूलभूत तहमा विज्ञहरुबाट सुझाव प्राप्त भएको आयोगका सहसचिव प्रदीप परियारले जानकारी दिए। कार्यक्रम आयोगका सदस्य डा. अनिता शाहको अध्यक्षतामा सञ्चालन गरिएको थियो । समापन आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको थियो ।… पुरा पढौ

नेपालले स्वीट्जरल्याण्डसँग हवाई सम्झौताकाे तयारी गर्दै

काठमाडौं, ६ पुस । नेपालले युरोपेली मुलुक स्वीट्जरल्याण्डसँग द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीट्जरल्याण्डसहित विभिन्न मुलुकसँग हवाई सम्झौताको प्रक्रिया अघि बढाएको हो । मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेका अनुसार स्वीट्जरल्याण्डसँग आगामी फेब्रुअरीको पहिलो हप्ता काठमाडौँमा द्विपक्षीय हवाई सेवा सम्झौता हुने सहमतिअनुरुप आवश्यक तयारी गरिएको छ । मध्यपूर्वी एशियाली मुलुक इण्डोनेसियासँग पनि सम्झौताका लागि समन्वय भइरहेको उनले जानकारी दिए। महाशाखाका प्रमुख लामिछानेले भने, “इन्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौताका लागि… पुरा पढौ

क्षमताको ४० प्रतिशत उत्पादन गर्दै नेपाली जुत्ता उद्योग

चितवन, ६ पुस । नेपालका जुत्ता उद्योगले क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै आएका छन् । वैध, अवैधरुपमा विदेशबाट आयात र निर्यात घट्नाले नेपाली उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् । फुटवयर मेनिफेक्चर एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेका अनुसार नेपाली जुत्ता उद्योगसँग वार्षिक १६ करोड हाराहारी जोर जुत्ता उत्पादन गर्ने क्षमता छ । नेपालमा एक हजार पाँच सय उद्योग छन् । ती उद्योगमध्ये एक हजार दुई सय लघु उद्योग, दुई सय मझौला र एक सय ठूला उद्योग छन् ।… पुरा पढौ

मुग्लिन–पोखरा सडकखण्डको आँबुखैरेनी एरियामा कालोपत्र गर्न थालियाे

तनहुँ, ६ पुस । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सडक दुईतर्फीरुपमा कालोपत्र थालिएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)ले सवारी आवागमनमा असर नपर्ने गरी दुईतर्फी कालोपत्र गर्न थालेको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनले भने, “एकतर्फी कालोपत्र भइसकेको ठाउँमा अर्कोतर्फ दुई किलोमिटर दूरीमा कालोपत्र गरिएको छ । यसअघि कालोपत्र भइसकेको खण्डबाट सवारीसाधन चलाएर अर्कोतर्फ कालोपत्र गर्ने काम जारी छ ।” पूर्वी खण्डमा हालसम्म १२ दशमलव पाँच किलोमिटर सडक एकतर्फी कालोपत्र भइसकेको छ । बरादीदेखि मार्कीचोकसम्म… पुरा पढौ

देशलाई पूर्ण विद्युतीकरण गर्दै समृद्धिको यात्रामा अग्रसर भएका छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं, ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी पूर्ण तयारी भइसकेको बताएका छन् । आज सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले यसलाई सुनौलो दिनको सङ्ज्ञा दिँदै उक्त दिन चाँडै आउने बताए। उनले भने, “नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत् प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको ऊर्जा क्षेत्रले फड्को मारिरहेको छ । घरबस्तीमा बत्ती बाल्नमात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका… पुरा पढौ

देशभर तापक्रम घट्दै, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं, ६ पुस । देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घटेर चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव पाँच र अधिकतम तापक्रम १९ डिग्रीसेल्सियस रहेको छ । पछिल्लो तीन/चार दिनयता काठमाडौँको न्यूनतम तापक्रम चार देखि पाँच र अधिकतम तापक्रम १७ देखि १९ डिग्रीसेल्सियसको हाराहारी रहेको छ । तापक्रम घटेकाले काठमाडौँमा अत्यधिक चिसो बढेको छ । दिउँसो… पुरा पढौ

संसद चलेकाे देखिए पनि गत्यावरोधमा समय खर्च: नेता ठाकुर

काठमाडौं, ६ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसको पदाधिकारीसम्मको जिम्मेवारी रही तीन दशकभन्दा बढी योगदान पुर्याए । विसं २०१६ मा राजनीतिक यात्रा आरम्भ गरेका उनले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका क्रममा धेरै पटक प्रहरी हिरासत र जेलजीवन बिताए । गत एक वर्षमा समग्रतामा सङ्घीय संसद् चलिरहेको देखिए पनि कामकाजभन्दा गत्यावरोधमा बढी समय खर्चिएको जनाउँदै उनले पूरापूर दुई महिना सांसदले काम नै गर्न नसकेको प्रतिक्रिया दिए। नेपालमा प्रजातान्त्रिक अभ्यास लामो नभएको र पटक–पटक अवरोध भएको… पुरा पढौ

नेपाल टेलिकमद्वारा ४० प्रतिशत लाभांश घाेषणा

काठमाडौं, ६ पुस। नेपाल टेलिकमले सेयरधनीलाइ ४० प्रतिशत लाभांश दिने घाेषणा गरेकाे छ । टेलिकमको पुस ५ गते बसेको बोर्डको बैठकले गत आर्थिक वर्षको नाफाबाट ४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। उक्त प्रस्तावित लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भएर आगामी १६औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनी लाई वितरण गरिने नेपाल टेलिकमले जनाएकाे छ। पुरा पढौ

मुक्तिनाथ विकास बैंकले ९.७५ प्रतिशत लाभांश दिने

काठमाडौं, ६ पुस। कमलादी काठमाडाैंमा केन्द्रीय कार्यालय रहेकाे मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ९.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको सञ्चालक समितिकाे निर्णय अनुसार सेयरधनीलाई चुक्ता पुँजीको १०.२६३२ प्रतिशत लाभांश दिने भएको हाे। हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४२ करोड रुपैयाँ रहेकाे छ । लाभांशमध्ये ९.७५ प्रतिशत बोनस सेयर दिने बैकले जनाएकाे छ। बोनस सेयरको कर प्रयोजनार्थ ०.५१३२ प्रतिशत नगद लाभांश दिइने बताइएकाे छ । मुक्तिनाथ विकास बैंकले गतबर्ष १४.२१०५ प्रतिशत लाभांश बितरण गरेको… पुरा पढौ