मुख्य समाचार

योजनाको फाइल बोकेर माग्दै हिँड्ने परिपाटी अन्त्य गर्नुपर्छ : सांसद रावल

काठमाडौं, १४ मङ्सिर । राष्ट्रियसभाका सांसद दिलकुमारी रावल थापा ‘पार्वती’लाई सांसदले योजनाका फाइल बोकेर मन्त्रालयपिच्छे बजेट माग्न धाउने परिपाटीको अन्त्य गर्नुपर्छ भन्ने लागेको छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएर तीन तहको सरकार बनिसकेको अवस्थामा फेरि सङ्घीय सांसदले विकासका लागि योजनाका फाइल बोकेर बजेट माग्दै हिँड्नु ठीक होइन भन्ने उनको ठम्याइ छ । “तीन तहको सरकार छ, विकासका लागि केन्द्रले योजना बनाउने हो, तर अहिले पनि प्रतिनिधिसभाकै सांसद विकासकै लागि पैसा खोज्न मन्त्रालय धाउने काम रोकिएको छैन”, उनले भनिन्, “योजनाको… पुरा पढौ

कृषिबाटै व्यावसायिक किसानको रुपमा चिनिए गुप्तप्रसाद

नवलपुर, १४ मङ्सिर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडासदस्य निर्वाचित भए। त्यसपछि उनले राजनीतिमा मन लगाएनन् । रेग्मीको मन वैदेशीक रोजगारतर्फ मोडियो । उता पनि खासै जम्न नसकेपछि उनी स्वदेश नै फर्किए। रेग्मी अहिले व्यावसायिक किसानको रुपमा स्थापित भएका छन् । वडा सदस्य रहँदै गर्दा २०७५ मा गैँडाकोट–१८ बसेनीमा केही जग्गा लिएर फलफूल खेत सुरु गरेका उनले टीकारत्न टुल्की कृषि फार्म दर्ता गरे। रेग्मी व्यावसायिक किसान बन्नुका पछाडि उनले विदेशमा देखेसिकेको कुरा… पुरा पढौ

कोप-२८ सम्मेलन आजदेखि शुरु, प्रधानमन्त्री दाहाल दुबईमा

काठमाडौं, १४ मङ्सिर । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ आजदेखि सुरु हुँदैछ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुन लागेको यो सम्मेलन यही मङ्सिर २६ गतेसम्म चल्नेछ । मानव इतिहासमा सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड गरिएको र जलवायु सङ्कटको प्रभावले विश्वभरि मानव जीवन र जीविकोपार्जनमा अभूतपूर्व विनाश ल्याएको समयमा यो सम्मेलन हुँदैछ । जलवायु सम्मेलन जलवायु प्रतिबद्धतामा कार्य गर्न र जलवायु परिवर्तनको नराम्रो प्रभावलाई रोक्नका लागि एक निर्णायक क्षण… पुरा पढौ

एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि आरम्भ

बैतडी, १४ मङ्सिर । नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि आरम्भ भएको छ । यात्राको एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरे। अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा आज बिहान नेपाली झण्डा झण्डोत्तोलन गरेर सङ्कल्प यात्रा शुभारम्भ गरेका हुन्। सो अवसरमा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो । सङ्कल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरकुकाम गोठलापानीमा आयोजना गर्न… पुरा पढौ

बिहिबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदैं

काठमाडौं, १४ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।यसदिन सुनचाँदीको भाउ स्थिर रहि बुधबार कायम भएको भाउमा नै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । छापावाल सुन तोलाको १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार पनि छापावाल सुन तोलाको १ लाख १९ हजार ३ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुनको भाउमा पनि फेरबदल भएको छैन । तेजाबी सुन… पुरा पढौ

अमेरिकी डलरको भाउमा सामान्य गिरावट, यूरोसहित अन्यको बढ्यो,

काठमाडौं, १४ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ सामान्य घटेको छ । यूरोसहित अन्य मुलुकहरूको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३ पैसा र बिक्रिदर… पुरा पढौ

आकर्षक मूल्यमा बिक्री हुँदै अगौटे सुन्तला, किसान उत्साहित

चितवन, १४ मङ्सिर । चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले आकर्षक मूल्य पाउन थालेको छ । उचित मूल्य पाउन थालेपछि किसान उत्साहित भएका छन् । सुन्तला पर्याप्त उत्पादन हुने यस क्षेत्रका किसानले सुरुआतमै अगौटेबाट राम्रो आम्दानी लिन सफल भएका छन् । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले उचित मूल्य पाएको बताउनुहुन्छ । उहाँले अहिले सुन्तलाको होलसेल मूल्य प्रतिकिलो रु ९० सम्म परेको बताए। बोहराले भने, “कम उत्पादन भए पनि मूल्य राम्रै पाएका छौँ ।”… पुरा पढौ

मौद्रिक नीतिको समीक्षा शुक्रबारसम्म ल्याउदै राष्ट्र बैंक

काठमाडौं, १४ मंसिर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा यही हप्तामा सार्वजनिक गर्ने तयारी गरेको छ । बैंकका सहायक सूचना अधिकारी डा.भागवत आचार्यले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा यही हप्ता सार्वजनिक गर्ने तयारी रहेकाे बताएका छन् । मिति नताेकिए पनि संभवत : शुक्रबारसम्म समीक्षा सार्वजनिक गर्ने तयारी गरिएकाे छ । अब बैंक सञ्चालक समितिले अन्तिम स्वीकृती दिएपछि सार्वजनिक गरिने भएकाे हाे । अर्थतन्त्र राम्ररी नसप्रेकाे अवस्थामा राष्ट्र बैंकले कस्तो मौद्रिक नीति ल्याउँछ भन्ने विषय पर्खाइ… पुरा पढौ

स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको शाखा बिस्तार

काठमाडाैं, १४ मंसिर । सानिमा बैंक लिमिटेडले स्याङ्जाको पुतलीबजारमा शाखा संचालनमा ल्याएकाे छ । बैंकका ब्राण्ड एम्बास्डर वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, बैंकका संचालक रमेश कुमार पोखरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले उक्त नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा श्रेष्ठले पुतलीबजारमा सानिमा बैंकको कार्यालय संचालनमा ल्याएकाेमा बधाई दिए । साथै उनले सबल, सक्षम तथा विश्वसनीय बैंकको रुपमा रहिरहनु पर्नेमा जाेड दिए । संचालक, रमेश कुमार पोखरेलले सानिमालाई ग्राहकले विश्वास गरेर नै यहाँसम्म ल्याएकाे बताए… पुरा पढौ

मधेश, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा र उच्च भागमा हिमपातको सम्भावना

काठमाडाैं, १४ मंसिर । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएकाे छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायात देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  मंसिर १४ गते (बिहिबार) दिउँसो : कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको… पुरा पढौ