मुख्य समाचार

मेडिकल व्यवसायी प्रसाईंलाई हत्याको धम्की दिई फिरौती माग गर्ने पक्राउ

काठमाडौं, २६ असार । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हत्याको धम्की दिँदै फिरौती माग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फिरौती लिन आएको अवस्थामा खोटाङ घर भई काठमाडौँको चुनदेवी बस्ने रमेशकुमार गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले आज महाराजगञ्जबाट पक्राउ गरेको हो । अपहरण तथा शरीर बन्धक मुद्दामा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि गुरुङलाई आजै प्रहरी वृत महाराजगञ्ज पठाइएको सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए। उनले असार १३ गते प्रवेश लामाको नामबाट फोन गरी ‘हत्या गर्नका लागि… पुरा पढौ

सनराइज र लक्ष्मी बैंकको एकीकृत कारोबार आगामी शुक्रबारदेखि हुने

काठमाडौं, २६ असार । सनराइज बैंक र लक्ष्मी बैंककाे एकीकृत कारोबार आगामी शुक्रबारदेखि हुने भएकाे छ। दुबै बैकले बराबरी रेसियाेमा गाभिएर आगामी असार २९ गते शुक्रबारबाट एकीकृत कारोबार शुरू गर्ने भएका हुन्। दुबै बैककाे सहमति अनुसार एकीकृत कारोबार लक्ष्मी सनराइज बैंकको नामबाट हुनेछ। मर्जर कमिटिमा भएकाे समझदारी अनुसार, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत समेत साबिकको लक्ष्मी बैंकबाटै हुनेछन्। अहिले लक्ष्मी बैंककाे अध्यक्ष रमण नेपाल छन भने अजयविक्रम शाह प्रमुख कार्यकारी अधिकृत छन्। सनराइज बैंकका हालका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा… पुरा पढौ

बैंक तथा वित्तीय संस्थाहरूमा अस्वस्थ प्रतिष्पर्धा बढेकाे छ: अर्थमन्त्री डा. महत

काठमाडौं, २६ असार । अर्थमन्त्री डा प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले काठमाडौंमा आज आयोजना गरेको ‘नेपालको वित्तीय क्षेत्रको चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा’ विषयक सामाजिक संवाद कार्यक्रममा अर्थमन्त्री डा महतले बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्ताप्रति जिम्मेवार भएर स्वस्थ प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताए। उनले बैंक तथा वित्तीय संस्था ब्याजदर बढाउने विषयमा भने मिलेमतो गर्ने गरेको समेत बताए। “ब्याजदर बढाउने घटाउने विषयमा मिलेमतो र एकाधिकार जस्तो भयो”, उनले… पुरा पढौ

नेप्सेमा ४.७३ अंकको गिरावट, २ अर्ब ८५ कराेडकाे कारोबार

काठमाडौं, २६ असार । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा ओरालोको यात्राले निरन्तरता पाएको छ । सोमबार झिनो अंकले घटेको सेयर बजारमा मंगलबार ४.७३ अंकको गिरावट भएको छ । अघिल्लो दिनको तुलनामा यसदिन कारोबार रकम पनि कमी भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.७३ अंकले घटेर २०७२.२४ विन्दुमा झरेको छ । नेप्सेमा ०.२३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.२५ अंकले बृद्धि भएर ३८८.८६ विन्दुमा रहेको छ । यसदिन कुल २८३ कम्पनीहरुको सेयर खरिदबिक्री… पुरा पढौ

हुलाक बचतका खाता र बचत रकम वाणिज्य बैंकमा हस्तान्तरण

काठमाडौं, २६ असार । हुलाक बैंकमा रहेका खाता एवं बचत रकम राष्ट्रिय वाणिज्यमा हस्तान्तरण गर्न सुरु गरिएको छ । मन्त्रिपरिषद्को यही असार १२ गतेको निर्णयअनुसार आजदेखि हस्तान्तरणको प्रक्रिया सुरु गरिएको हो । यही असार २९ गतेसम्म हस्तान्तरणको प्रक्रिया चल्ने भएकाले सो अवधिसम्म हुलाक बचत खाताका कारोबार रोक्का रहने छ । सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत हुलाक बचत बैंकका खातालाई राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो । देशभरिका जिल्ला सदरमुकाममा रहेका ६८ राष्ट्रिय वाणिज्य बैंकका शाखामा हुलाक वचत… पुरा पढौ

कृषिकाे वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, २६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नविनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको ११औँ साधारण बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रका लागि आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा लाग्न निर्देशन दिए। प्रधानमन्त्री दाहालले भने, ‘‘कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा… पुरा पढौ

मौसममा सुधार हुन अझै केही दिन लाग्ने,सतर्क रहन आग्रह

काठमाडाैं, २६ असार । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमी प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि पूर्ण बदली रहनाका साथै सबै प्रदेशका केही स्थानमा हल्कादेखि मद्यम वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी केही दिनसम्म बदली र वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको समेत… पुरा पढौ

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त, ५ जनाको मृत्यु, १ बेपत्ता (सूचिसहित)

काठमाडौं, २६ असार । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिएका छन । लाम्जुरापास डाडाँमा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको उहाँको भनाइ छ । दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ । दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको र बाकी १ जना अझै नभेटिएकाे… पुरा पढौ

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र चिनियाँ समकक्षीबीच बेइजिङमा भेटवार्ता

काठमाडौं, २६ असार । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्ग बीच चीनको वेइजिङ्ग स्थित एनडिआरसीको कार्यालयमा भेटवार्ता भएको छ ।उक्त भेटवार्ताका क्रममा योजना आयोग र एनडिआरसीका बीचमा सन् २०१८ र २०१९ मा भएका सम्झौताहरु अनुसारका कार्यक्रमहरु मध्ये सम्पन्न हुन बाँकी कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउने समझदारी भएको छ । त्यसक्रममा नेपाल र चीन सरकारको तर्फवाट गर्नुपर्ने कामका बारेमा विस्तृत रुपमा छलफल भएको थियो । नेपाल आगामी… पुरा पढौ

सोलुखुम्बुबाट काठमाडाैं उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं, २६ असार । सोलुखुम्बुबाट काठमाडाैंका लागि उडेकाे मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको साे हेलिकोप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो । सम्पर्कविहीन भएकाे उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु सवार रहेकाे बताइएकाे छ । हेलिकप्टरको खोजी कार्य जारी रहेको मनाङ एयर प्रशासनले जानकारी दिएकाे छ । पुरा पढौ