मुख्य समाचार

एमालेले डाक्यो सचिवालय बैठक

काठमाडौं, २८ असार । पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा गर्न नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा यही असार ३० गते सचिवालय बैठक डाकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। बैठकमा अहिले भइरहेको राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्याङ्कन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसङ्गठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुनेछ । यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्षसँग पार्टी गतिविधिबारे छलफल गरेका छन्। अध्यक्ष ओलीले उपाध्यक्षहरुसँग पार्टीको… पुरा पढौ

बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ, २८ असार । पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले उक्त सडक अवरुद्ध बनेको हो । बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार बेँसीसहर चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–१ तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल आजदेखि निर्माण गरिँदै छ । सो स्थानमा वैकल्पिक सडक मार्ग नभएकाले यातायात सेवा दुई… पुरा पढौ

सर्वोच्चद्वारा दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश

काठमाडौं, २८ असार । सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू/नगराउनु ।” निवर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि पहिलो सुनुवाइ गर्दै उक्त आदेश गरेको हो । अदालतले आगामी साउन ७ गतेको पेशी तोकी उक्त विवादमा छलफल गर्नेछ । आदेशमा निवेदक… पुरा पढौ

ललिता निवास जग्गा प्रकरणमा थप एक पक्राउ

काठमाडौं, २८ असार । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा समरजङ्ग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेल रहेका सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। उनका अनुसार पौडेललार्ई काठमाडौँको गोकर्ण क्षेत्रबाट पक्राउ गरिएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सिआइबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । पुरा पढौ

नबिल बैंक ३९ औं वर्षमा

काठमाडौं, २७ असार। नबिल बैंक लिमिटेड ३९ औँ वर्षमा प्रबेश गरेको छ । नेपालको पहिलो निजी क्षेत्रको बैंकका रूपमा १२ जुलाई सन् १९८४ मा स्थापना भएको नबिल बैंक लिमिटेडले ३९ वर्षको यात्रा पूरा गरेको हो । बैंकिङ क्षेत्रमा सर्वाेत्कृष्ट बैंकका रूपमा स्थापित भएको यो बैंक ‘नबिल बैंक सँगै अघि’ भन्ने नाराका साथ ग्राहक तथा सरोकारवालासँग हातेमालो गरेर अघि बढिरहेको छ। ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाई केन्द्रमा राखेर बैंकले आफ्नो पृथक चिनारी बनाएको बताएकाे छ। ३९ औं वार्षिकोत्सवकोे अवसरमा बुधबार… पुरा पढौ

भ्रष्टाचार आरोपमा अख्यियारद्वारा १३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, २७ असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विभिन्न १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण झा विरुद्ध मुद्दा दायर गरेको हो । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार प्रदेशका आठवटै जिल्लामा सहकारीसम्बन्धी आयमूलक तालिम सञ्चालन गर्दा भ्रष्टाचार गरेको आरोपमा झाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो । आयोगले झाविरुद्ध रु सात लाख एक हजार तीन… पुरा पढौ

नेप्सेमा २५.३१ अंकको बृद्धि, ३ अर्ब १८ करोडको कारोबार

काठमाडौं, २७ असार । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ ।कारोबार रकम औसतमा ठीकै भएपनि उल्लेखनिय प्रगति भने भएन । तर नेप्सेमा देखिएको सकारात्मक लयले लगानीकर्तामा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २५.३१ अंकले बढेर २०९७.५५ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.२२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.२८ अंकले बढेर तोलाको ३९२.१५ विन्दुमा पुगेको छ । यसदिन १३ वटा उपसमूहरुमध्ये २ बाहेक सबैमा हरियाली छाएको छ ।… पुरा पढौ

लायन्सकाे “अन्तराष्ट्रिय निर्देशक” मा नेपालका बालकृष्ण बुर्लाकोटी निर्वाचित

काठमाडौं, २७ असार । लायन्स क्लब्स अन्तराष्ट्रियकाे "अन्तराष्ट्रिय निर्देशक" पदमा नेपालका लायन बालकृष्ण बुर्लाकोटी निर्वाचित भएका छन् । अमेरिकाको बोस्टन सहरमा हालै सम्पन्न अन्तरराष्ट्रिय सम्मेलनबाट उनी अन्तराष्ट्रिय निर्देशकमा निर्वाचित भएका हुन्। त्यस्तै अन्तराष्ट्रिय प्रेसिडेण्टमा डा पेटी हिल चयन भएकि छिन । अन्तराष्ट्रिय निर्देशकका रुपमा बुर्लाकोटिले सन् २०२५ को जुनसम्म नेतृत्व गर्नेछन्। बिश्वभरबाट बुर्लाकोटी सहित ३५ जना निर्देशकहरु बोर्डमा हुनेछन्। २००८ मा लायन्स क्लब अफ काठमाडौं गोङगबुको संस्थापक अध्यक्षका रुपमा लायनवाद प्रवेश गरेका बुर्लाकोटि २०१६ मा ३२५ बि १ नेपालको गभर्नर… पुरा पढौ

उपत्यकाका ८ लाख ७६ हजार सवारीसाधन कारबाहीमा

काठमाडौं, २७ असार । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने ८ लाख ७६ हजार एक सय ४१ सवारी साधनलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरिएको जानकारी दिए। कारबाही गरिएकामध्ये लेनमा ३८ हजार तीन सय ६२, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ५३… पुरा पढौ

हाथवे इन्भेष्टमेन्टले साउन ४ देखि आइपीओ निष्काशन गर्ने

काठमाडौं, २७ असार । हाथवे इन्भेष्टमेन्टले सेयर (आइपीओ) निष्काशन गर्ने भएकाे छ । कम्पनीले साउन ४ गतेदेखि विदेशमा राेजगार गरिरहेका नेपालीका लागि सेयर निष्काशन गर्ने भएको हाे । यसमा जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर खुलाइने भएकाे हाे ।  कम्पनीका अनुसार प्रतिकित्ता ५० रुपैयाँ अंकित दरमा २९ लाख २५ हजार कित्ता निष्काशन सेयर निष्कासन गर्ने अनुमति लिइएकाे थियो । पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरुका लागि १ करोड ४६… पुरा पढौ